इजकिएल Chapter 42

For English

Read इजकिएल Chapter 42 Online

Read इजकिएल Chapter 42 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of इजकिएल and the Holy Bible online.

Choose a Chapter

इजकिएल 42

अध्याय 42

1. तब त्यो मानिसले मलाई बाहिरी चोकमा लिएर गयो जो उत्तरतिर फर्केको थियो। उसले ती कोठाहरूमा लिएर गयो जुन भवनको चोकको पारिपट्टि थियो।

2. भवनको 100 हात लामो अनि 50 हात चौडा थियो। मानिसहरू यसको उत्तर पट्टिको आंगनबाट प्रवेश गर्थे।

3. भवन तीन तला अग्लो अनि बरण्डाहरू थिए। भवन अनि मन्दिरको बीचमा भित्री आँगन 20 हात लामो थियो। अर्कोपट्टि कोठा बाहिर चोकको ढुङ्ग ओछ्याएको पिडीतिर फर्केका थियो।

4. त्यस कोठाको अर्को तिर एउटा लामो भित्री बाटो थियो। त्यो भित्र पुग्थ्यो। यो दश हात चौडा, एक सय हात लामो थियो। यो भवनको उत्तर पट्टि थियो।

5. माथिको कोठा अत्यन्तै साँघुरो थियो किनकि बरण्डाले बीच अनि तल्लो तलाको भन्दा बेशीठाँउ ओगटेको थियो।

6. कोठा तीन तलामाथि थियो। बाहिरी चोकको जस्तै त्यसको स्तम्भ थिएन। यसकारण माथिल्लो कोठा बीचको कोठा अनि तल्लो तलाको कोठाहरू भन्दा ज्यादा पछाडी थियो।

7. त्यहाँ बाहिर एउटा भित्ता थियो। त्यो कोठाहरूको सामान्तरमा थियो। यो बाहिरी चोक सम्म जान्थ्यो। यो कोठाहरूको छेउ-छेउमा थियो। यो पचास हात बढेको थियो।

8. बाहरी चोकपट्टि फर्केको कोठाहरू पचास हात लामो अनि मन्दिर तिर फर्केका कोठाहरू एक सय हात लामो थिए।

9. यो कोठाहरूको बीचमा प्रवेशद्वार थियो। जुन बाहिरी चोकबाट पूर्व सम्म जान्थ्यो।

10. बाहिरी भित्ताको आरम्भमा दक्षिणपट्टि भवनको चोकको छेउ अनि भवनको भित्ताको बाहिर कोठाहरू थिए।

11. यी कोठाहरूको छेउमा एउटा ठूलो द्वार थियो। त्यो उत्तर कोठाहरूको छेउमा थियो। दक्षिणको द्वारको लमाई चौडाइमा त्यति नै नापको थियो जति उत्तरको थियो। दक्षिणको नाप द्वार, रूपाकृत्ति अनि प्रवेश द्वारको दृष्टिबाट उत्तरका द्वारहरूको बराबर थियो।

12. दक्षिणी कोठाहरूको तल एउटा द्वार थियो यो लामो भित्रीबाटो सम्म पुग्थ्यो। दक्षिणको कोठाको पारी एउटा छुट्याउने पर्खाल थियो।

13. त्यस मानिसले मलाई भन्यो, “चोकको पारिपट्टि दक्षिणको कोठाहरू अनि उत्तरको कोठाहरू पवित्र कोठाहरू हुन। ती पूजाहारीहरूले यी कोठाहरूमा अति पवित्र भोजन खाए। तिनीहरूले महापवित्र भेंटी त्यहाँ खाए। किनकि यो स्थान पवित्र हो। महापवित्र भेटीहरू यी हुन अन्नबलि, पापबलि र दोषबलि।

14. पूजाहारी पवित्र स्थानमा प्रवेश गर्छन। तर बाहिर चोकमा जानु भन्दा पहिला ऊ आफ्नो वस्त्र पवित्र स्थानमा राख्छ। किन? किनकि यो वस्त्र पवित्र छ। यदि पूजाहारीले चाह्यो भने उ त्यो मन्दिरको त्यस ठाँउमा जान सक्छ जहाँ अरूहरू बस्छन्। त्यसैले तिनीहरू त्यो कोठामा जानु पर्छ अनि अरू लुगा लगाउनुपर्छ।”

15. त्यो मानिसले जब मन्दिर भित्रको क्षेत्रको नाप लिई सकेको थियो, त्यति बेला त्यो मूल-ढोकाबाट मलाई बाहिर ल्यायो जुन पूर्वपट्टि थियो। उसले बाहिर चारैतिर नाप्यो।

16. त्यस मानिसले टाँगोले पूर्वपट्टि नाप्यो। यो पाँच सय हात लामो थियो।

17. त्यसले उत्तरपट्टि नाप्यो। त्यो पाँचसय हात लामो थियो।

18. उसले दक्षिणपट्टि नाप्यो। त्यो पाँच सय हात लामो थियो।

19. त्यो पश्चिम पट्टि गयो अनि त्यहाँ नाप्यो। त्यो पाँच सय हात लामो थियो।

20. उसले मन्दिरको चारै पट्टि नाप्यो। त्यो भित्ता चारैतिर गएको थियो। भित्ता पाँच सय हात लामो अनि पाँच सय हात चौडाको थियो। यसले पवित्र क्षेत्रलाई अपवित्र क्षेत्रबाट अलग राखेको थियो।

About इजकिएल Chapter 42

Read इजकिएल Chapter 42 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: इजकिएल
Chapter: 42
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading इजकिएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading इजकिएल Chapter 42 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is इजकिएल Chapter 42?

इजकिएल Chapter 42 is part of the Book of इजकिएल in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete इजकिएल Chapter 42 online for free with easy chapter navigation.

More Chapters from इजकिएल

  1. इजकिएल Chapter 10
  2. इजकिएल Chapter 26
  3. इजकिएल Chapter 46
  4. इजकिएल Chapter 35
  5. इजकिएल Chapter 32
  6. इजकिएल Chapter 30
  7. इजकिएल Chapter 27

Explore More from पुरानो करार

  1. प्रस्थान Chapter 10
  2. एस्तर Chapter 1
  3. दानियल Chapter 12
  4. व्यवस्था Chapter 27
  5. उत्पत्ति Chapter 8
  6. एस्तर Chapter 9
  7. होशे Chapter 3

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 67
  2. लेवी Chapter 9
  3. 1 शमूएल Chapter 8
  4. मत्ती Chapter 4
  5. उत्पत्ति Chapter 42
  6. भजनसंग्रह Chapter 36
  7. गलाती Chapter 2
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *