एस्तर Chapter 8

For English

Read एस्तर Chapter 8 Online

Read एस्तर Chapter 8 online from the Holy Bible. This chapter is part of the Book of एस्तर in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of एस्तर and the Holy Bible online.

Choose a Chapter

एस्तर 8

अध्याय 8

1. त्यस समयमा राजा अहासूरसले रानी एस्तरलाई यहूदीहरूको शत्रु हामानको घर प्रदान गरे। अनि मोर्दकै राजाको समक्ष गए किनभने एस्तरले राजालाई मोर्दकैसित उसको के सम्बन्ध थियो बताएकी थिई। (सम्बन्धको अर्थ मोर्दकैले एस्तरलाई धर्म पुत्री रूपमा स्वीकार गरेको थियो।)

2. तब राजाले औठी फुकालेर जो तिनले हामानकोबाट फिर्ता लिएका थिए। अनि तिनले त्यो मोर्दकैलाई दिए। तब एस्तरले मोर्दकैलाई हामानको घरको जिम्मा दिइन्।

3. अनि एस्तरले राजाको पाउमा झुकेर रूँदै भनिन् अगागी हामानको कुआदेश हटाइदिन राजासंग अनुरोध गरिन् हामानले जो षड्‌यन्त्र यहूदीहरूको विरूद्ध रचेका थिए।

4. अनि राजाले आफ्नो राजदण्ड एस्तर तर्फ फैलाए यसर्थ एस्तर राजाको समक्ष उभिइन्।

5. र तिनले भनिन्, “यदि राजालाई असल लाग्छ र मलाई मन पराउनु हुन्छ भने मेरो विन्तीलाई स्वीकार गरिदिनु हुन्छ अगागी हम्मादाताको छोरा हामानद्वारा लेखिएका ती षड्‌यन्त्रका पत्रहरू पल्टाउनका निम्ति एक आदेश लेखियोस् ती पत्रहरू जो हामानले राजाका समस्त प्रदेशहरूमा भएका यहूदीहरूको अस्तित्व मेटाउनको निम्ति लेखेका थिए।

6. किनभने यदि मैले मेरा मानिसहरूले भोग्नु पर्ने त्यो यातना देख्नु पर्यो भने म कसरी सहन सक्छु! अनि यदि मैले मेरा कुलको विनाश देख्नु पर्यो भने कसरी सहनु?”

7. अनि राजा अहासूरसले रानी एस्तर र यहूदी मोर्दकैलाई भने, “मैले हामानको घर एस्तरलाई दिएको छु। अनि तिनीहरूले हामानलाई फाँसीमा झुण्डयाएकाछन्। हामानले यहूदीहरूलाई मार्ने प्रयास गरेका थिए।

8. अब राजाको अधिकारद्वारा यहूदीहरूको सम्बन्धमा तिमीहरूलाई जे असललाग्छ, तिमीहरू त्यो लेख। त्यसपछि त्यसलाई राजाको औठी द्वारा लाल मोहर लगाई बन्द गर। अनि राजाको नाउँमा लेखेर राजाको औंठिद्वारा मोहर बन्द गरिएको आदेशलाई उल्टाउन सकिदैन।”

9. यसर्थ त्यति बेला तेस्रो महिमाको तेइसौं दिन, सिवानी महिनामा राजकिय लेखापालहरूलाई बोलाए अनि मोर्दकैले भारतवर्ष देखि कुरादेश सम्मका 127 प्रान्तका शासक, राज्यपाल तथा न्यायपालहरूलाई दिइएको नयाँ आदेशहरू तिनीहरूको प्रत्येक जातिको लिपि, भाषा अनि यहूदीहरूको आफ्नो भाषा र लिपिमा लेखाईयो।

10. अनि मोर्दकैले राजाको नाउँमा आदेश लेखे र त्यसलाई राजाबाट लाल मोहर लगाई बन्द गरे अनि घोडामा चढाएर पत्रहरू पठाइदिए यिनीहरू राजकिय घोडाहरू थिए।

11. राजाले हरेक शहरमा भएका यहूदीहरूका निम्ति जे अनुमति दिए मोर्दकैले त्यही लेखे।यहूदीहरूको साथ भेला हुने अनि आफ्नो जीवनको रक्षा गर्ने। जसले तिनीहरूलाई, तिनीहरूका केटा-केटीहरू अनि तिनीहरूका पत्निहरू लाई आक्रमण गर्ने कुनै पनि मानिस वा प्रदेशका कुनै पनि सैनिकलाई नष्टगर्ने, अनि नाम निशान मेटाइदिने अनुमति दिए राजाले तिनीहरूका शत्रुका सामान लुट्ने तिनीहरूलाई अनुमति दिए।

12. राजा अहासूरसका समस्त प्रदेशमा बाह्रौ महीनाको, अदारको महीनाको तेह्रौ यो लागु गरिनु पर्ने थियो।

13. हरेक प्रदेशलाई आदेशको एक एक प्रति नियमको प्रतिलिपी दिनु पर्ने थियो। मानिसहरूलाई घोषणा गर्नु पर्थ्यो।

14. यसर्थ, त्यसदिन यहूदीहरू आफ्ना शत्रुहरू माथि बद्ला लिनलाई तयार रहनु पर्थ्यो। राज-अश्व सवारहरू राजाको आदेश अनुसार सबै तयार थिए। व्यवस्था पनि शूशनको प्रासाद जिल्लामा प्रकाशित गरियो।

15. मोर्दकैले नीलो अनि सेतो वस्त्रले बनाएको राजवस्त्र, पहिरेर, एक विशाल सुनौला मुकुट र सेतो सूतीवस्त्र अनि बैजनि वस्त्र पहिरेर मोर्दकै राजाको उपस्थिबाट गए। अनि शूशन शहरका मानिस कराए र खुशी मनाए।

16. यहूदीहरूले त्यहाँ र्हष आनन्द र अति नै खुशी मनाएका थिए।

17. अनि हरेक प्रदेशमा, हरेक शहरमा, अनि हरेक स्थानमा जहाँ राजाका आदेश अनि व्यवस्था सुनिए यहूदीहरूका निम्ति आनन्द मनाए अनि एक भोजको आयोजना गरी विदा गरे। अनि त्यो भूमिका हरेक मानिसहरू यहूदी हुनथाले किनभने यहूदीहरूको डर तिनीहरूमाथि परेको थियो।

About एस्तर Chapter 8

Read एस्तर Chapter 8 online from the Holy Bible. This chapter is part of the Book of एस्तर in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: एस्तर
Chapter: 8
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading एस्तर. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading एस्तर Chapter 8 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is एस्तर Chapter 8?

एस्तर Chapter 8 is part of the Book of एस्तर in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete एस्तर Chapter 8 online for free with easy chapter navigation.

More Chapters from एस्तर

  1. एस्तर Chapter 3
  2. एस्तर Chapter 10
  3. एस्तर Chapter 9
  4. एस्तर Chapter 7
  5. एस्तर Chapter 6
  6. एस्तर Chapter 2
  7. एस्तर Chapter 4

Explore More from पुरानो करार

  1. हबकूक Chapter 2
  2. यशैया Chapter 25
  3. गन्ती Chapter 13
  4. गन्ती Chapter 8
  5. उत्पत्ति Chapter 40
  6. 1 शमूएल Chapter 20
  7. 1 राजा Chapter 19

Related Chapters & Readings

  1. श्रेष्ठगीत Chapter 1
  2. हिब्रू Chapter 7
  3. 1 पत्रुस Chapter 4
  4. एज्रा Chapter 9
  5. 2 इतिहास Chapter 5
  6. यर्मिया Chapter 30
  7. यर्मिया Chapter 35
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *