गन्ती Chapter 3

For English

Read गन्ती Chapter 3 Online

Read गन्ती Chapter 3 online from the Holy Bible. This chapter is part of the Book of गन्ती in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of गन्ती and the Holy Bible online.

Choose a Chapter

गन्ती 3

अध्याय 3

1. परमप्रभुले सीनै पर्वतमा मोशासंग कुरा गर्नुहुँदा हारून र मोशाको परिवारको विवरण यस्तो थियो।

2. हारूनका दुइजना छोराहरू थिए र नादाब तिनको जेठो छोरा थिए। अरू छोराहरूको नाम अबीहू, एलाजार र ईतामार हो।

3. हारूनका यी छोराहरू तेलले अभिषिक्त परमप्रभुको विशेष सेवाका निम्ति पूजाहारीहरूको रूपमा नियुक्त गरिएका थिए। हारूनका यी छोराहरूलाई परमप्रभुको विशेष सेवामा नियुक्त गरिएको थियो।

4. नादाब र अबीहू परमप्रभुको सेवामा रहेको समय मै अपवित्र आगो द्वारा बलिचढाएको पापले सीनै मरूभूमिमा मरे। तिनीहरूको कुनै छोरो थिएन, यसकारण एलाजार र ईतामारले पूजाहारीका स्थान लिएर परमप्रभुको सेवामा लागे। तिनीहरूका बाबु हारूनको जीवन कालमा नै यस्तो घटना घट्यो।

5. परमप्रभुले मोशालाई भन्नुभयो,

6. “लेवी कुलका जम्मै मानिसहरूलाई ल्याऊ अनि पूजाहारी, हारून सामुन्ने हाजिर गराऊ, तिनीहरू सबै हारून पूजाहारीको सहयोगीहरू हुनेछन्।

7. लेवीहरूले भेट हुने पालमा आराधना गर्दा हारूनलाई र त्यहाँ आराधना गर्नु आउने सबै मानिसहरूलाई सहायता गर्नेछन्।

8. भेट हुने पालको सबै सर-समानहरूको सुरक्षा तिनीहरूले गर्नेछन् अनि त्यस पालभित्रको दायित्वपूर्ण काम गर्नेछन्।

9. “लेवीहरू सबै इस्राएलीहरूबाट चुनिएका हुन्। तिनीहरूलाई हारून र तिनका छोराहरूको सहायकहरूको रूपमा दिनु पर्छ।

10. “हारून र तिनका छोराहरूलाई पूजाहारी रूपमा नियुक्त गर अनि तिनीहरू बाहेक अन्य कुनै पनि व्यक्ति त्यस पवित्रस्थानमा पस्न चेष्टा गरे त्यो अवश्य मारिनु पर्छ।”

11. परमप्रभुले मोशालाई भन्नुभयो,

12. “याद राख, मैले लेवीहरूलाई इस्राएलका पहिले जन्मने मानिसहरूको सट्टामा लिएको छु। यसकारण लेवीहरू मेरा हुन् र इस्राएलका पहिले जन्मने छोराहरू मलाई दिनु पर्दैन।

13. “जब तिमीहरू मिश्र देशमा थियौ, मैले मिश्रदेशका मानिसहरूका पहिले जन्मेका सबै नानीहरू मारें अनि मैले इस्राएलीहरूका पहिले जन्मेका नानीलाई मेरो नानीहरू झैं छुट्टाएँ र त्यसरी नै पहिले जन्मेका पशुहरूलाई पनि छुट्याएँ। तिनीहरू सबै मेरो हुन् म परमेश्वर हुँ।”

14. सीनै पर्वतमा परमप्रभुले मोशासित फेरि कुरा गर्नुभयो,

15. “लेवीहरूको कुलमा सबै वंश तथा परिवार समूहहरू गन्ती गर। एक महिना र यो भन्दा वेशी उमेरको सबै पुरूषहरूको गन्ती गर।”

16. परमप्रभुको आज्ञा पालन गरी मोशाले सबै लेवी मानिसहरूको गन्ती गरे।

17. लेवीका तीनजना छोराहरू थिए र तिनीहरूको नाम यस प्रकार छ गेर्शो, कहात र मरारी।

18. गेर्शोन वशंको नाम हो लिब्नी र सिमी।

19. कहात वंशको नाम अम्राम, यिसहार हेब्रोन र उज्जीएल।

20. मरारी वंशहरू हुन महली र मसी। तिनीहरूको पिता-पुर्खाहरू अनुसार लेवीका वंशहरू यिनै हुन्।

21. लिब्नी र सिमीका वंशहरू गेर्शोनका हुन् र तिनीहरू गेर्शोनी वंशका भए।

22. एक महिना र अधिकका पुरूष मानिसहरू तिनीहरूका यी दुई परिवार समूहमा सबै 7,500 जना थिए।

23. गेर्शोनी वंशलाई पवित्र पालको पश्चिम पट्टि शिविर लगाउनु पर्थ्यो।

24. गेर्शोनी वंशका मानिसहरूका अगुवा लाएलको छोरो एल्यासाप थियो।

25. भेट हुने पालमा गेर्शोनी मानिसहरूको काम भेट हुने पाल, बाहिरी पाल, छाना र प्रवेशद्वारको पर्दाको हेरचाह गर्नु थियो।

26. पवित्र स्थानको आँगनको प्रवेशद्वारको पर्दा आँगनको पर्दा, पर्दाको डोरीहरू र पर्दामा प्रयोग हुने सबै समानहरू तिनीहरूको हेरचाहमा थियो। त्यो आँगन पवित्र स्थान र वेदीको वरिपरि थियो।

27. अमामी,यिसहार, हेब्रोन र उज्जीएल परिवार समूहहरू कहात वंशका हुन्।

28. यस परिवार समूह एक महिना र उँभोका पुरूषहरू 8,300 थिए। कहातीहरूलाई पवित्र स्थानमा भएको सर-समानको जिम्मावारी थियो।

29. कहाती परिवार समूहरूको मानिसहरूले पवित्र स्थानको दक्षिण पट्टि तिनीहरूको शिविर टाँगे।

30. उज्जीएलको छोरो एलीसापान यी कहाती वंशका मानिसहरूको अगुवा थियो।

31. तिनीहरूको कामहरू पवित्र सन्दूक, टेबल, सामदान, वेदीहरू र पवित्र स्थानको पवित्र भाँडाहरू अनि पर्दा र पर्दासंग सम्बन्धित सबै कुराहरूको हेरचाह गर्नु थियो।

32. पूजाहारी हारूनको छोरो एलाजार चाँहि लेवीहरूको अगुवाहरूको अगुवा थियो। पवित्र स्थान हेरचाह गर्नेहरू माथि उसको नियन्त्रण थियो।

33. महली र मूशी परिवार समूहहरू मरारी वंशका हुन। यस वंशहरूमा एक महिना र,

34. यस परिवारमा एक महिना अनि त्यस माथिका सबै पुरूषहरू जम्मा 6,200 जना थिए।

35. मरारी परिवार समूहका मानिसहरूको अगुवाले अबीहेलको छोरा सूरीएलले पवित्र पालको उत्तर तिर तिनीहरूका पालहरू लगाए।

36. मरारीहरूलाई पवित्र स्थानको आधारहरू, यिनीहरूको बारहरू खम्बाहरू र यिनीहरूको प्रयोगमा आउने सबै सरसामानहरू हेरचाह गर्ने जिम्मावारी थियो।

37. वरिपरिको आँगनको खम्बाहरू, कीलाहरू, डोरीहरू, आधारहरू र यस सम्बन्धी प्रयोग गरिने कुराहरू पनि तिनीहरूको जिम्मामा थियो।

38. पवित्र स्थानको पूर्व पट्टि भेट हुने पालको सम्मुख घाम झुल्किने पट्टि मोशा, हारून अनि तिनका छोराहरूले शिविर बसाले। इस्राएली मानिसहरूको निम्ति तिनीहरूले पवित्र स्थान इलाकाको सुरक्षा गरिरहेका थिए। कुनै पनि व्यक्ति जो पवित्र स्थानको नजीक आँउथ्यो त्यसलाई मारिन्थ्यो।

39. परमप्रभुको आज्ञा अनुसार मोशा र हारून द्वार गनिएका एक महिना र उँभोको उमेरका पुरूष लेवीहरूको संख्या जम्मा 22,000 थियो।

40. परमप्रभुले मोशालाई फेरि भन्नुभयो, “इस्राएली मानिसहरूको पहिले जन्मेका पुरूषहरू जो एक महिना अनि उँभोकाहरूको गन्ती गरी एउटा सूची तयार गर।

41. विगतमा मैले भनेको थिएँ कि इस्राएलीहरूका पहिला जन्मेकाहरूलाई म लिनेछु, तर अहिले म, परमप्रभुले इस्राएलीहरूको पहिला जन्मेको सट्टामा लेवीहरूलाई लिनेछु र इस्राएलीहरूको पहिलो पशुहरूको सट्टामा लेवीकहरूकै पहिलो पशुधन लिन्छु।”

42. यसकारण परमप्रभुको आज्ञा अनुसार मोशाले इस्राएलका मानिसहरूको पहिला जन्मेका सबै नानीहरूको गन्ती गरे।

43. मोशाले एक महीना र उँभोका सबै पुरूषहरूको गन्ती गरे अनि सूचीमा 22,273 जनाको नाम थियो।

44. परमप्रभुले मोशालाई अझ भन्नुभयो,

45. “इस्राएलीहरूको अन्य मानिसहरूको सट्टामा तिमीले लेवीहरूलाई लेऊ र म अरू मानिसहरूका पशुहरूको सट्टामा लेवीहरुको लिनेछु। लेवीहरू मेरो मानिसहरू हुन्। म परमप्रभु हुँ।

46. ,000 लेवीहरू छन् तर अन्य परिवारको जेठा छोराहरू 22,273 हुनाले 273 जना लेवीहरू भन्दा वेशी हुन्छन्।

47. यी 273 जना वेशी भएका पुरूषहरूको निम्ति प्रत्येकको पाँच शेकलको हिसाबले लेऊ। (प्रशासनिक परिमाणमा एक शेकल बराबर बीस गेरा हुन्छ)। इस्राएलीहरूबाट यो चाँदी लेऊ।

48. त्यो पैसा हारून र तिनका छोराहरूलाई ती 273 इस्राएलीहरूको सट्टामा देऊ।’”

49. यसकारण लेवीहरू भन्दा वेशी भएका अन्य मानिसहरूको सट्टामा मोशाले पैसा लिए।

50. उसले इस्राएलीहरूको पहिला जन्मेकाबाट 1,365 शेकेल चाँदी (अधिकारीहरूको नाप अनुसार) जम्मा गरे।

51. परमप्रभुको आज्ञा अनुसार त्यो पैसा मोशाले हारून र तिनका छोराहरूलाई दिए।

About गन्ती Chapter 3

Read गन्ती Chapter 3 online from the Holy Bible. This chapter is part of the Book of गन्ती in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: गन्ती
Chapter: 3
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading गन्ती. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading गन्ती Chapter 3 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is गन्ती Chapter 3?

गन्ती Chapter 3 is part of the Book of गन्ती in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete गन्ती Chapter 3 online for free with easy chapter navigation.

More Chapters from गन्ती

  1. गन्ती Chapter 26
  2. गन्ती Chapter 27
  3. गन्ती Chapter 35
  4. गन्ती Chapter 22
  5. गन्ती Chapter 34
  6. गन्ती Chapter 8
  7. गन्ती Chapter 30

Explore More from पुरानो करार

  1. लेवी Chapter 27
  2. उत्पत्ति Chapter 49
  3. 1 शमूएल Chapter 23
  4. प्रस्थान Chapter 19
  5. भजनसंग्रह Chapter 146
  6. यहोशू Chapter 13
  7. भजनसंग्रह Chapter 36

Related Chapters & Readings

  1. उत्पत्ति Chapter 42
  2. लूका Chapter 6
  3. भजनसंग्रह Chapter 3
  4. न्यायकर्ता Chapter 5
  5. रोमीहरू Chapter 4
  6. मर्कूस Chapter 4
  7. यशैया Chapter 37
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *