गन्ती Chapter 7

For English

Read गन्ती Chapter 7 Online

Read गन्ती Chapter 7 online from the Holy Bible. This chapter is part of the Book of गन्ती in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of गन्ती and the Holy Bible online.

Choose a Chapter

गन्ती 7

अध्याय 7

1. जब मोशाले पवित्र पाल खडा गरी सके उसले यसलाई अभिषेक द्वारा परमप्रभुमा समर्पण गरे अनि पवित्र पाल, यसको वस्तुहरू, वेदी अनि यससित भएका सबै कुराहरू बनाए।

2. इस्राएलका मानिसहरूको गन्ती हुदाँ यसका जिम्मावार मानिसहरू परिवार, प्रधानहरू, र कुल नायकहरूले परमप्रभुलाई उपहारहरू चढाए।

3. तिनीहरूले 12 वटा गोरूहरूले तानेर ल्याएको 6 वटा ढाकिएको गाडाहरू परमप्रभुका निम्ति उपहारहरू ल्याए। प्रत्येक दुईजना अगुवालाई तिनीहरूले एउटा गाडा र प्रत्येक अगुवालाई एउटा साँढे दिए। तिनीहरूले यी उपहारहरू पवित्र पालमा चढाए।

4. परमप्रभुले मोशालाई भन्नुभयो,

5. “तिनीहरूबाट यी उपहारहरू ग्रहण गर ताकि यी उपहारहरू भेट हुने पालको काममा चलाउन सकीन्छ। यी सब चीजहरू लेवीहरूले तिनीहरूको कामको सहायतार्थ प्रयोग गर्न सक्छन्।”

6. यसर्थ मोशाले ती गाहरू र गोरूहरू लिएर लेवीहरूलाई दिए।

7. मोशाले गेर्शोनीहरूलाई तिनीहरूको कामको निम्ति दुइवटा गाडाहरू र चारवटा गोरूहरू दिए।

8. तिनले चारवटा गाडाहरू र आठवटा गोरूहरू पूजाहारी हारूनका छोरा ईतामारको निर्देशनमा काम गर्नलाई मरारीहरूलाई दिए।

9. कहातीहरूलाई तिनले केही पनि दिएनन् किनभने तिनीहरूले गर्नु पर्ने सेवा केवल पवित्र सर-सामानहरू काँधमा बोक्नु मात्र थियो।

10. जब वेदी अभिषेक गरियो वेदीमा चढाउन प्रधानहरूले उपहारहरू ल्याए। प्रधानहरूले उपहारहरू वेदीमा ल्याए।

11. परमप्रभुले मोशालाई भन्नुभयो, “प्रत्येक दिन एकजना प्रधानहरूले तिनीहरूको उपहार ल्याऊन्।”

12. यहूदा कुलका नायक अम्मीनादाबका छोरा नहशोनले पहिलो दिन आफ्नो उपहार चढाए।

13. तिनको उपहार यस प्रकारको थियोः तिनको उपहारमा पवित्र-स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल सत्तरी शेकेल परिमाणको एउटा छर्कनेबाटा यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो,

14. दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

15. होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे थुमा,

16. पापबलिको निम्ति एउटा बोको।

17. अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा।

18. दोस्रो दिन इस्साकारका कुलनायक सूआरको छोरो नतनेलले आफ्नो उपहार ल्याए।

19. तिनले ल्याएको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल चाँदीको थाल, सत्तरी शेकेल चाँदी परिमाणको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो।

20. दश शेकेल चाँदीको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

21. होमबलिको निम्ति एउटा जवान साढे, एउटा भेडा तथा एउटा एक बर्षे थुमा,

22. पापबलिको निम्ति एउटा बोको,

23. अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। सूआरको छोरो नतनेलको उपहार यस्तो थियो।

24. तेस्रो दिन हेलोनका छोरा जबूलून कुलनायक एलीआबले उपहार चढाए।

25. तिनले चढाएको उपहार यस प्रकार थियो पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएका थिए,

26. दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

27. होमबलिको निम्ति एउटा जवान गोरू, एउटा साँढे भेडा अनि एउटा एक वर्षे थुमा,

28. पापबलिको निम्ति एउटा बोको,

29. मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। हेलोनको छोरो एलीआबको उपहार यस्तो थियो।

30. चौथो दिन रूबेन कुल नायक सदेऊरका छोरो एलीसूरले उपहार चढाए।

31. तिनको उपहार यस प्रकारको थियोः पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएको थियो,

32. दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

33. होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एउटा एक वर्षे थुमा,

34. पापबलिको निम्ति एउटा बोको,

35. मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थूमाहरू। सदेऊरको छोरो एलीसूरको उपहार यस्तो थियो।

36. पाँचौं दिन सिमोनका कुल नायक सूरीशद्‌दैको छोरो शलूमीएलले उपहार चढाए।

37. तिनको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएका थिए,

38. दश शेकेल ओजनको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

39. होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एउटा एक वर्षे थुमा,

40. पापबलिको निम्ति एउटा वोको,

41. मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा सूरीशदूदैको छोरो शलूमीएलको उपहार यस्तो थियो।

42. छैटौं दिन गादका कुलनायक रूएलका छोरो एल्यासापले आफ्नो उपहार चढाए र

43. तिनको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजन भएको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।

44. दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धूपले भरिएको थियो।

45. होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे थुमा,

46. पापबलिको निम्ति एउटा बोको,

47. अनि मेल बलिको दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थुमा, रूएलको छोरो एल्यासापले चढाएको बलि यिनीहरू नै हुन्।

48. सातौं दिन एप्रैम वंशको प्रमुख अम्मीहूदको छोरो एलीशामाले उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकार थियो।

49. पवित्र स्थानमा चलाइने परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेल चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।

50. दश शेकेल सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

51. होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक वर्षे थुमा।

52. पापबलिको निम्ति एउटा वोको,

53. अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। अम्मीहूदको छोरो एलीशामाले चढाएको बलि यिनीहरू नै हुन्।

54. आठौं दिन मनश्शे कुलको नायक पदासूरका छोरो गमलीएलले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियोः

55. पवित्र स्थानमा चलाइएको ओजन अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।

56. दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

57. होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक वर्षे एउटा थुमा,

58. पापबलिको निम्ति एउटा बोको,

59. अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। पदासूरको छोरो गमलीएलले चढाएको बलि यिनीहरू नै हुन्।

60. नवौं दिन बिन्यामीन कुलका नायक गिदोनीको छोरो अबीदानले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो।

61. पवित्र स्थानमा चलाइएको परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल परिमाणको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो,

62. दश शेकेल ओजन गरिने सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

63. होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे एउटा थुमा,

64. पापबलिको निम्ति एउटा बोको,

65. अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थुमाहरू। गिदोनीको छोरो अबीदानले चढाएका बलिहरू यिनीहरू नै हुन्।

66. दर्शों दिन दान कुलका नायक अम्मीशद्‌दैको छोरो अहीएजेरले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो।

67. पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल ओजन चाँदीको थाल, सत्तरी शेकेल परिमाणको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो,

68. दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

69. होम बलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे एउटा थुमा,

70. पापबलिको निम्ति एउटा बोको,

71. अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। अम्मीशद्‌दैनका छोरो अहीएजेरले चढाएको बलिहरू यिनीहरू नै हुन्।

72. एघारौं दिन आशेर कुलका नायक ओक्रानका छोरो पगीएलले आफ्नो उपहार चढाए।

73. उस द्वारा चढाएको उपहार यस प्रकार थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेलको चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो।

74. दश शेकेल ओजनको सुनको एउटा ठुलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।

75. होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे एउटा थुमा,

76. पापबलिको निम्ति एउटा बोको,

77. अनि मेलबलिको निम्ति दुईवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। ओक्रानको छोरो पगीएलले चढाएको बलिहरू यिनीहरू नै हुन्।

78. बार्हौं दिन नप्ताली कुलका नायक एनानको छोरो अहीराले आफ्नो उपहार चढाए।

79. तिनले चढाएको उपहार यस प्रकार थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो,

80. दश शेकेल ओजनको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धूपले भरिएको थियो।

81. होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक वर्षे एउटा थुमा,

82. पापबलिको निम्ति एउटा बोको,

83. अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। एनानको छोरा अहीराले चढाएको बलि यिनीहरू नै हुन्।

84. मोशाले वेदी अभिषेक गरेको समयमा इस्राएली मानिसहरूका कुल नायकहरूले चढाएका उपहार यिनीहरू नै थिए। बाह्रवटा चाँदीको थाल, बाह्रवटा चाँदीको भाडा, बाह्रवटा सुनको ठूलो धूपौरो।

85. प्रत्येक चाँदीको थालको ओजन एकसय तीस शेकेल अनि प्रत्येक चाँदीको भाँडाको ओजन सत्तरी शेकेल थियो। भाँडा-कुँडाहरूको जम्मै चाँदीको तौल पवित्र स्थानको शेकेलको तौल बमोजिम 2,400 शेकेल थियो।

86. पवित्र स्थानमा चलाइएको परिमाण अनुसार, बाह्रवटा सुनको धूपौरोहरूको ओजन एउटाको दश शेकेल गरी जम्मा एक सय बीस शेकेल थियो।

87. होमबलिको निम्ति चढाइएका पशुहरू जम्मा बाह्रवटा जवान गोरू, बाह्रवटा एक वर्षका पाठा भेडा, तिनीहरूलाई चाहिने अन्नबलि सहित बाह्रवटा थुमाहरू र पापबलिको निम्ति बाह्रवटा बोकाहरू थिए।

88. मेलबलिको निम्ति चढाइएको पशुहरूको जम्मा संख्या-चौबिसवटा गोरू, साठीवटा भेडा, साठीवटा बोका र साठीवटा एक वर्षे थुमा थिए। वेदी अभिषेक गरिएको समयमा चढाइएको उपहारहरू यी नै हुन्।

89. परमेश्वरसित कुरा गर्न जब मोशा भेट हुने पालभित्र गए, करारको सन्दूकमाथिको कृपा-आसनमा दुईजना करूब स्वर्गदूतहरूको माझबाट परमेश्वरले तिनीसंग बोलिरहेको आवाज सुने। यसरी परमेश्वरले तिनीसित कुरा गर्नुभयो।

About गन्ती Chapter 7

Read गन्ती Chapter 7 online from the Holy Bible. This chapter is part of the Book of गन्ती in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: गन्ती
Chapter: 7
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading गन्ती. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading गन्ती Chapter 7 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is गन्ती Chapter 7?

गन्ती Chapter 7 is part of the Book of गन्ती in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete गन्ती Chapter 7 online for free with easy chapter navigation.

More Chapters from गन्ती

  1. गन्ती Chapter 26
  2. गन्ती Chapter 35
  3. गन्ती Chapter 27
  4. गन्ती Chapter 22
  5. गन्ती Chapter 34
  6. गन्ती Chapter 8
  7. गन्ती Chapter 30

Explore More from पुरानो करार

  1. यशैया Chapter 34
  2. भजनसंग्रह Chapter 33
  3. भजनसंग्रह Chapter 25
  4. उत्पत्ति Chapter 32
  5. व्यवस्था Chapter 23
  6. भजनसंग्रह Chapter 52
  7. 1 इतिहास Chapter 27

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 13
  2. 2 शमूएल Chapter 18
  3. श्रेष्ठगीत Chapter 7
  4. मत्ती Chapter 8
  5. न्यायकर्ता Chapter 2
  6. हिब्रू Chapter 2
  7. व्यवस्था Chapter 30
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *