गन्ती Chapter 25

For English

Read गन्ती Chapter 25 Online

Read गन्ती Chapter 25 online from the Holy Bible. This chapter is part of the Book of गन्ती in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of गन्ती and the Holy Bible online.

Choose a Chapter

गन्ती 25

अध्याय 25

1. शित्तीममा जब इस्राएलीहरू बस्दै थिए, त्यति बेला इस्राएली पुरूषहरूले मोआबी स्त्रीहरूसित शारीरिक सम्बन्ध राख्न थाले।

2. मोआबी स्त्रीहरूले तिनीहरूलाई आफ्नो पूजा आजामा भाग लिन बोलाए। यसर्थ तिनीहरूले आफ्नो देवताहरूलाई चढाएको बलिहरू इस्राएली मानिसहरूले खाए अनि ती देव-देवताहरू पूज्न थाले।

3. यसरी इस्राएलीहरूले पोरको बाल-देवता पूज्न थाले। यसकारण परमप्रभु तिनीहरूसित क्रोधित हुनु भयो।

4. परमप्रभुले मोशालाई भन्नुभयो, “यो मानिसहरूका सबै नायकहरूलाई बोलाऊ र तिनीहरूलाई परमप्रभु अघि लगेर समान्य जनसाधरणको सामुन्ने झुण्डाई देऊ। त्यस पछि परमप्रभु इस्राएलका मानिसहरूसित रिसाउनु हुनेछैन।”

5. मोशाले इस्राएलका न्यायकर्त्तालाई भने, “तिमीहरू प्रत्येकले आफ्नो परिवार समूहमा त्यस्ता व्यक्तिहरू खोज्नु पर्छ जसले मानिसहरूलाई पोरको बाललाई झूटा देवतालाई पूज्न प्रोत्साहन दिए। तब तिमीहरूले त्यस्ता मानिसहरूलाई मार्नुपर्छ।”

6. जति बेला मोशा अनि इस्राएली समूह भेट हुने पालको प्रवेशद्वारमा भेला भएका थिए त्यति बेला एक इस्राएली पुरूषले एउटी मिद्यानी स्त्रीलाई उसको पालमा ल्यायो। त्यो मोशा तथा अन्य सबै इस्राएली मानिसहरूले देखिरहेका थिए। तिनीहरू रून थाले।

7. हारूनको नाति एलाजारका छोरो पीनहासले त्यसरी एउटी स्त्रीलाई पालभित्र लगेको देख्यो। यसर्थ पीनहासले सभा त्यागेर आफ्नो भाला बोकेर।

8. त्यस इस्राएली व्यक्तिलाई पछ्याउँदै पालभित्र गयो। त्यसपछि पालभित्रै त्यस स्त्री र इस्राएली पुरूषको शरीरमा भाला रोपी मारी दियो। त्यस बखतमा त्यहाँ इस्राएलीहरू महामारीको प्रकोपमा थिए अनि जब पीनहसले ती दुइजनालाई मार्यो त्यो महामारी थामियो।

9. त्यस महामारीको प्रकोपमा 24,000 मानिसहरू मरे।

10. परमप्रभुले मोशालाई भन्नुभयो,

11. “एलाजारको छोरो पूजाहारी हारूनको नाति पीनहासले इस्राएलका मानिसहरूलाई मेरो क्रोधबाट बचायो। उसले यो काम गर्यो किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो। यसकारण क्रोधित हुँदा इस्राएलका मानिसहरूलाई मारे।

12. यसकारण पीनहासलाई भनिदेऊ, म ऊसित शान्तिको करार राख्नेछु।

13. शान्तिको सम्झौता यो होः ऊ अनि उसका आउने भावि सन्तान सदा सर्वदाको निम्ति पूजाहारीहरू भई रहनेछन्। किनभने ऊ मेरो सम्मानको रक्षा गर्न उत्सुक थियो र उसले इस्राएली मानिसहरूलाई प्रायश्चित गरायो।”

14. जो व्यक्ति मिद्यानी स्त्रीसित मर्यो। त्यो थियो शिमोन कुल परिवारको प्रमुख सालूको छोरो जिम्री।

15. त्यो मर्ने स्त्रीको नाम सूरकी छोरी कोजबी थिई। सूर मिद्यानी वंश घरानाको मुखिया थियो।

16. परमप्रभुले मोशालाई भन्नुभयो,

17. “मिद्यानी मानिसहरूसित शत्रु भई तिनीहरूलाई परास्त गर।

18. किनभने छल गरेर झूटा देवता पूज्न लगाई, मिद्यानका मुखियाकी छोरी कोजबी जो पोर घटनाको कारणले इस्राएलीहरूमा महामारीले सताएको वखतमा मारिएकी थिई, यसकारण तिमीहरू तिनीहरूको शत्रु बने।”

About गन्ती Chapter 25

Read गन्ती Chapter 25 online from the Holy Bible. This chapter is part of the Book of गन्ती in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: गन्ती
Chapter: 25
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading गन्ती. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading गन्ती Chapter 25 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is गन्ती Chapter 25?

गन्ती Chapter 25 is part of the Book of गन्ती in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete गन्ती Chapter 25 online for free with easy chapter navigation.

More Chapters from गन्ती

  1. गन्ती Chapter 26
  2. गन्ती Chapter 22
  3. गन्ती Chapter 35
  4. गन्ती Chapter 34
  5. गन्ती Chapter 30
  6. गन्ती Chapter 27
  7. गन्ती Chapter 3

Explore More from पुरानो करार

  1. व्यवस्था Chapter 1
  2. ओबदिया Chapter 1
  3. यशैया Chapter 31
  4. उत्पत्ति Chapter 2
  5. भजनसंग्रह Chapter 23
  6. होशे Chapter 8
  7. उपदेशक Chapter 3

Related Chapters & Readings

  1. प्रस्थान Chapter 17
  2. उत्पत्ति Chapter 41
  3. 2 शमूएल Chapter 17
  4. रोमीहरू Chapter 9
  5. लेवी Chapter 13
  6. 2 कोरिन्थी Chapter 2
  7. इजकिएल Chapter 21
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *