Read जकरिया Chapter 11 Online
Read जकरिया Chapter 11 online from the Holy Bible. This chapter is part of the Book of जकरिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of जकरिया and the Holy Bible online.
Choose a Chapter
जकरिया 11
अध्याय 11
1. लबानोन, आफ्नो दैलोहरू खोल, किनभने आगो भित्र आउँछ अनि तिमीहरूका देवदारका रूखहरू भस्म पारिदिन्छ।
2. बाशानका सल्लोको रूखहरू रूनेछन् किनकि देवदारका रूखहरू लडे। महान रूखहरू ध्वंश गराइए। बाशानका फलाँटका रूखहरू त्यो जङ्गलको निम्ति रोऊ जुन काटिएकाछन्।
3. गोठालाहरू रुएको सुन! तिनीहरूको महिमा ध्वंश भएको छ। जवान सिंहको गर्जन सुन, यर्दन नदीको किनारको तिनीहरूको बाकलो जङ्गल उजाड गराइएको छ।
4. परमप्रभु मेरा परमेशवर भन्नुहुन्छ, “ती भेडाहरूको रक्षागर, जसलाई मार्नेका निम्ति पालिएको छ।
5. तिनीहरू जसले भेडा किन्छन् तिनीहरूले भेडालाई मार्छन्, अनि तिनीहरू दण्डित हुँदैनन्। ब्यापारीले भेडालाई बेच्छ अनि भन्छ, ‘परमप्रभुको प्रशंसाहोस् किनभने म धनी भएँ।’ गोठालाहरू अफ्ना भेडाहरूका निम्ति शोक मनाउँदैनन्।
6. अनि म यो देशका बासिन्दाको निम्ति दुःखी हुनेछैन। परमप्रभुले यो सबै भन्नुभयो, “हेर म प्रत्येकलाई उसको छिमेकी अनि राजाको हातमा सुम्पि दिनेछु। म तिनीहरूलाई उनीहरूको देशमा नष्ट पार्न दिनेछु, म तिनीहरूलाई रोकनेछैन।”
7. त्यसरी मैले ती भेडाहरूको रेखदेख गरें, बिशेष कष्टमा परेका बथान जसलाई मार्नकालागि पालिएको थियो। मैले दुइवटा लौरो लिएँ र मैले एउटा लौरोको नाउँ अनुग्रह राखें र अर्कोको नाउँ एकता अनि मैले भेडाहरूको रेखदेख आरम्भ गरें।
8. मैले तीनजना गोठालाहरूलाई एकै महीनामा नष्ट गरिदिएँ। म भेडाहरू प्रति क्रोधित भएँ अनि तिनीहरूले मलाई घृणा गर्न थाले।
9. त्यपछि मैले भनें, “म तिमीहरूको हेरचाह गर्दिनँ! म तिमीहरूलाई मर्न दिन्छु जो मर्न चाहन्छन्। अनि तिनीहरू जो ध्वंश हुन चाहन्छन् ध्वंश होऊन्। अनि जो बाँच्छ तिनीहरूले एक-अर्काको मासु खानेछन्।”
10. त्यपछि मैले अनुग्रह नामको लौरो लिएँ अनि त्यसलाई टुक्रा-टुक्रा पारिदिएँ। मैले सबै मानिसहरूसंग मेरो करार रद्द गर्न यसो गरें।
11. यसकारण त्यसदिन करार भङ्ग भयो अनि पीडित बगाल जसले मतिर हेरिरहेका थिए, उनीहरूले पनि बुझे, यो परमप्रभुको समाचार थियो।
12. तब मैले तिनीहरूलाई भनें, “यदि तिमी ज्याला दिन चाहन्छौ भने देऊ। यदि चाहँदैनौ भने नदेऊ!” यसैले मलाई उनले तीसवटा चाँदीका टुक्रा दिए।
13. त्यसपछि परमप्रभुले मलाई भन्नु भयो, “त्यसलाई कोष-भण्डारमा फ्याँकिदेऊ। तिनीहरूले सोच्छन कि त्यो महत्वपूर्ण रकमको लागि म योग्यको छु। त्यो पैसालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदेऊ।” यसकारण चाँदीको तीसवटा टुक्रालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदिएँ।
14. तब मैले एकता नाउँको लौरोलाई दुइ टुक्रा पारें मैले यी कुरा साबित गर्नको लागि गरें कि इस्राएल अनि यहूदाको बिचको एकता समाप्त भयो।
15. तब परमप्रभुले मलाई भन्नुभयो, “अब मूर्ख गोठालाको लौरोको खोजी गर।
16. म यस भूमिमा एउटा नयाँ गोठालो उठाउँनेछु। उसले नष्ट भईसकेको भेडाहरूको हेरचाह गर्ने छैन, उसले चोट लागेको भेडाहरूलाई निको पार्नेछैन। उसले ती जो अहिले जिउँदो छन् तिनीहरूलाई खुवाउँने छैन। अनि सबै स्वास्थ्य भेडाहरू खाईसकिन्छ र खूरहरू मात्र बाँकी रहनेछ।”
17. हे मेरो बेक्कामको गोठालो तिमीले मेरा भेडाहरूलाई त्यागिदियौ। एउटा तरवारले उसको दाहिने पाखुरा अनि उसको दाहिने आँखामा हिर्काउनेछ। उसको पाखुरा बेक्कामको हुनेछ अनि उसको दाहिने आँखा अन्धा हुनेछ।
About जकरिया Chapter 11
Read जकरिया Chapter 11 online from the Holy Bible. This chapter is part of the Book of जकरिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: जकरिया
Chapter: 11
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading जकरिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading जकरिया Chapter 11 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is जकरिया Chapter 11?
जकरिया Chapter 11 is part of the Book of जकरिया in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete जकरिया Chapter 11 online for free with easy chapter navigation.
More Chapters from जकरिया
- जकरिया Chapter 1
- जकरिया Chapter 13
- जकरिया Chapter 6
- जकरिया Chapter 5
- जकरिया Chapter 4
- जकरिया Chapter 3
- जकरिया Chapter 14
Explore More from पुरानो करार
- अय्यूब Chapter 39
- इजकिएल Chapter 45
- व्यवस्था Chapter 22
- इजकिएल Chapter 21
- व्यवस्था Chapter 11
- नहेम्याह Chapter 3
- भजनसंग्रह Chapter 38