Read नहेम्याह Chapter 8 Online
Read नहेम्याह Chapter 8 online from the Holy Bible. This chapter is part of the Book of नहेम्याह in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of नहेम्याह and the Holy Bible online.
Choose a Chapter
नहेम्याह 8
अध्याय 8
1. समस्त मानिसहरू पानी मूलद्वार अघि चोकमा एकत्रित भए। तिनीहरूले शास्त्री एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउनु भने, जो परमप्रभुले इस्राएललाई दिनु भएको थियो।
2. यसर्थ पूजाहारी एज्राले व्यवस्थाको पुस्तक समूहको समक्ष ल्याए, जो पुरूष अनि स्त्री दुवै, हरेक जसले सुनेका कुरा बुझ्न सक्थे तिनीहरूद्वारा गठन भएको थियो। यो सातौं महीनाको पहिलो दिन थियो।
3. एज्राले त्यस पुस्तकलाई पानी-मुलढोका अधिको चोकमा फर्केर विहान देखि मध्यदिनसम्म पुरूष, स्त्री अनि अन्य जसले बुझ्न सक्नें गरि पढियो। सबै मानिसहरूले ध्यानपूर्वक व्यवस्थाको पुस्तकको कुराहरू सुने।
4. शास्त्री एज्रा एक काठको मचानमा उभिए जो त्यसै अवसरको निम्ति बनाएको थियो। उसको दाहिने तिर मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह अनि मासेयाह उभिएका, थिए। उसको देब्रेतिर पदायाह, मीशाएल, मल्कियाह, हशूम, हशवदा, जकर्याह अनि मशुल्लाम उभिएको थिए।
5. एज्राले सबै मानिसहरूले देख्ने गरी पुस्तक खोले किनभने उनी तिनीहरू भन्दा माथि उभिएका थिए। यसरी उसले व्यवस्थाको पुस्तक खोले सबै मानिसहरू उभिए।
6. एज्राले परमप्रभु महान् परमेश्वरको स्तुति गरे। अनि सबै मानिसहरूले आफ्ना हात उठाउँदै उत्तरदिए, “आमीन! आमीन!” तब तिनीहरू सबै परमप्रभुको अघि भुइँमा निहुरीए।
7. लेवीहरूको कुल समूहबाट येशूअ, बानी, शेरेबियाह, यामीन, अक्कूब, सब्बतै, होदियाह, मासेयाह, केलीता, अजर्याह, योजाबाद, हानान, अनि पलायाह मानिसहरूलाई व्यवस्थाको शिक्षा दिए जब मानिसहरू चाँहि आफ्ना स्थानमा उभिरहेका थिए।
8. तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तक स्पष्ट सित पढे अनि के पढिएको थियो मानिसहरूलाई बुझ्न सहायता गर्यो।
9. नहेम्याह, जो राज्यपाल थिए, एज्रा पूजाहारी, अनि शास्त्री अनि मानिसहरूलाई निर्देश गरिरहेका लेवीहरूले सबै मानिसहरूलाई भने, “यो दिन तिमीहरूका परमप्रभु परमेश्वरका निम्ति पवित्र दिन हो। उदास नहोऊ अनि विलाप नगर।” किनभने सबै मानिसहरू व्यवस्थाका वचनहरू सुन्दा रोइरहेका थिए।
10. उसले तिनीहरूलाई भने, “जाऊ अनि मीठो भोजन खाऊ, र स्वादिष्ट दाखरस पिऊ अनि तिनीहरूलाई भाग पठाऊ जसले तयार गरेका छैनन्, किनभने यो दिन हाम्रा मालिकको निम्ति पवित्र छ। अनि उदास नोहोऊ किनभने परमप्रभुमा आनन्द नै तिम्रो शक्तिहो।”
11. लेवीहरूले भने, “शान्त होऊ, किनभने यो पवित्र दिन हो। उदास नहोऊ।”
12. त्यस पछि सबै मानिसहरूले खान-पिन गरे र भोजनका भागहरू पठाइदिए अनि खूबै आनन्दसित उत्सब मनाउन गए। किनकि तिनीहरूले परमेश्वरका वचनहरू बुझे जो तिनीहरूलाई याद गराइदिएको थियो।
13. महीनाको दोस्रो दिनमा समस्त मानिसका प्रमुखहरू, पूजाहारी अनि लेवीहरू व्यवस्थाका वचनहरू अध्ययन गर्न शास्त्री एज्रा कहाँ भेला भए।
14. तिनीहरूले व्यवस्थामा यो लेखिएको पाए कि मोशा मार्फत परमप्रभुले आदेश दिनु भएको थियो, सातौं महीनाको चाडको समयमा इस्राएलका मानिसहरू छाप्रोमा-बास बस्नु पर्छ, अनि तिनीहरूले यी वचनहरू तिनीहरूका सबै शहरहरू अनि यरूशलेममा घोषणा गरे अनि फैलाए, “पार्वत्य देशतिर जाऊ अनि भद्राक्ष जङ्गली भद्राक्ष, मेहंदी, खजुर अनि पातहरू भएका अन्य बृक्षहरूका हाँगाहरू ल्याऊ व्यावस्थामा लेखिए झैं आश्रय छाप्राहरू बनाउन्।”
16. यसर्थ मानिसहरू गए र हाँगाहरू लिएर आए, अनि तिनीहरू स्वयंका निम्ति छाप्रोहरू बनाए, हरेकले आफ्ना छतमा अनि परमेश्वरको मन्दिरको पानी-मूलढोका चोक एप्रेम मूल ढोकाको।
17. सम्पूर्ण समूहका मानिसहरू जो कैदबाट आएका थिए अस्थाई छाप्राहरू निर्माण गरे र त्यसमा बसे किनभने इस्राएकीहरूले नूनका छोरा यहोशूको समयदेखि त्यसदिनसम्म त्यसो गरेका थिएनन्। तिनीहरू धेरै खुशी थिए।
18. उत्सवको पहिलो दिनदेखि लिएर आखरी दिनसम्म एज्राले परमेश्वरको व्यवस्थको पुस्तकबाट पढे। तिनीहरूले सातदिनसम्म उत्सव मनाए। अनि आठौ दिनमा व्यवस्थामा लेखिए झैं समापन समारोह गरे।
About नहेम्याह Chapter 8
Read नहेम्याह Chapter 8 online from the Holy Bible. This chapter is part of the Book of नहेम्याह in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: नहेम्याह
Chapter: 8
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading नहेम्याह. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading नहेम्याह Chapter 8 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is नहेम्याह Chapter 8?
नहेम्याह Chapter 8 is part of the Book of नहेम्याह in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete नहेम्याह Chapter 8 online for free with easy chapter navigation.
More Chapters from नहेम्याह
- नहेम्याह Chapter 1
- नहेम्याह Chapter 13
- नहेम्याह Chapter 12
- नहेम्याह Chapter 9
- नहेम्याह Chapter 6
- नहेम्याह Chapter 2
- नहेम्याह Chapter 10
Explore More from पुरानो करार
- यशैया Chapter 66
- भजनसंग्रह Chapter 80
- प्रस्थान Chapter 7
- व्यवस्था Chapter 24
- 2 राजा Chapter 20
- लेवी Chapter 14
- हितोपदेश Chapter 4