2 थिस्सलोनिकी Chapter 2

For English

Read 2 थिस्सलोनिकी Chapter 2 Online

Read 2 थिस्सलोनिकी Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of 2 थिस्सलोनिकी in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 थिस्सलोनिकी and the Holy Bible online.

Choose a Chapter

A+ A A-

2 थिस्सलोनिकी 2

अध्याय 2

1. दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, हाम्रा प्रभू येशू ख्रीष्टको आगमन बारे हामीले केही कुरा भन्नु छ। हामी त्यस बेलाको कुरा गर्न चाहन्छौं जब हामी उहाँसित एक साथ भेट गछौं।

2. यदि कतैबाट तिमीहरूले प्रभुको आगमन भइसकेको चाल पाए तिमीहरू सजिलै बिचलित हुने अथवा डराउनै पर्दैन। कसै-कसैले भन्लान कि यो अगमवाणीमा छ अथवा सुसमाचारमा छ अथवा तिमीहरू चिट्ठी पढ्न सक्छौ जुन तिमीहरूले भन्छन् कि तिनीहरू हामीबाट आएका हुन्।

3. कुनै खण्डमा पनि तिमीहरूलाई कसैले धोखा नदिओस्। जब सम्म परमेश्वरको विरुद्ध विद्रोह हुँदैन त्यो दिन आउने छैन। जब सम्म विनाशकारी मानिस आँउदैन तब सम्म त्यो दिन आँउदैन। विनाशकारी मानिस नरकको हो।

4. परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ।

5. मैले पहिल्यै यी सब घटनाहरूको सत्य बताइ सकेको छु। याद छ?

6. अनि तिमीहरू जान्दछौ त्यो स्वेच्छाकारी केले रोकिराखिएको छ। ठिक समयमा देखा पर्न भनेर नै त्यसलाई रोकिराखेको छ।

7. पापको गुप्ती शक्तिले अहिले पनि संसारमा काम गरिरहेकै छ। तर एक शक्ति छ जसले त्यो दुष्टको शक्तिलाई रोकिराखेको छ। र त्यसलाई बाटोदेखि नपन्छ्याइञ्जेल सम्म त्यसलाई यसरी नै रोकेरै राखिनेछ।

8. त्यसपछि त्यो दुराचारी निस्कनेछ र प्रभु येशूले त्यसलाई आफ्नो मुखको श्वासले मारिदिनु हुनेछ। परमप्रभुले दुष्ट मानिसलाई आफ्नो गौरवमय आगमनले नाश गरिदिनु हुनेछ।

9. त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ।

10. दुष्ट मानवले भ्रष्ट मानिसहरूलाई थरि-थरिको छल प्र-पंञ्च देखाउँछ। तिनीहरू भ्रष्ट हुन किनभने तिमीहरूले सत्य स्वीकारेनन्। सत्यलाई स्वीकार गरेका भए तिनीहरूलाई बचाइने थियो।

11. तर तिनीहरूले सत्यलाई स्वीकारेनन्, यसकारण परमेश्वरले तिनीहरूलाई सत्यबाट भच्च्काउन केही शक्तिशाली चीज पठाउनु हुनेछ। त्यस शक्तिले गर्दा तिनीहरू असत्यमै विश्वास गर्न लाग्छन्।

12. त्यसकारण जस-जसले सत्यमा विश्वास गर्दैनन् तिनीहरू दण्डित हुन्छन्। तिनीहरूले सत्यता स्वीकारेनन तर तिनीहरू दुष्टाँई कर्महरूमा आनन्दित भए।

13. दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! प्रभुले तिमीहरूलाई माया गर्नु हुन्छ। तिमीहरूको मुक्तिको लागि परमेश्वरले शुरूदेखि नै तिमीहरूलाई छान्नुभएको हो। यसैले तिमीहरूकालागि हामी परमेश्वरलाई सधैं धन्यवाद दिन्छौं। आत्माद्वारा पवित्र बनेर अनि सत्यमा विश्वासी बनेर तिमीहरू बाँचेका छौ।

14. त्यही मुक्ति पाउन परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो जुन हामी प्रचार गर्छौं। तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको महिमाको भागीदार हुन सक भनेर बोलाईएका हौ।

15. यसैले दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू! हामीबाट पाएको शिक्षाहरूमा विश्वास लगातार गरिरहौ र दृढबन। हामीले मुखले बोलेर होस् कि चिट्ठीमा लेखेर होस्, तिमीहरूलाई यी कुराहरू सिकाएकाछौं।

16. हामी प्रार्थना गर्छौ कि हाम्रो प्रभु येशू ख्रीष्ट आफैले र हाम्रा पिता परमेश्वरले तिमीहरू प्रत्येक असल कार्य जे गर्छौ अनि भन्छौ तिमीहरूमा उत्साह अनि शक्ति दिनुहुनेछ। परमेश्वरले हामीलाई माया गर्नु भयो अनि आफ्नो अनुग्रहद्वारा उनले हामीलाई असल आशा र अनन्त उत्साह दिनुभयो।

About 2 थिस्सलोनिकी Chapter 2

Read 2 थिस्सलोनिकी Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of 2 थिस्सलोनिकी in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 2 थिस्सलोनिकी
Chapter: 2
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 2 थिस्सलोनिकी. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 2 थिस्सलोनिकी Chapter 2 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 2 थिस्सलोनिकी Chapter 2?

2 थिस्सलोनिकी Chapter 2 is part of the Book of 2 थिस्सलोनिकी in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 2 थिस्सलोनिकी Chapter 2 online for free with easy chapter navigation.

More Chapters from 2 थिस्सलोनिकी

  1. 2 थिस्सलोनिकी Chapter 3
  2. 2 थिस्सलोनिकी Chapter 1

Explore More from नयाँ करार

  1. रोमीहरू Chapter 6
  2. यूहन्ना Chapter 7
  3. 2 यूहन्ना Chapter 1
  4. लूका Chapter 14
  5. यूहन्ना Chapter 5
  6. प्रेरितहरूको काम Chapter 22
  7. 1 थिस्सलोनिकी Chapter 2

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 60
  2. भजनसंग्रह Chapter 94
  3. 2 पत्रुस Chapter 3
  4. हिब्रू Chapter 2
  5. यशैया Chapter 1
  6. भजनसंग्रह Chapter 83
  7. भजनसंग्रह Chapter 138
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *