Read 2 शमूएल Chapter 23 Online
Read 2 शमूएल Chapter 23 online from the Holy Bible. This chapter is part of the Book of 2 शमूएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 शमूएल and the Holy Bible online.
Choose a Chapter
2 शमूएल 23
अध्याय 23
1. यी दाऊदका अन्तिम वचनहरू यिनै, यिशैका छोरा दाऊदको सन्देश हो यो। यो सन्देश तिनैको हो-जसलाई परमेश्वरले महान् बनाउनुभयो, जो याकुबको परमेशवरद्वारा छानिएका राजा जो इस्राएलको मधुर गीतका गायक।
2. परमप्रभुको आत्माले मद्वारा बोल्नु भयो। उहाँका वचनहरू मेरो मुखमा थिए।
3. इस्राएलको परमेश्वरले भन्नु भयो। इस्राएलको चटानले मलाई भन्नुभयो, “जसले मानिसलाई न्यायपूर्वक शासन गर्छ, जसले परमेश्वरको सम्मान दिएर शासन गर्छ,
4. त्यस्ता व्यक्ति हुनेछ र्स्योदय जस्तै; बादल नभएको बिहान जस्तै; पानी परेपछिको घाम जस्तै-जुन पानीले धर्तीमा कलिला घाँस उमार्छ।”
5. परमेश्वरले मेरा परिवारलाई शक्तिशाली र सुरक्षित बनाउनुभयो। उहाँले मसँग सधैंको निम्ति करार गर्नुभयो। परमेश्वरले त्यो करार अनुमोदन गर्नु भयो र राम्रो बनाउनु भयो। अनि उहाँले मलाई विजय दिनुहुन्छ। म जे इच्छा गर्छु उहाँले त्यही पुर्याइदिनु हुन्छ।
6. तर दुष्ट मानिसहरू काँढा जस्तै हुन् मानिसले काँढा समात्दैनन् बरू कतै फ्याँक्छन्।
7. यदि कसैले त्यसलाई छोयो भने त्यसले भालाले जस्तै घोच्छ त्यो भाला काठको होस् कि फलामको साँच्चै, ती मानिसहरू काँढा जस्तै हुन्। तिनीहरूलाई आगोमा फ्याँकिन्छ र जलेर खारानी बन्छन्।
8. तहकमोनि योशैब्बश्शेबेतका अधिकारमा भएका सिपाहीका नामहरू यसप्रकार छन। दाऊदका योशैब्बश्शेबेत तीनजना वीरहरूका कप्तान थिए। योशैब्बश्शेबेतले एकैचोटिमा 800 मानिसहरूलाई मारे।
9. दोस्रो अहोहीबाट दोदोका छोरा एलाजार थिए। तीनजना वीरहरू मध्ये एलाजार एकजना थिए तिनी दाऊदसित थिए जब तिनीहरूले पलश्तीहरूलाई मुकाबिला गरेका थिए जो युद्धका निम्ति जम्मा भए तर इस्राएली सैनिकहरू पछि हटे।
10. एलाजारले आफू नथाकुन्जेल पलिश्तीहरूसँग सामना गरे। तिनले हातमा तरवार मुठ्याएर लडी नै रहे। परमप्रभुले त्यस दिन इस्राएलीहरूलाई ठूलो विजय गराइदिनु भयो। एलाजार एक्लैले विजय प्राप्त गरेपछि मानिसहरू आएका थिए, र आउनुको एक मात्र कारणचाहिं एलाजारले मारेका शत्रुपक्षका सेनाहरूबाट मालसमान लुट्नु मात्र थियो।
11. अर्का थिए हरार निवासी आग्रीका छोरा शम्मा। पलिस्तीहरू एकबद्ध भएर लडन आएका थिए। दालको खेतमा युद्ध लडे पलिश्तीहरूले। पलिश्तीहरूले मानिसहरूलाई भगाए।
12. तर शम्मा खेतको मध्यभागमा उभिएर सामना गरे। तिनले पलिश्तीहरूलाई हराए। त्यस दिन पनि परमप्रभुले इस्राएलीहरूलाई ठूलो विजय गराउनुभयो।
13. एकपल्ट, दाऊद अदूलामको ओढारमा थिए अनि पलिश्ती सैनिकहरू चाहिं तल रपाईम बेंसीमा थिए। दाऊदका तीस वीर सैनिकहरूमध्ये तीन जनाचाहिं घस्रिंदै दाऊद भएको गुफामा आए।
14. अर्को एकचोटि, दाऊद किल्लामा थिए अनि एकसमूह पलिश्ती सैनिकचाहिं बेतलेहेममा थिए।
15. दाऊदले उसको शहरको पानी पिउनलाई एकदमै इच्छा गरे। दाऊदले भने, “म आशा गर्छु कसैले मलाई बेतलेहेम शहरछेऊको इनारबाट खाने पानी ल्याइदिओस् भन्ने इच्छा गर्छु!”
16. तर ती तीन वीरहरू पलिश्ती फौजको सामना गर्दै अघि बढे र बेतलेहेम शहरको फाटक छेउमा भएको इनारबाट पानी ल्याएर दाऊदलाई दिए। तर दाऊदले उक्त पानी खान मानेनन्। तिनले परमप्रभुलाई चढाएको पानी जस्तै भुइँमा घोप्टाए।
17. दाऊदले भने, “परमप्रभु, म यो पानी खान सक्दिन। यदि यो पानी खाएँ भने, जसले प्राणको वास्ता नगरी पानी ल्याए, उनीहरूको रगत खाएको बराबर हुन्छ।” यही कारणले दाऊदले उक्त पानी खान चाहेनन्। यस्तै धेरै बहादुरीपूर्ण कामहरू गरेका थिए ती तीनजना वीरहरूले।
18. सरूयाहाका छोरा, योआबका भाइ अबीशै थिए अबीशै तीसजना वीरहरूका अगुवा थिए। अबीशैले आफ्नो भाला प्रयोग गरेर 300 शत्रुहरूलाई मारे।
19. ती 30 जना वीरहरू मध्ये अबीशै सब भन्दा प्रसिद्ध भए। तिनीहरूका नेता भए यद्यपि तिनीहरू तिनमा बराबरी ख्याति हुन सकेन।
20. यहोयादाका छोरा बनायाह पनि एकजना शक्तिशाली मानिस थिए। उनी कब्सेलवासी थिए। बनायाहले धेरै ठूला ठूला बहादुरी कार्य गरेका थिए। बनायाहले मोआबको अरियलका दुइजना छोरालाई मारेका थिए। बनायाहले एउटा सिंह मारेका थिए। हिउ परेको समयमा सिंह एउटा जमिन भित्रको खाडलमा थियो।
21. बनायाहले एउटा ठूलो शरीर गरेको मिश्री सेनालाई मारे। मिश्रीको हातमा भाला थियो। तर बनायाहको हातमा एउटा लौरो थियो। बनायाहले त्यस मिश्रीको हातबाट भाला खोसे अनि त्यही भालाले त्यो मिश्रीलाई मारे।
22. यहोयादाका छोरा बनायाहले यस्ता धेरै बहादुरिपूर्ण कार्य गरे। बनायाह पनि ती तीनजना वीरहरू जस्तै थिए।
23. बनायाह त अझ ती तीसजना वीरहरूभन्दा ज्यादा प्रसिद्धि थिए। तर पनि उनी ती तीनजना वीरहरूका सदस्य बनेनन्। बनायाहलाई दाऊदले आफ्ना अगंरक्षक कप्तान बनाए।
24. योआबका भाइ असाहेल ती तीस जना वीरहरूमध्ये एक थिए। ती तीस जना वीरहरूको समूहमा अन्य वीरहरू यसप्रकारका थिएः बेतलेहेमका दोदोका छोरा एल्हानान्,
25. हेरोदाका शम्मा, हेरोदका एलीका,
26. बेतपेलेतका हेलेस, तकोइका इक्केशका छोरा ईरा,
27. अनातीतका छोरा अबीएजेर, हुशातका मबून्ने,
28. अदोही सल्मोन, नतोपाका महरै,
29. नतोपाका बानाका छोरा हेलेब, गिबाका बिन्यामीन परिवार समूहको रीबैका छोरा इत्तै,
30. पिरातोनका बनायाह, गाशका खोल्वाहरूका हिददै,
31. बेत-अराबाका अबी-अल्बोन, बहूरीमका अजमावेत,
32. शाल्बोनका एल्याहबा, गिजोनी योशेनहरारी, शम्माका छोराहरू जोनाथन,
33. हरारी शम्मका छोरा; हरारी शरारका छोरा अहीआम;
34. मकातीका आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम,
35. कर्मेलका हेस्रो, अर्बी पारै,
36. सोबाका नातानका छोरा यिगाल, गादी बानी,
37. अम्मानी सेलेक, बेरोतका नहरै (नहरैले सरूयाहाका छोरा योआबको हतियार बोक्ने थिए);
38. येतरी ईरा; येतरी गारेब;
39. अनि हित्ती उरियाह। जम्मा मिलाउँदा
About 2 शमूएल Chapter 23
Read 2 शमूएल Chapter 23 online from the Holy Bible. This chapter is part of the Book of 2 शमूएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: 2 शमूएल
Chapter: 23
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading 2 शमूएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading 2 शमूएल Chapter 23 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is 2 शमूएल Chapter 23?
2 शमूएल Chapter 23 is part of the Book of 2 शमूएल in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete 2 शमूएल Chapter 23 online for free with easy chapter navigation.
More Chapters from 2 शमूएल
- 2 शमूएल Chapter 5
- 2 शमूएल Chapter 19
- 2 शमूएल Chapter 18
- 2 शमूएल Chapter 22
- 2 शमूएल Chapter 17
- 2 शमूएल Chapter 11
- 2 शमूएल Chapter 6
Explore More from पुरानो करार
- यर्मिया Chapter 8
- यशैया Chapter 3
- 1 राजा Chapter 5
- उपदेशक Chapter 2
- 2 इतिहास Chapter 24
- प्रस्थान Chapter 18
- भजनसंग्रह Chapter 41