व्यवस्था Chapter 22

For English

Read व्यवस्था Chapter 22 Online

Read व्यवस्था Chapter 22 online from the Holy Bible. This chapter is part of the Book of व्यवस्था in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of व्यवस्था and the Holy Bible online.

Choose a Chapter

व्यवस्था 22

अध्याय 22

1. “यदि तिमीले आफ्नो छिमेकीको गाई अथवा भेडा फुस्किएको देख्यौ भने आफूले नदेखे झैं गर्नु हुँदैन। त्यस पशुलाई त्यसको मालिकको जिम्मा दिनु पर्छ।

2. यदि त्यस पशुको मालिक टाढाको मानिस भए अथवा त्यो पशु कसको हो तिमीले जान्न नसकेसम्म त्यसलाई तिम्रो घरमा ल्याएर राख्नु पर्छ। त्यसलाई त्यसको मालिक खोज्दै नआउञ्जेलसम्म राख्न सएछौ। त्यसको मालिक आएपछि त्यो पशु जिम्मा लगाउनु पर्छ।

3. यदि तिमीले छिमेकीको गधा, लुगा-फाटा अथवा कुनै पनि चीज पाउँदा यस्तै गरेर आफ्नो छिमेकीको सहायता गर्नु पर्छ।

4. “यदि छिमेकीको गधा अथवा गाई बाटोमा लडेको देख्यौ भने तिमीले थाहा नपाए झैं गर्नु हुँदैन। त्यसलाई उठाउनको निम्ति छिमेकीलाई सहायता गर्नु पर्छ।

5. “कुनै स्त्रीले पुरूषको लुगाहरू लाउनु हुँदैन अनि पुरूषले पनि स्त्रीको लुगाहरू लाउनु हुँदैन। परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति त्यो अत्यन्तै घृणित हो।

6. “तिमी बाटोमा हिडिरहेको समयमा रूखमाथि अथवा बाटोको किनारमा चराको माऊ आफ्नो गुँडमा बच्चाहरू लिएर अथवा अण्डामाथि ओथारा बसिरहेको पाउन सएछौ। तब तिमीले त्यो माऊ चरालाई आफ्नो बच्चाहरूसितै लैजान हुँदैन।

7. आफ्नो निम्ति तिमीले चराको बच्चाहरू लैजान सक्छौं तर माऊलाई छोडी दिनु पर्छ। यदि यो नियम पालन गर्यौ भने तिमी खुशी साथ धेरै दिनसम्म बाँच्न सएछौ।

8. “जब घर बनाउँछौ छाना वरिपरि देवल लगाउनु पर्छ। यसो गर्यौ भने यदि कोही मानिस छानाबाट लोट्‌यो भने त्यसको निम्ति तिमी दोषी बनिनु पर्दैन।

9. “तिमीहरूले आफ्नो दाखबारीमा अन्नको बीऊ छर्नु हुँदैन। किन? किनभने ती दुवै व्यर्थ हुन्छन् अनि तिमीले लगाएको बीऊबाट अन्न अथवा दाख केही पनि पाउनु सक्तैनौ।

10. “गाई र गधा नारेर सँगै जोत्नु हुँदैन।

11. “तिमीहरूले ऊनी र सूतीबाट बनाइएका लुगा लाउनु हुँदैन।

12. “तिमीले धेरै धागाहरूका टुक्रा सँगै बाँधेर फुर्का बनाउनु पर्छ अनि ती फुर्काहरू आफ्नो लुगाको चार कुनामा बाँध्नु पर्छ।

13. “एक जना मानिसले एउटी स्त्रीसित विवाह गरी सहवास गर्छ। फेरि उसले त्यस स्त्रीलाई मन नपराउन सएछ।

14. मानिसले झूटो बोल्नु सएछ, ‘मैले यस स्त्रीसित विवाह गरें तर जब हामीले सहवास गर्यौ मैले थाहा पाएँ तिनी कन्या थिइनन्।’ यस्तो कुरा सुनेर मानिसहरू त्यस स्त्रीको विषयमा नराम्रो सोच्न सएछन्।

15. यदि यस्तो भएको खण्डमा त्यस केटीको आमा-बाबुले शहरको सभाघरमा बूढा-प्रधानहरूको सामुन्ने त्यस केटीको विवाह अघि कसैसित सहवास नभएको प्रमाण दिन सक्नु पर्छ।

16. त्यस केटीका मातापिताले बूढा-प्रधानहरूलाई भन्नुपर्छ, मैले यस मानिससित मेरी छोरीको विवाह गरिदिएँ तर अहिले उसले तिनलाई मन पराउँदैन।

17. यस मानिसले मेरी छोरीको बारेमा झूटो कुरो गरेको छ। उसले भन्यो, ‘मैले प्रमाण पाएको छैन, तिम्री छोरी कन्या छिन्। तर यहाँ प्रमाण छ मेरी छोरी कन्या छे।”‘ अनि तिनीहरूले बूढा-प्रधानहरूलाई लुगादेखाउनु पर्छ।

18. तब शहरका बूढा-प्रधानहरूले त्यस मानिसलाई बोलाउनु पर्छ अनि सजाय दिनु पर्छ।

19. तिनीहरूले त्यस मानिसलाई चाँदीका चालीस सिएका जरिमाना गर्नु पर्छ। इस्राएली स्त्रीको पतिले उसमाथि लाजमर्दो आरोप लगाएकोले बूढा-प्रधानहरूले त्यो जरिमानाको रकम केटीको बुबालाई दिनु पर्छ अनि त्यो कन्या त्यही मानिसको पत्नी भएर बस्नु पर्छ। उसले छुटानाम गर्न पाउदैन।

20. “तर यस्तो पनि हुनु सक्छ त्यो पतिले आफ्नी पत्नीमाथि लगाएको आरोप सत्य प्रमाण हुनु सएछ। पत्नीको आमा-बुबा त्यस केटीको विवाह पूर्व कसैसित सहवास नभएको प्रमाण दिनु नसकलान्। यदि यस्तो भयो भने,

21. शहरका बूढा-प्रधानहरूले तिनलाई उसको पिताको घरको ढोकामा ल्याउनु पर्छ अनि शहरका मानिसहरूले उसलाई ढुङ्गाले हिर्काएर मार्नु पर्छ। किन? किनभने उसले इस्राएलमा लाजमर्दो काम गरी। उसले आफ्ना पिताको घरमा वेश्या जस्तै काम गरी, यसकारण तिमीहरूले यस्तो दुष्टता तिमीहरूका मानिसहरूबाट अवश्यै निकाल्नु पर्छ।

22. “यदि कुनै मानिसले अर्काकी पत्नीसित सहवास गर्दै गरेको फेला पारे त्यस क्रियामा लागेका पुरूष र स्त्री दुवैलाई मार्नु पर्छ, यसरी इस्राएलबाट अनैतिकता हटाउनु पर्छ।

23. “यदि कुनै मानिसलाई शहरभित्र मगनी गरेकी स्त्रीसित लैंगिक कर्म गरेको पाइन्छ,

24. तिनीहरू दुवैलाई शहरको फाटकमा जनसमूह बीच ल्याएर ढुङ्गाले हिर्काएर मार्नु पर्छ। त्यस मानिसलाई मार्नु पर्छ कारण उसले अर्काकी पत्नीसित बलात्कारको अपराध गर्यो अनि त्यस स्त्रीलाई मार्नु पर्छ किनभने उसले आफ्नो नैतिकता बचाउन निम्ति शहरका मानिसहरूबाट सहायता लिइन। र यस्तो दुष्ट कर्यलाई तिमीहरूका मानिसहरूबाट हटाउनु पर्छ।

25. “तर यदि कुनै विवाह ठीक भइ सकेकी केटीलाई कसैले खेतमा एकलै भेटेर जबरदस्ती बलात्कार गर्छ भने त्यो पुरूषलाई मात्र मार्नु पर्छ।

26. तिमीले त्यस केटीसँग केही गर्नु हुँदैन। यो घटना यस्तो हो कसैले आफ्नो छिमेकीलाई आक्रमण गरेर मार्छ किनभने त्यो केटी एकली थिई अनि उसले गरेको गुहार कसैले सुनेन्। यसकारण केटीले सजाय पाउने योग्य दोष गरेकी छैन।

27. त्यस मानिसले त्यस विवाह ठीक भइसकेकी केटीलाई खेतमा एकलै पाउँछ र बलात्कार गर्छ। त्यस केटीले आफ्नो सुरक्षीको निम्ति कराएकी हुन सकछ तर त्यहाँ उसलाई सहायता गर्ने कोही थिएन, यसकारण उसलाई सजाय दिनु हुँदैन।

28. “एकजना मानिसले मगनी पनि नभएकी कन्यालाई जबरजस्ती बलात्कार गरेको हुनु सक्छ। यदि यस्तो काण्ड मानिसहरूको नजरमा परे,

29. त्यस मानिसले केटीको बुबालाई बीस आउन्स चाँदीको सिकका तिरेर त्यस केटीलाई पत्नी बनाए राख्नु पर्छ। किन? किनभने त्यस मानिसले त्यो केटीसित बलात्कार जस्तो पाप गरेको हुनाले त्यसलाई आफू बाँचुञ्जेल छोड्न पाउँदैन।

30. “कसैले आफ्नो बुबाकी पत्नीसित सहवास गर्नु हुदैन। यस्तो गर्दा उसले आफ्नो बुबालाई लाजमा पार्छ।

About व्यवस्था Chapter 22

Read व्यवस्था Chapter 22 online from the Holy Bible. This chapter is part of the Book of व्यवस्था in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: व्यवस्था
Chapter: 22
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading व्यवस्था. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading व्यवस्था Chapter 22 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is व्यवस्था Chapter 22?

व्यवस्था Chapter 22 is part of the Book of व्यवस्था in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete व्यवस्था Chapter 22 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 5

Explore More from व्यवस्था

  1. व्यवस्था Chapter 19
  2. व्यवस्था Chapter 15
  3. व्यवस्था Chapter 1
  4. व्यवस्था Chapter 13
  5. व्यवस्था Chapter 25
  6. व्यवस्था Chapter 30
  7. व्यवस्था Chapter 20

Related Chapters & Readings

  1. प्रकाश Chapter 19
  2. भजनसंग्रह Chapter 143
  3. भजनसंग्रह Chapter 125
  4. एफिसी Chapter 2
  5. लूका Chapter 17
  6. जकरिया Chapter 1
  7. यशैया Chapter 30
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *