अय्यूब Chapter 19

For English

Read अय्यूब Chapter 19 Online

Read अय्यूब Chapter 19 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of अय्यूब and the Holy Bible online.

Choose a Chapter

अय्यूब 19

अध्याय 19

1. तब अय्यूबले जवाफ दिएः

2. “कहिलेसम्म तिमीहरूले मलाई चोट पुर्याउने छौ अनि मेरो वचनहरू भङ्ग पार्ने छौ?

3. तिमीहरूले मलाई दश पल्ट बेइज्जत गर्यौ। ममाथि अन्याय गर्दा तिमीहरू लज्जित भएनौ?

4. यो मेरो समस्या हो। यदि मैले पाप गरें भने पनि त्यसले तिमीहरूलाई चोट पुर्याउँदैन।

5. तिमीहरूले म भन्दा केवल आफूलाई राम्रो देखाउन चाह्यौ। तिमीहरूले मेरा संकटहरू नै मेरा गल्तीहरू हुन भन्यौ।

6. तर यहाँ परमेश्वर हुनु हुन्छ जसले ममाथि गल्ती काम गर्नु भयो। मलाई पक्रन उहाँले आफ्नो पासो थाप्नु भयो।

7. म चिच्याएँ, ‘उहाँले मलाई चोट पुर्याउनु भयो।’ तर मैले जवाफ पाइन। मैले सहायताको लागि कराँए, तर न्यायको लागि कसैले पनि मेरो कुरा सुनेन्।

8. परमेश्वरले मेरो बाटो रोकि दिनु भयो। यसकारण म बाटोबाट जान सक्तिन। उहाँले अन्धकारमा मेरो बाटो हराइदिनु भयो।

9. परमेश्वरले मेरो सम्मान खोसेर लैजानु भयो उहाँले मेरो शिरबाट मुकुट उतारिदिनुभयो।

10. परमेश्वरले म शेष नहोउञ्जेलसम्म चारैतिरबाट हिर्काउनु भयो। उहाँले मेरो आशा खोसेर लैजानु भयो जसरी जराहरूले रूखलाई तान्दछ।

11. परमेश्वरको क्रोधको आगो मेरो विरूद्ध जल्यो। उहाँले मलाई आफ्नो शत्रु ठान्नु भयो।

12. परमेश्वरले मलाई आक्रमण गर्न आफ्ना सेनाहरू पठाउनु भयो। तिनीहरूले आक्रमण धरहराहरू मेरो वरिपरि बनाए तिनीहरूले मेरो पाल वरिपरि आफ्नो छाउनी बनाए।

13. परमेश्वरले मेरो दाज्यू-भाइहरूलाई मलाई घृणा गर्ने बनाउनु भयो। म मेरो सारा मित्रहरूका लागि नौलो मानिस भएँ।

14. मेरो आफन्तहरूले मलाई त्यागेर गए। मेरो मित्रहरूले मलाई बिर्से।

15. मेरो घरमा भेट गर्न आउनेहरूले अनि मेरो दासीहरूले मलाई यस्तो प्रकारले हेर्छन् मानौं म एउटा विदेशी अथवा परदेशी हुँ।

16. मैले आफ्नो दासलाई बोलाएँ तर त्यसले जवाफ दिएन। मैले उसित माफ माग्नु पर्छ।

17. मेरो पत्नीले मेरो सासको गन्धलाई घृणा गर्छे। मेरो आफ्नै दाज्यू-भाइहरूले मलाई घृणा गर्छन्।

18. साना-साना नानीहरूले पनि मलाई घृणा गर्छन्। जब म तिनीहरूको छेउमा जाँदछु, तिनीहरूले म प्रति नराम्रा वचनहरू बोल्छन्।

19. मेरा सारा हितैषी मित्रहरूले मलाई घृणा गर्छन्। जुन मानिसहरूलाई म प्रेम गर्छु तिनीहरू सम्मले मेरो विरूद्ध मुख खोले।

20. म एकदम दुब्लो छु, मेरो छालाहरूले हड्डीहरू छाडेर झोलिएका छन्। मसँग अब अलिकति मात्र प्राण छ।

21. मलाई दया गर, मेरो मित्रहरू ममाथि करूणा जगाऊ। किन? किनभने परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ।

22. किन तिमीहरूले मलाई परमेश्वरले झैं सजाय दिइरहेछौ? तिमीहरूले मलाई चोट पुर्याइसकेका छैनौं।

23. म चाहन्छु कि कसैले ती कुराहरू सम्झेला जुन म भन्छु र पुस्तकमा लेख्छु। म चाहन्छु मेरो वचनहरू चर्मपत्रमा लेखियोस्।

24. म इच्छा गर्छु कि मेरा शब्दहरू फलामको छिनुले ढुङ्गामाथि कुँदियोस् ताकि सदासर्वदा रहनेछन्।

25. म जान्दछु त्यहाँ मेरा निम्ति लडिदिने कोही त छ। म जान्दछु उ बाँच्छ। अनि अन्तमा उ यहाँ पृथ्वीमा उभिनेछ अनि मलाई बचाउनेछ।

26. म जान्दछु कि म मरे पछि अनि मेरो शरीरबाट छाला काढिए पछि मैले परमेश्वरलाई देख्ने छु।

27. म परमेश्वरलाई आफ्नै आँखाहरूले देख्नेछु। म मात्रै अन्य कोही पनि होइन, परमेश्वरलाई देख्नेछु। मेरो इच्छाको खिंचाईलाई मेरो हृदयले थाम्न सक्तैन।

28. हुन सक्छ, तिमीले भन्नेछौ, ‘हामीले उनीमाथि दवाफ पार्नुपर्छ। हामीले उसलाई दोष दिने कारणहरू पाउँन सक्नेछौं।’

29. तर तिमीहरू आफै नै तरवारदेखि डराउनु पर्नेछ। किन? किनभने परमेश्वरले दोषी मानिसहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले तिमीहरूलाई दण्ड दिनलाई तरवार चलाउनु हुनेछ। तब तिमीहरूले जान्नेछौ कि त्यहाँ न्यायको समय छ।”

About अय्यूब Chapter 19

Read अय्यूब Chapter 19 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: अय्यूब
Chapter: 19
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading अय्यूब. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading अय्यूब Chapter 19 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is अय्यूब Chapter 19?

अय्यूब Chapter 19 is part of the Book of अय्यूब in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete अय्यूब Chapter 19 online for free with easy chapter navigation.

More Chapters from अय्यूब

  1. अय्यूब Chapter 30
  2. अय्यूब Chapter 15
  3. अय्यूब Chapter 28
  4. अय्यूब Chapter 19
  5. अय्यूब Chapter 14
  6. अय्यूब Chapter 42
  7. अय्यूब Chapter 18

Explore More from पुरानो करार

  1. जकरिया Chapter 4
  2. यहोशू Chapter 22
  3. 2 राजा Chapter 23
  4. 2 शमूएल Chapter 2
  5. श्रेष्ठगीत Chapter 4
  6. व्यवस्था Chapter 9
  7. 2 राजा Chapter 18

Related Chapters & Readings

  1. प्रेरितहरूको काम Chapter 6
  2. 2 पत्रुस Chapter 1
  3. लूका Chapter 7
  4. यर्मिया Chapter 38
  5. उत्पत्ति Chapter 17
  6. यशैया Chapter 40
  7. यूहन्ना Chapter 10
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *