उत्पत्ति Chapter 35

For English

Read उत्पत्ति Chapter 35 Online

Read उत्पत्ति Chapter 35 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of उत्पत्ति and the Holy Bible online.

Choose a Chapter

उत्पत्ति 35

अध्याय 35

1. परमेश्वरले याकूबलाई भन्नु भयो, “बेतेल शहरमा जाऊ, त्यहाँ बस अनि पूजा गर्नलाई त्यहाँ एउटा वेदी बनाऊ। ‘एल’ लाई स्मरण गर, ती परमेश्वर जो तिमी दाज्यू एसावदेखि बाँच्नको लागि भाग्दै थियौ, त्यस समय तिमीलाई परमेश्वरले दर्शन दिनु भएको थियो। तिमीले आराधना गर्नको निम्ति त्यहाँ एउटा वेदी बनाऊ।”

2. यसकारण, याकूबले आफ्नो परिवार तथा आफ्ना सबै सेवकहरूलाई भने, “काठ र धातुले बनिएका जे जति झुटा देवताहरू तिमीहरूसित छन् ती सब नष्ट गरिदेऊ। आफूलाई पवित्र बनाऊ अनि सफा लुगाहरू लगाऊ।

3. हामीहरू यो ठाउँ छोडेर बेतेल जानेछौ, अनि त्यहाँ आफ्नो परमेश्वरको निम्ति एउटा वेदी बनाउनेछौ। उहाँ मेरो उही परमेश्वर हुनुहुन्छ जसले मेरो प्रत्येक कष्टमा सहायता गर्नुहुन्छ, अनि म जहाँ जान्छु मसँगै हुनुहुन्छ।”

4. यसर्थ मानिसहरूसित भएका झुटा देवताहरू तिनीहरूले सबै याकूबलाई दिए। तिनीहरूले आफ्नो कानमा लगाएका कुण्डलहरू पनि याकूबलाई दिए। याकूबले शकेम नाउँको शहरको नजिक एउटा फलाँटको रूखको नजिक ती सब चीजहरू गाडि दिए।

5. याकूब र तिनका छोराहरूले त्यो ठाउँ छोडे। त्यस ठाउँका मानिसहरूले तिनीहरूलाई लखेटेर मार्न चाहन्थे। तर तिनीहरूले त्यसो गरेनन् किनभने तिनीहरू परमेश्वरसित आत्यन्तै डराएका थिए।

6. यसर्थ याकूब अनि उसका मानिसहरू लूज पुगे। आज लूजलाई बेतेल भनिन्छ। यो कनान भूमिमा पर्छ।

7. याकूबले त्यहाँ एउटा वेदी बनाएर त्यस ठाउँको नाउँ “एल-बेतेल” राख्यो। याकूबले त्यस ठाउँको नाउँ त्यही रोजे कारण जति बेला ऊ आफ्नो दाज्यू देखि भाग्दै थियो परमेश्वरले त्यहीं दर्शन दिनु भएको थियो।

8. रिबेकाकी धाई दबोराह त्यहाँ मरी, तिनीहरूले त्यसलाई बेतेलमा फलाँटको रूखमुनि गाडे। तिनीहरूले त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे।

9. याकूब जब पद्दनआरामबाट फर्कियो परमेश्वरले फेरि उसलाई दर्शन दिनु भयो। परमेश्वरले याकूबलाई आशीर्वाद दिनुभयो।

10. परमेश्वरले याकूबलाई भन्नुभयो, “तिम्रो नाउँ याकूब हो, तर म तिम्रो नाउँ बद्ली गरी दिनेछु। अब उसो तिमीलाई याकूब भनिने छैन र तिम्रो नयाँ नाउँ इस्राएल हुनेछ।” यसर्थ परमेश्वरले उसको नाउँ इस्राएल राख्नु भयो।

11. परमेश्वरले उसलाई भन्नु भयो, “म सर्वशक्तिमान परमेश्वर हुँ अनि म तिमीलाई आशीर्वाद दिन्छु। फल्दै-फुल्दै अनि बढदै जाऊ। तिम्रा सन्तानहरूबाट धेरै राष्ट्र अनि राजाहरू बनिनेछन्।

12. मैले अब्राहाम र इसहाकलाई विशेष भूमि दिएँ र अब तिमीलाई त्यो भूमि दिनेछु। अनि त्यो भूमि तिमीपछि आउने तिम्रा सन्तानलाई पनि दिनेछु।”

13. त्यसपछि परमेश्वर त्यहाँबाट जानु भयो।

14. त्यस ठाउँमा याकूबले एउटा स्मारक ढुङ्गा राख्यो। उनले दाखरस र तेलले अभिषेक गरी त्यस ढुङ्गालाई पवित्र पार्यो। यो ठाउँ एउटा विशेष ठाउँ भयो किनभने यहाँ परमेश्वरले याकूबसित कुरा गर्नु भएको थियो। याकूबले यस ठाउँको नाउँ बेतेल राख्यो।

16. याकूब अनि उसको दलले बेतेल छोडे। तिनीहरू ठीक एप्रात आई पुग्नअघि राहेल प्रसुति वेदना भोग्न थाली।

17. तर यसपल्ट राहेललाई सही नसक्नु वेदना भइरहेको थियो। राहेलकी कमारीले हेरि र भनी “नडराऊ राहेल तिमीले अर्को छोरो जन्माउदैछौ।”

18. छोरो जन्मदा-जन्मदै राहेल मरी। मृत्युअघि आफ्नो त्यस छोरोको नाउँ तिनले बेन-ओनी राखीन्। तर याकूबले उसको नाउँ बिन्यामीन राख्यो।

19. राहेललाई एप्रात जाने बाटोमा नै गाडियो। (एप्रात नै बेतलेहेम हो)।

20. राहेलको सम्मानमा याकूबले उसको चिहानमाथि एउटा खामो उभ्यायो। त्यो खामो अझ पनि त्यही खडा छ।

21. त्यसपछि इस्राएलले आफ्नो यात्रा जारी राख्यो। उनले एदेर स्तम्भकै दक्षिणमा आफ्नो पाल हाल्यो।

22. इस्राएल त्यस ठाउँमा छोटो समयको निम्ति बस्यो। जब ऊ त्यहाँ थियो, रूबेन इस्राएलको सेविका बिल्हासित सुत्यो। इस्राएल यो सुनेर साह्रै क्रोधित भए।याकूब (इस्राएल)का बाह्र जना छोराहरू थिए।

23. लेआका छोराहरू हुनः रूबेन (याकूबको पहिलो छोरो), शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून।

24. राहेलका छोराहरूः यूसुफ र बिन्यामीन।

25. राहेलकी कमारी बिल्हाबाट जन्मिएका छोराहरू दान र नप्ताली थिए।

26. लेआकी कमारी जिल्पाबाट जन्मिएका छोरीहरू गाद र आशेर थिए। यी तिनका नानीहरू तब जन्मिएका थिए जब तिनी पद्दमआराममा थिए।

27. याकूब आफ्ना बुबा इसहाककहाँ किर्यतर्बा (हेब्रोन)मा गए। यो त्यही ठाउँ हो जहाँ अब्राहाम र इसहाकले बसो-बास गरेका थिए।

28. इसहाक एक सय असी वर्ष बाँचे।

29. इसहाक जब मरे तिनीहरू अत्यन्त वृद्ध भएका थिए अनि सम्पूर्ण जीवन उपभोग गरे। उसको छोरा एसाव अनि याकूबले तिनलाई तिनका पिताको ठाउँमै गाडे।

About उत्पत्ति Chapter 35

Read उत्पत्ति Chapter 35 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: उत्पत्ति
Chapter: 35
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading उत्पत्ति. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading उत्पत्ति Chapter 35 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is उत्पत्ति Chapter 35?

उत्पत्ति Chapter 35 is part of the Book of उत्पत्ति in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete उत्पत्ति Chapter 35 online for free with easy chapter navigation.

More Chapters from उत्पत्ति

  1. उत्पत्ति Chapter 2
  2. उत्पत्ति Chapter 26
  3. उत्पत्ति Chapter 40
  4. उत्पत्ति Chapter 31
  5. उत्पत्ति Chapter 49
  6. उत्पत्ति Chapter 23
  7. उत्पत्ति Chapter 45

Explore More from पुरानो करार

  1. 2 राजा Chapter 6
  2. यर्मिया Chapter 38
  3. 2 राजा Chapter 14
  4. नहेम्याह Chapter 12
  5. यशैया Chapter 10
  6. यर्मिया Chapter 18
  7. यशैया Chapter 7

Related Chapters & Readings

  1. व्यवस्था Chapter 20
  2. भजनसंग्रह Chapter 83
  3. लूका Chapter 1
  4. भजनसंग्रह Chapter 5
  5. प्रेरितहरूको काम Chapter 28
  6. हबकूक Chapter 2
  7. योएल Chapter 1
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *