Read इजकिएल Chapter 46 Online
Read इजकिएल Chapter 46 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of इजकिएल and the Holy Bible online.
Choose a Chapter
इजकिएल 46
अध्याय 46
1. परमप्रभु मेरो मालिकले यसो भन्नुहुन्छ, “भित्री चोकको पूर्वी मूल-ढोका कामको छ दिन सम्म बन्द हुन्छ। तर यो शबाथको दिन र औंसीको दिन खोलिनेछ।
2. शासक मूल-ढोकाको प्रवेश कक्षबाट भित्र आउँछ अनि त्यस स्तम्भको छेउमा उभिनु पर्छ। तब पूजाहारीहरूले शासकको होमबलि अनि मेलबलि चढाउँछन। शासकले मूल-ढोकाको सँघारमा आराधना गर्नुपर्छ। त्यसपछि ऊ बाहिर जानेछ। तर मूल-ढोका साँझ सम्म बन्द हुँदैन।
3. देशका मानिसहरू पनि परमप्रभुको सम्मुख जहाँ मूल-ढोका शबाथको दिन अनि औंसीको दिन खोलिन्छ, त्यहीं आराधना गर्छन।
4. “शासकले शबाथ दिन होमबलि चढाउनु पर्छ। उसले निष्खोट छवटा थुमा अनि निष्खोट एउटा भेडा दिनुपर्छ।
5. उसले एक एपा अन्नबलि भेडासँग दिनु पर्छ। शासकले त्यति नै अन्नबलि भेडासँग दिनसक्छ, जति उसले दिन चाहन्छ। उसले एक हीन भद्राक्षको तेल हरेक एपा अन्नसित दिनुपर्छ।
6. “औंसीको दिन उसले जवान निष्खोट एउटा गोरू भेटीका निम्ति दिनुपर्छ। उसले निष्खोट छवटा थुमा अनि एउटा भेडा, जसमा कुनै खोट छैन् भेटी दिन्छ।
7. शासकले गोरूसँग एक एपा अन्नबलि अनि साँढे भेडासँग उसले जति धेरै अन्नबलि दिन चाहन्छ दिन सक्छ शासकले प्रत्येक एपा अन्नको निम्ति एक हीन भद्रक्षाको तेल दिनुपर्छ।
8. शासक पूर्वी मूल-ढोकाको दलानबाट मन्दिरको क्षेत्रमा आउनुपर्छ अनि उसले जति धेर अन्नबलि दिनु चाहन्छ ऊ त्यही बाटो जानुपर्छ।
9. “जब साधारण मानिसहरू परमप्रभुको अघि विशेष उत्सवमा आउँछन्, त्यस बेला जुन मानिस पूजा गर्न उत्तर मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ दक्षिण मूल-ढोकाबाट जान्छ। जुन मानिस दक्षिण मूल-ढोकाबाट प्रवेश गर्छ, ऊ उत्तर मूल-ढोकाबाट जान्छ। कोही पनि त्यही बाटोबाट फर्कदैन। प्रत्येक सिधै बाहिर जानु पर्छ।
10. जब मानिसहरू भित्र जान्छन् शासक पनि भित्र जान्छ। जति बेला तिनीहरू बाहिर आउँछन् तब शासक पनि बाहिर आउँछ।
11. उत्सवहरू अनि विशेष बैठकको अवसरमा एक एपा अन्नबलि प्रत्येक जवान गोरूसँग चढाउनु पर्छ। एक एपा अन्नबलि प्रत्येक भेडासँग चढाउनु पर्छ। थुमाहरूसित अन्नबलि निम्ति जस्तै शासकले जति सक्दो दिनुपर्छ। उसले एक हीन तेल प्रत्येक अन्नबलिको लागि दिनुपर्छ।
12. “जब शासकले परमप्रभुलाई स्वेच्छा भेटी, होमबलि, मेलबलि, अथवा स्वेच्छा भेटी चढायो भने उसको निम्ति पूर्वको मूल-ढोका खुल्नेछ। तब उसले उसको होमबलि अनि मेलबलि शबाथको दिनमाजस्तै चढाउँछ। ऊ गए पछि मूल-ढोका बन्द हुन्छ।
13. “तिमीले एक वर्षको दोष रहित एउटा थुमा दिनुपर्छ। यो प्रतिदिन परमप्रभुलाई होमबलि हुन्छ। प्रत्येक बिहान तिमीले यो दिनु पर्छ।
14. तिमीले प्रत्येक बिहान भेडासँग अन्नबलि पनि चढाउनु पर्छ। तिमीले एपाको छैटौं भाग पिठो अनि हीनको एक तिहाइ भाग तेल त्यो पिठोलाई राम्रो गरी भिजाउँनको लागि दिनुपर्छ। यो परमप्रभुको अन्नबलि हुनेछ।
15. यस्तो प्रकारले उसले सदैव थुमा अन्नबलिसित तेल, होम बलिका निम्ति प्रत्येक बिहान दिईरहनु पर्छ।”
16. परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यदि शासकले आफ्नो जमीनको कुनै भाग आफ्नो छोरालाई भेटीको रूपमा दिन्छ भने त्यो उसको हुनेछ। यो उसको सम्पत्ति हो।
17. तर यदि कोही शासक आफ्नो जमीनको कुनै भाग आफ्नो दासलाई भेटीको रूपमा दिन्छ भने त्यो भेटी उ स्वतन्त्र हुने तिथि सम्म उसको हुन्छ। दास स्वतन्त्र भए पछि भेटी शासकलाई फिर्ता जान्छ। केवल राजाको छोराहरूले मात्र उसको जमीन भेटीको रूपमा आफूसँग राख्न सक्छ।
18. अनि शासकले मानिसहरूको जमीनको कुनै पनि भाग लिँदैन अनि तिनीहरूलाई जमीन छोड्न बाध्य पनि गर्दैन। उसले आफ्नो जमीनको केही भाग आफ्नो छोराहरूलाई दिनु पर्छ। यस्तो प्रकारले हाम्रो मानिस आफ्नो जमीनबाट वंचित हुनुको लागि विवश गरिने छैनन्।”
19. त्यो मानिसले मलाई द्वारबाट मूल-ढोकाको छेउमा लिएर गयो। उसले मलाई पूजाहारीहरूको उत्तरको पवित्र कोठा तिर लिएर गयो। मैले त्यहाँ पश्चिम पट्टि धेरै टाढो एउटा स्थान देखें।
20. त्यस मानिसले मलाई भन्यो, “यही त्यो ठाउँ हो जहाँ पूजाहारीहरूले दोषबलि अनि पापबलि चढाउँछन् । किन? जसबाट तिनीहरूलाई ती भेटीहरू बाहिर चोकमा लिएर जाने आवश्यकता पर्दैन। यस्तो प्रकारले तिनीहरूले ती पवित्र चीजहरू बाहिर ल्याउँदैनन्, जहाँ साधारण मानिसहरू हुन्छन्।”
21. त्यसपछि त्यो मानिसले मलाई बाहिर चोकमा ल्यायो। उसले मलाई चोकको चारै कुनामा लिएर गयो। चोकको प्रत्येक कुनामा एउटा सानो चोक थियो।
22. चोकको कुनामा साना-साना चोकहरू थिए। प्रत्येक सानो चोक चालीस हात लामो अनि तीस हात चौडाको थियो। चारै कुनाको नाप बराबर थियो।
23. भित्र यी सानो चोकको चारैतिर ईंटाको भित्ता थियो। प्रत्येक चोकहरूमा खाना पकाउने ठाउँहरू बनिएको थिए।
24. त्यस मानिसले मलाई भन्यो, “यिनीहरू भान्सा-घरहरू हुन, जहाँ मन्दिरको सेवा गर्नेहरूले मानिसहरूका निम्ति बलि पकाउँछन्।”
About इजकिएल Chapter 46
Read इजकिएल Chapter 46 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: इजकिएल
Chapter: 46
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading इजकिएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading इजकिएल Chapter 46 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is इजकिएल Chapter 46?
इजकिएल Chapter 46 is part of the Book of इजकिएल in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete इजकिएल Chapter 46 online for free with easy chapter navigation.
More Chapters from इजकिएल
- इजकिएल Chapter 42
- इजकिएल Chapter 10
- इजकिएल Chapter 26
- इजकिएल Chapter 5
- इजकिएल Chapter 35
- इजकिएल Chapter 32
- इजकिएल Chapter 30
Explore More from पुरानो करार
- इजकिएल Chapter 25
- उत्पत्ति Chapter 15
- भजनसंग्रह Chapter 126
- यहोशू Chapter 13
- एस्तर Chapter 3
- भजनसंग्रह Chapter 55
- 2 शमूएल Chapter 19