Read अय्यूब Chapter 21 Online
Read अय्यूब Chapter 21 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of अय्यूब and the Holy Bible online.
Choose a Chapter
अय्यूब 21
अध्याय 21
1. तब अय्यूबले जवाफ दिएः
2. “म के भन्छु सुन मलाई सान्तवना दिने तिम्रो त्यही तरिका रहोस्।
3. जब म बोल्दछु, धैर्य राख्नु मैले बोलिसके पछि तिमीहरूले मेरो खिल्ली उडाउन सक्छौ।
4. म मानिसहरूका विरूद्ध गुनासो गर्ने होइन, त्यहाँ राम्रो कारण छ किन म धैर्य रहिन।
5. म प्रति हेर अनि शोकले आघात बन तिम्रो हात मेरो मुखमा राख, अनि शोकले आघात भएको आँखाले मलाई हेर।
6. जब मलाई के भएको थियो भनी सोच्छु मलाई डर लाग्छ अनि मेरो शरीर काम्छ।
7. किन पापीहरू दीर्धायु हुन्छ? किन तिनीहरू बूढा हुन्छन र सफल हुन्छन?
8. दुष्टहरूले आफ्ना छोरा-छोरीहरू आफूसितै हुर्केको देख्छन र आफ्ना नाति-नातिनीहरू हेर्न धेरै बाँच्छन्।
9. तिनीहरूका घरहरू सुरक्षित छन् अनि तिनीहरू भयभीत छैनन्। परमेश्वरले ती दुष्टहरूलाई दण्ड दिनलाई लट्ठी प्रयोग गर्नुहुन्न।
10. तिनीहरूका साँढे प्रजनन क्रियामा कहिले चुक्दैनन्। तिनीहरूका गाईहरूले बाछीहरू ब्याउँछन् अनि तुहिदैनन्।
11. दुष्टहरूले आफ्नो नानीहरूलाई भेडाका पाठाहरू जस्तै बाहिर खेल्न दिन्छन। तिनीहरूका नानीहरू वरिपरि नाच्छन्।
12. तिनीहरू वीणा र बासुरीको धुनमा गाउछन र नाच्छन्।
13. दुष्टहरूले आफ्नो जीवन कालमा सफलता भोग्दछन्। त्यसपछि तिनीहरू मर्छन् अनि कुनै पीडाबिना आफ्नो चिहानतिर जान्छन्।
14. तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्। हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।”
15. अनि दुष्टहरूले भन्छन्, ‘सर्वशक्तिमान परमेश्वर को हो? हामीलाई उसको सेवा गर्ने खाँचो छैन। उसलाई प्रार्थना गरेर हामीले के पाउँछौ?’
16. यो सत्य हो, दुष्टहरूले आफ्ना सफलताहरू आफै बनाउँदैनन्, म तिनीहरूको परार्मशको पछि लाग्दिन।
17. तर, प्रायः कहिले काँहीं कसरी परमेश्वरले दुष्टहरूको ज्योति निभाइ दिनु हुन्छ? प्रायः कसरी दुःखकष्टहरू दुष्टहरूमाथि आई पर्दछ? कहिले परमेश्वरले तिनीहरूलाई क्रोधित भएर दण्ड दिनुहुनेछ?
18. हावाले पराल उडाए जस्तै, तीब्र बतासले धानको भूसहरू उडाए जस्तै के परमेश्वरले दुष्टहरूलाई उडाई भगाउनु हुनेछ।
19. तर तिमी भन्छौ, ‘उसको पिताले पापहरू गरेको निम्ति परमेश्वरले नाबालकलाई दण्ड दिनुहुन्छ।’ परमेश्वर स्वयले दुष्टहरूलाई नै दण्ड दिउन् तब तिनीहरूले कि तिनीहरूको आफ्नै पापले गर्दा तिनीहरू दण्डित भएरहेका छन्।
20. दुष्टहरूले आफ्नै सजाय देखुन्। सर्वशक्तिमान परमप्रभुको क्रोध तिनीहरू आफैले देखुन।
21. जब दुष्ट मानिसको जीवन शेष हुन्छ अनि ऊ मर्दछ, उसले आफ्ना नानीहरू ज-जसलाई छाड्छ, तिनीहरूको पर्वाह नै गर्दैन।
22. कसैले पनि परमेश्वरलाई ज्ञान दिन सक्तैन। परमेश्वरले उच्च वर्गका मानिसहरूलाई पनि न्याय गर्नुहुन्छ।
23. एकजना मानिस आफ्नो पूर्ण र सफल जीवन उपभोग पछि मर्छ। ऊ आफ्नो जीवनमा पूर्णतः सुरक्षित अनि आनन्द प्रकारले बाँच्यो।
24. उसको शरीरका हड्डीहरू बलिया थिए कारण उसले भोजन प्रशस्त पाएको थियो।
25. तर कतिपय मानिस कष्टप्रद जीवन बिताए पछि मर्छ। उसले कहिल्यै राम्रो जीवन बिताउन पाएन।
26. अन्तमा, ती दुवै मानिसहरू संगसंगै फोहोरमा ढल्नेछन्। ती दुबैमा कीराहरूले पुर्नेछन्।
27. तर, म जान्दछु तिमीहरू के सोची रहेछौ अनि म जान्दछु तिमीहरूसित मलाई नोक्सान पुर्याउन योजना छ।
28. तिमीले भन्छौ होलाः ‘मलाई राम्रो मानिसको घर देखाऊ। अहिले, दुष्ट मानसिहरू कहाँ बस्छन देखाऊ।
29. तर तिमीहरूले कहिल्यै यात्रीहलाई सोधेनौ अनि तिमीहरूले उनीहरूको कथाहरू पत्याएनौ।
30. जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू संधै जोगिन्छन्। जब परमेश्वरले रीस देखाउनु हुन्छ तिमीहरूलाई बचाइन्छ।
31. कसैले पनि दुष्ट मानिसका सम्मुख उसका नराम्रा कार्यहरूको आलोचना गर्दैन। कसैले पनि उसका दुष्ट कार्यका निम्ति दण्ड दिंदैन।
32. जब दुष्ट मानिसलाई चिहानमा लगन्छि उसको चिहानको छेउमा चौकिदार उभिन्छ।
33. यसैले त्यस ठाउँको माटो त्यो दुष्ट मानिसको लागि असल हुनेछ। अनि हजारौ मानिसहरू उसको मलामी भएर चिहानमा भेला हुन्छन।
34. त्यसैकारण तिमीले आफ्ना खोक्रो शब्दहरूले मलाई सान्तवना दिन सक्तैनौ, तिम्रो जवाफहरूले एकदमै सहयोग गर्दैन।”
About अय्यूब Chapter 21
Read अय्यूब Chapter 21 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: अय्यूब
Chapter: 21
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading अय्यूब. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
- 📱 Hindi Android Bible App
- 📱 Hindi Christian Songs from waytochurch
- 📖 Read on Malayalam Christian Songs – madely
Continue Reading the Bible
Continue reading अय्यूब Chapter 21 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is अय्यूब Chapter 21?
अय्यूब Chapter 21 is part of the Book of अय्यूब in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete अय्यूब Chapter 21 online for free with easy chapter navigation.
More Chapters from अय्यूब
- अय्यूब Chapter 30
- अय्यूब Chapter 15
- अय्यूब Chapter 28
- अय्यूब Chapter 21
- अय्यूब Chapter 42
- अय्यूब Chapter 19
- अय्यूब Chapter 18
Explore More from पुरानो करार
- 2 राजा Chapter 15
- यशैया Chapter 24
- यर्मिया Chapter 21
- 1 इतिहास Chapter 29
- नहेम्याह Chapter 11
- प्रस्थान Chapter 14
- इजकिएल Chapter 47