Read 1 इतिहास Chapter 2 Online
Read 1 इतिहास Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 इतिहास and the Holy Bible online.
Choose a Chapter
1 इतिहास 2
अध्याय 2
1. इस्राएलका छोराहरू- रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार, जबूलून
2. दान, यूसुफ, बिन्यामीन, नप्ताली, गाद अनि आशेर थिए।
3. यहूदाका छोराहरू- एर, ओनान अनि शेला थिए। बतशअ तिनीहरूकी आमा थिइन्। बतशअ कनान देशकी स्त्री थिइन्। परमप्रभुले देख्नु भयो कि यहूदाका जेठा छोरा एर दुष्ट थियो। यसकारण परमप्रभुले एरलाई मारिदिनु भयो।
4. यहूदाको बुहारी तामारले पेरेस अनि जेरहलाई जन्म दिइन्। यसरी यहूदाका पाँच छोराहरू थिए।
5. पेरेसका छोराहरू- हेस्रोन र हामूल थिए।
6. जेरहका पाँचजना छोराहरू- थिए तिनीहरू जिम्री, एतान, हेमान, कल्कोल अनि दारा थिए।
7. जिम्रीका छोरा कर्मी थिए। कर्मीको छोरा आकानथिए। आकान ती मानिस थिए जसले इस्राएल माथि धेरै कष्ट ल्याएका थिए। आकानले युद्धमबाट लिएका चीजहरू राखे। उसले ती सबै चिजहरू परमेश्वरलाई दिनु पर्ने थियो।
8. एतानका छोरा अजर्याह थिए।
9. हेब्रोनका छोराहरू यरहमेल, राम अनि कालेब थिए।
10. राम अम्मीनादाबका पिता थिए, अम्मीनादाब नहशोनका पिता थिए। नहशोन यहूदामा अगुवा थिए।
11. नहशोन सल्माका पिता थिए। सल्मा बोअजका पिता थिए।
12. बोअज ओबेदका पिता थिए। ओबेद यिशैका पिता थिए।
13. यिशै एलीआबका पिता थिए। एलीआब यिशैका जेठा छोरा थिए। यिशैका माहिला छोरा अबीनादाब थिए। तिनका साहिंला छोरा शिमा थिए।
14. नतनेल यिशैका काहिंला छोरा थिए। यिशैका अन्तरे छोरा रद्दै थिए।
15. ओसेम यिशैक जन्तरे छोरा थिए अनि दाऊद कान्छा छोरा थिए।
16. तिनीहरूका बहिनीहरू सरूयाह अनि अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब अनि असाहेल थिए।
17. अबीगेल अमासाका आमा थिइन्। अमासाका पिता येतेर थिए। येतेर इश्माएली थिए।कालेबका सन्तानहरू
18. कालेब हेस्रोनका छोरा थिए। कालेबकी पत्नी अजूबाबाट नानीहरू जन्मे। अजूबाको नाउँ यरीओत पनि थियो।अजूबाका छोराहरू येशेर, शोबाब अनि अर्दोन थिए।
19. जब अजूबाको मृत्यु भयो, कालेबले एप्रातलाई विवाह गरे। कालेब अनि एप्रातका एक छोरा थिए। तिनहरूले उसको नाउँ हूर राखे।
20. हूर ऊरीका पिता थिए। ऊरी बसलेलका पिता थिए।
21. पछि, जब हेस्रोन साठी र्बषका थिए, तिनले माकीरकी छोरीलाई विवाह गरे। माकीर गिलादका पिता थिए। हेस्रोनले माकीरकी छोरीसित शारीरिक सम्बन्ध गरे अनि तिनले सगूबलाई जन्म दिइन्।
22. सगूब याईरका पिता थिए। याईरको गिलाद देशमा तेईसवटा शहरहरू थिए।
23. तर गशूर र अरामले याईरका गाउँहरू कब्जागरे। तिनीहरू मध्ये कनतर त्यसका वरिपरिका सा-साना शहरहरू थिए। जम्मा साठीवटा सा-साना शहरहरू थिए। यी सबै शहरहरू गिलादका पिता माकीरका छोराहरूका थिए।
24. हेस्रोनको मृत्यु एप्राताको कालेबको शहरमा भयो। तिनको मृत्यु भए पछि, तिनकी पत्नी अबीयाले तिनको निम्ति छोरो जन्माइन्। त्यो छोराको अशहूर नाउँ दिएको थियो अशहूर तकोका पिता थिए।
25. यरहमेल हेस्रोनका जेठा छोरा थिए। यरहमेलका छोराहरू राम, बूना, ओरेन, ओसेम र अहियाह थिए। राम यरहमेलका जेठा छोरा थिए।
26. यरहमेलकी अर्की पत्नी अतारा थिइन्। ओनामकी आमा अतारा थिइन्।
27. यरहमेलका जेठा छोरा रामका छोराहरू थिए। तिनीहरू मास, यामीन अनि एकेर थिए।
28. ओनामका छोराहरू शम्मै अनि यादा थिए। शम्मैका छोराहरू नादाब अनि अबीशूर हो।
29. अबीशूरकी पत्नीको नाउँ अबीहेल थियो। तिनीहरूका दुइ छोराहरू थिए। तिनीहरूका नाउँ अहबान अनि मोलीद थिए।
30. नादाबका छोराहरू सेलेद अनि अप्पेम थिए। सेलेदको मृत्यु बिनासन्तान भयो।
31. अप्पेमका छोरा यिशी थिए। यिशींका छोरा शेशान थिए। शेशानका छोरा अहलै थिए।
32. यादा शम्मैका भाइ थिए। यादाका छोराहरू येतेर अनि जोनाथन थिए। येतेरको मृत्यु सन्तान बिहीन भयो।
33. जोनाथनका छोराहरू पेलेत र जाजा थिए। यो यरहमेलका सन्तानको सूची थियो।
34. शेशानका छोराहरू थिएनन्। तिनका छोरीहरू मात्र थिए। शेशान कहाँ यर्हा नाउँ गरेका एउटा मिश्री सेवक थिए।
35. शेशानले आफ्नी छोरीको विवाह यर्हासित गरी दिए। तिनीहरूका एक छोरा थिए। उसको नाउँ अत्तै थियो।
36. अत्तै नातानका पिता थिए। नातान जाबादका पिता थिए।
37. जाबाद एपलालका पिता थिए। एपलाल ओबेदका पिता थिए।
38. ओबेद येहूका पिता थिए। येहू अजर्याहका पिता थिए।
39. अजर्याह हेलेसका पिता थिए। हेलेस एलासाका पिता थिए।
40. एलासा सिम्मैका पिता थिए। सिम्मै शल्लूमका पिता थिए।
41. शल्लूम यकम्याहका पिता थिए अनि यकम्याह एलीशामाका पिता थिए।
42. कालेब यरहमेलका भाइ थिए। कालेबका छोराहरू यी थिएः तिनका जेठा छोरा मेशा थिए। मेशा जीपका पिता थिए। मारेशा पनि कालेबका छोरा थिए। मारेशा हेब्रोनका पिता थिए।
43. हेब्रोनका छोराहरू- कोरह, तम्पूह, रेकेम अनि शेमा थिए।
44. शेमा रहमका पिता थिए। रहम योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए।
45. शम्मैको छोरा माओन थिए। माओन बेत्सूरका पिता थिए।
46. कालेबकी उप-पत्नीको नाउँ एपा थियो। एपा हारान, मोसा अनि गाजेजकी आमा थिइन्। हारान गाजेजका पिता थिए।
47. यहदैका छोराहरू- रेगेम, योताम, गेशान, पेलेत, एपा अनि शाम हुन।
48. माका कालेबकी अर्की उपपत्नी थिइन्। माका शेबेर अनि तिर्हानकी आमा थिइन्।
49. माका, चाप अनि शबाकि पनि आमा थिइन्। चाप मदमन्नाका पिता थिए। शबा मक्बेना अनि गिबाका पिता थिए। कालेबकी छोरी अक्सा थिइन्।
50. यो कालेबका सन्तानहरूको सूचि हो। हूर कालेबका जेठा छोरा थिए। तिनी एप्राताबाट जन्मिएका हुन। हूरका छोराहरू किर्यात-यारीमका संस्थापक शोबाल,
51. बेतलेहेमका संस्थापक सल्मा अनि बेत-गादेरका संस्थापक हारेप थिए।
52. शोबाल किर्यात-यारीमका संस्थापक थिए। यो शोबालका सन्तानहरूको सूची हो- हारोए, मनुहोनीहरूका आधा मानिसहरू,
53. अनि किर्यात यारीमका परिवार समूह यिनीहरू- यित्री, पूही, शुमाती अनि मिश्राती मानिसहरू हुन्। सोराती अनि एश्ताओलीहरू मिश्रानी मानिसहरूबाट आएका थिए।
54. यो सल्माका सन्तानहरूको सूची हो- बेतलेहेमबाट मानिसहरू नतोपाती थिए, अतारोत, बेतयोआब, मानहतका आधा जनसंख्याहरू, सोरी मानिसहरू, थिए।
55. अनि ती पूजाहरीहरूका परिवार जो याबेशमा, तिरातमा, शिमातमा अनि सुचामा बस्थे। यी शास्त्रीहरू र केनी मानिसहरू हुन जो हम्मतबाट आए। हम्मत बेत-रेकाबका घरका संस्थापक थिए।
About 1 इतिहास Chapter 2
Read 1 इतिहास Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: 1 इतिहास
Chapter: 2
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading 1 इतिहास. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading 1 इतिहास Chapter 2 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is 1 इतिहास Chapter 2?
1 इतिहास Chapter 2 is part of the Book of 1 इतिहास in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete 1 इतिहास Chapter 2 online for free with easy chapter navigation.
More Chapters from 1 इतिहास
- 1 इतिहास Chapter 20
- 1 इतिहास Chapter 11
- 1 इतिहास Chapter 22
- 1 इतिहास Chapter 12
- 1 इतिहास Chapter 4
- 1 इतिहास Chapter 10
- 1 इतिहास Chapter 8
Explore More from पुरानो करार
- 2 शमूएल Chapter 19
- प्रस्थान Chapter 13
- प्रस्थान Chapter 19
- हितोपदेश Chapter 2
- गन्ती Chapter 18
- भजनसंग्रह Chapter 71
- 1 राजा Chapter 17