गन्ती Chapter 16

For English

Read गन्ती Chapter 16 Online

Read गन्ती Chapter 16 online from the Holy Bible. This chapter is part of the Book of गन्ती in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of गन्ती and the Holy Bible online.

Choose a Chapter

A+ A A-

गन्ती 16

अध्याय 16

1. यिसहारको छोरो, कहातको नाति अनि लेवीको पनाति कोरह अनि रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेतका छोरा ओन अट्टेरी भए।

2. इस्राएलका 250 मानिसहरू साथमा लिएर मोशाको विरोधमा गए। ती 250 मानिसहरू नाम चलेका तथा नेताहरू थिए।

3. तिनीहरू मोशा र हारूनको विरोध गर्न जम्मा भए अनि तिनीहरूलाई भने, “तपाईंहरू हाम्रो अगुवाहरू भएको अब हामीलाई पूरा भयो! सम्पूर्ण समुदाय पवित्र छन् अनि परमप्रभु हाम्रो माझमा हुनुहुन्छ। तपाईंहरू किन आफैंलाई परमप्रभुका अरू मानिसहरू भन्दा उच्चाको सम्झनु हुन्छ?”

4. जब मोशाले तिनीहरूको कुरा सुने तिनी घोप्टो परेर भूँईमा निहुरीए।

5. त्यसपछि मोशाले कोरह र उनका मानिसहरूलाई भने, “भोली बिहान, परमप्रभुले जनाउनु हुनेछ कसलाई हाम्रो अगुवा झैं चुन्नु भएको छ, को पवित्र छ कसलाई उहाँकहाँ नजिक ल्याउनु भएको छ। उहाँ आफैले चुन्नु भएका एकजनालाई उहाँले उहाँको नजिक ल्याउनु हुनेछ।

6. यसो गर, तिमी कोरह र तिम्रो मानिसहरूले धुपौराहरू लेऊ।

7. त्यसमा आगो हालेर भोलि परमप्रभुको अगाडि, धूप हाल। जो कसलाई परमप्रभुले चुन्नुहुन्छ त्यो व्यक्ति पवित्र हो। हामीहरू तिमीहरू लेवीका छोराहरूबाट पूरा भईसकेका छौं।”

8. मोशाले पनि कोरहलाई भने, “ए लेवीहरू मेरो कुरा सुन।

9. इस्राएलका परमेश्वरले तिमीहरूलाई चुन्नु भएको छ र यसमा तिमीहरू खुशी हुनुपर्छ कि तिमीहरू विशेष मानिसहरू भएकाछौ। इस्राएलका अन्य मानिसहरू भन्दा तिमीहरू बेग्लै हौ। इस्राएलका मानिसहरूलाई आराधनामा सहायता पुर्याउन परमप्रभुले तिमीहरूलाई उहाँको नजीक बनाई पवित्र पालको विशेष काम गराउन राख्नु भएको छ। के यो धेरै होइन?

10. परमप्रभुले तिमी लेवीहरू, पूजाहारीहरूलाई सहायता पुर्याउनको निम्ति उहाँको नजीक ल्याउनु भएकोछ। तर अहिले तिमीहरू पूजाहारीहरू हुने कोशिश गरिरहेका छौ।

11. तिमीहरूका अनुयायीहरू र तिमीहरू एक साथ मिलेर परमप्रभु विरूद्ध गयौ। के हारूनले केही भूल गरेका छन्? होइन यसर्थ किन तिमीहरू हारूनको बारेमा नालिश गरिरहेका छौ?”

12. त्यसपछि मोशाले एलीआबका छोराहरू दातान र अबीरामलाई बोलाउन पठाए। तर ती दुईजना मानिसहरूले भने, “हामी आउने छैनौ।

13. हामीहरूलाई दूध र मह बगिरहेको देशबाट तिमीले बाहिर लिएर आयौ। तिमीले हामीलाई मार्नको निम्ति मरूभूमिमा ल्यायौ अनि हामीलाई देखाउन चाहान्छौ कि हामी माथि तिम्रो अधिकार छ।

14. हामीले तिमीलाई किन पछ्याउनु? तिमीले हामीलाई मह र दूध बगिरहेको भूमिमा लगेनौ साथै परमेश्वरले प्रतिज्ञा गरेको भूमिमा पनि पुराएनौ। तिमीले हामीलाई दाखको खेत पनि दिएनौ। के यी मानिसहरूलाई तिमी धोका दिन्छौ? होइन! हामी आँउदैनौं।”

15. यसर्थ मोशा साह्रै क्रोधित भए। उनले परमप्रभुलाई भने, “मैले यिनीहरूलाई केही क्षति पुर्याएको छैन। मैले यिनीहरूबाट एउटा गधा पनि लिएको छैन। परमप्रभु! हजुरले यिनीहरूबाट कुनै बलि ग्रहण नगर्नु होस्।”

16. त्यसपछि मोशाले कोरहलाई भन्यो, “भोली तिमी र तिम्रा सबै अनुगामीहरू र हारून परमप्रभुको अघि खडा हुनुपर्छ।

17. प्रत्येकले आफ्नो-आफ्नो धूपौरो लिएर त्यसमा धूप हाल्नु पर्छ। अनि तिमीहरू प्रत्येकले आफ्नो धूपौरो परमप्रभु अघि ल्याउनु पर्छ। त्यहाँ दुई सय पचासवटा धूपौरो हुनुपर्छ। तिमी कोरह र हारूनले पनि धूपौरो लिनुपर्छ।”

18. यसर्थ तिनीहरू प्रत्येकले धूपौरो लिएर त्यसमा बलेको कोइला हालेर धूप हाले अनि भेट हुने पालको प्रवेशद्वारमा मोशा र हारून संगै उभिए।

19. कोरहले सबै आफ्ना मानिसलाई भेला गरेर भेट हुने पालको प्रवेशद्वारमा उभिए। तब परमप्रभुको महिमा सबै मानिसहरू कहाँ प्रगट भयो।

20. तब परमप्रभुले मोशा र हारूनलाई भननुभयो,

21. “यी सबै मानिसहरूबाट तिमीहरू अलग होऊ र यिनीहरूलाई म त्यति खेरै ध्वंश पार्नेछु।”

22. मोशा र हारूनले शिर निहुर्याएर भने, “हे परमेश्वर, तपाईं सबै मानिसको आत्माको परमेश्वर हुनुहुन्छ। जब एक जना मानिसहरूले पाप गर्छ, के तपाईं सम्पूर्ण समुदायसित रिसाउनु हुन्छ?”

23. तब परमप्रभुले मोशालाई भन्नुभयो,

24. “कोरह, दातान र अबीरामको पालहरूबाट सम्पूर्ण समुदायलाई पर हट्नु भन।”

25. मोशा उठेर दातान र अबीराम भएकहाँ गए। इस्राएलका सबै बूढा-प्रधानहरूले तिनलाई पछ्याए।

26. मोशाले सबै मानिसहरूलाई चेतावनी दिंदै भने, “यी दुष्ट मानिसहरूको पालबाट तिमीहरू निस्केर जाऊ। तिनीहरूको कुनै पनि चीज स्पर्श नगर। यदि तिमीहरूले छोयौ भने तिनीहरूले गरेको पापले तिमीहरू ध्वंश पारिनेछौ।”

27. यसकारण मानिसहरू कोरह, दातान र अविरामको पाल छोडेर गए। तब दतान र अबीराम तिनीहरूको पालमा गए। तिनीहरू तिनीहरूको पत्नीहरू र नानीहरू संग छाउनी बाहिर गए।

28. मोशाले भने, “यी मैले भनेका कुराहरू मेरो आफ्नो मनको विचार होइन, म प्रमाण दिन सक्छु कि परमप्रभुले मलाई यसो भन्नु भनी अह्राउनु भएको हो।

29. यी यहाँका मानिसहरू मर्नेछन्। तर यदि तिनीहरू साधारण तरिकाले मर्छन्। मानिसहरू सधै मर्ने तरिकाले मर्छ। तब त्यसले देखाउँछ कि परमप्रभुले साँचै नै मलाई पठाउनु भएको होइन्।

30. तर यदि परमप्रभुले केही नयाँ कुरो गर्नुहुन्छ, अनि भूँईले मुख बाएर तिनीहरू र तिनीहरूकहाँ भएको सबै चीजहरू सहित तिनीहरू जीवित पुरिन्छन् भने तिमीहरूले जान्नेछौ कि यी मानिसहरूले परमप्रभुको अपमान गरे र उहाँलाई अति क्रोधित बनाए।”

31. जब मोशाले यी कुराहरू भनी सके, ती मानिसहरू उभिएको धर्ती फाट्यो।

32. धर्तीले मुख बाए जस्तै भएर तिनीहरू सबैलाई निल्यो। कोरहको सबै मानिसहरू, तिनीहरूको परिवारहरू अनि तिनीहरूकोमा भएको प्रत्येक चीज धर्तीभित्र भासियो।

33. सबै ती मानिसहरू जिउँदै खाल्डा भित्र पुरिए। यी सबै तिनीहरूले आफ्नो बनाएका चीजहरू तिनीहरूसंगै पुरिए अनि धर्ती बन्द भयो। अनि तिनीहरू सम्पूर्ण रूपले अल्पिए।

34. अरू सबै इस्राएलका मानिसहरूले ती मानिसहरू पुरिदै गर्दाको आर्तनाद सुनेर चारैतिर तितर बितर हुँदै भने, “धर्तीले हामीलाई पनि निल्छ।”

35. त्यसपछि परमप्रभुकहाँबाट आगो निस्केर गई धूप चढाउँदै गरेका 250 मानिसहरूलाई पनि ध्वंश पार्यो।

36. परमप्रभुले मोशालाई भन्नुभयो,

37. “पूजाहारी हारूनको छोरो एलाजारलाई भन कि उसले आगोमा रहेको धुपौराहरू हटाओस् र ती पवित्र भईसकेको धुपौराहरूबाट आगो वरिपरि छरी दिओस्।

38. ती मानिसहरूले मेरो विरोधमा पाप गरेकाले त्यही पापले आफ्नो जीवन गुमाए। तर धुपौराहरू पवित्र छन् कारण तिनीहरू परमप्रभुलाई समर्पण गरिएका हुन्। ती धुपौराहरू पिटेर पाता बनाऊ र वेदी छोप्ने काममा प्रयोग गर। यो इस्राएलका सबै मानिसहरूको निम्ति चेतावनी हुनेछ।”

39. यसकारण पूजाहारी एलाजारले ती मानिसहरूले ल्याएका काँसाको धुपौराहरू भेला गर्यो। मानिसहरू सबै जलेर खरानी भए तर धुपौराहरू त्यही थिए। तिनले केही मानिसहरूलाई ती काँसको धुपौराहरू पिटेर पाता बनाउन लगाई वेदी ढाक्ने काममा प्रयोग गरे।

40. तिनले यो काम मोशा मार्फत पाएको आज्ञा अनुसार गरे। त्यो वेदी ढाक्ने पाता चाँहि इस्राएलको मानिसहरूका निम्ति याद दिलाउने एक चिन्ह हुनेछ कि हारूनको सन्तान बाहेका अन्य कुनै अनाधिकृत मानिसले परमप्रभु अघि धूप जलाउने छैन नत्र कोरह र उसको अनुयायीहरू झैं ऊ मर्ने छ।

41. अर्को दिन इस्राएलका मानिसहरूको सम्पूर्ण समुदाय मोशा र हारूनको विरोधमा गुनासो गरे र भने, “तिमीहरूले परमप्रभुका मानिसहरूलाई मार्यौ।”

42. सम्पूर्ण समुदाय मोशा र हारूनको विरोध गर्न भेला हुँदै गर्दा तिनीहरूले भेट हुने पाल तर्फ हेरे अनि देखे कि पाललाई बादलले ढाक्यो र त्यहाँ परमप्रभुको महिमा देखा पर्यो।

43. तब मोशा र हारून भेट हुने पालको सामुन्ने आए।

44. परमप्रभुले मोशालाई भन्नुभयो,

45. “यो समुदायबाट तिमीहरू अलग हौ ताकि यिनीहरूलाई म अति शीध्र ध्वंश पार्न सँकु।” यसर्थ मोशा र हारूनले शिर निहुराए।

46. त्यसपछि मोशाले हारूनलाई भने, “धूपौरो ल्याऊ र त्यसकहाँ वेदीबाट आगो हालेर धूप हाल। अनि त्यो समुदाय भएकोमा झट्टै गएर तिनीहरूलाई प्रायश्चित गर्नुहोस्। किनभने परमप्रभु क्रोधित हुनु भएको छ र महामारी शुरू भएको छ।”

47. यसर्थ मोशाले भने जस्तै हारूनले धूपौरो लिएर मानिसहरूको बीचमा पसे र चाल पाए कि महामारी शुरू भई सकेको थियो अनि धूपौरोमा धूप हाली मानिसहरूको निम्ति प्राश्चित गरे।

48. तिनी जिउँदो र मरेको मानिसहरू बीचमा उभिए अनि महामरी रोकियो।

49. कोरहको कारणले मर्नेहरूको संख्याको अतिरिक्त त्यहाँ महामारीले मरेकाहरूको संख्या 14,700 पुग्यो।

50. त्यसपछि हारून भेट हुने पालमा मोशालाई भेट्न गए। महामारी थामियो।

About गन्ती Chapter 16

Read गन्ती Chapter 16 online from the Holy Bible. This chapter is part of the Book of गन्ती in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: गन्ती
Chapter: 16
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading गन्ती. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading गन्ती Chapter 16 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is गन्ती Chapter 16?

गन्ती Chapter 16 is part of the Book of गन्ती in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete गन्ती Chapter 16 online for free with easy chapter navigation.

More Chapters from गन्ती

  1. गन्ती Chapter 26
  2. गन्ती Chapter 35
  3. गन्ती Chapter 34
  4. गन्ती Chapter 22
  5. गन्ती Chapter 27
  6. गन्ती Chapter 3
  7. गन्ती Chapter 30

Explore More from पुरानो करार

  1. यहोशू Chapter 13
  2. प्रस्थान Chapter 29
  3. भजनसंग्रह Chapter 9
  4. 2 इतिहास Chapter 14
  5. इजकिएल Chapter 46
  6. व्यवस्था Chapter 31
  7. व्यवस्था Chapter 20

Related Chapters & Readings

  1. व्यवस्था Chapter 14
  2. यशैया Chapter 23
  3. 1 शमूएल Chapter 2
  4. यशैया Chapter 27
  5. प्रस्थान Chapter 28
  6. भजनसंग्रह Chapter 34
  7. 1 इतिहास Chapter 20
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *