Read लेवी Chapter 2 Online
Read लेवी Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of लेवी in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of लेवी and the Holy Bible online.
Choose a Chapter
लेवी 2
अध्याय 2
1. “जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्।
2. तब उसले त्यो बलि हारूनका छोराहरूकहाँ ल्याउनु पर्छ अनि पूजाहारीले एक मुट्ठी मसिनो अन्नको पीठो, तेल अनि त्यसबाट धूप झिक्नु पर्छ अनि वेदीमा परमप्रभुलाई चढाउने सम्झना भेटीको रूपमा यसलाई चढाउनु पर्छ। यो आगोद्वारा चढाउने भेटी हो अनि यसको वासनाले परमप्रभुलाई प्रसन्न पार्छ।
3. बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्।
4. “यदि तिमी चुलामा पकाएको अन्नबलि चढाउँछौ भने, तेलमा मुछेको अखमिरी मसिनो पिठोको फुलौरा अथवा तेल हालेको अखमिरी रोटी होस्।
5. यदि तिम्रो अन्नबलि तावामा पकाएको अन्नबलि भए त्यो तेलमा मुछेको अखमिरी मसिनो पीठोको होस्।
6. त्यो मसिनो गरी पिंधेर टुक्राउ अनि त्यसमा तेल खन्याऊ। त्यही अन्नबलि हो।
7. यदि तिमी अन्न भेटील्याउँछौ जो तावामा भूटिएको छ भने यो तेलसित मिसाइएको मसीनो पीठो हुनु पर्छ।
8. “जब तिमीले यी कुनै अन्नबलिहरूबाट बनाइएको परिकार ल्याउँछौ त्यो पूजाहारीलाई देऊ र त्यो पूजाहारीले वेदीमा चढाओस्।
9. पूजाहारीले अन्नभेटीको केही भाग छुट्याउनुपर्छ अनि यसलाई स्मरणीय भेटीको रूपमा जलाउनुपर्छ, अनि वेदीमा परमप्रभुलाई सुगन्धित भेटीको रूपमा चढाउनु पर्छ।
10. अन्नबलिबाट रहेको भाग हारून र तिनका छोराहरूको निम्ति हुनुपर्छ। परमप्रभुको निम्ति यो आगोद्वारा चढाएको बलि अति पवित्र हो।
11. “तिमीले खमीर भएको कुनै पनि अन्नबलि परमप्रभुलाई चढाउनु हुँदैन अथवा महबाट बनिएको परमप्रभुको निम्ति उपहार आगोमा जलाउनु हुँदैन। (यहाँ भनिएको मह हुन सक्छ मौरीको नभई फूलहरूको रस हुनसक्छ।)
12. तिमीहरू वर्षको पहिलो बालीबाट खमीर र मह चढाउन सक्छौ, तर त्यो बलि भेटीलाई सुगन्धित भेटीबनाउन जलाउनु हुँदैन।
13. तिमीले प्रत्येक अन्नबलिमा न्नहालेर ल्याउनुपर्छ। परमेश्वरसित गरेको न्नको करार तिम्रो अन्नबलिबाट हराउनु हुदैन। तिमीले आफ्नो बलि न्नसँगै ल्याउँनुपर्छ।
14. “यदि तिमीहरू वर्षको अगौटे बालीबाट परमप्रभुलाई भेटी चढाउँछौ भने तिमीहरू पहिले बालीको ताजा अन्नको अघिल्लो भागलाई पिंधेर अन्न पकाएको भेटी बनाउनु पर्छ।
15. तिमीले त्यसमा तेल अनि सुगन्धित धूप लगाउनुपर्छ। यो अन्नबलि हो।
16. पूजाहारीले परमप्रभुको निम्ति सबै धूपसित पिंधेको अन्नबाट तयार गरेको भेटीको केही भाग तेलसित मिसाएर स्मारकको रूपमा जलाउनु पर्छ।
About लेवी Chapter 2
Read लेवी Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of लेवी in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: लेवी
Chapter: 2
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading लेवी. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading लेवी Chapter 2 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is लेवी Chapter 2?
लेवी Chapter 2 is part of the Book of लेवी in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete लेवी Chapter 2 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- नहूम Chapter 3
- सपन्याह Chapter 2
- आमोस Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 1
Explore More from लेवी
- लेवी Chapter 24
- लेवी Chapter 22
- लेवी Chapter 11
- लेवी Chapter 1
- लेवी Chapter 16
- लेवी Chapter 12
- लेवी Chapter 5