लेवी Chapter 21

For English

Read लेवी Chapter 21 Online

Read लेवी Chapter 21 online from the Holy Bible. This chapter is part of the Book of लेवी in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of लेवी and the Holy Bible online.

Choose a Chapter

लेवी 21

अध्याय 21

1. परमप्रभुले मोशालाई भन्नुभयो, “यी कुराहरू हारूनका छोराहरू पूजाहारीहरूलाई भनः पूजाहारीले लाश छोएर आफैंलाई अशुद्ध पार्नु हुँदैन।

2. तर यदि मृतक मानिस उनको साक्खै पर्ने हो भने मात्र उनले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्। यदि मृतक मानिस उनका आमा अथवा बाबु, उनका छोरा-छोरी, दाज्यू-भाइ।

3. अथवा अविवाहित दिदी-बहिनी भए तिनले लाश छोएर आफैंलाई अशुद्ध पार्न सक्छन्। (कन्ये दिदी अथवा बहिनी उनको साक्खै मानिन्छ जबसम्म तिनीहरूको बिहे हुँदैन, यसर्थ तिनीहरू मरेको खण्ड पूजाहारीले लाश छोएर आफूलाई अशुद्ध पार्न सक्छन्।)

4. तर यदि मरेको मानिस बिहे द्वारा आफन्त पर्छ, पूजाहारीले लाशलाई छोएर त्यसले उ आफूलाई अशुद्ध बनाउन सक्दैनन्।

5. “पूजाहारीहरूले शोक गर्न आफ्नो केश नखौराउन्, दाह्रीको कुना कुना नकाटुन् अनि शरीरमा कुनै चोट नबनाउन्।

6. पूजाहारीहरू आफ्नो परमेश्वरको नाममा सम्मान देखाउनु पर्छ। किन? किनभने तिनीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिहरू चढाउँछन जो तिनीहरूको परमेश्वरको निम्ति खाद्य हो। यसर्थ उनीहरू पवित्र रहनुपर्छ।

7. “पूजाहारीले परमेश्वरलाई विशेष रूपले सेवा गर्छ यसकारण तिनीहरू कुनै वेश्या, कुनै अरू मानिससित सहवास गरेकी स्त्री अथवा कुनै मानिसले त्योगेकी स्त्रीसित बिहे नगरून्।

8. पूजाहारीलाई पवित्र व्यवहार गरिनु पर्छ। किन? किनभने तिनीहरूले परमेश्वरको निम्ति खाद्य बोक्छन् अनि म पवित्र छु। म परमप्रभु हुँ अनि म तिमीलाई पवित्र बनाउँछु।

9. “यदि एकजना पूजाहारीकी छोरी वेश्या भई भने उसले आफ्नो सम्मान नष्ट पार्छे, आफ्नो बाबुलाई लाजमर्दो पार्छे, यसर्थ उसालाई आगोमा जलाउनुपर्छ।

10. “प्रमुख पूजाहारी आफ्नैं दाज्यू-भाइहरूबाट छानिन्छन् अनि उनको टाउकोमा अभिषेक तेल खन्याइन्छ। यसरी उनलाई प्रमुख पूजाहारीको विशेष कार्यको निम्ति छानिन्छ। उनको वस्त्रादि पनि विशेष हुन्छ। यसर्थ उनले मानिसहरूअघि शोक गर्नु हुँदैन। उनले आफ्नो कपाल फुकाउनु हुँदैन अनि लुगा च्यात्नु हुँदैन।

11. यदि उनको बुबा अथवा आमा मरेको भए पनि उनी लाशको छेऊमा नजाऊन् र लाश छोएर उनले आफूलाई अशुद्ध नबाऊन्।

12. प्रधान पूजाहारी पवित्र स्थानबाहिर जानुहुँदैन, यदि ऊ मलामि जान्छ ऊ अपवित्र हुनेछ। तब उसले पवित्र स्थानलाई अपवित्र बनाउँछ। अभिषेक तेल उनको टाउकोमा खन्याएर उनलाई मानिसहरूबाट छुट्‌याइन्छ हो। म परमप्रभु हुँ।

13. “प्रधान पूजाहारीले कन्ये केटीलाई बिहे गर्नुपर्छ।

14. प्रमुख पूजाहारीले वेश्या, छुटानाम गरेकी आइमाई र विधवालाई बिहे गर्नु हुँदैन। प्रमुख पूजाहारूरीले आफ्ना मानिसहरुबाट कन्येलाई मात्र बिहे गर्नु पर्छ।

15. यसरी उनका नानीहरूलाई अरू मानिसहरूले आदर गर्नेछन्। उनको विशेष कार्यको निम्ति म परमप्रभुले उनलाई अग्ग राखेको छु।”

16. परमप्रभुले मोशालाई भन्नुभयो,

17. “हारूनलाई भन; यदि उनका सन्तानहरू मध्ये कसैमा कुनै शारीरिक खोट भए, उसले आफ्नो परमेश्वरलाई खाद्य चढाउने निवेदन गर्नु हुदैन।

18. कुनै मानिस जसको केही खोट भएको भए उसले पूजाहारी भएर मलाई सेवा नगरोस् मेरो निम्ति बलिहरू नल्याओस्। यस्ता मानिसहरूले पूजाहारी भएर सेवा गर्न सक्तैनन्,अन्धा मानिसहरू, लङ्गडा मानिसहरू, अनुहारमा नराम्रा दाग भएका मानिसहरू, हात अथवा खुट्टाहरू लामा-लामा भएका मानिसहरू,

19. हात अथवा खुट्टा भाँचिएका मानिसहरू,

20. कुप्रो पिठिउँ भएको, बाउन्ने, आँखाको रोग भएको, चिलाउने घाउ भएको, लुतो लागेको, संन्धिमा चोटलागेको नपुंसक मानिसहरू।

21. हारूनका सन्तानहरूमध्ये विकृति भएकोहुनाले परमप्रभुलाई आगोद्वारा बलिहरू चढाउन सक्दैन अनि उसले आफ्नो परमेश्वरलाई पुर्याउनु सक्दैन।

22. त्यो मानिस पूजाहारीको परिवारको एकजना सदस्य भएकोले गर्दा उसले आफ्नो परमेश्वरको दुवै पवित्र अनि महापवित्र खाद्य खानु सक्छ।

23. तर अति पवित्र स्थानमा पर्दाबाट जान सक्तैन अनि वेदीको नजिक पनि जानु सक्तैन। किन? किनभने उसलाई केही खोट लागिको छ र उसले पवित्र स्थानलाई अपवित्र पार्नु हुँदैन। म परमप्रभुले ती स्थानहरू पवित्र पारेको छु।”

24. यसर्थ मोशाले यी कुराहरू हारून, उनका छोराहरू अनि इस्राएलका समस्त मानिसहरूलाई भन्नुभयो।

About लेवी Chapter 21

Read लेवी Chapter 21 online from the Holy Bible. This chapter is part of the Book of लेवी in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: लेवी
Chapter: 21
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading लेवी. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading लेवी Chapter 21 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is लेवी Chapter 21?

लेवी Chapter 21 is part of the Book of लेवी in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete लेवी Chapter 21 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 3

Explore More from लेवी

  1. लेवी Chapter 24
  2. लेवी Chapter 13
  3. लेवी Chapter 2
  4. लेवी Chapter 14
  5. लेवी Chapter 23
  6. लेवी Chapter 22
  7. लेवी Chapter 9

Related Chapters & Readings

  1. 1 इतिहास Chapter 17
  2. 2 राजा Chapter 23
  3. नहूम Chapter 1
  4. भजनसंग्रह Chapter 142
  5. यर्मिया Chapter 50
  6. नहेम्याह Chapter 5
  7. तीतस Chapter 3
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *