गन्ती Chapter 23

For English

Read गन्ती Chapter 23 Online

Read गन्ती Chapter 23 online from the Holy Bible. This chapter is part of the Book of गन्ती in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of गन्ती and the Holy Bible online.

Choose a Chapter

A+ A A-

गन्ती 23

अध्याय 23

1. बिलामले भने, “यहाँ सातवटा वेदी बनाऊ। अनि सातवटा साँढे र सातवटा भेडा मेरो निम्ति तयार पार।”

2. बालाकले बिलामको इच्छा पुरा गरिदियो। ती दुइजनाले एक-एकवटा साँढे र भेडा प्रत्येक वेदिमा बलि चढाए।

3. त्यसपछि बिलामले बालाकलाई भने, “तिम्रो होमबलिको पछिल्तिर तिमी उभिनु अनि म कही जान्छु। शायद परमप्रभुले मलाई भेट्नु हुन्छ होला। उहाँले मलाई जे देखाउनु हुन्छ म तिमीलाई भन्नेछु।” यसर्थ तिनी एउटा पर्वतको शिखरमा गए।

4. परमेश्वर बिलामलाई भेट्न आउनुभयो अनि उनले परमेश्वरलाई भने, “मैले सातवटा वेदी बनाएकोछु र एउटा साँढे र एउटा भेडा बलिको निम्ति प्रत्येक वेदीमा चढाइएको छ।”

5. तब परमप्रभुले बिलामलाई उसले के भन्नु पर्ने बताउनु भयो, “बालाककहाँ फर्क र उसलाई यो भन।”

6. यसर्थ बिलाम बालाककहाँ फर्के। त्यहाँ बलाक आफूले चढाएको बलिको नजिकै अन्य मोआबका मुख्य व्यक्तिहरूसित उभिरहेका थिए। तब बिलामले यी कुराहरू भनेः

7. बालाक, मोआबका राजाले मलाई यहाँबाट अरामको पूर्वोत्तर पर्वतहरूमा लगे। बालाकले मलाई भने,“आऊ मेरो निम्ति याकूबलाई शराप। आऊ इस्राएलका मानिसहरूको विरोधमा बोल।”

8. कसरी म केही कुरालाई सराप्नु जसलाई परमेश्वरले सरापेको छैन; कसरी म कसैको विरूद्धमा बोल्नु जसलाई परमप्रभुले विरोध गर्नु भएको छैन्।

9. म पर्वतबाट ती मानिसहरूलाई देख्छु, म तिनीहरूतिर अग्लो पर्वतबाट हेर्छु, तिनीहरूले एकान्तमा बस्छन्, तिनीहरू आफैलाई जातिहरू मध्येको एक जाति भनी सोच्दैनन्।

10. याकूबका मानिसहरूलाई कसले गन्न सक्छन्? तिनीहरूको संख्या धूलोको कण जत्तिकै असंख्य छ। तिनीहरूका चार भागको एक भाग पनि कसैले गन्न सक्तैन। मेरो आत्माले असल मृत्यु पाओस्, मेरो जीवन तिनीहरूको झैं खुशीयालीमा अन्त होस्।”

11. त्यसपछि बालाकले बिलामलाई भने, “तपाईंले मलाई के गर्नु भयो? मैले तपाईंलाई मेरा शत्रुहरूलाई सराप्न ल्याए तर तपाईंले तिनीहरूलाई आशीर्वाद दिनुभयो।”

12. बिलामले उत्तर दिए, “म परमप्रभुले भन्नु भएको वचन मात्र बोल्नु होशियार रहनु पर्छ।”

13. त्यसपछि बालाकले उसलाई भने, “तपाईं मसंग यता अर्को ठाँउमा आउनु, जहाँबाट ती मानिसहरूलाई अझ वेशी संख्यामा देख्न सक्नु हुन्छ। तपाईंले तिनीहरू सबैलाई देख्न सक्नुहुन्न खाली एक भाग मात्र देख्न सक्नुहुन्छ। त्यहाँबाट तपाईंले मेरो पक्षमा सराप्नु होस्।”

14. तब बालाकले बिलामलाई पिसगा पर्वतको चोटीमा भएको सोफीमको खेतमा लगे अनि त्यहाँ बालाकले सातवटा वेदी बनाई एउटा साँढे र एउटा भेडा प्रत्येक वेदीमा बलि दिए।

15. तब बिलामले बालाकलाई भने, “यो वेदी नजिक तिमी बस। म परमेश्वरलाई भेट्न त्यस ठाँउमा जान्छु।”

16. यसर्थ बिलामलाई परमप्रभुले भेट्नु भयो अनि बिलामले के भन्नु पर्ने बताई दिनुभयो। परमप्रभुले भन्नुभयो, बालाककहाँ जाऊ अनि यसो भन।

17. यसकारण बिलाम बालाकभए कहाँ गए। बालाक होमबलि को छेऊमा उभिरहेको थियो उसले अन्य मोआबका बूढा-प्रधानहरूसित बलि चढाए बालाकले सोधे, “परमप्रभुले के भन्नुभयो?”

18. बिलामले आगमवाणी दिएः“उठ बालाक अनि म जे भन्छु सुन; सिप्पोरका छोरो, बालाक मेरो कुरा सुन,

19. परमेश्वर मानिस हुनुहुन्न, यसर्थ उहाँ मर्नुहुन्न, परमेश्वर मानव हुनुहुन्न, यसर्थ उहाँको निर्णय परिवर्त्तन हुँदैन। यदि परमप्रभुले भन्नुहुन्छ-केही गर्छु, तब उहाँले गर्नुहुन्छ। यदि परमप्रभुले प्रतिज्ञा गर्नु भए, प्रतिज्ञाको कुरो पूर्ण गर्नुहुन्छ।

20. परमप्रभुले मलाई भन्नुभयो, ती मानिसहरूलाई आशीर्वाद देऊ, परमप्रभुले तिनीहरूलाई आशीर्वाद दिनु भएकोछ, यसर्थ म त्यो बदलाउन सक्तिन।

21. परमेश्वरले याकूबका मानिसहरूमा कुनै त्रुटी पाउनु भएन, इस्राएलका मानिसहरूमा परमेश्वरले पाप देख्नु भएन। परमप्रभु तिनीहरूका परमेश्वर हुनुहुन्छ, अनि उहाँ तिनीहरूको साथ हुनुहुन्छ। ती महान राजा तिनीहरूसित हुनुहुन्छ।

22. परमेश्वरले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो तिनीहरू जंगली साँढे झै बलिया छन्।

23. याकूबका मानिसहरूलाई परास्त गर्ने अर्को कुनै शक्ति छैन। कुनै यस्तो उपाए छैन कि इस्राएलका मानिसहरूलाई रोक्न सकोस्। याकूब र इस्राएली मानिसहरूको विषयमा, मानिसहरू भन्दछन्, ‘परमेश्वरको महान सृष्टिलाई हेर!’

24. मानिसहरू सिंह झैं बलिया छन् सिंह झैं लडछन्। अनि आफ्नो शत्रुलाई परास्त नपारे सम्म त्यो सिंह विश्राम गर्दैन। अनि त्यो सिंहले विश्राम नै लिंदैन जब सम्म आफ्नो शत्रु ती मानिसहरूको रगत पिउँदैन।”

25. बालाकले बिलामलाई भने, “आज देखि, तिमी मानिसहरूलाई आशिष अथवा सराप दिनु हुदैन्।”

26. बिलामले उत्तर दिए, “मैले तिमीलाई अघि नै भने कि परमप्रभुले जे भन्न लगाउनु हुन्छ म त्यो मात्र भन्छु।”

27. तब बालाकले बिलामलाई भने, “अब मसंग आउनु होस् अर्को ठाँउमा। हुन सक्छ परमेश्वर खुशी भएर ती मानिसहरूलाई सराप्न अनुमति दिनुहुन्छ।”

28. यसर्थ बिलामलाई बालाकले पोर पर्वतको चुचुरामा लगे। यहाँबाट मरूभूमि देखिन्थ्यो।

29. बिलामले भने, “सातवटा वेदी बनाऊ। त्यसपछि वेदीमा बलिको निम्ति सातवटा साँढे र सातवटा भेडाहरू तयार पार।”

30. बालाकले ठीक पारे अनि वेदीहरूमा ती साँढे र भेडाहरू बलि चढाए।

About गन्ती Chapter 23

Read गन्ती Chapter 23 online from the Holy Bible. This chapter is part of the Book of गन्ती in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: गन्ती
Chapter: 23
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading गन्ती. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading गन्ती Chapter 23 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is गन्ती Chapter 23?

गन्ती Chapter 23 is part of the Book of गन्ती in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete गन्ती Chapter 23 online for free with easy chapter navigation.

More Chapters from गन्ती

  1. गन्ती Chapter 26
  2. गन्ती Chapter 35
  3. गन्ती Chapter 34
  4. गन्ती Chapter 22
  5. गन्ती Chapter 30
  6. गन्ती Chapter 27
  7. गन्ती Chapter 3

Explore More from पुरानो करार

  1. यशैया Chapter 20
  2. अय्यूब Chapter 15
  3. न्यायकर्ता Chapter 16
  4. 2 इतिहास Chapter 34
  5. 1 राजा Chapter 11
  6. 1 इतिहास Chapter 2
  7. श्रेष्ठगीत Chapter 8

Related Chapters & Readings

  1. व्यवस्था Chapter 25
  2. 1 शमूएल Chapter 8
  3. यशैया Chapter 35
  4. 2 इतिहास Chapter 19
  5. गन्ती Chapter 32
  6. होशे Chapter 6
  7. 2 राजा Chapter 13
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *