भजनसंग्रह Chapter 48

For English

Read भजनसंग्रह Chapter 48 Online

Read भजनसंग्रह Chapter 48 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of भजनसंग्रह and the Holy Bible online.

Choose a Chapter

भजनसंग्रह 48

अध्याय 48

1. परमप्रभु महान् हुनुहुन्छ। उहाँको पवित्र पर्वतमा, मानिसहरूले हाम्रो परमेश्वरको शहरमा अधिक प्रशंसा गर्दछन्।

2. परमेश्वरको पवित्र शहर यस्तो आनन्दमय उचाइमा छ! यसले पृथ्वीभरिका मानिसहरूलाई आनन्द दिन्छ! सियोन पर्वत परमेश्वरको साँचो पर्वतहो, यो महान् राजाको शहर हो।

3. त्यस शहरको राजमहलमा, परमेश्वरलाई किल्ला भनिन्छ।

4. एक समय, केही राजाहरू आपस्तमा भेट गरे। तिनीहरूले यस शहरमाथि आक्रमण गर्ने योजना गरे। तिनीहरू सबैले यस शहरतर्फ कदम बढाए।

5. तर त्यसपछि ती राजाहरू यो शहर देखेर छक्क परे। तिनीहरू सबै भयग्रस्त भए अनि लम्पट परे!

6. डरले ती राजाहरूलाई कस्सेर समात्यो। ती राजाहरू डरले कामे।

7. हे परमेश्वर तपाईंले शक्तिशाली पूर्वेली बतास चलाउनु भयो अनि तिनीहरूका ठूल-ठूला जहाजहरू सबै भताभुङ्ग पारिदिनु भयो।

8. हो, हामीले तपाईंको महान् शक्तिका कथाहरू सुनेका छौं। तर यसलाई हामीले हाम्रो परमेश्वरको शहरमा पनि देख्यौं, सर्वशक्तिमान् परमेश्वरको शहरलाई उहाँले अनन्त सम्मको लागि बलियो बनाउनु भयो!

9. हे परमेश्वर, तपाईंको मन्दिरमा तपाईंको प्रेमपूर्ण अनुग्रहलाई हामी सतर्क भएर सोच्दछौं।

10. हे परमेश्वर, तपाईं प्रख्यात हुनुहुन्छ, मानिसहरूले तपाईंलाई पृथ्वीभरि प्रशंसा गर्दछन्। तपाईं कति धार्मिक हुनुहुन्छ भनेर सबैलाई थाहा छ।

11. हे परमेश्वर! सियोन पर्वत खुशी हुन्छ। यहूदाका शहरहरू तपाईंको सही निर्णयले गर्दा रमाउँदछन्।

12. सियोनको चारैतर्फ हिंड्। शहरमा हेर। त्यहाँका अग्ला महलहरू गन।

13. अग्ला पर्खालहरू हेर, सियोनका राजमलहरूको प्रशंसा गर। तब तिमीले आफ्ना भावी सन्तानहरूलाई यसको विषयमा भन्न सक्नेछौ।

14. यी परमेश्वर सदा-सर्वदाका लागि हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँले हामीलाई सघैं पथ-प्रर्दशन गर्नु हुनेछ।

About भजनसंग्रह Chapter 48

Read भजनसंग्रह Chapter 48 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: भजनसंग्रह
Chapter: 48
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading भजनसंग्रह. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading भजनसंग्रह Chapter 48 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is भजनसंग्रह Chapter 48?

भजनसंग्रह Chapter 48 is part of the Book of भजनसंग्रह in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete भजनसंग्रह Chapter 48 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. हाग्गै Chapter 2
  3. सपन्याह Chapter 2
  4. नहूम Chapter 3
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 5

Explore More from भजनसंग्रह

  1. भजनसंग्रह Chapter 20
  2. भजनसंग्रह Chapter 41
  3. भजनसंग्रह Chapter 74
  4. भजनसंग्रह Chapter 97
  5. भजनसंग्रह Chapter 35
  6. भजनसंग्रह Chapter 16
  7. भजनसंग्रह Chapter 98

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 35
  2. न्यायकर्ता Chapter 3
  3. हितोपदेश Chapter 14
  4. यूहन्ना Chapter 21
  5. 1 राजा Chapter 2
  6. 1 शमूएल Chapter 29
  7. इजकिएल Chapter 17
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *