उत्पत्ति Chapter 3

For English

Read उत्पत्ति Chapter 3 Online

Read उत्पत्ति Chapter 3 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of उत्पत्ति and the Holy Bible online.

Choose a Chapter

उत्पत्ति 3

अध्याय 3

1. परमप्रभु परमेश्वरले सृष्टि गर्नु भएको सबै जन्तुहरु मध्ये सर्प अत्यन्त धूर्त थियो। सर्पले उसलाई सोध्यो, “ए नारी! के परमेश्वरले बगैंचामा कुनै पनि रुखबाट फल खानु हुँदैन भनी मनाही गर्नु भएको छ?”

2. त्यस स्त्रीले सर्पलाई उत्तर दिईन्, “होइन! परमेश्वरले त्यसो भन्नु भएन। हामीले बगैंचामा भएका रुखहरुको फल खान सक्छौं।

3. तर परमेश्वरले भन्नुभयो, ‘तिमीहरुले बर्गैचाको बीचमा भएको रुखको फल खानु हुँदैन, तिमीहरुले छुनु पनि हुँदैन, नत्र तिमीहरु मर्नेछौ।”

4. तर सर्पले स्त्रीलाई भने, “तिमीहरु निश्चय मर्ने छैनौ।

5. परमेश्वरले पनि जान्नु हुन्छ जब तिमीहरुले त्यस रुखको फल खान्छौ तिमीहरुको ज्ञान खोलिन्छ अनि तिमीहरु कुन असल कुन खराब जान्ने ज्ञानी भई परमेश्वर जस्तै हुनेछौ।”

6. तब त्यो स्त्रीले त्यस रुखको फल हेर्नमा राम्रो र खानमा पनि असल बुझिन् कारण त्यस रुखको फलले ज्ञान दिन्थ्यो त्यस रुखबाट केही फलहरु टिपेर खाई अनि आफूसंग भएको मानिसलाई पनि खान दिई र उसले पनि खायो।

7. तब तिनीहरुले केही अनौठो अनुभव गरे। तिनीहरुले देखे तिनीहरु नाङ्गै थिए। यसर्थ तिनीहरुले नेभाराको पात गाँसे अनि आफ्ना निम्ति लुगाहरु बनाए।

8. जब साँझको हावा बहिरहेको थियो परमप्रभु परमेश्वर बगैंचामा घुमिरहनु हुँदा ती पुरुष र स्त्रीले परमप्रभु परमेश्वरको आवाज चाल पाएर तिनीहरु बगैंचाको रुखहरुमाझ लुके।

9. परमप्रभु परमेश्वरले त्यस पुरुष मानिसलाई बोलाउनु भयो अनि सोध्नु भयो, “तिमी कहाँ छौ?”

10. तब त्यस पुरुष मानिसले उत्तर दियो, “तपाईको आवाज मैले बगैंचा भित्र चाल पाएँ र म नाङ्गैं रहेको हुँदा डराएँ र म लुकें।”

11. तब परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमी नाङ्गैं छौ भनी कसले भन्यो? के तिमीले मैले जुन रुखबाट फल नखानु भनी आज्ञा दिएको थिएँ त्यसैको फल त खाएनौ?”

12. त्यस मानिसले भने, “स्त्री जो तपाईंले मसित बस्न दिनु भयो, उसैले मलाई रुखको फल दिईन् अनि मैले खाएँ।”

13. तब परमप्रभु परमेश्वरले त्यस स्त्री मानिसलाई भन्नुभयो, “तिमीले किन यस्तो काम गर्यौ?” तब त्यस स्त्रीले भनी, “सर्पले मलाई धोका दियो र मैले त्यो फल खाएँ।”

14. तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो, “तैंले यस्तो काम गरेको हुनाले तँलाई अन्य पशुहरु’ गाई-वस्तु र अरु सबै जंङ्गली पशुहरुलाईभन्दा अझै ज्यादा श्राप दिनेछु।” तैंले तेरो जीवन भरी आफ्नो पेटले घस्रनु र माटो खाएर बस्नु परोस्।

15. म तँ र त्यस स्त्रीमाझ शत्रुता सृष्टि गर्नेछु। तेरो सन्तान र त्यस स्त्रीका सन्तानमाझ पनि शत्रुता सृष्टि गर्नेछु जसले गर्दा त्यसका सन्तानहरुले तेरो टाउको किच्याउने छन् अनि तेरा सन्तानहरुले पनि तिनीहरुको कुर्कुचामा डस्ने छन्।”

16. त्यसपछि परमप्रभु परमेश्वरले त्यस स्त्रीलाई भन्नुभयो,“जब तिमी गर्भधारण गर्नेछौ त्यस अवस्थामा म तिमीलाई अति कष्ट दिनेछु र आफ्नो सन्तान जन्माउने बेलामा तिमीले साह्रै नै प्रसव वेदना सहनु पर्नेछ। तिमी आफ्नो पतिको चाहना गर्नेछौ। तर उनले तिमीलाई शासन गर्नेछ।”

17. त्यसपछि परमप्रभु परमेश्वरले त्यस मानिसलाई भन्नुभयो,“जब तिमीले तिम्री पत्नीको कुरा मानेर मैले नखानु भनी आज्ञा दिएको रुखको फल खायौ र म तिम्रो कारणले भूमिलाई सराप्ने छु जुन खाद्यय पदार्थ भूमिबाट तिमीले पाउनेछौ त्यसको निम्ति तिमीले तिम्रो सारा जीवन भरि मेहनत गर्नु पर्नेछ।

18. त्यो भूमिले तिम्रो निम्ति जंङ्गली घाँस र काँढाहरु उमार्नेछ अनि तिमीले जङ्गलमा उम्रेको सागपात खानु पर्नेछ।

19. तिमीले आफ्नो आहारको निम्ति आफ्नो अनुहार पसीनाले छ्याप्-छ्याप्ती नहुञ्जेलसम्म मेहनत गर्नु पर्नेछ,मरुञ्जेलसम्म नै तिमीले मेहनत गर्नु पर्नेछ। त्यसपछि तिमी फेरि माटोमा मिल्नेछौ। मैले तिमीलाई बनाउँदा माटोको प्रयोग गेरको थिएँ र जब तिमी मर्ने छौ फेरि माटोमा मिल्नेछौ।”

20. त्यस आदमले आफ्नी पत्नीको नाउँ हव्वा राख्यो किनभने सबै मानिसहरुकी तिनी आमा हुन्।

21. परमप्रभु परमेश्वरले पशुको छालाको लुगा बनाउनु भयो र त्यो मानिस र उसकी पत्नीलाई लगाउन दिनु भयो।

22. परमप्रभु परमेश्वरले भन्नुभयो, “हेर, त्यो मानिस हामी जस्तै भएको छ उनले राम्रो अनि नराम्रो विषयमा जान्दछ र अब जीवनको रुखबाट उनले फल खान सक्छ यदि उनले त्यो फल खायो भने, ऊ सँधैको निम्ति बाँच्नेछ। “

23. परमप्रभु परमेश्वरले आदमलाई बलपूर्वक जमीन जोत्नु निकाल्नु भयो जहाँबाट उसलाई सिर्जना गरिएको थियो।

24. उहाँले मानिसलाई टाढो खेद्नुभयो अनि अदनको बगैंचाको पूर्वतिर प्रवेशद्वारमा उहाँले एक जना स्वर्गदूत अनि एउटा प्रज्वलित तरवार जो जीवनको रुखतिर जाने बाटोको सुरक्षा गर्दै चारैतिर घुमिरहन्थ्यो।

About उत्पत्ति Chapter 3

Read उत्पत्ति Chapter 3 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: उत्पत्ति
Chapter: 3
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading उत्पत्ति. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading उत्पत्ति Chapter 3 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is उत्पत्ति Chapter 3?

उत्पत्ति Chapter 3 is part of the Book of उत्पत्ति in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete उत्पत्ति Chapter 3 online for free with easy chapter navigation.

More Chapters from उत्पत्ति

  1. उत्पत्ति Chapter 2
  2. उत्पत्ति Chapter 26
  3. उत्पत्ति Chapter 31
  4. उत्पत्ति Chapter 40
  5. उत्पत्ति Chapter 49
  6. उत्पत्ति Chapter 43
  7. उत्पत्ति Chapter 23

Explore More from पुरानो करार

  1. भजनसंग्रह Chapter 34
  2. यहोशू Chapter 23
  3. 2 राजा Chapter 4
  4. अय्यूब Chapter 10
  5. यर्मिया Chapter 17
  6. भजनसंग्रह Chapter 55
  7. एज्रा Chapter 10

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 122
  2. यशैया Chapter 20
  3. 2 राजा Chapter 6
  4. उत्पत्ति Chapter 7
  5. 1 तिमोथी Chapter 6
  6. लूका Chapter 2
  7. एस्तर Chapter 4
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *