अय्यूब Chapter 11

For English

Read अय्यूब Chapter 11 Online

Read अय्यूब Chapter 11 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of अय्यूब and the Holy Bible online.

Choose a Chapter

अय्यूब 11

अध्याय 11

1. तब नामातीबाट आएका सोपरले अय्यूबलाई जवाफ दिंदै भने,

2. “यी शब्दहरूको प्रवाहलाई उत्तर दिनुपर्छ। के यी कुराहरूले अय्यूबलाई ठीक गराउँछ? अँह।

3. अय्यूब के तिमी सम्झन्छौ कि तिमीलाई जवाफ दिने हामीसँग शब्दहरू छैनन्? जब तिमी परमेश्वरलाई खिसी गर्छौ, तिमी सोच्छौ तिमीलाई चेतावनी दिने कोही छैन?

4. अय्यूब तिमीले परमेश्वरलाई भन्छौ, ‘मेरो तर्कहरू यथार्थ छन् अनि तपाईंले मलाई चोखो देख्न सक्नु हुन्छ।’

5. अय्यूब, म चाहन्छु परमेश्वरले तिमीलाई जवाफ दिनुहुन्छ अनि भन्नुहुनेछ कि तिमी गल्ती छौ।

6. परमेश्वरले तिमीलाई ज्ञानको रहस्य भन्न सक्नु हुन्थ्यो। उहाँले तिमीलाई भन्नुहुने थियो कि प्रत्येक कथाको दुइ पक्ष हुन्छन्। अय्यूब, मेरो कुरा सुन। तिमीले जति दण्ड पाउनु पर्थ्यो परमेश्वरले त्यति दण्ड तिमीलाई दिइरहनु भएको छैन।

7. अय्यूब, के तिमी सोच्छौ कि तिमीले वास्तविक रूपमा परमेश्वरलाई बुझ्छौं? तिमीले सर्वशक्तिमान परमेश्वरलाई बुझ्न सक्तैनौ।

8. माथि स्वर्गमा के छ त्यस विषयमा तिमीले केही गर्न सक्तैनौ मृत्युलोकको बारेमा तिमीले केही पनि जान्दैनौ।

9. परमेश्वर पृथ्वी भन्दा महान अनि सागर भन्दा विशाल हुनु हुन्छ।

10. यदि परमेश्वरले तिमीलाई कैद गरेर न्यायलयमा ल्याउनु भयो भने, कसैले उहाँलाई रोक्न सक्तैन।

11. साँच्चो रूपमा, को अयोग्य छ भनेर परमेश्वरले चिन्नुहुन्छ। जब परमेश्वरले अनिष्ट देख्नु हुन्छ उहाँले त्यो याद गर्नुहुन्छ।

12. जसरी एउटा जङ्गली गधाले मानिस जन्माउन सक्तैन् एकजना मूर्ख मानिस कहिल्यै ज्ञानी मानिस हुन सक्तैन।

13. तर अय्यूब तिमीले आफ्नो परमेश्वरको सेवा गर्नलाई मात्र मन तयार राख अनि उहाँलाई आराधना गर्न तिम्रो हातहरू माथि उठोस्।

14. तिम्रो घरमा रहेको पाप तिमीले त्यहाँबाट लखेट्नु पर्छ। तिम्रो घरमा दुष्टलाई आश्रय नदेऊ।

15. तब तिमी आफ्नो निर्दोष अनुहारले परमेश्वरलाई हेर्न सक्नेछौ। तिमी उठ दरिलो होऊ अनि भयभीत नहोऊ।

16. तब तिमीले आफ्नो दुःख भुल्न सक्छौ। तिम्रा दुःखहरू विगतमा तिमीमाथि बगेर गएको पानी झैं एक यादगार हुनेछ।

17. जब तिम्रो जीवन मध्य दिनको घाम भन्दा प्रकाशमय हुनेछ, जीवनको कालो क्षणहरू बिहानको सूर्योदय जस्तो चम्किलो हुनेछ।

18. तब तिमीले सुरक्षित अनुभव गर्नेछौ किनभने त्यहाँ आशाको किरण देखा पर्नेछ परमेश्वरले तिम्रो हेरचाह गर्नु हुनेछ अनि तिमीलाई आराम प्रदान गर्नुहुनेछ।

19. तिमी विश्राम गर्न ढल्किन सक्नेछौ अनि कसैले तिमीलाई सताउने छैन। अनि धेरै मानिसहरूले तिम्रो निम्ति सहयोगको हात बढाउन आउनेछन।

20. नराम्रा मानिसहरूले सहयोग खोज्लान, तर तिनीहरू आफ्ना कष्टहरूबाट मुक्त हुन सक्तैनन्, तिनीहरूका आशाले मृत्यु तर्फ औंल्याउने छ।”

About अय्यूब Chapter 11

Read अय्यूब Chapter 11 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: अय्यूब
Chapter: 11
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading अय्यूब. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading अय्यूब Chapter 11 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is अय्यूब Chapter 11?

अय्यूब Chapter 11 is part of the Book of अय्यूब in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete अय्यूब Chapter 11 online for free with easy chapter navigation.

More Chapters from अय्यूब

  1. अय्यूब Chapter 30
  2. अय्यूब Chapter 15
  3. अय्यूब Chapter 28
  4. अय्यूब Chapter 42
  5. अय्यूब Chapter 19
  6. अय्यूब Chapter 14
  7. अय्यूब Chapter 18

Explore More from पुरानो करार

  1. अय्यूब Chapter 8
  2. 2 राजा Chapter 3
  3. गन्ती Chapter 9
  4. यशैया Chapter 36
  5. 1 इतिहास Chapter 15
  6. भजनसंग्रह Chapter 25
  7. यर्मिया Chapter 8

Related Chapters & Readings

  1. प्रकाश Chapter 21
  2. 2 कोरिन्थी Chapter 3
  3. लूका Chapter 18
  4. भजनसंग्रह Chapter 35
  5. यहोशू Chapter 17
  6. 1 पत्रुस Chapter 2
  7. प्रस्थान Chapter 6
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *