इजकिएल Chapter 30

For English

Read इजकिएल Chapter 30 Online

Read इजकिएल Chapter 30 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of इजकिएल and the Holy Bible online.

Choose a Chapter

इजकिएल 30

अध्याय 30

1. परमप्रभुको वचन मकहाँ फेरि आयो। उहाँले भन्नभयो,

2. “हे मानिसको छोरा! मेरा निम्ति केही भन! भन, ‘परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छरूँनु अनि भन, “हाय! त्यो डरलाग्दा दिन आउँदै छ।”

3. त्यो दिन नजीकै छ। हो परमप्रभुको न्याय गर्ने दिन नजीकै आउँदैछ। त्यो बादल लागेको दिन यो राष्ट्रहरूसँग न्याय गर्ने समय हुनेछ।

4. मिश्रको विरूद्धमा एउटा तरवार चलाइनेछा कूशका मानिसहरू डरले काम्नेछन्! जब त्यहाँ मिश्रको पतन हुन्छ बाबेलका सेनाले मिश्रका मानिसहरूलाई बन्दी जस्तै टाडा लगेर जानेछन्। कैदीहरू जस्तै पारेर टाडा लानेछन्। मिश्रको जगहरू भत्काइनेछन्।

5. “धेरै मानिसहरूले मिश्रसँग शान्ति-संघि गरे। तर कूश, पूत, लूद, समस्त अरब देश, लिबिया अनि इस्राएलका सबै मानिसहरू नष्ट हुनेछन्।

6. परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “हो, जसले मिश्रलाई सहायता गर्छ, त्यसको पतन हुन्छ। त्यसको युद्धको घमण्ड नाश हुन्छ। मिग्दोलदेखि आश्वार सम्मको लागि मिश्रका मानिसहरू युद्धमा मारिनेछन्।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो!

7. मिश्र ती देशहरूसित मिल्नेछ जुन नष्ट गरिएको छ। उसको शहरहरू ती शहरहरूसित मिल्नेछन् जो नष्ट पारिएकाथिए।

8. म मिश्रमा आगो लगाउँछु अनि त्यसको सबै सहायकहरू नष्ट हुनेछन्। त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् म नै परमप्रभु हुँ।

9. त्यस समयमा म समाचारवाहकहरू पठाउँछु। उसले जहाजहरूमा कूशको नराम्रो खबर पुर्याउन जान्छ। कूश अब आफूलाई सुरक्षित सम्झन थाल्छ। तर जब मिश्रलाई दण्ड दिनेछु त्यस बेला कूशका मानिसहरू डरले काम्नेछन्। त्यो समय आउँदैछ।

10. परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ“म बाबेलको राजा नबूकदनेस्सरको प्रयोग गर्छु अनि म मिश्रका मानिसहरूलाई नष्ट पार्छु।

11. नबूकदनेस्सर अनि त्यसका मानिसहरू राष्ट्रहरूमा सर्वाधिक भंयकर छन्। म तिनीहरूलाई मिश्रदेश नष्ट गर्नका निम्ति लिएर आउँछु। तिनीहरूले मिश्रको विरूद्ध आफ्नो तरवार उठाउँनेछन्। त्यो देश लाशले भरिनेछ।

12. म नील नदीलाई सुक्खा जमीन बनाइदिन्छु। तब म सूक्खा जमीन नराम्रो मानिसको हातमा दिन्छु। त्यो देश खाली पार्नका निम्ति म विदेशीहरूको उपयोग गर्नेछु। म परमप्रभुले यो कुराहरू भन्दैछु!”

13. परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ“म मिश्रमा मूर्तिहरू नष्ट पार्नेछु! म मूर्तिहरू नोपबाट बाहिर निकाल्छु। भविष्यका निम्ति मिश्र देशमा कुनै पनि शासक हुनेछैन, अनि म मिश्रबाट डर हटाउनेछु!

14. म पत्रोसलाई खाली गरीदिन्छु। म सोअनमा आगो लगाई दिन्छु अनि म नो शहरलाई दण्ड दिनेछु।

15. अनि म सीन नामक मिश्रको किल्लाको विरूद्ध आफ्नो क्रोध वर्षाउँनेछु! म नो शहरको मानिसहरू नष्ट पार्छु।

16. म मिश्रमा आगो लगाउँछु। सीन नामक ठाँउ डरले पीडित हुन्छ, नो शहरमा सैनिकहरू लड्नेछन। अनि नोप शहरमा प्रत्येक दिन नयाँ कष्टमा हुनेछ।

17. ओन अनि पी-बेसेतको युवकहरू युद्धमा मारिनेछन् अनि स्त्रीहरू पक्राउ पर्नेछन् अनि तिनीहरूलाई लगिनेछ।

18. यो तहपबहेसमाको निम्ति अन्धकारको दिन हुनेछ जब म मिश्रको अधिकार तोडी दिन। तिनका घमण्डी शक्ति समाप्त हुनेछ। मिश्र कालो बादल द्वारा ढाकिने छ। अनि मिश्रि केटीहरूलाई कैदी बनाएर लानेछन्।

19. यस्तो प्रकारले म मिश्रलाई दण्ड दिन्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् म नै परमप्रभु हुँ।”‘

20. देशबाट निकालिएको एघारौं वर्षको प्रथम महिनाको सातौं दिनमा परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

21. “हे मानिसको छोरो, मैले मिश्रको राजा फिराऊनको हात भाँचिदिएँ। कसैले पनि उसको हातमा पट्टी लगाई दिएन। उसको घाउ जाति भएन। यसकारण उसको हात तरवार समात्ने योग्य भएको हुँदैन।”

22. परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म मिश्रको राजा फिराऊनको विरूद्धमा छु। म त्यसको दुवै हातहरू भाँचिदिन्छु शक्तिशाली हात अनि अर्को भाँचिएको हात। त्यसको तरवारलाई त्यसको हातबाट तल झर्ने बनाउँछु।

23. म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु।

24. म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु। म आफ्नो तरवार उसको हातमा दिन्छु। तर म फिराऊनको हात भाँचिदिन्छु। त्यस बेला फिराऊन पीडाले चिच्याउने छ, राजाको चिच्याई एउटा मर्न आँटेको मानिसको जस्तो हुनेछ।

25. यसकारण म बाबेलको राजाको हातहरू शक्तिशाली बनाउँछु, तर फिराऊनको हातहरू काटिएर झर्नेछ। त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् कि म नै परमप्रभु हुँ।“म बाबेलको राजाको हातमा आफ्नो तरवार दिन्छु। त्यति बेला मिश्र देशको विरूद्धमा आफ्नो तरवार अघाडी बढाउँछु।

26. म मिश्रीहरूलाई राष्ट्रहरूमा तितर-बितर पार्छु। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”

About इजकिएल Chapter 30

Read इजकिएल Chapter 30 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: इजकिएल
Chapter: 30
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading इजकिएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading इजकिएल Chapter 30 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is इजकिएल Chapter 30?

इजकिएल Chapter 30 is part of the Book of इजकिएल in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete इजकिएल Chapter 30 online for free with easy chapter navigation.

More Chapters from इजकिएल

  1. इजकिएल Chapter 10
  2. इजकिएल Chapter 42
  3. इजकिएल Chapter 26
  4. इजकिएल Chapter 46
  5. इजकिएल Chapter 35
  6. इजकिएल Chapter 32
  7. इजकिएल Chapter 27

Explore More from पुरानो करार

  1. 2 शमूएल Chapter 1
  2. व्यवस्था Chapter 13
  3. यहोशू Chapter 16
  4. 2 इतिहास Chapter 11
  5. भजनसंग्रह Chapter 128
  6. भजनसंग्रह Chapter 114
  7. यशैया Chapter 29

Related Chapters & Readings

  1. उत्पत्ति Chapter 30
  2. श्रेष्ठगीत Chapter 7
  3. मत्ती Chapter 24
  4. लेवी Chapter 6
  5. उपदेशक Chapter 8
  6. भजनसंग्रह Chapter 79
  7. प्रस्थान Chapter 25
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *