2 शमूएल Chapter 10

For English

Read 2 शमूएल Chapter 10 Online

Read 2 शमूएल Chapter 10 online from the Holy Bible. This chapter is part of the Book of 2 शमूएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 शमूएल and the Holy Bible online.

Choose a Chapter

2 शमूएल 10

अध्याय 10

1. पछि अम्मोनीहरूका राजा नाहाश मरे। तिनको मृत्युपछि तिनका छोरा हानून नयाँ राजा भए।

2. दाऊदले भने, “नाहाश मप्रति उदार थिए। यसैले मैले पनि तिनका छोरा हानूनप्रति उद्धार बन्नुपर्छ।” त्यसैले हानूनलाई उसका पिताको मृत्युको बारे सान्त्वना प्रदान गर्न दाऊदले आफ्ना अधिकारीहरू पठाए।यसर्थ दाऊका अधिकारीहरू अम्मोनीहरूको देशमा गए।

3. तर अम्मोनी अधिकारीहरूले हानूनलाई भने, “दाऊदले आफ्ना मानिसहरू तपाईंको पिताको मृत्युमा तपाईंलाई सान्तवना दिन भनेर पठाएका हुन् भनी तपाईं मान्नु हुन्छ? निश्चय होइन! दाऊदले त यी मानिसहरूलाई तपाईंको शहरको जानकारी लिन पठाएका हुन्। तपाईं विरूद्ध युद्ध गर्ने योजना हो।”

4. यसकारणले हानूनले ती अधिकारीहरूलाई पक्रेर आधा दाह्री अनि कम्बरदेखि तलको लुगा काटेर खेदे।

5. जब मानिसहरूले दाऊदलाई सुनाए, उनले उसका दूतहरूलाई ती लज्जित व्यक्तिहरू कहाँ पठाए। राजा दाऊदले खबरमा भने, “दाह्री लामो नभइञ्जेलसम्म तिमीहरू यरीहोमा नै बस्नेछौ। तब पछी यरूशलेम आउँछौ।”

6. अम्मोनीहरूले त्यो सम्झे दाऊदले तिनीहरूलाई उसको शत्रु सोचे। यसकारले गर्दा तिनीहरूले बेत-शहोब र सोबाबाट अरामीहरूलाई ज्यालामा झिकाए। तिनीहरू 20,000 अरामीहरू पैदल सेनाहरू आए। अम्मोनीहरूले पनि माकाका राजासहित 1,000 मानिसहरू र तोबबाट 12,000 मानिसहरू ज्यालामा झिकाए।

7. दाऊदले यी सबै थाहा पाए। यसैले योआब र धेरै शक्तिशाली सेनालाई पठाए।

8. अम्मोनीहरू बाहिर आए अनि युद्धको निम्ति तयार भए। तिनीहरू शहरको द्वारमा खडा भए। अरामी सैनिकहरू सोबा र रहोबबाट ती तोब र माका शहरबाट बाहिरका खेतमा जम्मा भएका थिए।

9. योआबले देखे तिनीहरू दुवैतिरबाट घेर्दै आए। यसकारण योआबले केही असल इस्राएली सैनिकहरूलाई तहलगाएर अरामीहरूका विरूद्ध युद्ध गरे।

10. तब उसले बाँकी मानिसहरूलाई उसको भाइ अवीशैको अधिकारमा लगाए अनि तिनीहरूलाई अम्मोनीहरूको विरूद्धमा खटाए।

11. योआबले अबीशैलाई भने, “यदि अरामीहरू मभन्दा शक्तिशाली भए भने तैंले मलाई साथ दिनेछस्। र उता अम्मोनीहरू तँभन्दा शक्तिशाली निस्किए म तँलाई सहायता पुर्याउनेछु।

12. हामी शक्तिशाली हौं, हाम्रो मानिसहरू, र परमेश्वरको शहरको बचाउका निम्ति सहासी भएर युद्ध लडौं परमप्रभुले त्यही गर्नु हुन्छ जो उहाँलाई ठीक लाग्छ।”

13. त्यसपछि योआब र तिनका मानिसहरूले अरामीहरूसँग युद्ध लडे। अरामीहरू भागे।

14. अम्मोनीहरूले अरामीहरू भागेका देखेर आफू पनि भाग्नथाले।यसरी तिनीहरू आफ्ना शहर फर्किए। यसरी योआब अम्मोनीहरूसँग लडेर यरूशलेम फर्किए।

15. अरामीहरूले इस्राएलीबाट हारेको थाहा गर्न थाले। यसकारण तिनीहरूले फेरि ठूलो फौज भेला गरे।

16. हददेजेरले युफ्रेटिस नदी पारी टाढा पठाएर अरामीहरूलाई बोलाउन पठाए। ती अरामीहरू हेलाममा आए। शोबक तिनीहरूका अगुवा थिए जो हददेजेरका सेनाका कप्तान थिए।

17. दाऊदले यी सब सुने। यसर्थ तिनले सबै इस्राएलीहरूलाई भेला गराए। तिनीहरू यर्दन नदी तरेर हेलम पुगे।अरामीहरू तयारै थिए र धावा बोले।

18. तर दाऊदले अरामीहरूलाई हराए अनि अरामिहरू भागेर गए। दाऊदले 700 रथका चालक र 40,000 घोडसवार सैनिकलाई मारे। दाऊदले शोबाक, अरामी सैनिकहरूका कप्तानलाई पनि मारे।

19. हददेजेरलाई सेवा पुर्योइरहेको राजाहरूले देखे इस्राएलीहरूद्वारा परास्त भएको कुरा। यसैले तिनीहरूले इस्राएलीहरूसँग शान्ति सम्झौता गरे र इस्राएलीहरूका सेवक बने। अरामीहरूले फेरि-फेरि अम्मोनीहरूलाई सहयोग पुर्याउन डराए।

About 2 शमूएल Chapter 10

Read 2 शमूएल Chapter 10 online from the Holy Bible. This chapter is part of the Book of 2 शमूएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 2 शमूएल
Chapter: 10
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 2 शमूएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 2 शमूएल Chapter 10 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 2 शमूएल Chapter 10?

2 शमूएल Chapter 10 is part of the Book of 2 शमूएल in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 2 शमूएल Chapter 10 online for free with easy chapter navigation.

More Chapters from 2 शमूएल

  1. 2 शमूएल Chapter 5
  2. 2 शमूएल Chapter 19
  3. 2 शमूएल Chapter 17
  4. 2 शमूएल Chapter 18
  5. 2 शमूएल Chapter 23
  6. 2 शमूएल Chapter 22
  7. 2 शमूएल Chapter 11

Explore More from पुरानो करार

  1. यर्मिया Chapter 27
  2. 2 राजा Chapter 4
  3. 2 इतिहास Chapter 17
  4. 1 राजा Chapter 13
  5. दानियल Chapter 10
  6. होशे Chapter 11
  7. 1 शमूएल Chapter 1

Related Chapters & Readings

  1. यर्मिया Chapter 16
  2. मर्कूस Chapter 12
  3. गन्ती Chapter 36
  4. 2 राजा Chapter 3
  5. हितोपदेश Chapter 15
  6. 1 इतिहास Chapter 14
  7. यर्मिया Chapter 27
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *