Read इजकिएल Chapter 13 Online
Read इजकिएल Chapter 13 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of इजकिएल and the Holy Bible online.
Choose a Chapter
इजकिएल 13
अध्याय 13
1. त्यसपछि परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो,
2. “हे मानिसको छोरो, तिमीले इस्राएलको अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूसित मेरो विषयमा कुरा गर्नु पर्छ। ती अगमवक्ताहरूले वास्तवमा मेरो निम्ति कुरा गरेकोछैन्। ती अगमवक्ताहरू त्यही भन्छन जुन उनीहरूले भन्न खोज्दैछन्। यसकारण तिमीले उसँग कुरा गर्नु पर्छ। उसँग यो कुरा भन, ‘परमप्रभुबाट प्राप्त भएको यो वचन सुन!
3. परमप्रभु मेरो मालिक यो वचन दिनुहुन्छ। मूर्ख अगमवक्ताहरू! तिमीहरूमाथि आपत आई लाग्ने छ। तिमीहरू आफ्नो आत्माको अनुसरण गरि रहेका छौ। तिमीहरूसँग त्यो भनेका छैनन् जुन तिमीले साँच्चै दर्शनहरूमा देख्छौ।
4. “इस्राएलीहरू तिमीहरूका अगमवक्ताहरू त्यो सुनसान भत्केको ठाउँहरूमा बस्ने स्यालहरू जस्तै भएकाछन्।
5. तिमीहरूले शहरको भत्केको पर्खालको नजिक सैनिकहरू बस्न दिएनौ। तिमीहरूले इस्राएलको परिवारको रक्षाको निम्ति पर्खालहरू बनाएनौ। यसकारण परमप्रभुको निम्ति जब तिमीहरूलाई दण्ड दिने समय आउँछ त्यतिबेला तिमीहरू युद्धमा हार्नेछौ।
6. “‘झूटा अगमवक्ताहरूले भने, तिनीहरूले दर्शन देखेकाछन्। तिनीहरूले तिनीहरूको तन्त्र मन्त्र गरेर भने कि घटनाहरू हुन्छन्। तर तिनीहरूले झूटो बोले। तिनीहरूले भने परमप्रभुले तिनीहरूलाई पठाउनु भयो तर तिनीहरूले झूटो बोले। झूटोलाई साँचो बनाउँने प्रयास आजसम्म पनि गर्दैछन्।
7. “‘झूटा अगमवक्ताहरू! जुन दर्शन तिमीहरूले देख्यौ, त्यो सत्य थिएन। तिमीले आफै जादू गर्यौ अनि भन्यौ केही घट्ने वाला छ तर तिमीले मानिसहरूसँग झूटो भन्यौ। तिमी भन्छौ यो परमप्रभुको कथन हो, तर मैले तिमीहरूसँग कुरै गरिन।”‘
8. यसकारण परमप्रभु मेरो मालिक अब साँच्चै केही बोल्नुहुन्छ उहाँ भन्नुहुन्छ, “तिमीले झूटो भन्यौ। तिमीहरूले दर्शनमा जे देखेको थियौ, त्यो सत्य होइन्। यसकारण म अब तिमीहरूको विरूद्धमा छु।” परमप्रभु मेरो मालिकले यो कुरा भन्नुभयो।
9. परमप्रभुले भन्नुभयो, “म ती अगमवक्ताहरूलाई दण्ड दिनेछु जसले असत्य दर्शन देखे अनि झूटा बोले। म तिनीहरूलाई आफ्नो मानिसदेखि अलग पार्नेछु। तिनीहरूको नाम इस्राएलको परिवारको सूचिमा रहनेछैन्। तिनीहरू फेरि इस्राएल प्रदेशमा कहिल्यै जाने छैनन्। त्यसपछि तिमीले जान्ने छौ कि म परमप्रभु अनि मालिक हुँ।
10. “ती झूटो अगमवक्ताहरूले घरिघरि मानिसहरूसँग झूटो भने। अगमवक्ताहरूले भने शान्ति हुन्छ अनि त्यहाँ कुनै शान्ति भएन। मानिसहरूको पर्खाल दृढ गर्नेुछ अनि युद्धको तयारी गर्नुछ। तर भत्केको पर्खालमा एउटा पातको तरह लेप लगाइरहेछन्।
11. तिनीहरूलाई भन म असिना र पानी पठाउँनेछु। प्रचण्ड आँधी-बेह्री चल्नेछ अनि बाढी आउनेछ, अनि पर्खाल ढल्नेछ।
12. पर्खाले तल ढल्नेछ। मानिसहरूले अगमवक्ताहरूलाई सोध्नेछन्, ‘त्यो चूना लगाएको के भयो, जुन तिमीले पर्खालमा लगाएका थियौ?”‘
13. परमप्रभु मेरा मालिक भन्नुहुन्छ, ‘म क्रोधित छु, म तिमीहरूको विरूद्ध आँधी-बेह्री पठाउँछु। म क्रोधित छु अनि म घनघोर वर्षा पठाउँछु। म क्रोधित छु अनि आकाशबाट असिना खसाउँनेछु। अनि तिमीहरूलाई पूर्ण रूपमा नष्ट पार्नेछु।
14. तिमी पर्खालमा चुना लगाउँछौ। तर म पूरै पर्खाल नष्ट पारिदिनेछु। म त्यसलाई भत्काई दिनेछु। पर्खाल तिमीमाथि ढल्नेछ अनि तिमीले जान्नेछौ म नै परमप्रभु हुँ।
15. अब म पर्खालमाथि अनि मानिसहरूमाथि मेरो क्रोध छाडिदिनेछु जसले यसलाई लेप लगाए। तब तिमीलाई भन्नेछु, ‘अब कुनै पर्खाल रहेन र कुनै मजदूरले यसमाथि लेप लगाउनेछैन्।’
16. “यो सबै इस्राएलको झूटो अगमवक्तहरूको निम्ति हुनेछ। ती अगमवक्ताहरू यरूशलेमका मानिसहरूसँग बात गर्छन। ती अगमवक्ताहरू भन्छन् शान्ति हुन्छ तर कतै शान्ति छैन्।” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
17. परमप्रभुले भन्नुभयो, “हे मानिसको छोरो! इस्राएलमा स्त्री अगमवादिनीहरू खोज। त्यो स्त्री अगमवादिनीहरू मेरो निम्ति बोल्दैनन्। तिनले त्यही भन्छन, जुन तिनीहरूलाई भन्न मन पर्छ। यसकारण तिमीले मेरो लागि उसको विरूद्ध बोल्नु पर्छ। तिमीले यसो भन्नु पर्छ।
18. ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ विपत तिमी स्त्रीहरूमाथि आइलाग्नेछ। तिमीहरूले प्रत्येक मानिसको पाखुराहरूमा जादूको पाटा सिलाइ दिन्छौ। तिमीले मानिसको शिरमा बाँध्न “फेटा” बनाउँछौ। तिमीहरू भन्छौ कि ती चीजहरूमा मानिसहरूको जीवन नियन्त्रण गर्ने तन्त्र-मन्त्रको शक्ति छ। के तिमी सोच्छौ कि तिमीहरू आफ्नो आत्माहरू जीवित राख्न र मेरो मानिसहरूका आत्माहरूलाई मार्नु सक्छौ।
19. तिमी नै एकजना हौ जसले मानिसहरूलाई म महत्वहीन हुँ भनी सोच्न लगाउँछौ। तिमीहरू एक मुठी जौ र रोटीको केही टुक्राको लागि तिनीहरूलाई मेरो विरूद्धमा हिडाउँछौ। तिमीहरू मेरो मानिसहरूसँग झूटो बोल्छौ। तिनीहरू झूटो सुन्न मन पराउँछन्। तिमीहरू ती मानिसलाई मार्छौ जसलाई जीवित रहन्छ अनि तिमीहरू त्यस्ता मानिसहरूलाई जीवित राख्न चाहन्छों जसलाई मार्नु जरूरी छ।
20. यसकारण परमप्रभु मेरो मालिक तिमीहरूसित यसो भन्नुहुन्छ ‘म ती जादूका बूटीहरूको विरूद्धमा छु जो मानिसहरूलाई फँसाउँन तिमी प्रयोग गर्छौ, तर म तिनीहरूलाई स्वतन्त्र पार्नेछु। म ती बूटीहरू तिनीहरूका पाखुराबाट चुडाइदिनेछु अनि तिमीहरूलाई मुक्त गराइदिनेछ। तिनीहरू जालबाट मुक्त गरिएका पक्षीहरू जस्तै हुनेछन्।
21. म तिमीहरूको घुम्टो च्यातिदिनेछु अनि मेरो मानिसहरूलाई तिम्रो शक्तिबाट बचाउँनेछु। तिनीहरू तिम्रो जालबाट भाग्नेछन् अनि तिमीले बुझ्नेछौ म नै परमप्रभु हुँ।
22. “‘स्त्री अगमवादिनीहरू तिमीहरू झूटो बोल्छौ। तिम्रो झूटले राम्रो मानिसहरूलाई दुख पुर्याउँछ म ती राम्रो मानिसहरूलाई दुख दिन चाहँदिन। तिमी नराम्रो मानिसलाई सहायता गर्छौ अनि तिनीहरूलाई उत्साहित पार्छौ। तिमी तिनीहरूलाई आफ्नो जीवन बदलि गर भन्दैनौ। तिमी तिनीहरूको जीवन रक्षा गर्दैनौ।
23. तिमीले अब भविष्यमा व्यर्थको दर्शनहरू देख्ने छैनौ। तिमीले भविष्यमा जादू गर्ने छैनौ। म मेरो मानिसलाई तिमीहरूको शक्तिदेखि बचाउँने छु अनि तिमीहरूले थाह पाउनेछौ। म नै परमप्रभु हुँ।”‘
About इजकिएल Chapter 13
Read इजकिएल Chapter 13 online from the Holy Bible. This chapter is part of the Book of इजकिएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: इजकिएल
Chapter: 13
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading इजकिएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading इजकिएल Chapter 13 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is इजकिएल Chapter 13?
इजकिएल Chapter 13 is part of the Book of इजकिएल in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete इजकिएल Chapter 13 online for free with easy chapter navigation.
More Chapters from इजकिएल
- इजकिएल Chapter 46
- इजकिएल Chapter 42
- इजकिएल Chapter 32
- इजकिएल Chapter 10
- इजकिएल Chapter 45
- इजकिएल Chapter 43
- इजकिएल Chapter 35
Explore More from पुरानो करार
- 1 इतिहास Chapter 12
- प्रस्थान Chapter 19
- यर्मिया Chapter 44
- लेवी Chapter 20
- 2 शमूएल Chapter 22
- यशैया Chapter 50
- भजनसंग्रह Chapter 133