1 इतिहास Chapter 21

For English

Read 1 इतिहास Chapter 21 Online

Read 1 इतिहास Chapter 21 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 इतिहास and the Holy Bible online.

Choose a Chapter

A+ A A-

1 इतिहास 21

अध्याय 21

1. शैतान इस्राएलका मानिसहरूको विरूद्ध थियो। त्यसले दाऊदलाई इस्राएलका मानिसहरूको गन्ती गर्न उत्साहित तुल्यायो।

2. यसर्थ दाऊदले योआब र मानिसहरूका अगुवाहरूलाई भने, “जाऊ अनि इस्राएलका सबै मानिसहरूको गणना गर। देशमा भएका हरेकको गिन्तीगर। बेर्शेबा शहरदेखि दान शहरसम्म। तब मलाई भन, जस द्वारा त्यहाँ कति जना मानिसहरू छन् म जान्ने छु।”

3. तर योआबले भने, “परमप्रभुले उहाँको राष्ट्रलाई सय गुणा विशाल बनाउन्। हजूर, इस्राएलका सबै मानिसहरू तपाईका दास हुन्। तपाई किन यो काम गर्न चाहनुहुन्छ, मेरा परमप्रभु राजा तपाईले इस्राएलका सबै मानिसहरूलाई पापको दोषी तुल्याउनु हुनेछ।”

4. तर राजा दाऊद ढीट थिए। योआबले त्यसै गर्नु पर्यो जो राजाले भने। यसर्थ योआब गए अनि मानिसहरूको गिन्ती गर्दै देश भरि घुमे। त्यस पछि योआब यरूशलेम फर्की आए।

5. अनि कतिजना मानिसहरू थिए सो दाऊदलाई भने। इस्राएलमा 11,00,000 मानिसहरू थिए जो तरवार चलाउन सक्थे। अनि 4,70,000 मानिसहरू यहूदामा थिए जो तरवार चलाउन सक्थे।

6. योआबले लेवी अनि बिन्यामीनका कुल समूहहरूको गिन्ती लिएनन्। योआबले ती अनि परिवार समूहहरूको गणना गरेनन् किनभने तिनलाई दाऊदको आदेश मनपरेन।

7. परमेश्वरको नजरमा दाऊदले नराम्रो कार्य गरेका थिए। यसर्थ परमेश्वरले इस्राएललाई दण्ड दिनु भयो।

8. तब दाऊदले परमेश्वरलाई भने, “मैले अति मूर्खता पूर्ण काम गरेकोछु। मैले इस्राएलका मानिसहरूको गणना गरेर अति नराम्रो पाप गरेका छु। त्यसकारण म तपाईको दासबाट यो पाप हटाई दिनुहोस् भनी याचना गर्छु।”

9. गाद दाऊदका दर्शी थिए। परमप्रभुले गादलाई भन्नुभयो,

10. “जा, अनि दाऊदलाई भनः ‘परमप्रभुले जे भन्नुहुन्छ त्यो यो होः म तँलाई तीनवटा रोजाइ दिंदैछु। तैंले ती मध्ये एउटा रोज्नु पर्छ। तब म तैंले रोजे अनुसार दण्ड दिनेछु।”‘

11. तब गाद दाऊद कहाँ गए। गादले दाऊदलाई भने, “परमप्रभु यही भन्नुहुन्छ, ‘दाऊद रोज कुन दण्ड तँ चाहन्छस्?

12. प्रशस्त आहर बिना तीन वर्ष, वा तीन महीनासम्म, तेरो शत्रुहरू देखि भागी हिंडनु जब तिनीहरू आफ्ना तरवार लिएर तँलाई खेद्धनेछन् परमप्रभुबाट तीन दिनको दण्ड। भयानक रूडि देश भरि फैलने छ अनि परमप्रभुका स्वर्गदूतले मानिसहरूलाई ध्वंश गर्दै इस्राएलको चारैतिर जानेछन्।’ दाऊद परमेश्वरले मलाई पठाउनु भएको हो। अब तपाईले निर्णय गर्नुहोस् कुन उत्तर मैले उहाँलाई दिनु?”

13. दाऊदले गादलाई भने, “म संकष्टमा परेको छु। म कुनै मानिसहले मलाई दण्ड दिएको फैसला चाहँदिन। परमप्रभु दयालू हुनुहुन्छ यसकारण मलाई उहाँको हातमा पर्न दिनोस्।”

14. यसर्थ परमप्रभुले इस्राएलमा भयंकर रोगहरू पठाउनुभयो अनि 70,000 मानिसहरू मरे।

15. परमेश्वरले एउटा स्वर्गदूतलाई यरूशलेम ध्वंश त गर्न पठाउनु भयो। तर जब ती स्वर्ग दूतले यरूशलेमलाई ध्वंशत गर्न शुरू गरे परमप्रभुले त्यो देख्नु भयो अनि उहाँलाई दुःख लाग्यो यसर्थ परमप्रभुले यरूशलेमलाई नाश नपार्ने निश्चय गर्नुभयो। परमप्रभुले स्वर्गदूतलाई जो नाश गर्दै थिए, भन्नुभयो, “रोक! यति नै पर्याप्त छ।” परमप्रभुका स्वर्गदूत यबूसी ओर्नानको खलामा उभिएका थिए।

16. दाऊदले माथितिर हेरे अनि परमप्रभुका स्वर्गदूतलाई आकाशमा देखे। स्वर्गदूतले तिनको तरवार यरूशलेम शहर माथि समातिरहेका थिए। तब दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना शिरलाई भूइँछुने गरि झुकाएर प्रणाम गरे। दाऊद अनि बूढा-प्रधानहरूले आफ्ना दुःख प्रकट गर्नका निम्ति विशेष वस्त्र पहिरेका थिए।

17. दाऊदले परमेश्वरलाई भने, “म त्यही एक हुँ जसले पाप गर्यो। मानिसहरूको गिन्ती गर्नका निम्ति मैले नै आदेश गरेको थिएँ। म अन्जानमा थिएँ। इस्राएलका मानिसहरूले केही भूल गरेका थिएनन्। परमप्रभु मेरा परमेश्वर, मलाई र मेरो परिवारलाई दण्ड दिनुहोस्। तर यो भयानक रोगहरूलाई रोक्नुहोस् जसले तपाईका मानिसहरूलाई मारिरहेछ।”

18. तब परमप्रभुका स्वर्गदूतले गादलाई भने। तिनले भने, “दाऊदलाई परमप्रभुको आराधना गर्नका निम्ति एक वेदी निर्माण गर्नु भन। दाऊदले त्यो बेदी यबूसीका ओर्नानको खलाको नजिक निर्माण गर्नुपर्छ।”

19. गादले ती कुराहरू दाऊदलाई भने अनि दाऊद ओर्नानको खला तिर गए।

20. ओर्नान गहूँ कुट्दै थिए। ओर्नान फर्के अनि स्वर्गदूतलाई देखे। ओर्नानका चारजना छोराहरू लुक्नलाई कुदे।

21. दाऊद ओर्नान डाँडा तिर उकालो लागे। ओर्नानले तिनलाई देखे र खला छाडे। तिनी दाऊद भए तिर गए अनि तिनको सामुन्ने भूइँछुने गरी शिर झुकाई प्रणाम गरे।

22. दाऊदले ओर्नानलाई भने, “तिम्रो खला मलाई बेच। म तिमीलाई पूरा दाम दिनेछु। तब म यो जग्गालाई परमप्रभुको अराधना गर्नको निम्ति बेदी निर्माण गर्न प्रयोग गर्ने छु। तब यी भयानक रोगहरू बन्द हुनेछन्।”

23. ओर्नानले दाऊदलाई भने, “यो खला लिनुहोस्। तपाई मेरो स्वामी, महाराजा हुनुहुन्छ। तपाईंलाई जे इच्छ लाग्छ त्यही गर्नु होस्। तपाईलाई होम बलिहरूका निम्ति गाई-गोरूहरू पनि दिनेछु। म तपाईलाई खलाको तखताहरू दाउराको रूपमा दिनेछु। म अन्न बलि चढाउनको निम्ति गहुँ र यी सबै सामानहरू तपाईलाई दिनेछु।”

24. तर राजा दाऊदले ओर्नानलाई उत्तर दिए, “होइन, म तिमीलाई पूरा दाम दिन्छु। परमप्रभुलाई अर्पण गर्नका निम्ति म तिम्रो केही चीज लिंदिन। म त्यो भेट अर्पण गर्दिन जसको कुनै मूल्य दिनु पर्दैन।”

25. यसर्थ दाऊदले ओर्नानलाई त्यो स्थानको निम्ति 600 शेकेल जति सुन दिए।

26. दाऊदले त्यहाँ परमप्रभुको आराधना गर्नका निम्ति एउटा बेदी निर्माण गरे। दाऊदलले होमबलि र मेलबलि चढाए। दाऊदले परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले स्वर्गबाट आगो पठाएर दाऊदलाई उत्तर दिनुभयो। त्यो आगो तल होमबलिको बेदीमा झर्यो।

27. तब परमप्रभुले स्वर्गदूतलाई तिनको तरवार म्यानमा हाल्नु भनी आज्ञा दिनुभयो।

28. दाऊदले देखे कि परमप्रभुले ओर्नानको खलामा तिनलाई उत्तर दिनुभयो। यसर्थ दाऊदले परमप्रभुको निम्ति बलि चढाए।

29. पवित्र पाल अनि होमबलिको वेदी गिबोन शहरको उच्च स्थानमा थियो। मोशाले त्यो पवित्र पाल निर्माण गरेका थिए जब इस्राएलका मानिसहरू मरूभूमिमा थिए।

30. दाऊद परमेश्वरसित कुरा-कानी गर्न पवित्र पालमा जान सकेनन् किनभने तिनी भयभीत थिए। दाऊद परमप्रभुका स्वर्गदूत अनि तिनको तरवारसित भयभीत थिए।

About 1 इतिहास Chapter 21

Read 1 इतिहास Chapter 21 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 इतिहास
Chapter: 21
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 इतिहास. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 इतिहास Chapter 21 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 इतिहास Chapter 21?

1 इतिहास Chapter 21 is part of the Book of 1 इतिहास in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 इतिहास Chapter 21 online for free with easy chapter navigation.

Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *