नहेम्याह Chapter 4

For English

Read नहेम्याह Chapter 4 Online

Read नहेम्याह Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of नहेम्याह in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of नहेम्याह and the Holy Bible online.

Choose a Chapter

A+ A A-

नहेम्याह 4

अध्याय 4

1. हामीहरूले पर्खाल निर्माण गरिरहेका जब सम्बलतले सुने, अनि तिनी अत्यन्तै क्रोधित भए। तिनी यहूदीहरू प्रति हाँसे।

2. अनि तिनका बन्धुहरू अनि सामरियाका सेनाहरू समक्ष तिनले भने, “ती कमजोर यहूदीहरू के गरिरहेछन्? के तिनीहरूले त्यो पर्खालेको पूर्ननिर्माण गर्न सक्छन्?” के तिनीहरूले बलिदान गर्नेछन्? के तिनीहरूले एकदिनमा शेष गर्नेछन्? के तिनीहरूले रद्दीको राशका ढुङ्गहरूलाई जलिसकेको भएता पनि जिउँदो तुल्याउन सक्छन्?”

3. अम्मोनी तोबियाह उनको छेउमा थिए, अनि भने, “तिमीहरू के बनाउँदैछौ, त्यसमाथि एउटा फ्याउरो पनि चढ्‌यो भने तिमीहरूले बनाएको ढुङ्गाको पर्खाल टुक्रा-टुक्रा भई भत्कनेंछ।”

4. मैले भनें, “हाम्रा परमेश्वर! हामीलाई सुन्नु हुन्छ किनभने हामी तुच्छ भएका छौं। तिनीहरूको गिल्लाले तिनीहरू आफैंले कष्ट भोगुन्। तिनीहरूलाई बन्दी बनाउनु अनि लुटाउन सुम्पिदिनुहोस्।

5. तिनीहरूको दोष नढाकि दिनुहोस् अनि तिनीहरूको पाप तपाईंको दृष्टिदेखि मेटिन नदिनुहोस्। किनभने तिनीहरूले निर्माण कर्त्ताहरूलाई अपमान गरेका छन्।”

6. यसरी हामीले पर्खाल निर्माण गर्यौ र आधा उचाइँसम्म सम्पूर्ण पर्खाललाई जोडिदियौं। मानिसहरू काम गर्न उत्सुक थिए।

7. जब सम्बलत, तोबियाह, अरबीहरू अम्मोनीहरू अनि अश्दोदीका मानिसहरूले यरूशलेमका पर्खालहरूको मर्मत कार्य अघि बढिरहेछ अनि भत्किरहेका अंशहरूलाई मर्मत गरिरहेका छन्, भनी सुने तिनीहरू अत्यन्त क्रोधित भए।

8. यसकारण तिनीहरू सबै साथै आएर यरूशलेमको विरूद्ध लडने अनि यसलाई खलबल गर्ने योजना बनाए।

9. तर हामिले हाम्रो परमेश्वर सित प्रार्थना गर्यौं अनि हामीले तिनीहरूका कारणले पर्खालको रक्षका निम्ती दिन-रात रक्षकहरू नियुक्त गर्यौं।

10. तर यहूदाका मानिसहरूले भने, “कर्मीहरू थकित हुँदैछन्। त्यहाँ अत्यन्त धेरै मैला कुचिलाहरू छन्। हामी आफैले मात्र पर्खालको पुनःर्निर्माणगर्न कहिले पनि सक्ने छैनौ।

11. अनि हाम्रा शत्रुहरूले भने, ‘तिनीहरूले यहूदीहरू हामीहरू तिनीहरूको माझ आएर तिनीहरूलाई मारेर काम नरोकेसम्म केही पनि जान्ने अनि देख्ने छैनन्।”

12. “जब यहूदी जो हाम्रो शत्रुहरूको बीचमा बस्थे आए तिनीहरूले दोहोर्याई-दोहोर्याई भने, ‘हाम्रो शत्रुहरूले हामीहरूलाई चारैतिरबाट आक्रमण गर्नेछन्।”‘

13. तब मैले मानिसहरूलाई पर्खालको पछि सब भन्दा तल्लो खुल्ला ठाउँमा राखें र तल्लो खुल्ला भूमिहरूमा पठाए। मैले मानिसहरूलाई तिनीहरूको परिवार अनुसार तरवार, भाला अनि धनुहरूसित तैनाथ गराएँ।

14. सबै कुरा हेरें पछि मैले तुरन्तै मुख्य अधिकारीहरू र अन्य मानिसहरूलाई भने, “तिनीहरूसित भयभीत न होऊ। हाम्रा मालिक महान अनि शक्तिशाली एकलाई सम्मु आफ्ना भाईहरू आफ्ना छोरा-छोरीहरू अनि, आफ्ना पत्नीहरू र घरका निम्ती लडाई गर।”

15. जब हाम्रा शत्रुहरूले तिनीहरूका सबै योजनाहरू हामीलाई थाहा भएको छ भनी सुने, अनि परमेश्वरले तिनीहरूको योजना ध्वंश पारीदिनु भयो। हामीसबै आ-आफ्ना काम गर्न पर्खाल तिर आयौं।

16. त्यस दिन देखि मेरा आधा सेवकहरू पर्खालको काममा जुटे अनि आधाले ढाल, भाला, धनु अनि देह-कवच धारण गरे। अनि अगुवाहरू यहूदाका समस्त मानिसहरूको पछि उभिए।

17. भारी बोक्नेहरूले एकहातले भार थामी अर्कोहातले हतियार समाती काम गरे।

18. प्रत्येक निर्माणकर्त्ताहरूले निर्माण गर्दै गर्दा आफ्नो तरवार एक छेउमा बाँधेका थिए। अनी जसले तुरही फुक्थ्यो मेरो छेउमा थियो।

19. मैले मुख्य मानिसहरू, अधिकारीहरू अनि अन्य मानिसहरूलाई भने, “काम अत्यन्त ठूलो भएकोछ अनि हामी पर्खालमा एक अर्कादेखि फराकिलो रूपमा छुट्टिएका छौं।

20. जब तिमीहरूले तुरहीको आवाज सुन्छौ हामीसँग त्यहाँ भेला होऊ। हाम्रा परमेश्वर हाम्रो निम्ति लडिदिनु हुनेछ।”

21. यसरी बिहानको पहिलो किरण फैलिए देखि राती तारा ननिस्केसम्म आधा मानिसहरूले भाला समातेर हामीले लगातार काम गरि रह्यौ।

22. त्यस समयमा मैले मानिसलाई यो पनि भनें, “हरेक मानिसहरू अनि उनीहरूको सेबकहरूले यरूशलेम मानै रात बिताओस् जसमा कि तिनीहरू हाम्रा निम्ती रातका रक्षक अनि दिनका कर्मी हुन सक्छन्। यसरी न त मैले, न मेरा साथी सङ्गीहरूले न मेरा सेवकहरूले न त मेरो अनुसरण गर्ने रक्षक मानिसहरूले कहिले हाम्रा बस्त्रहरू खोल्यौं।”

23. हरेकले आफ्ना दाहिनेहातमा आफ्ना हतियार राखे।

About नहेम्याह Chapter 4

Read नहेम्याह Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of नहेम्याह in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: नहेम्याह
Chapter: 4
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading नहेम्याह. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading नहेम्याह Chapter 4 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is नहेम्याह Chapter 4?

नहेम्याह Chapter 4 is part of the Book of नहेम्याह in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete नहेम्याह Chapter 4 online for free with easy chapter navigation.

More Chapters from नहेम्याह

  1. नहेम्याह Chapter 1
  2. नहेम्याह Chapter 13
  3. नहेम्याह Chapter 9
  4. नहेम्याह Chapter 6
  5. नहेम्याह Chapter 12
  6. नहेम्याह Chapter 7
  7. नहेम्याह Chapter 5

Explore More from पुरानो करार

  1. यशैया Chapter 61
  2. उत्पत्ति Chapter 22
  3. 2 शमूएल Chapter 3
  4. 1 शमूएल Chapter 10
  5. भजनसंग्रह Chapter 93
  6. यशैया Chapter 38
  7. 1 शमूएल Chapter 18

Related Chapters & Readings

  1. 1 शमूएल Chapter 1
  2. गन्ती Chapter 26
  3. प्रकाश Chapter 8
  4. भजनसंग्रह Chapter 69
  5. प्रस्थान Chapter 30
  6. लेवी Chapter 25
  7. भजनसंग्रह Chapter 1
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *