उत्पत्ति Chapter 1

For English

Read उत्पत्ति Chapter 1 Online

Read उत्पत्ति Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of उत्पत्ति and the Holy Bible online.

Choose a Chapter

उत्पत्ति 1

अध्याय 1

1. आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।

2. पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो।

3. तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो।

4. परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो।

5. परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो।साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो।

6. तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!”

7. यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रहयो अनि केही पानी बतास मुनि।

8. परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो।तेस्रो दिन – सुख्खा भूमि र उद्भिद

9. तब परमेश्वरले भन्नुभयो, “आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस्, र त्यहाँ सुख्खा भूमि देखियोस्।” अनि त्यस्तै भयो।

10. त्यो सुख्खा भूमिलाई परमेश्वरले “पृथ्वी” नाउँ राख्नु भयो। अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “समुद्र” नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो।

11. तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरु उम्रियोस्। फल-रूखहरुले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो।

12. पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरु हुने फल फल्ने रुखहरु उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरु सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो।

13. साँझ पर्यो अनि बिहान भयो। यो तेस्रो दिन थियो।

14. तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरुले दिनहरुबाट रातहरुलाई छुट्‌याउनेछन्। यो उज्यालाहरुलाई विशेष चिन्हहरुको निम्ति प्रयोग गरिनेछन् र यिनीहरुले सभाहरु कहिले हुने बताउनेछन्। अनि यिनीहरुलाई दिनहरु र वर्षहरु बताउनमा प्रयोग गरिनेछ।

15. यी उज्यालाहरु पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो।

16. यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरु निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो। परमेश्वरले ताराहरु पनि सृष्टि गर्नु भयो।

17. पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुञ्जहरु परमेश्वरले आकाशमा राख्नु भयो।

18. यसकारण उहाँले तिनीहरुलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरुले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो।

19. त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो चौथो दिन थियो।

20. तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरुले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरुङ्गीहरु उड्न थाले।

21. यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरु र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरु सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरु सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरु परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।

22. परमेश्वरले यी सबै प्राणीहरुलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरुले धेरै बच्चाहरु जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरुङ्गीहरुले धेरै-धेरै बच्चाहरु जन्माएर पृथ्वी भरियोस्।

23. त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो। यो पाँचौ दिन थियो।

24. परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरु बनाओस्। त्यहाँ घरेलु पशुहरु, घस्त्रने जन्तुहरु अनि सबै प्रकारको जङ्गली जनावरहरु रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।

25. यसर्थ परमेश्वरले जङ्गली जनावरहरु, पाल्तू जनावर, सा-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरु सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।

26. तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरुले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन्।”

27. यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरुपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो।

28. परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरु उत्पति गराऊ र पृथवी भरेर तिनीहरुको हेरचाह गर। समुद्रका माछाहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीमा हिँडडुल गर्ने, सबै प्राणीहरुमाथि शासन गर।”

29. “म तिमीहरुलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरु दिन्छु। ती रुखहरुले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरु दिनेछन् र यी अन्न र फलहरु तिमीहरुको निम्ति खाद्य-पदार्थ हुनेछन्।

30. म फेरि पशुहरुलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीका सबै जनावरहरुले, यी चीजहरु खानेछन्।” अनि यस्तै भयो।

31. परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो।त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।

About उत्पत्ति Chapter 1

Read उत्पत्ति Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: उत्पत्ति
Chapter: 1
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading उत्पत्ति. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading उत्पत्ति Chapter 1 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is उत्पत्ति Chapter 1?

उत्पत्ति Chapter 1 is part of the Book of उत्पत्ति in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete उत्पत्ति Chapter 1 online for free with easy chapter navigation.

More Chapters from उत्पत्ति

  1. उत्पत्ति Chapter 2
  2. उत्पत्ति Chapter 26
  3. उत्पत्ति Chapter 31
  4. उत्पत्ति Chapter 40
  5. उत्पत्ति Chapter 49
  6. उत्पत्ति Chapter 43
  7. उत्पत्ति Chapter 23

Explore More from पुरानो करार

  1. जकरिया Chapter 12
  2. 1 शमूएल Chapter 4
  3. यशैया Chapter 4
  4. हितोपदेश Chapter 13
  5. हितोपदेश Chapter 8
  6. अय्यूब Chapter 13
  7. 1 इतिहास Chapter 29

Related Chapters & Readings

  1. श्रेष्ठगीत Chapter 8
  2. न्यायकर्ता Chapter 5
  3. इजकिएल Chapter 37
  4. मत्ती Chapter 24
  5. प्रेरितहरूको काम Chapter 20
  6. श्रेष्ठगीत Chapter 4
  7. होशे Chapter 11
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *