Read एज्रा Chapter 4 Online
Read एज्रा Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of एज्रा in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of एज्रा and the Holy Bible online.
Choose a Chapter
एज्रा 4
अध्याय 4
1. जब यहूदा अनि बिन्यामीनका शत्रुहरूले सुने कि कैदीहरूले परमप्रभु, इस्राएलका परमेश्वरको मन्दिर पुनःर्निर्माण गर्दैछन्।
2. तिनीहरू यरूबाबेल, “कुलका अगुवाहरू कहाँ आए। अनि तिनीहरूलाई भने। हामीहरूलाई निर्माण गर्न र तिमीहरूलाई सहायता गर्न देऊ, तिमीहरूले जस्तै हामी पनि तिमीहरूका परमेश्वरको प्रार्थना गर्छौ अनि हामीहरू अश्शूरका राजा एसरहद्दोनको समयदेखि बलिदान अर्पण गरिरहेका छौं जसले हामीहरूलाई यहाँ ल्याए।”
3. तर यरूबाबेल येशूअ अनि इस्राएल का अन्य कुलका अगुवाहरूले तिनीहरूलाई भने, “हाम्रो परमेश्वरको मन्दिर निर्माण गर्न हामीलाई तिमीहरूले सहायता गर्नुपर्दैन। किनभने फारसका राजा कोरेसले हामीलाई आदेश गर्नु भए अनुसार परमप्रभु, इस्राएलका परमेश्वरको निम्ति हामीले मात्र मन्दिरको निर्माण गर्ने छौ।”
4. यस प्रकारले ती वरिपरिका मानिसहरूले यहूदाका मानिसहरूलाई हतोत्साह पारे अनि मन्दिर निर्माण गर्न तिनीहरूलाई भयभीत तुल्याए।
5. फारसका राजा कोरेसको समयभरि, राजा दाराले शासन नगरे सम्म ती यहूदी मानिसहरू।
6. अहासूरसको शासनकालको शुरूमा तिनीहरूले यहूदा अनि यरूशलेममा बस्ने यहूदीहरूको विरूद्ध एउटा अभियोग पत्र लेखेर पठाए।
7. अनि आर्ट-जारसेजसमयमा बिश्लाम, मित्रदात, ताबेल अनि आफ्ना अन्य सहयोगीहरूले फारसका राजा आर्ट-जारसेजलाई कागजमा लेखेको पत्र आरामी लिपिमाथियो, अनि अरामी भाषामा नै अनुवाद गरिएको थियो।
8. उच्च आयुक्त रहूम, अनि शिम्शै, सचिवले यरूशलेमको विरूद्ध राजा आर्ट-जारसेजलाई एक पत्र यसरी लेखेः
9. उच्च आयुक्त रहूम अनि शिम्शै सचिव र तिनिहरूका अन्य सहयोगिहरू, न्यायधीशहरू, आयुक्तहरू, फारसीहरू, एरेकहरू, बाबेल अनि शूशनका मानिसहरू अथवा एलामीहरू अनि अन्य मानिसहरू जसलाई महान अनि प्रख्यात अस्सूरबनिपालले तिनीहरूका देशबाट निकालेका थिए।
10. अनि सामरियाको शहरहरू र प्रदेशका नदीपारि अन्य स्थानमा बसेका थिए। यो, तिनीहरूले उनलाई पठाएका पत्र को एक प्रतीलिपि हो।
11. राजा आर्ट-जारसेज प्रति, तपाईंका सेवकहरू, नदी पारिको प्रदेशका मानिसहरू द्वारा।
12. अबः राजालाई यो ज्ञानहोला कि यहूदीहरू जो तपाई बाट हामी कहाँ आएका थिए यरूशलेम गएका छन्। तिनीहरूले बागी अर्थात दुष्ट शहर पुनःर्निर्माण गरिरहेछन्। तिनीहरूले पर्खालहरू पुनःर्निर्माण गरिरहेछन् तिनीहरूले जग निर्माण गरिरहेछन्।
13. अब, राजाले यो कुरा जान्न सकून कि यदि त्यो शहरको पुनःर्निर्माण भयो भने र त्यसका पर्खालहरू पूर्ण भए भने तिनीहरूले कुनै किसिमका तिरोहरू तिर्नेछैनन्। आखिरमा यसले राज्यसत्ता प्रति हानी पुर्याउनेछ।
14. अहिले, हामीले राजा प्रति स्वामीभक्त हुने वचन दिएकाछौं। यसकारण राजाप्रति अपमान भएको हेर्नु हाम्रो निम्ति उचित होइन। यसैकारण हामीले राजालाई सूचित गर्न यो समाचार पठायौं।
15. जसमा कि तपाईका पिता-पुर्खाहरूका अभिलेखमा खोजि गरियोस्। यी अभिलेखहरूमा तपाईंले यो पाउनुहुनेछ अनि जान्नु हुनेछ कि त्यो एक बागी शहर हो। एक शहर जसले राजाहरू अनि देशहरू प्रतिघात पुर्याउँछ धेरै अघि देखिनै त्यो देश भित्र विद्रोह भईराइराखेको छ। यसैकारणले गर्दा त्यो शहर ध्वंश भएको थियो।
16. हामी राजालाई यो सूचित गर्दछौ, कि त्यो शहरको पुनःर्निर्माण भयो अनि त्यसका पर्खालहरू को निर्माण भयो भने यूफ्रेटिस नदीको पश्चिमी सीमानापारी तपाईं को अधिकार रहने छैन।
17. राजाले यो सन्देश पठाएःरहूम, उच्च आयुक्त अनि शिम्शै सचिव अनि तपाईंहरूका अन्य सरकारी मानिसहरू जो सामरियामा बस्छन् नदी पारिका अन्य प्रदेशहरू प्रतिः अभिवादन।
18. अबः तिमीहरूले हामिलाई पठाएको पत्र मेरा समक्ष पढियो र अनुवाद गरियो।
19. मैले एक आदेश दिए अनि खोज-तलाश गरियो तिनीहरूले यो थाहा पाए कि त्यो शहरले धेरै अधि देखि राजाहरूको विरूद्ध राजद्रोही गरेकोछ। त्यहाँ अनाज्ञाकारि राजद्रोहीहरूको उपस्थित छ।
20. त्यहाँ यरूशलेममा शक्तिशाली राजाहरू थिए अनि जसले नदी पारिका समस्त प्रदेशहरू नियन्त्रण गरे। अनि सबै किसिमका तिरोहरू तिनीहरूलाई तिरिन्थ्यो।
21. अब, यी यहूदी मानिसहरूलाई काम रोक्नु भनि आदेश देऊ जसमा कि मैले त्यसो गर्ने आज्ञा नदिएसम्म त्यो शहरको पुनःर्निर्माण गरिनेछैन।
22. यस कुरालाई नल्याइयोस्। त्यसमा सावधान रहनु जस द्वारा राजकीय-रूचीप्रति अझ अधिक क्षति हुनेछैन।
23. रहूम, सचिव शिम्शै अनि तिनीहरूका सरकारी मानिसहरू राजा आर्ट-जारसेज समक्ष पत्र पढिनुका साथै तिनीहरू तुरून्तै यरूशेलममा यहूदीहरू कहाँ गए। अनि बल एवं शक्तिद्वारा तिनीहरूले कामदारलाई काम बन्द गर्न लगाए।
24. तब यरूशलेममा परमेश्वरको मन्दिर निर्माण कार्य रोकियो अनि त्यो कार्य फेरी फारसका राजा दाराको शासन कालको दोस्रो वर्षनभए सम्म शुरू भएन।
About एज्रा Chapter 4
Read एज्रा Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of एज्रा in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: एज्रा
Chapter: 4
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading एज्रा. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading एज्रा Chapter 4 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is एज्रा Chapter 4?
एज्रा Chapter 4 is part of the Book of एज्रा in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete एज्रा Chapter 4 online for free with easy chapter navigation.
More Chapters from एज्रा
- एज्रा Chapter 4
- एज्रा Chapter 5
- एज्रा Chapter 10
- एज्रा Chapter 1
- एज्रा Chapter 10
- एज्रा Chapter 2
- एज्रा Chapter 9
Explore More from पुरानो करार
- प्रस्थान Chapter 3
- उत्पत्ति Chapter 2
- इजकिएल Chapter 14
- लेवी Chapter 19
- 1 शमूएल Chapter 13
- उत्पत्ति Chapter 19
- यहोशू Chapter 10