1 राजा Chapter 9

For English

Read 1 राजा Chapter 9 Online

Read 1 राजा Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of 1 राजा in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 राजा and the Holy Bible online.

Choose a Chapter

1 राजा 9

अध्याय 9

1. यस प्रकार सुलेमानले परमप्रभुको मन्दिर अनि आफ्नो महलको निर्माण कार्य पूरा गरे। सुलेमानले ती सबै चीजहरू बनाए जो उनी बनाउन चाहन्थे।

2. तब परमप्रभु सुलेमानको सामु त्यसरी नै फेरि प्रकट हुनु भयो जसरी यस अघि गिबोनमा प्रकट हुन भएको थियो।

3. परमप्रभुले उनलाई भन्नुभयोः “मैले तिम्रो प्रार्थना सुनें। मैले ती कुराहरू सुनें जुन तिमीले मलाई गर्ने बिन्ती गरेका थियौ। तिमीले यो मन्दिर बनायौ। अनि मैले यसलाई पवित्र स्थल बनाएँ। यसकारण मेरो त्यहाँ सदा-सर्वदा सत्कार हुनेछ। मैं यसकोमाथि नजर राख्नेछु अनि यसको विषयमा सँधै विचार राख्ने छु।

4. तिमीले मेरो सेवा त्यसरी नै गर जसरी तिम्रा पिता दाऊदले गरेका थिए। उनि असल र इमान्दारी थिए र तिमीले मैले आज्ञा गरेका सबै कुरा मानेर मेरा विधि-विधानहरू पालन गर्नै पर्छ।

5. “यदि तिमीले यी सब कामहरू गर्यौ भने मैं तिम्रो परिवारबाट एक जनालाई सँधै इस्राएलको राजा बनाउँनेछु भनी बचन दिन्छु। मैले तिम्रा पिता दाऊदसँग यस्तैं प्रतिज्ञा गरेको थिएँ। मैले उनलाई भनेको थिएँ, इस्राएलको शासन तिम्रो उनको सन्तानहरूबाट एक जनाले चलाउने छ।

6. तर यदि तिमी अथवा तिम्रा सन्तानले मेरो अनुसरण गर्न छोडेमा अनि नियम र आदेश पालन नगरे जो मैले तिमीलाई दिएको छु अनि यदि तिमीले अर्कै देवताहरूको पूजा र प्रार्थना गर्न थाल्यौ भने,

7. तब म इस्राएललाई त्यो भूमि छोडन वाध्य गराउने छु जुन मैले तिनीहरूलाई दिएको थिएँ, अनि त्यो अरू मानिसहरूका लागि इस्राएल एउटा उदाहरण हुनेछ। अरू मानिसहरू इस्राएलमाथि हाँसो गर्नेछन्। मैले मन्दिरलाई पवित्र बनाएको छु अनि यो त्यो ठाऊँ हो जहाँ मानिसहरूले मेरो उपासना गर्छन तर यदि तिमीले मेरो अनुसरण गर्दैनौ भने म यसलाई ध्वंस पार्नेछु।

8. यो मन्दिर ध्वंस हुनेछु। प्रत्येक मानिस जो यसलाई हेर्नेछ, आश्चर्य चकित हुनेछ। तिनीहरूले सोध्ने छन्, ‘परमप्रभुले यो मन्दिर र भूमि प्रति यस्तो भयंकर कार्य किन गर्नु भयो?’

9. अरू मानिसहरूले जवाफ दिनेछन्, ‘यस्तो किन भयो भने तिनीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई त्यागेका थिए। उनले आफ्ना पुर्खाहरूलाई मिश्रबाहिर ल्याएका थिए। तर तिनीहरूले अरू नै देवताहरूका अनुसरण गर्ने निर्णय लिए। तिनीहरू ती देवताहरूको पूजा र सेवा गर्न थाले। यसकारणले गर्दा परमप्रभुले यी सबै नराम्रा कार्यहरू तिनीहरूका लागि गरिदिनु भयो।

10. परमप्रभुको मन्दिर अनि राजाको महल बनाउनलाई राजा सुलेमानलाई बीस वर्ष लाग्यो।

11. अनि बीस वर्षपछि राजा सुलेमानले सोरका राजा हीरामलाई गालीलमा 20 वटा शहरहरू दिए। सुलेमानले राजा हीरामलाई यी शहरहरू दिए किनभने हीरामले सुलेमानलाई मन्दिर र महल बनाउनमा सघाउ पुर्याएका थिए। हीरामले सुलेमानालाई सबै धूपी र सल्लाका रूख अनि सुन दिएका थिए जो सुलेमानले मागेका थिए।

12. यसर्थ हीरामले सोरबाट शहरहरू र्हेर्न यात्रा शुरू गरे जो सुलेमानले दिएका थिए। जब उनले ती शहरहरू देखे, उनी खुशी भएनन्।

13. उसले राजालाई भने, “मेरा प्रिय भाइ, के यही शहरहरू तपाईंले दिनु भएको?” राजा हीरामले त्यस क्षेत्रको नाउँ काबूल राखे अनि त्यो क्षेत्रलाई आज पनि काबूल भनिन्छ।

14. हीरामले मन्दिर निर्माणमा काम लगाउन राजा सुलेमानलाई 120 तोडा सुन पठाएका थिए।

15. राजा सुलेमानले दासहरूलाई उसको महल र मन्दिर बनाउने काममा वाध्य गराएका थिए। तब उसले ती दासहरूलाई अरू धेरै सामानरू बनाउने काममा लगए। उनले मिलो निर्माण गरे। उनले यरूशलेमको वरिपरि पर्खाल पनि निर्माण गरे। तब उनले हासोर, मगिद्दो अनि गेसेर शहरहरू फेरि बनाए।

16. कुनै समय मिश्रका राजाले गेसेर शहर माथि आक्रामण गरेका थिए यसलाई भस्म पारेका थिए। उनले कनानी मानिसहरूलाई मारे जो त्यहाँ बस्ने गर्दथे। सुलेमानले फिरऊनकी छोरीसँग विवाह गरे। यस कारण फिरऊनले त्यो शहर सुलेमानलाई विवाहको दाईजोको रूपमा दिए।

17. सुलेमानले त्यो शहर फेरि बनाए। सुलेमानले तल्लो बेत-हेरोन पनि बनाए।

18. राजा सुलेमानले यहूदा मरूभूमिमा बालात र तामार शहर पनि बनाए।

19. राजा सुलेमानले ती शहरहरू पनि बनाए जहाँ अन्न र चीजहरू राख्नेगरे अनि उनले आफ्ना रथ अनि घोडाहरूका लागि ठाउँ बनाए। राजा सुलेमानले धेरै चीजहरू बनाए जो उनले यरूशलेम, लबानोन अनि अन्य आफूद्वारा शासित ठाउँहरूमा चाहेका थिए।’

20. ती ठाउँहरूमा जो मानिसहरू थिए तिनीहरू इस्राएली थिएनन्। ती मानिसहरू एमोरी, हित्ती, परिज्जी, हिब्बी अनि यबूसी थिए।

21. इस्राएलीहरू ती मानिसहरूलाई सर्वनाश पार्न योग्य भएनन्। तर सुलेमानले तिनीहरूलाई दासको रूपमा काम गर्न वाध्य गराए। तिनीहरू अझै पनि दास नै छन्।

22. सुलेमानले कुनै इस्राएलीलाई उनको दास हुन वाध्य गराएनन्। इस्राएलका मानिसहरू सैनिक, सरकारी अधिकारीहरू, कप्तान अनि रथका सेनापति र चालक थिए।

23. सुलेमानका योजनाहरूमा 550 पर्यवेक्षकहरू थिए। तिनीहरू मानिसहरू हर्ताकर्ता थिए जो काम गर्दथे।

24. फिरऊनकी छोरी दाऊदको शहरबाट महलमा पुगी जो सुलेमानले उनकै लागि बनाएका थिए। तब उनले मिल्लो निर्माण गरे।

25. सुलेमान वर्षको तीन पटक वेदीमा होमबलि र मेलबलि चढाउने गर्दथे। यो त्यही वेदी थियो जसलाई सुलेमानले परमप्रभुका लागि बनाएका थिए। राजा सुलेमान परमप्रभुको अघि धूप पनि जलाउँने गर्दथे। तिनले मन्दिरलाई राम्रो अवस्थामा राखे।

26. राजा सुलेमानले एस्योन गेबेरमा पानी जहाज पनि बनाए। यो शहर एदोम क्षेत्रमा लाल सागरको किनारमा एलोत नजिक छ।

27. राजा हीरामसित केही मानिसहरू थिए जो समुद्रको विषयमा मनग्गे जान्दथे। ती मानिसहरू प्रायः जहाजमा यात्रा गर्दथे। राजा हीरामले ती मानिसहरूलाई सुलेमानको नाविक बेडामा सेवा गर्न सुलेमानका मानिसहरू सँग काम गर्न पठाए।

28. सुलेमानका जहाजहरू ओपीर गए। यी जहाजहरूले ओपीरबाट लगभग 420 तोडा सुन राजा सुलेमान कहाँ ल्याए।

About 1 राजा Chapter 9

Read 1 राजा Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of 1 राजा in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 राजा
Chapter: 9
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 राजा. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 राजा Chapter 9 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 राजा Chapter 9?

1 राजा Chapter 9 is part of the Book of 1 राजा in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 राजा Chapter 9 online for free with easy chapter navigation.

More Chapters from 1 राजा

  1. 1 राजा Chapter 2
  2. 1 राजा Chapter 17
  3. 1 राजा Chapter 12
  4. 1 राजा Chapter 5
  5. 1 राजा Chapter 18
  6. 1 राजा Chapter 22
  7. 1 राजा Chapter 19

Explore More from पुरानो करार

  1. हितोपदेश Chapter 1
  2. यहोशू Chapter 11
  3. 1 इतिहास Chapter 1
  4. लेवी Chapter 23
  5. 2 राजा Chapter 1
  6. इजकिएल Chapter 23
  7. 2 शमूएल Chapter 12

Related Chapters & Readings

  1. गन्ती Chapter 34
  2. अय्यूब Chapter 27
  3. कलस्सी Chapter 2
  4. यशैया Chapter 32
  5. उत्पत्ति Chapter 1
  6. 2 थिस्सलोनिकी Chapter 2
  7. लूका Chapter 21
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *