उत्पत्ति Chapter 25

For English

Read उत्पत्ति Chapter 25 Online

Read उत्पत्ति Chapter 25 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of उत्पत्ति and the Holy Bible online.

Choose a Chapter

उत्पत्ति 25

अध्याय 25

1. अब्राहामले फेरि विवाह गरे अनि तिनकी नयाँ पत्नीको नाउँ कतुरा थियो।

2. कतुराले जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूहालाई जन्माइन्।

3. योक्षान, शबा अनि ददानका बुबा थिए। ददानका सन्तानहरू, अश्शूरी, लतूशी अनि लऊम्मी हुन्।

4. एपा, एपेर, हनोक अबीदा अनि एल्दा मिद्यानका छोराहरू थिए। अब्राहाम र कतुराको विवाहबाट यी नानीहरू भए।

5. अब्राहामको मृत्यु हुनु अघि नै आफ्नो नोकर्नीहरूका छोराहरूलाई केही उपहारहरू दिए अनि तिनीहरूलाई पूर्बतिर पठाइदिए। तिनीहरूलाई इसहाकदेखि टाढा पठाइदिए। त्यसपछि आफूसँग जे जति थियो अब्राहामले इसहाकलाई दिए।

7. अब्राहाम एक सय पचहत्तर वर्षसम्म स्वस्थ थिए।

8. त्यसपछि तिनी दुर्बल भए अनि मरे। तिनी घेरै वर्षसम्म आनन्दपूर्वक बाँचे। तिनलाई तिनका पुर्खाहरूसितै गाडियो।

9. तिनका छोराहरू इसहाक अनि इश्माएलले तिनलाई मक्पेलाको ओडारमा गाडे। यो ओडार सोअरको छोरो एप्रोनको खेतमा थियो। यो मम्रेको पूर्वमा थियो।

10. यो त्यही ओडार थियो जुन अब्राहामले हित्ती मानिसहरूबाट किनेका थिए। अब्राहाम र तिनकी पत्नी सारालाई त्यही ओडारमा गाडे।

11. अब्राहामको मृत्यु भएपछि परमेश्वरले इसहाकलाई आशीर्वाद दिनुभयो अनि तिनी बेर-लहै-रोईमा बसिरहे।

12. इश्माएलको परिवारको सूची यही हो। इश्माएल अब्राहाम र हागारको छोरो थिए। हागार साराकी मीश्र देशी कमारी थिइन्

13. इश्माएलका छोराहरूको नाउँ यस प्रकार थियो। पहिलो छोरो नबायोत थियो। त्यसपछि जन्मनेहरूको सूची अनुसार केदार, अबदेल, मिब्साम,

14. मिश्मा, दुमा, मस्सा,

15. हदद, तेमा, यतूर, नपीश अनि केदमा थिए।

16. तिनीहरूको पर्खालभित्र र बाहिरको सम्झौता अनुसार यिनीहरू इस्राएलका छोराहरू थिए।

17. इश्माएल एक सय सैंतीस वर्षसम्म बाँचे। त्यसपछि उनको मृत्यु भयो। अनि उनलाई उनका आफन्तहरू गाडेको ठाउँमा गाडियो।

18. इश्माएलका सन्तानहरू समस्त मरूभूमिको इलाकामा बसे। यिनीहरूको इलाका हवीलादेखि शूरको नजिक मिश्रको सीमा र यसको पनि अघि अश्शूरको किनारसम्म थियो। तिनीहरू घुमी हिंडे अनि आफ्नो दाज्यू-भाइ, सन्तानहरू र भूमिमाथि आक्रमण गरिरहे।

19. इसहाक अब्राहामको छोरो थियो र यो तिनको वृत्तान्त कथा हो।

20. जब इसहाक चालीस वर्षका भए उनले रिबेका नाउँकी कन्यासित विवाह गरे। रिबेका पद्दन-आराम भनिने ठाउँकी थिइन् अनि अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी थिइन्।

21. इसहाककी पत्नी रिबेका बाँझी थिई। यसर्थ इसहाकले आफ्नी पत्नीका निम्ति परमप्रभुसित प्रार्थना गरे। परमप्रभुले तिनको प्रार्थना सुन्नु भयो अनि रिबेका गर्भवती भइन्।

22. जब रिबेका गर्भवती भइन्, उनले आफ्नो गर्भमा भएको शिशुबाट अत्यन्तै कष्ट सहनु पर्यो। उनको गर्भमा भएको शिशुहरू गर्भभित्रै आपसमा एका-अर्कामा लडाइँ गर्थे। रिबेकाले परमप्रभुसित प्रार्थना गरिन् अनि भनिन्, “मसित यस्तो किन भइरहेकोछ?”

23. परमप्रभुले उनलाई भन्नुभयो, “तिम्रो कोखमा दुइवटा राष्ट्रहरू छन्। दुइवटा राष्ट्रका राजाहरू तिमीबाट जन्मनेछन् र तिनीहरू छुट्टीनेछन्। एउटा छोरो अर्को छोरोभन्दा शाक्तिशाली हुनेछ अनि जेठाले कान्छाको सेवा गर्नेछ।”

24. अनि जब समय पूरा भयो तब रिबेकाले जुमल्याहा छोरा जन्माइन्।

25. पहिलो छोरो रातो वर्णको थियो अनि उसको छाला भुत्लाले बनिएको लुगा जस्तो थियो। यसर्थ उसको नाउँ एसाव राखियो।

26. जब दोस्रो छोरो जन्मियो। उनले पहिलो छोरो एसावको कुर्कुच्चा बलियोसित समातेको थियो। यसैले उसको नाउँ याकूब राखियो। एसाव र याकूब जन्मदा इसहाक साठी वर्ष पुगेका थिए।

27. केटाहरू हलहली बढे। एसाव एकजना सिपालु शिकारी भयो अनि ऊ मैदानतिरै बस्न मन पराउँथ्यो। तर याकूब शान्त स्वभावको थियो अनि पाल भित्रै बस्थयो।

28. इसहाकले एसावलाई मन पराउँथिए अनि उनले मारेको जनवारहरूको मासु खान रूचाउँथिए। तर रिबेकाले याकूवलाई माया गर्थिन्।

29. एकदिन एसाव शिकारबाट थाकेर भोकले हत्तु भएर फर्केर आयो। याकूब एक भाँडा सिमी उसिनिरहेको थियो।

30. यसर्थ एसावले याकूबलई भने, “म भोकले दुर्बल भइरहेकोछु। मलाई त्यो केही रातो सिमी खान देऊ। (यही कारणले मानिसहरूले उसलाई एदोम भन्ने गर्द थिए।)

31. तर याकूबले उनलाई भने, “पहिला तिमीले मलाई जेठा छोराको जन्मअधिकार बेच्नु पर्छ।”

32. एसावले भने, “म भोकले मर्न आँटेकोछु। यदि म मरें भने मेरो बाबुको सबै सम्पत्तिले पनि केही सहायता गर्न सक्तैन। यसर्थ म मेरो अंश दिइहाल्छु।”

33. तर याकूबले भने, “पहिले मलाई वचन दे तैंले मलाई त्यो दिन्छस्।” यसकारण एसावले याकूबलाई वचन दियो। एसावले आफ्नो बाबुको सम्पत्तिको आफ्नो ज्येष्ठ-अधिकार याकूबलाई बेचि दियो।

34. तब याकूबले एसावलाई रोटी र भोजन दियो। एसावले खायो, र हिड्‌यो। यस प्रकारले एसावले यो देखायो आफू पहिलो छोरो भएकोमा उसलाई आफ्नो ज्येष्ठ-अधिकारको कुनै पर्वाह छैन।इसहाकले अबीमेलेकसित झुट्टो कुरा गर्छन

About उत्पत्ति Chapter 25

Read उत्पत्ति Chapter 25 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: उत्पत्ति
Chapter: 25
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading उत्पत्ति. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading उत्पत्ति Chapter 25 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is उत्पत्ति Chapter 25?

उत्पत्ति Chapter 25 is part of the Book of उत्पत्ति in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete उत्पत्ति Chapter 25 online for free with easy chapter navigation.

More Chapters from उत्पत्ति

  1. उत्पत्ति Chapter 2
  2. उत्पत्ति Chapter 31
  3. उत्पत्ति Chapter 26
  4. उत्पत्ति Chapter 40
  5. उत्पत्ति Chapter 43
  6. उत्पत्ति Chapter 40
  7. उत्पत्ति Chapter 49

Explore More from पुरानो करार

  1. भजनसंग्रह Chapter 13
  2. यशैया Chapter 10
  3. यशैया Chapter 51
  4. उत्पत्ति Chapter 33
  5. व्यवस्था Chapter 15
  6. इजकिएल Chapter 20
  7. होशे Chapter 4

Related Chapters & Readings

  1. 2 शमूएल Chapter 18
  2. होशे Chapter 2
  3. प्रेरितहरूको काम Chapter 12
  4. 1 शमूएल Chapter 3
  5. लेवी Chapter 15
  6. गन्ती Chapter 30
  7. 2 तिमोथी Chapter 1
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *