Read अय्यूब Chapter 28 Online
Read अय्यूब Chapter 28 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of अय्यूब and the Holy Bible online.
Choose a Chapter
अय्यूब 28
अध्याय 28
1. “त्यहाँ सुन र चाँदीका खानीहरू छन् र त्यहाँ त्यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले सुन पगालेर खाँटी बनाउँछन्।
2. मानिसहरूले जमीन खनेर फलाम निकाल्छन ढुङ्गाहरू पगालेर ताँमा निकाल्छन्।
3. कर्मीहरूले गुफामा प्रकाश लैजान्छन। तिनीहरूले गुफा भित्र खोज तलाश गर्दछन्। उ पृथ्वीको अँथ्यारो गहिरोभित्र खानीको खोजी गर्छन्!
4. मानिसहरूले बसो-बास गरेको जग्गा भन्दा धेरै टाडोमा अथवा मानिसहरूको पाइला कहिल्यै नपराको ठाउँमा कर्मीहरूले खानी पइल्याउने बाटो खन्छन्। तिनीहरू गहिरो भित्र डोरीमा झुण्डिएर सुरूङ्ग खन्छन्।
5. जमीनमाथि अन्न उम्रन्छ। तर जमीन मनि, भिन्नै छ मानौं प्रत्येक कुरा आगोले पग्लिए जस्तै छ।
6. जमीनमनि बहुमूल्य धातुहरू अनि काँचो सुनको कणहरूछन।
7. जङ्गली चरा-चुरूङ्गीहरूले जमीन मनिको बाटोहरूको बारेमा जान्दैनन्। बाजले पनि कहिल्यै त्यस्ता बाटोहरू देखेको हुँदैन।
8. जङ्गली पशुहरू त्यस्ता बाटोहरूमा हिंडेका छैनन। सिंहले पनि त्यो बाटो हिडेको छैन्।
9. कर्मीहरूले कडा ढुङ्गाहरू खन्छन्। तिनीहरूले पर्वतहरू खनेर उदाङ्गे पारिदिएकाछन।
10. कर्मीहरूले चट्टानहरू काटेर सुरूङ्ग बनाएका छन्। तिनीहरूले चट्टानमा बहुमूल्य खनिज पदार्थ देखेका छन्।
11. कर्मीहरूले पानी रोक्नको लागि बाँध बनाउँछन। तिनीहरूले लुकेका चीजहरू बाहिर प्रकाशमा ल्याउँछन्।
12. तर मानिसहरूले ज्ञान कहाँ पाउन सक्छन? बुद्धि पाउन हामी कहाँ जान सक्छौ?
13. हामी जान्दैनौं ज्ञान कति बहुमूल्य वस्तु हो। पृथ्वीमा भएका मानिसहरूले जमीन खनेर ज्ञान भेट्न सक्तैनन्।
14. महासागर गहिरो भन्दछ, ‘ज्ञान यहाँ मसित छैन।’ समुद्र भन्दछ ‘ज्ञान यहाँ मसित छैन।’
15. तिमीहरूले शुद्ध सुन दिएर पनि ज्ञान किन्न सक्तैनौ। यस संसारमा ज्ञान किन्नलाई प्रशस्त चाँदी छैन।
16. तिमीहरूले ओपीरका सुन अथवा बहुमूल्य ढुङ्गा अथवा बहुमूल्य रत्नहरूले पनि ज्ञान किन्न सक्तैनौ।
17. ज्ञान सुन अथवा स्फटिकभन्दा बहुमूल्य हो। सुनमा कुँदिएका बहुमूल्य गहनाहरूले पनि ज्ञान किन्न सकिन्दैन।
18. ज्ञान मूगा अनि बिल्लोर जस्ता मणिहरू भन्दा बहुमूल्य हो। ज्ञान मानिक मणिहरू भन्दा अत्यन्त मुल्यवान हुन्छ।
19. कूश देशको पुष्पराज ज्ञानभन्दा बहुमूल्य होइन। तिमीहरू खाट्टी सुनले पनि किन्न सक्तैनौ।
20. यसकारण ज्ञान कहाँबाट आउँदछ? हामीले कहाँबाट बुद्धिको मूल पाउन सक्छौ?
21. ज्ञान पृथ्वीमा भएका सबै प्राणपूर्ण जीवहरूदेखि गोप्य रहँदछ। आकाशमा उडने चराहरूलेसम्म ज्ञानलाई देख्न सक्तैन।
22. मृत्यु र विनाशले भन्दछ, ‘हामीमा ज्ञान छैन। हामीले त्यसका विषयमा उडन्ता कुराहरू मात्र सुनेका छौं।
23. केवल परमेश्वरले मात्र ज्ञानको बाटो जान्नु हुन्छ। परमेश्वरले मात्र ज्ञान कहाँ छ जान्नुहुन्छ।
24. परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ परमेश्वरले आकाश मनि सबै थोक देख्नुहुन्छ।
25. परमेश्वरले बतासलाई शक्ति दिनु भएको छ। र समुद्रको सीमाना बाँधि दिनुभयो।
26. पानी कहाँ वर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ। अनि कहाँ चट्याङ्गहरु फ्याँकिनु पर्छ त्यो निर्णय पनि उहाँले गर्नु हुन्छ।
27. त्यस समय परमेश्वरले ज्ञान देख्नु भयो अनि यस विषयमा सोच्नु भयो। ज्ञान कति महत्वपूर्ण छ परमेश्वरले बझ्नु भयो अनि परमेश्वरले ज्ञान अनुमोदन गर्नुभयो।”
28. अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, “परमेश्वरको डर र सम्मान नै ज्ञान हो। खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो।”
About अय्यूब Chapter 28
Read अय्यूब Chapter 28 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: अय्यूब
Chapter: 28
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading अय्यूब. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading अय्यूब Chapter 28 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is अय्यूब Chapter 28?
अय्यूब Chapter 28 is part of the Book of अय्यूब in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete अय्यूब Chapter 28 online for free with easy chapter navigation.
More Chapters from अय्यूब
- अय्यूब Chapter 30
- अय्यूब Chapter 15
- अय्यूब Chapter 28
- अय्यूब Chapter 19
- अय्यूब Chapter 14
- अय्यूब Chapter 42
- अय्यूब Chapter 18
Explore More from पुरानो करार
- यहोशू Chapter 15
- 2 राजा Chapter 21
- यशैया Chapter 35
- उत्पत्ति Chapter 40
- जकरिया Chapter 6
- भजनसंग्रह Chapter 108
- 1 शमूएल Chapter 18