प्रेरितहरूको काम Chapter 26

For English

Read प्रेरितहरूको काम Chapter 26 Online

Read प्रेरितहरूको काम Chapter 26 online from the Holy Bible. This chapter is part of the Book of प्रेरितहरूको काम in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of प्रेरितहरूको काम and the Holy Bible online.

Choose a Chapter

प्रेरितहरूको काम 26

अध्याय 26

1. अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।”यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले।

2. “राजा अग्रिपा, तपाईंहरू अघि उभिन पाउनु मेरो भाग्य हो, यहूदीहरूले ममाथि थोपरेको दोषहरूको म जम्मै उत्तर दिनेछु।

3. म अत्यन्तै खुशी छु कि म तपाईंहरूको सामुन्ने बोल्न योग्यको छु किनभने तपाईंहरू यहूदी रीतिहरू र प्रश्नहरू जुन विषयमा तिनीहरूले र्तक गर्छन सो जान्नु हुन्छ। कृपाया धैर्यसाथ मेरो कुरा सुनिदिनु होस्।

4. “सबै यहूदीहरूले मेरो सम्पूर्ण जीवनको विषयमा जान्दछन्। मेरो देशमा अनि यरूशलेममा पनि मेरो जीवन शैलीको विषयमा तिनीहरू जान्दछन्।

5. यी यहूदीहरूले धेरै समयदेखि मलाई चिन्छन्। यदि तिनीहरूले इच्छा गरे मलाई एक असल फरिसी मान्न सक्छन्। अनि फरिसीहरूले यहूदी धर्मको व्यवस्थाहरू अन्य कुनै यहूदी समुदायले भन्दा अझ कट्टर प्रकारले मान्दछन।

6. परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको भरोसामा म यस परीक्षामा अहिले खडा छु।

7. यो प्रतिज्ञा प्राप्त गर्ने आशामा हाम्रा बाह्र जातिहरू निमग्न रात-दिन परमेश्वरको आराधना गरिरहेका छन्। हे राजान्, यही आशाको निम्ति म यी यहूदीहरूद्वारा दोषिएको हुँ।

8. तपाईंहरूलाई परमेश्वरले मरेको मानिसहरू बौराँउनु हुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठेरो परेको?

9. “जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विरुद्ध धेरै कुराहरू मैले गर्नुपर्छ।

10. अनि यरूशलेममा मैले विश्वासीहरूका विरुद्ध धेरै कामहरू गरें। मुख्य पूजाहारीहरूले ती विश्वासीहरूलाई जेलमा थुन्ने अधिकार दिएका थिए। जब येशूका विश्वासीहरू मारिए मैले यो राम्रो कुरा भयो भनेर सहमत दिएँ।

11. जम्मै सभाघरहरूमा मैले तिनीहरूलाई धेरै पल्ट येशूको विषयमा जबरजस्ती नराम्रो कुरो भनाएर दण्ड दिएँ। म यति क्रोधित थिएँ कि म विदेशका शहरहरूमा पनि तिनीहरूको खेदो लाउनु गएँ।

12. एक समयमा, मुख्य पूजाहारीहरूले मलाई दमीशक शहर जाने अनुमति अनि अधिकार दिए।

13. हे राजन! दमीशक जाने बाटोमा मैले एउटा ज्योति आकाशबाट आइरहेको देखें। यो मध्यान्हको समय थियो। त्यसको प्रकाश सूर्यको भन्दा ज्यादा चिम्किलो थियो। त्यो प्रकाश म र मसंग जाने मानिसहरूका वरिपरि चम्कियो।

14. हामी सबै जना भूइँमा लड्यौ। त्यसपछि मैले यहूदी भाषामा एक आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, ‘शावल, शावल किन मलाई सताइरहेका छौ? तिमी मसंग लडेर केवल आफैलाई चोट पुर्याइरहेका छौ।’

15. मैले भने, ‘तिमी को हौ प्रभु?’ प्रभुले भन्नुभयो, ‘म येशू हुँ। म त्यही हुँ जसलाई तिमी सताइरहेछौ।

16. उठ अनि उभ! मैले तिमीलाई मेरो सेवक चुनेको छु। तिमी मेरो गवाही भएर मानिसहरूलाई मेरो विषयमा तिमीले के देख्यौ अनि मैले के प्रकट गर्छु सबै बातउनेछौ। यसैकारण म आज तिमीकहाँ आएँ।

17. म तिम्रो आफ्नै मानिसहरूलाई तिमीमाथी घात पार्न दिने छैन। अनि म तिमीलाई गैर-यहूदीहरूबाट पनि जोगाउने छु। म तिमीलाई ती मानिसहरू कहाँ पठाउँदैछु।

18. तिमीले मानिसहरूलाई सत्य देखाउनेछौ। मानिसहरू अन्ध्यारोबाट उज्यालोमा र्फकनेछन्, बद्लिनेछन् अनि शैतानको शक्तिबाट परमेश्वरमा ढल्किनेछ। त्यसपछि तिनीहरूको पापहरू क्षमा गरिनेछ अनि मेरो विश्वासले जो मानिसहरू पवित्र पारिएकोछन् तिनीहरूसंग एक बनाइनेछ।”‘

19. पावल लगातार बोलिरहेः “राजा अग्रिपा, स्वर्गबाट यो दर्शन मैले पाए पछि यसलाई पालन गर्न मैले अश्वीकार गरिन।

20. मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति र्फक र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ भनें यी कुरा सर्वप्रथम मैले दमीशकमा भनें। त्यसपछि म यरूशलेम गएँ अनि यहूदीयाको प्रत्येक ठाउँमा गएर यी कुरा भनें। म यी कुराहरू भन्न गैर-यहूदीहरूकोमा पनि गएँ।

21. यही कारणले यहूदीहरूले म मन्दिरमा भएको समय पक्रे अनि मलाई मार्न चेष्टा गरे।

22. आज सम्म पनि मैले परमेश्वरको सहायता पाइरहेकोछु अनि यसर्थ म यहाँ उभिरहेको छु अनि जे देखे भनिरहेको छु। तर मैले नयाँ कुरा भनिरहेको छैन। मोशा र अगमवक्ताहरूले जे हुन्छ भनेका छन् म त्यही भनिरहेको छु।

23. तिनीहरूले भने कि ख्रीष्ट मर्नेछ र मृत्युबाट बौरी उठने प्रथम मानसि उही हुनेछ। मोशा र अगमवक्ताहरूले भनेका थिए कि ख्रीष्टले यहूदी र गैर-यहूदीहरूमा प्रकाश ल्याउने छ।”

24. पावलले आफ्नो बचाऊको लागि ती कुराहरू भनिरहेको बेला, फेस्तस चिच्यायो, “पावल तिमी पागल हौ। तिम्रो अधिक बिद्याले तिमीलाई पागल बनायो।”

25. पावलले भने, “महामहिम फेस्तम, म पागल होइन। जे कुराहरू मैले भने ती सत्य हुन्। मेरो शब्दहरू गम्भीर छन्।

26. राजा अग्रिपाले यी कुराहरूको विषयमा जान्नु हुन्छ। म उहाँसंग स्वतन्त्र रूपमा कुरा गर्न सक्छु। म निश्चित छु कि उहाँ कुनै पनि कुरामा अपरिचित हुनुहुन्न। किभने यी कुराहरू कुनै गुप्ती जग्गामा घटेन।

27. राजा अग्रिपा! के तपाईं अगमवक्ताहरूले लेखेको कुरामा विश्वास गर्नु हुन्छ? म जान्दछु तपाईं निश्वास गर्नु हुन्छ।

28. राजा अग्रिपाले पावललाई भने, “के तिमी मलाई यति सहजै ख्रीष्टयन बनाउन सक्छौ?”

29. पावलले भने, “यो सजिलो अथवा अप्ठेरो मेरो निम्ति मुख्य होइन। म परमेश्वरसित प्रार्थना गर्दछु कि तपाईं मात्र किन, मलाई बाँधिएको साङलो बाहेक आजका जम्मै मेरा श्रोताहरू म जस्तै हुनेछन्।”

30. राजा अग्रिपा, राज्यपाल फेस्तस, र्बणिस अनि तिनीहरूसंगै बसिरहेका अन्य मानिसहरू सबै जराक-जरूक उठे।

31. सभाघर छाडेर गए अनि आपसमा यसो भन्दै बात गर्न लागे, “यो मानिसलाई मार्नु हुँदैन, जेलमा पनि राख्नु हुँदैन, साँचि नै उसले त्यस्तो नराम्रो काम गरेको छैन जसमा कि उसलाई मृत्यु दण्ड अथवा कारावास होस्।”

32. अनि अग्रिपाले फेस्तसलाई भने, “यदि यस मानिसले सिजरलाई अपील नगरेको भए ऊ छोडिन सक्थ्यो।”

About प्रेरितहरूको काम Chapter 26

Read प्रेरितहरूको काम Chapter 26 online from the Holy Bible. This chapter is part of the Book of प्रेरितहरूको काम in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: प्रेरितहरूको काम
Chapter: 26
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading प्रेरितहरूको काम. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading प्रेरितहरूको काम Chapter 26 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is प्रेरितहरूको काम Chapter 26?

प्रेरितहरूको काम Chapter 26 is part of the Book of प्रेरितहरूको काम in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete प्रेरितहरूको काम Chapter 26 online for free with easy chapter navigation.

More Chapters from नयाँ करार

  1. प्रेरितहरूको काम Chapter 1
  2. प्रेरितहरूको काम Chapter 14
  3. प्रेरितहरूको काम Chapter 13
  4. प्रेरितहरूको काम Chapter 8
  5. प्रेरितहरूको काम Chapter 22
  6. प्रेरितहरूको काम Chapter 15
  7. प्रेरितहरूको काम Chapter 12

Explore More from प्रेरितहरूको काम

  1. प्रेरितहरूको काम Chapter 15
  2. प्रेरितहरूको काम Chapter 1
  3. प्रेरितहरूको काम Chapter 8
  4. प्रेरितहरूको काम Chapter 4
  5. प्रेरितहरूको काम Chapter 12
  6. प्रेरितहरूको काम Chapter 13
  7. प्रेरितहरूको काम Chapter 7

Related Chapters & Readings

  1. रूथ Chapter 1
  2. यशैया Chapter 6
  3. यर्मिया Chapter 43
  4. उत्पत्ति Chapter 42
  5. यर्मिया Chapter 27
  6. जकरिया Chapter 5
  7. मीका Chapter 3
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *