Read गन्ती Chapter 2 Online
Read गन्ती Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of गन्ती in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of गन्ती and the Holy Bible online.
Choose a Chapter
गन्ती 2
अध्याय 2
1. मोशा र हारूनलाई परमप्रभुले भन्नुभयोः
2. “इस्राएलका मानिसहरू प्रत्येकले शिविर भेट हुने पालको वरिपरि लगाउनु पर्छ अनि प्रत्येक कुल दलको आफ्नो झण्डा हुनुपर्छ र प्रत्येक मानिसले आ-आफ्नो दलको झण्डाको समीप शिविर बनाउनु पर्छ।
3. “यहूदा शिविर दलहरूले पूर्वतिर घाम झुल्कने पट्टि आफ्नो झण्डाको मुन्तिर शिविर हालुन। यहूदा दलका मानिसहरूको अगुवा अम्मीनादाबका छोरा नहशोन हो।
4. तिनको दलमा 74,600 मानिसहरू छन्।
5. “तिनको समीपमै इस्साकार परिवार दलले शिविर हालुन्। यी मानिसहरूको अगुवा सूआरको छोरो नतनेल हुन्।
6. उसको दलमा 54,400 मानिसहरू छन्।
7. “जबूलून कुल दलले पनि यहूदा दलकै नजीकमा शिविर हालुन्। जबूलूनका मानिसहरूको अगुवा हेलोनको छोरो एलीआब हुन् र,
8. तिनको दलमा 57,400 मानिसहरू थिए।
9. “यहूदाको शिविरमा जम्मा 1,86,400 मानिसहरू खटाइएका छन्। यी सब मानिसहरू तिनीहरूका विभिन्न परिवार दलमा विभक्त भएका छन्। जब मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ सर्छन् यहूदा दल पहिला सर्नेछ।
10. “रूबेनको शिविरको झण्डा पवित्र पालको दक्षिणमा रहनेछ। प्रत्येक दलले आफ्नो झण्डा नजिकै शिविर हाल्नेछ। रूबेनका मानिसहरूको अगुवा शदेऊरका छोरो एलीसूर हुन र
11. उसको दलमा 46,500 मानिसहरू छन्।
12. “शिमोन कुल दलले रूबेन परिवार दलकै नजीक शिविर हाल्नेछ। शिमोनका मानिसहरूको अगुवा सूरीशद्दैको छोरो शलूमीएल हुन्।
13. उसको दलमा 59,300 जना मानिसहरू छन्।
14. “रूबेनको मानिसहरूको नजिकै गादका मानिसहरूले पनि शिविर हाल्नेछन्। रूएलको छोरा एल्यासाप गादका मानिसहरूको अगुवा हो।
15. उसको दलमा 45,650 मानिसहरू छन्।
16. “त्यहाँ रूबेनको शिविरमा खटिएका जम्मा 1,51,450 जना मानिसहरू छन् र जब मानिसहरू एक ठाँउबाट अर्को ठाउँमा सर्छन रूबेनको शिविर दोस्रो दल हुनेछ।
17. “लेवीहरूको शिविरसितै अरू शिविरहरूको माझमा भेट हुने पाल पनि जानेछ। तिनीहरूको जसरी आफ्नो आफ्नो झण्डामा शिविरहरू लगाइएको छ सोही क्रममा लश्करमा जान्छन्।
18. “पश्चिम पट्टिको एप्रैमको शिविर तिनीहरूकै झण्डामा हुनेछ। एप्रैमका मानिसहरूको अगुवा अम्मिहूदका छोरो एलीशामा हुन।
19. उसको दलमा जम्मा 40,500 जना मानिसहरू छन्।
20. “एप्रैमका कुल दलको शिविरको नजीकै मनश्शे कुल दलको शिविर हुनेछ। यस दलको अगुवा पदासूरको छोरो गमलीएल हुन।
21. उसको दलमा 32,200 मानिसहरू छन्।
22. “बिन्यामीन कुल दलको शिविर एप्रैमको कुल दलको शिविर नजीकै रहनेछ अनि यस कुल दलको अगुवा गिदोनीको छोरो अबीदान हुन।
23. त्यहाँ जम्मा 35,400 जना मानिसहरू उसको दलमा थिए।
24. “एप्रैमको शिविरमा खटिएका मानिसहरूको संख्या 1,08,100 छ। जब शिविर हिंडछ तिनीहरू तेस्रो लस्करमा हिड्नेछन्।
25. “उत्तर तिर भएको दानको शिविरमा भएका मानिसहरू तिनीहरूको आफ्नो झण्डा मुनि रहनेछन् अनि तिनीहरूको अगुवा अम्मीशद्दैको छोरो अहीएजर हुन।
26. उसको दलमा 62,700 जना मानिसहरू छन्।
27. “दान कुल दलको शिविर नजीकै आशेर कुल दलको शिविर रहन्छ अनि यस कुल दलको अगुवा ओक्रानको छोरो पगीएल हुन्।
28. त्यहाँ उसको दलमा 41,500 मानिसहरू छन्।
29. “अनि आशेर कुल दलको शिविर नजीकै नप्ताली कुल दलको शिविर रहनेछ र तिनीहरूको अगुवा एनानको छोरो अहीरा हुन्।
30. त्यहाँ उसको दलमा 53,400 मानिसहरू छन्।
31. “दान परिवार दलमा मानिसहरूको कुल संख्या 1,57,600 छ। तिनीहरू आफ्नो-आफ्नो झण्डा लिएर अन्तिम लस्करमा हिड्नेछन्।”
32. इस्राएलीहरूको परिवार अनुसार गन्ती गरिएको मानिसहरू यिनीहरू नै हुन्। गन्ती गरिए अनुसार यिनीहरूको संख्या 6,03,550 हो।
33. परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार इस्राएलीहरूसित लेवीहरूको गन्ती गरिएन।
34. यसर्थ इस्राएली मानिसहरूले मोशालाई परमप्रभुले दिनुभएको आज्ञा अनुसार प्रत्येक कुरो गरे। यसरी नै तिनीहरूले आफ्नो-आफ्नो झण्डा नजीकै शिविर बनाए अनि त्यसरी नै आफ्नो-आफ्नो वंश र परिवार अनुसार तिनीहरू लस्करमा हिंडे।
About गन्ती Chapter 2
Read गन्ती Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of गन्ती in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: गन्ती
Chapter: 2
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading गन्ती. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading गन्ती Chapter 2 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is गन्ती Chapter 2?
गन्ती Chapter 2 is part of the Book of गन्ती in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete गन्ती Chapter 2 online for free with easy chapter navigation.
More Chapters from गन्ती
- गन्ती Chapter 26
- गन्ती Chapter 35
- गन्ती Chapter 34
- गन्ती Chapter 22
- गन्ती Chapter 27
- गन्ती Chapter 3
- गन्ती Chapter 30
Explore More from पुरानो करार
- 2 इतिहास Chapter 29
- दानियल Chapter 11
- यशैया Chapter 53
- भजनसंग्रह Chapter 63
- यशैया Chapter 46
- मीका Chapter 5
- भजनसंग्रह Chapter 91