इजकिएल Chapter 31

For English

Read इजकिएल Chapter 31 Online

Read इजकिएल Chapter 31 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of इजकिएल and the Holy Bible online.

Choose a Chapter

इजकिएल 31

अध्याय 31

1. देशबाट निकालिएको एघारौं वर्षको तेस्रो महीनाको पहिलो दिन परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,

2. “हे मानिसको छोरो, मिश्रको राजा फिराऊन अनि त्यसको मानिसहरूलाई यसो भन “‘तिमी अति नौ महान छौ। तिमीलाईं कोसित तुलना गर्न सकिन्छ?

3. अश्शूर देशलाई हेर त्यो लबानोनमा एउटा देवदार झौं थियो। यसको सुन्दर-सुन्दर हागाँहरूलाई हेर। जङ्गलमा छायादार अनि एकदमै अग्लो देवदारूको रूख थियो! यसको टुप्पोले बादल छुन्थ्यो।

4. पानीको मूलले त्यसलाई पोषण गर्यो। नदीको पानीले त्यसलाई अग्लो बनायो! नदीहरू यस ठाँउको चारैतिरबाट बग्थे। जहाँ रूखहरू रोपिएका थियो। अरू मैदानको रूखहरूकोलागि यहींबाट पानीको नालाहरू जान्थे।

5. यसकारण खेतको अरू रूखहरू भन्दा यो नै सबै भन्दा अग्लो रूख थियो। अनि यसले धेरै हाँगा-बिँगाहरू फैलाएको थियो। त्यहाँ पानी प्रशस्त थियो यसकारण रूखले आफ्नो हाँगा-बिँगाहरू बाहिर फैलाएको थियो।

6. रूखको हाँगाहरूमा आकाशका सबै पक्षीहरूले आफ्ना गुँड बनाएका थिए! रूखको हाँगाहरूमुनि भूमिमा सबै जीव जन्तुले बच्चा जन्माउथे। सबै ठूला-ठूला राष्ट्रहरू त्यो रूखको छाहारीमा बस्थे।

7. यसकारण रूख आफ्नो महानता अनि लामो हाँगाहरूमा सुन्दर थियो। किन? किनकि यसको जराहरूमा यथेष्ट पानी थियो।

8. परमेश्वरका बगेंचाको कुनै देवदारूको रूख पनि त्यस्तो थिएन जस्तो यो रूख थियो। सल्लाहको रूखले यति ज्यादा हाँगाहरू राख्दैन थियो। देवदारूको रूखले पनि यस्तो हाँगाहरू राख्दैन थियो। परमेश्वरको बगैंचाको कुनै पनि रूख, यति सुन्दर थिएन जति यो थियो।

9. मैले धेरै हाँगाहरूसहित यसलाई सुन्दर बनाएँ अनि परमेश्वरको बगैंचाको अदानका सबै रूखहरूले यो रूखको ईर्ष्या गर्थ्यो!”‘

10. यसकारण, परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “रूख अग्लो भएकोछ। यसले आफ्नो हाँगाहरू बादल सम्म पुर्याएकोछ। यो घमण्डी छ किनकि यो अग्लो छ।

11. यसकारण मैले एकजना शक्तिशाली राजालाई यो रूख दिएँ। त्यो शाकले त्यस रूखलाई दुष्ट कामका निम्ति दण्ड दियो। मैले त्यो रूखलाई आफ्नो बगैंचाबाट बाहिर फ्याँकेँ।

12. विदेशीहरू बीचको सबै भन्दा कठोर जातिले यसलाई काटे। रूखको हाँगाहरू पर्वतमाथि अनि सम्पूर्ण बेंसीहरूमा झर्यो। त्यस देशमा बग्ने नदीहरूले त्यसको भाँचिएको टुक्राहरू बगाएर लग्यो। रूख मुनि शीतल भएन, यसकारण सबै मानिसहरूले त्यसलाई छोडिदिए।

13. अब त्यो भाँचिएको रूखमा आकाशका सबै पक्षी बस्नथाले अनि यसको लडेको हाँगामा जङ्गली पशुहरू हिँड्न थाले।

14. “अब फेरि कुनै पनि रूख त्यो पानीले घमण्ड गर्नेछैन। त्यो बादल सम्म पुग्न चाहँदैन। असल पानी लगाएका कुनै पनि रूख अग्लो बढेर जानेछैन। किनकि सबैलाई मृत्यु निश्चित भईसकेकोछ। ती सबै मृत्युको ठाँउ शेओल नामक मृत लोकमा जानेछन्। तिनीहरू अरू मानिसहरूसँग जानेछन जुन मरेर तल खाल्डामा गएकाछन्।”

15. परमप्रभु मालिक भन्नुहुन्छ, “त्यस दिन जब त्यो रूख चिहानमा गयो, मैले मानिसहरूलाई शोक मनाउँन लाएँ। मैले त्यो रूखलाई गहिरो पानीमा चोपिदिएँ। मैले रूखको नदीहरू रोकिदिएँ अनि रूखकोलागि पानी बग्नु पनि रोकिदिएँ। मैले लबानोनलाई यसको निम्ति शोक मनाउन लगाएँ। खेतको सबै रूख यो ठूलो रूखको शोकले रोगी भए।

16. मैले रूखलाई ढालिदिएँ अनि रूख ढलेको आवाजको डरले राष्ट्रहरू कामे। मैले रूखलाई मृत्युको स्थानमा ल्याए। यो तिनीहरूसँग मिल्न तल खाल्डामा गयो। अतीतमा एदोनको सबै रूख अर्थात लबानोनको सर्वोत्तम रूखले त्यो पानी पिए। ती सबै रूखहरूले तल्लो संसारमा सान्त्वना प्राप्त गरे।

17. हो, त्यो रूख पनि ठूलो रूखसँग मृत्युको चिहानमा गयो। तिनीहरू ती मानिसहरूसँग जम्मा भए, जो युद्धमा मारिएका थिए। त्यो ठूलो रूखले अरू रूखहरूलाई शक्तिशाली बनायो। त्यो रूख राष्ट्रमा, त्यो ठूलो रूखको छाँयामा बस्थ्यो।

18. “यसकारण, त्यहाँ अदनमा धेरै ठूला-ठूला अनि शक्तिशाली रूखहरूछन्। कुन रूखसँग मैले तिम्रो तुलना गर्नु? तिमी अदनको रूखसँग पाताल लोक जानेछौ। तिमीहरू खतना नभएका मानिसहरू अनि ती मृत्यु युद्ध भूमिमा मारिएकाहरूसित सम्मिलित हुनेछौ।“हो, यो फिराऊन अनि उसको सबै मानिसहरूसँग हुनेछ।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो!

About इजकिएल Chapter 31

Read इजकिएल Chapter 31 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: इजकिएल
Chapter: 31
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading इजकिएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading इजकिएल Chapter 31 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is इजकिएल Chapter 31?

इजकिएल Chapter 31 is part of the Book of इजकिएल in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete इजकिएल Chapter 31 online for free with easy chapter navigation.

More Chapters from इजकिएल

  1. इजकिएल Chapter 46
  2. इजकिएल Chapter 42
  3. इजकिएल Chapter 10
  4. इजकिएल Chapter 45
  5. इजकिएल Chapter 35
  6. इजकिएल Chapter 32
  7. इजकिएल Chapter 26

Explore More from पुरानो करार

  1. यशैया Chapter 6
  2. भजनसंग्रह Chapter 143
  3. उपदेशक Chapter 7
  4. यहोशू Chapter 10
  5. 2 राजा Chapter 4
  6. नहेम्याह Chapter 8
  7. 2 शमूएल Chapter 13

Related Chapters & Readings

  1. मत्ती Chapter 7
  2. भजनसंग्रह Chapter 92
  3. 1 इतिहास Chapter 8
  4. 1 इतिहास Chapter 27
  5. गन्ती Chapter 35
  6. भजनसंग्रह Chapter 21
  7. मीका Chapter 3
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *