Read इजकिएल Chapter 11 Online
Read इजकिएल Chapter 11 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of इजकिएल and the Holy Bible online.
Choose a Chapter
इजकिएल 11
अध्याय 11
1. तब हावाले मलाई परमप्रभुको मन्दिरको पूर्वी ढोकामा लग्यो। त्यस ढोका पूर्वपट्टि फर्केको थियो जताबाट सूर्य उदय हुन्थ्यो। मैले त्यस मूल ढोकाको प्रवेशमा पच्चीस जना मानिसहरू देखें। अज्जूरको छोरा याजन्याह तिनीहरूसित थिए अनि बनायाहको छोरा पलत्याह दुवै जना मानिसहरूको अगुवा त्यहाँ थिए।
2. त्यसपछि परमेश्वर मसित बोल्नु भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो। यिनीहरू ती मानिसहरू हुन् जसले शहरमा नराम्रो योजनाहरू बनाउँछन्। तिनीहरूले मानिसहरूलाई नराम्रो काम गर्न उस्काउँछन्।
3. तिनीहरू भन्छन्, ‘हामीहरू फेरि चाँडै आफ्नो घर बनाउदैनौं? यो शहर एउटा भाँडा हो र हामी मासु हौ।’
4. तिमीले मानिसहरूसँग मेरो निम्ति कुरा गर्नुपर्छ। मानिसको छोरो जाऊ र मानिसहरूलाई अगमवाणी गर।”
5. तब परमप्रभुका आत्मा ममाथि आउनु भयो र मलाई भन्नुभयो, “तिनीहरूलाई भन परमप्रभुले यी सबै कुरा भन्नु हुँदैछ इस्राएलका घरानाहरू, तिमीहरूले ठूलो योजना बनाउँदैछौ। तर मलाई थाहा छ तिमीहरूले के सोचिरहेकाछौ।
6. तिमीले यो शहरको धेरै मानिसहरू मार्यौ। तिमीले सडकको गल्लीहरू मारिएका मानिसहरूको लाशले भरिदियौ।
7. अब हाम्रा परमप्रभु यसो भन्नु हुन्छ, ‘यी सबै लाशहरू मासु हो अनि शहर भाँडा हो। तर उनी (नबूकदनेस्सर) आउनेछन अनि तिमीहरूलाई यो सुरक्षाको भाँडाबाट लिएर जानेछन्।
8. तिमी तरवारसँग भयभीत छौ। तर म तिम्रो विरूद्ध तरवार लिएर आउँदैछु।”‘ परमप्रभु हाम्रो मालिकले यी सबै कुरा भन्नुभयो। यसकारण यो घट्ने छ।
9. परमेश्वरले यो पनि भन्नुभयो, “म तिमीहरूलाई यो शहरबाट बाहिर निकाल्नेछु अनि तिमीहरूलाई अपरिचितहरूको हातमा सुम्पिदिनेछु। म तिमीहरूलाई दण्ड दिनेछु!
10. तिमीहरू तरवारद्वारा मारिनेछौ। म तिमीहरूलाई त्यहाँ इस्राएलमा दण्ड दिनेछु, यसकारण तिमीहरूले सम्झनेछौ कि त्यो म हुँ जसले तिमीहरूलाई दण्ड दिँदैछु, म परमप्रभु हुँ।
11. हो, यो स्थान पकाउँने कराही हुनेछ अनि तिमीहरू यसमा मासु हुनेछौ जुन भुटिन्छ! म तिमीहरूलाई यहाँ इस्राएलमा दण्ड दिनेछु!
12. त्यसपछि तिमीहरूले जान्नेछौ कि म नै परमप्रभु हुँ। त्यो मेरो नियम थियो जुन तिमीले तोड्यौ। तिमीले मेरो नियमहरू पालन गरेनौ। तिमीले आफ्नो चारैतिरको राष्ट्रका मानिसहरू जस्तै बस्ने निर्णय गर्यौ।”
13. मैले परमेश्वरको निम्ति बोल्न समाप्त गर्ने साथ, बनायाहको छोरा पलत्याह मरे। म पृथ्वीमा लडे। मैले पृथ्वीमा टाउको टेकें र भनें, “हाय! परमप्रभु मेरा मालिक के तपाईं इस्राएलका सबै बाँचेका मानिसहरूलाई सम्पूर्ण रूपले नाश गर्न तयार हुनुहुन्छ?”
14. तर त्यसपछि परमप्रभुको वचन मैले प्राप्त गरें। उहाँले भन्नुभयो,
15. “मानिसको छोरो! तिमी इस्राएलको परिवारको आफ्ना दाजू-भाइहरूलाई सम्झना गर जसलाई आफ्नो देश छोडनलाई बाध्य गरिएको थियो। तर म तिनीहरूलाई फर्काई ल्याउँनेछु। तर यहाँ यरूशलेमका बासिन्दाहरूले भन्दैछन्, ‘तिनीहरू परमप्रभुबाट टाढो गए। यो भूमि हामीलाई दिइसकेकोछ यो हाम्रो हो।”‘
16. “यसकारण मानिसहरूसँग भन परमप्रभु हाम्रा मालिक भन्नु हुन्छ, ‘यो साँचो हो कि मैले आफ्नो मानिसहरूलाई टाढो भूमिहरूमा जानको निम्ति बाध्य गरें। मैले नै तिनीहरूलाई धेरै देशहरूमा तितर-बितर पारें। ती भूमिहरूमा म तिनीहरूको निम्ति केही समय मन्दिर हुनेछ।
17. यसकारण तिमीले तिनीहरूलाई भन्नु पर्छ कि परमप्रभु तिनीहरूको मालिकले तिनीहरूलाई फेरि फर्काएर ल्याउँनु हुन्छ। मैले तिमीहरूलाई धेरै देशहरूमा छरिदिएँ। तर म तिमीहरूलाई एक ठाँउमा जम्मा गर्नेछु अनि ती देशहरूबाट तिमीहरूलाई फर्काएर ल्याउँनेछु। म इस्राएलको प्रदेश तिमीहरूलाई फेरि दिनेछु।
18. अनि जब हाम्रा मानिसहरू फर्कन्छन् त्यसबेला तिनीहरूले त्यो सबै डरलाग्दा कुहिएको देव-मूर्तिहरू जुन अहिले यहाँ छ नष्ट गरिदिनेछन्।
19. म तिनीहरूलाई एकैसाथ ल्याउँनेछु अनि तिनीहरूलाई एउटै मानिस जस्तै बनाउँनेछु। म तिनीहरूमा नँया आत्मा भर्नेछु। म तिनीहरूको ढुङ्गाको हृदय तोडेर त्यो ठाँउमा साँचो हृदय भरिदिनेछु।
20. तब तिनीहरूले मेरो विधिहरू पालन गर्नेछन्। तिनीहरूले मेरो नियमहरू पालन गर्नेछन्, तिनीहरूले त्यो काम गर्नेछन् जुन म गर्न लगाउँछु। तिनीहरू साँच्चै मेरो प्रजा हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुनेछु।”‘
21. त्यसपछि परमेश्वरले भन्नुभयो, “तर यस समय उहाँको हृदय डरलाग्दा कुहिएको मूर्ति भइसकेको छ। मैले ती मानिसहरूलाई तिनीहरूको नराम्रो कामको निम्ति दण्ड दिनुपर्छ जुन तिनीहरूले गरेका छन्।” मेरा स्वामी परमप्रभु मेरा मालिकले यी सबै कुराहरू भन्नुभयो।
22. तबपछि करूब स्वर्गदूतले आफ्नो पंखेटा फट्फटायो अनि हावामाथि उड्यो। पाङ्ग्रा तिनीहरूसितै गयो। इस्राएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो।
23. परमप्रभुको महिमामाथि हावामा उठ्यो अनि उसले यरूशलेम छोडि दियो। अनि केही क्षणको लागि यरूशलेमको पूर्वी पहाडमा गएर बस्यो।
24. तब वतासले मलाई हावामाथि उठायो अनि फेरि बाबेल पुरायो, ती मानिसहरूकहाँ पुरायो जुन मानिसहरूलाई इस्राएल छोड्नुको निम्ति बाध्य गराइएको थियो। त्यसपछि दर्शनमा परमेश्वरको आत्मा हावामा उठाउनुभयो अनि मलाई छोडियो। मैले ती सबै चीजहरू परमेश्वरको दर्शनमा देखें।
25. त्यसपछि मैले निर्वासित मानिसहरूसँग कुरा गरें। मैले ती सबै कुराहरू बताएँ जुन परमप्रभुले मलाई देखाउनु भएको थियो।
About इजकिएल Chapter 11
Read इजकिएल Chapter 11 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: इजकिएल
Chapter: 11
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading इजकिएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading इजकिएल Chapter 11 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is इजकिएल Chapter 11?
इजकिएल Chapter 11 is part of the Book of इजकिएल in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete इजकिएल Chapter 11 online for free with easy chapter navigation.
More Chapters from इजकिएल
- इजकिएल Chapter 46
- इजकिएल Chapter 32
- इजकिएल Chapter 42
- इजकिएल Chapter 5
- इजकिएल Chapter 48
- इजकिएल Chapter 35
- इजकिएल Chapter 30
Explore More from पुरानो करार
- गन्ती Chapter 22
- लेवी Chapter 12
- व्यवस्था Chapter 15
- 2 राजा Chapter 17
- यहोशू Chapter 24
- एस्तर Chapter 6
- गन्ती Chapter 12