Read गन्ती Chapter 10 Online
Read गन्ती Chapter 10 online from the Holy Bible. This chapter is part of the Book of गन्ती in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of गन्ती and the Holy Bible online.
Choose a Chapter
गन्ती 10
अध्याय 10
1. परमप्रभुले मोशालाई भन्नुभयोः
2. “दुइवटा तुरहीहरू बनाऊ। चाँदी पिटेर तुरहीहरू बनाउनू। यी तुरहीहरू मानिसहरूलाई एक साथ भेला गराउनु तथा कति बेला छाउनीबाट यात्रा शुरू गर्नु पर्ने शंकेतको निम्ति प्रयोग गरिनेछ।
3. यदि दुवै तुरहीहरू लामो तानेर बजाईयो भने सबै मानिसहरू भेट हुने पालको प्रवेशद्वारमा भेला हुनेछन्।
4. तर जब एउटा मात्र तुरही लामो बजाइन्छ तब केवल कुलनायकहरू मात्र तिमीलाई भेट्न आउनेछन्। ती प्रमुखहरू इस्राएलका बाह्र कुल समूहका हुन्।
5. “जब तिमीहरूले तुरही बजाएर जागरन ध्वनी दिन्छौ, पूर्वमा छाउनी बनाउने मानिसहरूले यात्रा शुरू गर्ने छन्।
6. जब तिमीहरूले दोस्रो पल्ट तुरहीको सूक्ष्म ध्वनी दिन्छौ दक्षिणका छाउनीमा रहेकाहरूले यात्रा शुरू गर्छन्। तिनीहरूले यात्रा शुरू गराउँदा चेतावनीको तुरही बजाउनुपर्छ।
7. तर जब तिमीहरू मानिसहरूलाई भेला गराउँछौ भने तुरही दीर्घ फुक्नु पर्छ तर चेतावनी ध्वनि नदेऊ।
8. हारूनका छोराहरू, पूजाहारीहरूले तुरही फुक्नु पर्छ। तिमीहरूको सन्तानको निम्ति यो नियम हुनेछ।
9. “अनि जब तिमीहरू आफ्नो भूमिमा तिमीहरूलाई आक्रमण गर्ने तिमीहरूको शत्रुको विरूद्धमा युद्ध गर्न जान्छौ, तिमीहरूले चेतावनी दिने तुरही बजाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू प्रति ध्यान दिनुहुनेछ। अनि उहाँले तिमीहरूको रक्षा गर्नुहुनेछ।
10. तिमीहरूको र्हषको दिन, तिमीहरूको औंसीका चाडहरूका दिन तिमीहरूले होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनु पर्छ। परमप्रभुको स्मरण गर्नु तिमीहरूको निम्ति यो एउटा विशेष तरिका हुनेछ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
11. मानिसहरूले मिश्र देश छोडेको दोस्रो वर्षको दोस्रो महीनाको बिसौं दिनमा साक्षीको पवित्र पालबाट बादल सर्यो।
12. यसकारण इस्राएलका मानिसहरूले सीनै मरूभूमिबाट आफ्नो यात्रा शुरू गरे। यात्रीहरू पारान मरूभूमिमा आइपुग्दा त्यो बादल अडियो।
13. यसर्थ मानिसहरूले यात्रा शुरू गरेको यही पहिलो पल्ट थियो। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले यात्रा गर्दथे।
14. यहूदाको दलको शिविरबाट आफ्नो झण्डा लिएर तीन समूह पहिले गए। अम्मीनादाबको छोरो नहशोनले दलको नेतृत्व गरेका थिए।
15. इस्साकारको कुलको अगुवाई सूआरका छोरो नतनेलले गरेका थिए।
16. अनि त्यसपछि जबूलून कुलको दल आए र यस दलहरूका नायक हलोनका छोरो एलीआब थिए।
17. त्यसपछि पवित्र पाल उठाइयो अनि गेर्शोनी र मरारी कुलका मानिसहरूले त्यो पाल बोके। यसर्थ यस परिवारका मानिसहरू दोस्रो पक्तिमा आए।
18. त्यसपछि रूबेन कुलका मानिसहरूले आफ्नो झण्डा लिएर यात्रा शुरू गरे। पहिलो दल रूबेनकै कुलबाट थियो। शेदेऊरको छोरो एलीसूर यस दलहरूको नायक थिए।
19. त्यसपछि शिमोन कुलका मानिसहरू थिए। यस दलहरूका नायक सरीशदूदैका छोरो सलूमीएल थिए।
20. अनि त्यसपछि गाद कुलका मानिसहरू आए अनि यस दलहरूका नायक रूएलका छोरो एल्यासाप थिए।
21. त्यसपछि कहात कुलका मानिसहरू आए। तिनीहरूले पवित्र-स्थान भित्रको समान बोकेका थिए। तिनीहरू यस्तो समयमा आइपुगे कि त्यस समयमा अन्य मानिसहरूले नयाँ शिविरमा पवित्र पाल खडा गरी सकेका थिए।
22. त्यसपछि एप्रैमको शिविरका दलहरू आफ्नो झण्डा लिएर अघि बढे। अम्मीहूदको छोरो एलीशामा दलहरूको नेतृत्वमा थिए।
23. पदासूरका छोरो गमलीएल मनश्शे कुलका दल नायक थिए।
24. त्यसपछि गिदोनीका छोरो अबीदान बिन्यामीन दल समूहका नायक थिए।
25. अन्तमा दान कुल समूहका मानिसहरू तीन दलहरूमा आफ्नो झण्डा लिएर अघि बढे। यसमा पहिलो दलहरू दान कुलका मानिसहरू थिए। यस दलहरूको नायक अम्मीशद्दैका छोरो अहीएजेर थिए।
26. त्यसपछि ओक्रानको छोरो पगीएल आशेर कुल समूहका दल नायक थिए।
27. त्यसपछि नप्ताली कुल समूहका मानिसहरू अघि आए अनि यस दलहरूको नायक एनानका छोरो अहीरा थिए।
28. यसरी नै इस्राएलका मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ बसाँई सर्दै थिए।
29. मोशाले आफ्नो ससुरा रूएल मिद्यानीको छोरो होबाबलाई भने, “परमेश्वरले हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नु भएको ठाँउमा हामी जाँदैछौ, हामीसितै आउनुहोस्, हामी तपाईंलाई राम्रो गर्नेछौं। परमप्रभुले इस्राएलका मानिसहरूको निम्ति राम्रो राम्रो चिजहरू दिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ।”
30. तर होबाबले उत्तर दिए, “होइन म तिमीहरूसित जान्न, म आफ्नौं देश र मानिसहरूकहाँ जान्छु।”
31. तब मोशाले भने, “तपाईंले हामीलाई नछाड्नु होस्। तपाईं हाम्रो पथ प्रदर्शक बन्न सक्नु हुन्छ कारण मरूभूमिको विषयमा हामीले भन्दा बेशी तपाईंले जान्नुहुन्छ।
32. यदि तपाईं हामीसित हिडनु भए परमप्रभुले हामीलाई दिनु भएको असल चीजहरू बाँड्नेछौं।”
33. होबाब राजी भए अनि परमप्रभुको पर्वतबाट तिनीहरूले यात्रा शुरू गरे। पूजाहारीले परमप्रभुको करारको सन्दूक लिएर मानिसहरूको अगाडी हिडे। तिनीहरूले पवित्र सन्दूक बोकेर नयाँ शिविर बनाउने ठाँउ खोज्दै तीन दिन सम्म हिडे।
34. परमप्रभुको बादल प्रत्येक दिन तिनीहरू माथि नै रहन्थ्यो अनि प्रत्येक बिहान जब तिनीहरू शिविरबाट यात्रा शुरू गर्थे बादलले तिनीहरूलाई अगुवाई गर्थ्यो।
35. शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सँधैं भन्थे,“हे परमप्रभु उठ्नुहोस्, तपाईंको शत्रुहरू छरपष्ट होउन्। तपाईं देखि तपाईंका शत्रुहरू भागून्।”
36. अनि जब पवित्र सन्दूकलाई त्यसको ठाँउमा राखिन्थ्यो, सधैं मोशाले भन्थे,“हे परमप्रभु इस्राएलका हजारौं हजारौं मानिसहरू भएको ठाँउमा आउनु होस्।”
About गन्ती Chapter 10
Read गन्ती Chapter 10 online from the Holy Bible. This chapter is part of the Book of गन्ती in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: गन्ती
Chapter: 10
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading गन्ती. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading गन्ती Chapter 10 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is गन्ती Chapter 10?
गन्ती Chapter 10 is part of the Book of गन्ती in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete गन्ती Chapter 10 online for free with easy chapter navigation.
More Chapters from गन्ती
- गन्ती Chapter 26
- गन्ती Chapter 35
- गन्ती Chapter 34
- गन्ती Chapter 22
- गन्ती Chapter 30
- गन्ती Chapter 27
- गन्ती Chapter 3
Explore More from पुरानो करार
- अय्यूब Chapter 11
- व्यवस्था Chapter 12
- भजनसंग्रह Chapter 12
- जकरिया Chapter 14
- 2 इतिहास Chapter 20
- उपदेशक Chapter 8
- भजनसंग्रह Chapter 148