यहोशू Chapter 13

For English

Read यहोशू Chapter 13 Online

Read यहोशू Chapter 13 online from the Holy Bible. This chapter is part of the Book of यहोशू in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यहोशू and the Holy Bible online.

Choose a Chapter

A+ A A-

यहोशू 13

अध्याय 13

1. जब यहोशू अत्यन्त बृद्ध भए, परमप्रभुले तिनलाई भन्नुभयो, “यहोशू तँ बृद्ध भइसकेको छस्, तर तैंलेअझ्झ धेरै भूमि अधिकारमा ल्याउनुछ।

2. त्यहाँ पलिश्तीहरू र गश्शूरीहरूको भूमि अझ्झै बाँकी नै छ,

3. भूमि मिश्रको शिहोर नदीदेखि लिएर एक्रोनको सम्म अनि उत्तरतिरको भूमि सम्म छ। भूमि अझ्झै पनि कनानी मानिसहरूद्वारा अधिकार भइरहेको छ। पलिश्तीहरूको पाँच अगुवाहरू गाजी, अश्दोदी, अश्कलोनी, गात अनि एक्रोनलाई नष्ट भएको छैन, न ता अव्वी मानिसहरूलाई,

4. जो दक्षिणतिर बस्छन्। कनानीहरूको सबै भूमि (जुन चाँहि सीदोनीहरूको हो) देखि लिएर अपेक सम्म, जहाँ सम्म एमोरीहरूको सीमानामा पर्छ।

5. अनि गीबालीहरूको भूमि लबानोनको बाल गादको पूर्वतिर देखि लिएर हेर्मोको पर्वतको मुनि देखि लेबो-हमात प्राप्त गर्न अझै बाँकी नै छ।

6. “सबै सीदोनी मानिसहरू, पनि जो लबानोनको पहाडी भूमिदेखि लिएर मिश्रपोत मैमसम्म बस्दछन्। म यी सबै मानिसहरूलाई इस्राएलीहरूका निम्ति भगाइदिनेछु। मैले आज्ञा गरे झैं भूमि तिनीहरूको उत्तराधिकार अनुसार इस्राएलीहरूको बीचमा बाँडिदेऊ।

7. अब नौं कुल समूहहरू अनि मनश्शेका आधा कुल समूहको माझ भूमि विभाजन गर।”भूमि-विभाजन

8. रूबेन, गाद अनि मनश्शेका अर्को आधा कुल समूहहरूले सबै तिनीहरूका भूमि अधिनै लिइसकेका थिए। परमप्रभुका दास मोशाले तिनीहरूलाई यर्दन नदी पूर्वको भूमि दिए।

9. तिनीहरूको भूमि आरोएर देखि शुरू भएर अर्नोनको बेंसी अनि बेंसीको बिचमा भएको शहर सम्म थियो। अनि त्यसमा मेदबा देखि दीबोन सम्मको सम्पूर्ण भूमि सम्मिलित थिए।

10. एमोरी मानिसहरूका राजा सीहोनले शासन गरेका सबै शहरहरू त्यस भूमिमा थिए। ती राजाले हेश्बोनको शहरमा शासन गरेका थियो। त्यो भूमि त्यो क्षेत्रसम्म फैलिएको थियो जहाँ एमोरी मानिसहरू बस्थे।

11. गिलाद शहर पनि त्यस भूमिमा थियो। अनि त्यो क्षेत्र जहाँ गशूर अनि माकाका मानिसहरू त्यस भूमिमा बस्दथे। सम्पूर्ण हेर्मोन पर्वत अनि सम्पूर्ण बाशानका सलकासम्मको क्षेत्र त्यस भूमिमा थियो।

12. बाशनमा ओगको सम्पूर्ण राज्य विगतमा जसले अश्तारोत र एद्रईहरूमा शासन, गरेका थिए। ओग रपाई मानिसहरूको अन्तिम थिए, मोशाले यी मानिसहरूलाई आक्रमण गरे अनि तिनीहरूको भूमि लिए।

13. इस्राएलका मानिसहरूले गेशूर अनि माकाका मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याएनन्। ती मानिसहरू अझसम्म इस्राएलका मानिसहरू माझ बस्छन्।

14. लेवी कुल समूह मात्र त्यो एक थियो। जसले कुनै भूमि प्राप्त गरेन। बद्लामा लेवीका मानिसहरूले ती सबै पशुहरू पाए जो आगोद्वारा परमप्रभु परमेश्वरलाई अर्पण गरिएका थिए। यो त्यही थियो जो परमप्रभुले तिनीहरूलाई भाकल गर्नु भएको थियो।

15. मोशाले प्रत्येक कुल समूहलाई रूबेनका कुल समूहबाट केही भूमि दिएका थिए। तिनीहरूले पाएको भूमि यो होः

16. यो भूमि अर्नोनको बेंसी नजिकको अरोएर मेदबा शहरसम्म थियो। यसमा सम्पूर्ण समतल भूमि अनि बेंसी माझको शहर सम्मिलित थियो।

17. त्यो भूमि हेश्बोनसम्म लगातार थियो। यसमा समतल भूमिको सबै शहरहरू सम्मिलित थियो। ती शहरहरू दीबोन, बमोतबाल, बेतबाल्मोन,

18. यहसा, कदेमोत, र मेपात,

19. किर्यातैम, सिब्मा, डाँडाको बेंसी सेरेथशेहर,

20. बेतपोर, पिसगाको पाखो अनि बेत्यशीमोत थिए।

21. यसरी त्यहाँका सबै भूमिमा अनि सबै क्षेत्रमा एमोरी मानिसहरूका राजा सीहोनले शासन गर्थे, सम्मिलित थिए। ती राजाले हेश्बोनमा शासन गर्थे। तर मोशाले तिनलाई अनि मिद्यानका अगुवाहरूलाई परास्त गरेका थिए। ती अगुवाहरू एवी, रेकेम, सूर, हूर अनि रेबा थिए। (यी सबै अगुवाहरू एक साथ सीहोन विरूद्ध लडेका थिए।) यी सबै अगुवाहरू त्यस देशमा बस्थे।

22. इस्राएलका मानिसहरूले बओरका छोरा बिलामलाई परास्त गरे। (बालामले भविष्य भन्नका निम्ति जादूको उपयोग गर्ने कोशिश गरे।) इस्राएलका मानिसहरूले युद्धमा धेरै मानिसहरूलाई मारे।

23. जो भूमि रूबेनलाई दिइएको थियो त्यो यर्दन नदीको किनारमा टुङ्गिइन्थ्यो। यसर्थ रूबेनलाई दिइएको भूमिमा यी सबै शहरहरू र सूचीमा भएका तिनीहरूका खेतहरू सम्मिलित थिए।

24. मोशाले गादका कुल समूहलाई दिएको भूमि यही हो। मोशाले यो भूमि प्रत्येक कुल समूहलाई दिए।

25. याजेरको भूमि अनि गिलादका सम्पूर्ण शहरहरू। तिनीहरूलाई मोशाले रब्बाको नजिकको अरोएरसम्म अनि अम्मोनीहरूका आधाभूमि दिए।

26. त्यो भूमि हेश्बोन देखि रामत मिस्पा अनि बेतोनीम सम्मका क्षेत्रहरू सम्मिलित थिए। त्यो भूमि महनोम देखि दबीरको सीमानासम्म थियो।

27. त्यस भूमि बेथाराम बेंसी, बेतनिम्रा सुक्कोत, र सापोन सम्मिलित थिए। अन्य भूमि जो सीहोन, हेश्बोनका राजाले शासन गरेका थिए यो सबै भूमि सम्मिलित थियो। यो भूमि यर्दन नदीको पूर्वतर्फ र गालील समुद्रको छेउसम्म थियो।

28. यी सबै भूमिहरू जो मोशाले गादका कुल समूहलाई दिएका थिए। त्यो भूमिमा सूचीमा भएका सबै शहरहरू सम्मिलित थिए। मोशाले त्यो भूमि प्रत्येक कुल समूहलाई दिएका थिए।

29. मोशाले मनश्शेका आधा कुल समूहलाई दिएको भूमि यही हो। मनश्शेको कुल समूहका सबै कुलका आधाले यो भूमि प्राप्त गरेः

30. त्यो भूमि महनोमबाट शुरू भएको थियो। त्यो भूमिमा सम्पूर्ण बाशान सम्मा, र बाशानका राजा ओगले शासन गरेका सम्पूर्ण भूमि, बाशान र याईरका सबै शहरहरू सम्मिलित थिए। त्यहाँ जम्मा साट्ठीवटा शहरहरू थिए।

31. त्यो भूमिमा गिलादको आधा, अश्तारोत अनि एद्रेई-ओगको राजधानीवरिपरीका शहरहरू पनि सम्मिलित थिए। यी सबै भूमिहरू मनशशेका छोरा माकीरका कुललाई दिए। ती छोराहरू मध्ये आधाले यो भूमि प्राप्त गरे।

32. मोशाले यी सबै भूमि ती कुल समूहहरूलाई दिए, मोशाले यसो गरे जब मानिसहरू मोआबको समतल भूमिको छाउनीमा बसेका थिए। यो यरीहोको पूर्व यर्दन नदी पारी थियो।

33. मोशाले लेवी कुल समूहलाई कुनै पनि भूमि दिएनन्। परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नु भएको छ कि उहाँ स्वयं लेवी कुल समूहका निम्ति भेटूनु हुनेछ।

About यहोशू Chapter 13

Read यहोशू Chapter 13 online from the Holy Bible. This chapter is part of the Book of यहोशू in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: यहोशू
Chapter: 13
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading यहोशू. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading यहोशू Chapter 13 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is यहोशू Chapter 13?

यहोशू Chapter 13 is part of the Book of यहोशू in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete यहोशू Chapter 13 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 3

Explore More from यहोशू

  1. यहोशू Chapter 14
  2. यहोशू Chapter 21
  3. यहोशू Chapter 5
  4. यहोशू Chapter 19
  5. यहोशू Chapter 20
  6. यहोशू Chapter 18
  7. यहोशू Chapter 16

Related Chapters & Readings

  1. आमोस Chapter 8
  2. उत्पत्ति Chapter 26
  3. भजनसंग्रह Chapter 76
  4. मत्ती Chapter 17
  5. लेवी Chapter 21
  6. रोमीहरू Chapter 7
  7. यशैया Chapter 63
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *