उत्पत्ति Chapter 27

For English

Read उत्पत्ति Chapter 27 Online

Read उत्पत्ति Chapter 27 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of उत्पत्ति and the Holy Bible online.

Choose a Chapter

उत्पत्ति 27

अध्याय 27

1. इसहाक बूढा भइसकेका थिए र उनका आँखा यति कमजोर भएका थिए उनले राम्ररी देख्न सक्तैन थिए। एक दिन आफ्नो जेठा छोरा एसावलाई बोलाएर भने, “हे मेरो छोरा।”एसावले उत्तर दिए, “भन्नु होस्, बाबु।”

2. इसहाकले भने, “हेर, म बूढा भइसकेकोछु। हुन सक्छ अब म चाँडै मर्नेछु।

3. अब तँ मेरो निम्ति धनु काँड लिएर शिकार खेल्न जा र एउटा जनावर मारेर।

4. मेरो निम्ति स्वादिष्ट भोजन बनाएर मलाई दे, म खान्छु। तब म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिन्छु।”

5. यसर्थ एसाव शिकार खेल्न गए।याकूबले चलाखी गर्छजति बेला इसहाकले एसावसँग ती कुराहरू गरे रिबेकाले सुनिरहेकी थिइ।

6. रिबेकाले आफ्नो छोरो याकूबलाई भनिन्, “सुन्! तेरो बाबु र दाज्यू कुरा गरिहेको मैले सुनें।

7. तेरो बाबुले भने, ‘मेरो निम्ति एउटा जनावर मार। मेरो निम्ति भोजन बना र म खानेछु। त्यसपछि म मर्नुभन्दा पहिले तँलाईं आशीर्वाद दिनेछु।’

8. यसर्थ मेरा कुरा सुन छोरो, र म जसो भन्छु त्यसै गर।

9. आफ्ना बाख्राहरू भएको ठाउँमा जा र दुइवटा मजाका बाख्राहरू लिएर आइज। म तिनीहरूबाट यस्तो स्वादिष्ठ भोजन तयार पार्नेछु जस्तो तेरो बाबुले मन पराउँछन्।

10. त्यसपछि तैंले तेरो बाबुलाई भोजन पुर्याउनु र उनको मृत्युअघि तँलाईं आशीर्वाद दिनेछन्।”

11. तर याकूबले आफ्नी आमालाई भने, “मेरा दाज्यू रौं नै रौं भएको मानिस हुन् म तिनी जस्तो रौं नै रौं भएको मानिस होइन।

12. यदि मेरा बुबा मलाई छुनु हुन्छ, तब उनीले थाह पाउनेछन्, म एसाव होइन। उनले मलाई आशिर्वाद दिने छैनन्। किनभने मैले उनीसंग हिंड्ने प्रयत्न गरे।”

13. यसर्थ रिबेकाले उसलाई भनिन्, “यदि केही झमेला उब्जेको खण्डमा म त्यसको दोष स्वीकार्नेछु। मैले भनेको मान अनि गएर दुइवटा छिप्पिएका बाख्राहरू लिएर आइज।”

14. यसर्थ याकूब बाहिर गए अनि दुइवटा बाख्राहरू समाते अनि आमाकहाँ ल्याए। उनकी आमाले मासुको उसका बुबाले मन पराउने तरकारी पकाइन्।

15. त्यसपछि रिबेकाले उसको जेठा छोरोले लगाउन मन पराउँने पोशक ल्याईन्। उनले आफ्नो कान्छो छोरो याकूबलाई त्यो पोशाक लगाउन दिईन्।

16. रिबेकाले बाख्राको पाठाका छालाहरू याकूबको गाला अनि हातमा वाँधिदिई।

17. तब उनले याकूबलाई आफूले पकाएको स्वादिष्ट भोजन अनि पोलेको रोटी दिईन्।

18. याकूबले आफ्नो बाबुको नजिक गएर भने, “बुबा।”अनि उसको बाबुले सोधे, “के, तँ को होस्?”

19. याकूबले आफ्नो बुबालाई भने, “म तपाईंको जेठो छोरो एसाव हुँ। तपाईंले जे भन्नुभयो मैले त्यही गरें। अब उठ्नुहोस् अनि मैले शिकार गरी मारेको मृगको मासुको स्वाद चाख्नु होस् ताकि तपाईंले मलाई आशिष दिनुहुन्छ।”

20. तर इसहाकले आफ्नो छोरालाई भने, “तैंले यति चाँडो शिकार खेली कसरी जनावरहरू मारिस्?”याकूबले भने, “किनभने परमप्रभु परमेश्वले मलाई झट्टै नै शिकार फेला पारिदिनु भयो।”

21. तब इसहाकले याकूबलाई भने, “मेरो छोरो, मेरो छेऊमा आइज त, यदि मैले छोएँ भने म जान्न सक्छु साँच्चै तँ मेरो छोरो एसाव नै होस्।”

22. यसर्थ याकूब आफ्नो बाबु इसहाक छेऊमा गए। इसहाकले छोए अनि भने, “तेरो आवाज याकूबको जस्तो सुनिन्छ, तर तेरा पाखुराहरू रौले भरिएकोले एसाव जस्तै लाग्छ।”

23. इसहाकले यो याकूब नै हो भनी चिन्न सकेनन् किनभने उसको पाखुराहरू एसावको झैं थियो। यसर्थ इसहाकले याकूबलाई आशीर्वाद दिए।

24. इसहाकले सोधे, “के तँ साँच्चै मेरो छोरो एसाव होस्?”याकूबले उत्तर दिए, “हो, म एसाव नै हुँ।”

25. तब इसहाकले भने, “मलाई खाने कुरो ल्याइदे। म त्यो खानेछु अनि तलाईं आशीर्वाद दिनेछु।” याकूबले इसहाकलाई खान दिए अनि तिनले खाए। त्यसपछि याकूबले तिनलाई केही दाखरस पनि दिए अनि उनले पिए।

26. त्यसपछि इसहाकले उनलाई भने, “मेरो छोरो, मेरो नजिके आएर मलाई चुम्बन गर्”।

27. तब याकूबले आफ्नो बाबुको नजिक गएर चुम्बन गरे। इसहाकले तिनका लुगाहरूको गन्ध सुँघे र उनलाई आशीर्वाद दिए। इसहाकले भने,“मेरो छोरो परमप्रभुबाट आशीर्वाद पाएको खेतको सुगन्ध झैं होस्।

28. परमप्रभुले तँलाईं धेरै वर्षा दिऊन् जसले गर्दा तँलाईं धेरै अन्न र दाखरसहरू प्राप्त होस्।

29. सबै मानिसहरूले तेरो सेवा गरून्। राष्ट्र तेरो अघि झुकोस्। तँ आफ्नो दाज्यू-भाइहरूको शासक हुनेछस्। तेरी आमाका छोराहरू, तँ अघि झुक्नेछन् अनि तेरो आज्ञा पालन गर्नेछन्। प्रत्येक मानिस जसले तँलाईं सराप दिन्छ उसले सराप पाउँछ, अनि प्रत्येक मानिस जसले तलाईं आशीर्वाद दिन्छ, उसले आशीर्वाद पाउँछ।”

30. इसहाकले याकूबलाई आशीर्वाद दिने काम पूरा गरे। याकूबले आफ्नो बाबु इसहाकलाई छोडेर गएको मात्र थिए एसाव शिकारबाट फर्केर आए।

31. एसावले आफ्नो बुबाले मन पराउने परिकारको मासु तयार पारे अनि बुबाकहाँ ल्याए। उनले आफ्नो बुबालाई भने, “बुबा” म तपाईंको छोरो हुँ। उठ्नुहोस् अनि मृगको मासु चाख्नु होस ताकि तपाईं मलाई आशिष दिनु सक्नुहुन्छ।

32. तर इसहाकले उसलाई सोधे, “तँ को होस्?”उनले उत्तर दिए, “म तपाईंको छोरो एसाव हुँ। तपाईंको जेठो छोरो।”

33. तब इसहाक छक्क परे र काँपे अनि भने, “त्यो को थियो जसले तँ आउनु भन्दा अघि नै मासु ल्यायो? मैले सबै खाँए अनि त्यसलाई आशीर्वाद दिएँ। अब आशीर्वाद फर्काउन अत्यन्तै ढिलो भयो।”

34. एसावले आफ्नो बाबुको कुरा सुने। तिनी अत्यन्तै क्रोधित भए अनि दुःखी भए। तिनी चिच्याए अनि बाबुलाई भने, “बुबा, मलाई पनि आशीर्वाद दिनुहोस्।”

35. इसहाकले भने, “तेरो भाइले मसित ध्रूत्याइँ गर्यो। त्यो आयो अनि तैंले पाउने आशीर्वाद लिएर गयो।”

36. एसावले भने, “उसको नाउँ याकूब हो। यो नाउँ उसको निम्ति उपयुक्त छ। उनले मसित दुइ पल्ट चलाखी गर्यो। उनले मबाट जेठो छोरोको अधिकार खोस्यो अनि अहिले मैले पाउँने आशीर्वाद लग्यो।” त्यसपछि एसावले भने, “मेरो निम्ति केही आशीर्वाद साँच्नु भएको छ?”

37. इसहाकले उत्तर दिए, “छैन, अब एकदमै ढिलो भयो। मैले याकूबलाई तँमाथि शासन गर्ने शाक्ति दिएँ। उसका सबै दाज्यू-भाइहरू उसको नोकर हुनेछन् पनि भनें। अनि मैले उसको निम्ति धेरै अन्न फलोस् अनि दाखरस होस् भनेर आशीर्वाद दिएँ। अब तेरो निम्ति मेरोमा केही छैन।”

38. तर एसावले आफ्नो बाबुलाई आशीर्वाद मागिरह्यो। “के तपाईंसित खाली एउटै मात्र आशीर्वाद छ, बुबा? बुबा! मलाई पनि आशीर्वाद दिनुहोस्!” एसाव रून थाले।

39. तब इसहाकले उनलाई भने, “तँ मलिलो भूमिमा बस्न पाउने छैनस्। तैंले आकाशबाट शीत सम्म पनि पाउने छैनस्।

40. तैंले बाँच्नको निम्ति संघर्ष गर्नु पर्छ। अनि तँ आफ्नो भाइको कमारा बनिनेछस्। तर तैंले स्वाधीन हुन युद्ध गर्ने छस्। तैंले उसको नियन्त्रणलाई भत्काउने छस्।”

41. यस आशीर्वादको कारणले त्यसपछि एसावले याकूबलाई घृणा गर्न थाले। एसावले मनमा सोचे, “मेरा बाबु अब चाँडै मर्नु हुन्छ, अनि त्यसपछि उनको शोक गर्ने समय आउनेछ, तर त्यसपछि म उसलाई मार्नेछु।”

42. एसावको याकूबलाई मार्ने योजना रिबेकाले सुनिन्। उनले याकूबलाई बोलाइन् र भनिन्, “सुन, तेरो दाज्यू एसावले तँलाईं मार्ने षड्‌यन्त्र रचिरहेको छ।

43. यसर्थ, छोरो, म जे भन्छु त्यही गर। मेरो दाज्यू लाबान हारानमा छ, तँ त्यहाँ जा अनि लुक।

44. त्यहाँ उसित केही समयको निम्ति बस्। जब सम्म दाज्यू रिसाउन छाडदैन त्यतिञ्जेल तँ त्यही बस।

45. केही समयपछि तेरो दाज्यूले तैंले उनलाई के गरिस् भुल्नेछ। त्यसपछि तँलाईं लिन म नोकरहरू पठाउनेछु। म एकै दिनमा दुइवटा छोराहरू हराउनु चाँहदिन।”

46. तब रिबेकाले इसहाकलाई भनिन्, “तिम्रो छोरो एसावले हित्ती आइमाईहरू विवाह गरेको छ। म यी आइमाईहरूसित विरक्त भइसकेकी छु, कारण यी आइमाईहरू हाम्रा समाजका होइनन्। यदि याकूबले पनि ती आइमाईहरूबाट नै कसैसित विवाह गरे, म पनि मरिहाल्नेछु।”

About उत्पत्ति Chapter 27

Read उत्पत्ति Chapter 27 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: उत्पत्ति
Chapter: 27
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading उत्पत्ति. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading उत्पत्ति Chapter 27 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is उत्पत्ति Chapter 27?

उत्पत्ति Chapter 27 is part of the Book of उत्पत्ति in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete उत्पत्ति Chapter 27 online for free with easy chapter navigation.

More Chapters from उत्पत्ति

  1. उत्पत्ति Chapter 2
  2. उत्पत्ति Chapter 26
  3. उत्पत्ति Chapter 40
  4. उत्पत्ति Chapter 31
  5. उत्पत्ति Chapter 49
  6. उत्पत्ति Chapter 23
  7. उत्पत्ति Chapter 45

Explore More from पुरानो करार

  1. 1 इतिहास Chapter 18
  2. जकरिया Chapter 10
  3. लेवी Chapter 22
  4. नहेम्याह Chapter 1
  5. योएल Chapter 1
  6. 1 इतिहास Chapter 29
  7. भजनसंग्रह Chapter 92

Related Chapters & Readings

  1. रूथ Chapter 4
  2. 1 राजा Chapter 8
  3. फिलिप्पी Chapter 3
  4. 2 शमूएल Chapter 20
  5. याकूब Chapter 3
  6. प्रस्थान Chapter 10
  7. रोमीहरू Chapter 12
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *