जकरिया Chapter 14

For English

Read जकरिया Chapter 14 Online

Read जकरिया Chapter 14 online from the Holy Bible. This chapter is part of the Book of जकरिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of जकरिया and the Holy Bible online.

Choose a Chapter

जकरिया 14

अध्याय 14

1. हेर, परमप्रभुको न्यायको बिशेष दिन आउँदैछ, अनि जुन धन तिमीहरूबाट लिएको थियो त्यो धन तिम्रो शहरमा बाँडिनेछ।

2. म सबै देशलाई यरूशलेम को बिरूद्ध युद्ध गर्नलाई एकै ठाउँमा भेला हार्नेछु। तिनीहरूले शहरमा अधिकार जमाउँनेछन्। तथाघरहरू नष्ट गरिदिनेछन्। स्त्रीहरूलाई भ्रष्ट पारिनेछ अनि आधा मानिसहरूलाई कैदमा लगिनेछ। तर बाँकी रहेकाहरूलाई शहर बाहिर लगिनेछैन्।

3. त्यसपछि परमप्रभुले ती देशहरूको बिरूद्धमा युद्ध गर्नुहुनेछ। यो एउटा साँच्चो युद्ध हुनेछ।

4. त्यससमय उहाँ भद्राक्ष एउटा पर्वतमा उभिनुरहनु हुनेछ। त्यो पहाड यरूशलेमको पूर्वपट्टि अवस्थित छ। जैतूनको पर्वत बिष्फोटन हुनेछ। पर्वतको एउटा भाग उत्तरपट्टि जानेछ, अनि अर्को भाग दक्षिणपट्टि जानेछ।

5. अनि तिमी पर्वतका भञ्ज्याङ हुँदै भाग्नेछौ जुन ओजेल सम्म जान्छ जसरी उज्जियाह यहूदाको राजा भएको बेलामा भूकम्प आउँदा तिमी भागेका थियौ। तर परमप्रभु, मेरा परमेश्वर आउनु हुनेछ अनि उहाँका सबै पवित्र मानिसहरू उहाँको साथमा आउनेछन्।

6. त्यो अत्यन्तै महत्वपूर्ण दिन हुनेछ। त्यस दिन प्रकाश, शीत अनि तुषारो केहि हुनेछैन। परमप्रभुले मात्र जान्हुन्छ यो कस्तो हुन्छ, तर कुनै दिन रात हुनेछैन, जब सामान्य रुपना अँध्यारो हुन थाल्छ, अनि उज्यालो पनि हुन्छ।

8. यससमय यरूशलेमबाट लगातार पानीबगिरहनेछ। पानी बिभाजन हुनेछ अनि एउटा भाग पूर्वतिर बग्नेछ अनि अर्को भाग पश्चिमको भूमध्य सागर सम्म जानेछ अनि यो पुरै पानी र्बष भरी ग्रीष्म अनि शीत ऋतु दुबैमा बगि रहन्छ।

9. त्यससमय परमप्रभु, समस्त पृथ्वीका राजा हुनुहुनेछ। परमप्रभु एक मात्र हुनुहुन्छ। उहाँको नाउँ एउटै हो।

10. त्यससमय यरूशलेमको चारै तिर अराबा समतल जस्तै हुनेछ। गिबाबाट भएर नेगेवमा रिम्मोन जमीनसम्म मरूभूमि जस्तै हुनेछ। तर यरूशलेमको पूरै शहर फेरि बिन्यामीनको फाटकदेखि प्रथम फाटक सम्म अनि हनलेलको धरहरादेखि राजाको दाखको कोल सम्म फेरि बग्नेछ।

11. तिनीहरू त्यहाँ बस्नेछन् अनि फेरि कहिल्यै पनि नाश हुनेछैन अनि मानिसहरू यरूशलेममा सुरक्षित बस्नेछन्।

12. तर जो कोहि जाति यरूशलेमको बिरूद्धमा युद्ध लडे, परमप्रभुले ती राष्ट्रहरूलाई दण्ड दिनुहुनेछ। उहाँले तिनीहरूलाई डरलाग्दो बिमारद्वारा आक्रमण गर्नुहुनेछ। तिनीहरू उभिरहेको बेला तिनीहरूको शरीर सड्नेछ। तिनीहरूका आँखा तिनीहरूकै खोपिल्टामा कुहिनेछ अनि जिब्रो तिनीहरूको मुखमा नै कुहिने छ।

13. त्यो भयंकर डरलाग्दो महामारी शत्रुहरूको छाउनीमा हुनेछ अनि तिनीहरूका घोडाहरू, खच्चरहरू, ऊँटहरू र गधाहरूलाई त्यो डरलाग्दो रोग लाग्नेछ।त्यससमय तिनीहरू साँच्चै नै परमप्रभुसंग डराउँनेछन्, तिनीहरूले एक-अर्काको घाँटी निमोठ्नेछन्, तिनीहरूले एक-अर्कोमाथि प्रहार गर्नको निम्ति हात उठाउँनेछन्। यहूदाका मानिसहरूले यरूशलेममा युद्ध गर्नेछन्। तर तिनीहरूले शहरको चारैतिरका जातिहरूबाट धन प्राप्त गर्नेछन्। उनीहरूले एकदमै ज्यादा सुन, चाँदी अनि लुगा फाटाहरू प्राप्त गर्नेछन्।

16. यरूशलेमको बिरूद्ध युद्धगर्नेहरू जति बाँचेकाछन् तिनीहरूले प्रत्येक र्बष केही मानिसहरू जो यरूशलेमको बिरूद्ध लड्न आउँनेछन् र बाँच्छन् प्रत्तेक र्बष राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्न आउँनेछन्। तिनीहरू छप्रो-बासको चाड मनाउँन आउँनेछन्।

17. अनि यदि पृथ्वीका कुनै परिवारका मानिस राजा, सर्वशक्तिमान परमप्रभुको आरधना गर्नको लागि यरूशलेम गएनन् भने परमप्रभुले तिनीहरूलाई बर्षा पनि बन्द गरिदिनु हुनेछ।

18. यदि माश्रदेशका कुनै पनि परिवारका मानिस छाप्रो-बासको चाड मान्न आएन भने तिनीहरू डरलाग्दो रोगको शिकार हुनेछन्, जस्तो परमप्रभुले अरू शत्रु देशहरूलाई लगाई दिनु भएको थियो।

19. मिश्रको निम्ति त्यही दण्ड हुनेछ अनि अरू देशको निम्ति जसले छाप्रो-बासको चाड मनाउँन आउँदैन।

20. त्यससमय प्रत्तेक सर-सामान परमप्रभुको हुनेछ। यहाँ सम्म कि घोडाहरूको घण्टीमा परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि परमप्रभुको मन्दिरमा प्रयोग गरिने सबै भाँडाहरू त्यस्तै महत्वपूर्ण हुन्छन् जस्तो वेदीमा प्रयोग गरिने कचौराहरू महत्वपूर्ण हुन्छ।

21. निश्चय, यहूदा अनि यरूशलेमका प्रत्येक भाँडाहरूमा सर्वशक्तिमान परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि प्रत्येक मानिस जसले परमप्रभुको आरधना गर्छ त्यसैले ती भाँडाहरूमा खाना पकाउँने र खाने अधिकार पाउँनेछ।अनि त्यससमय परमप्रभु परमेश्वको मन्दिरमा चीज-बीजहरू किन-बेच गर्ने कुनै पनि ब्यापारी हुनेछैनन्। 

About जकरिया Chapter 14

Read जकरिया Chapter 14 online from the Holy Bible. This chapter is part of the Book of जकरिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: जकरिया
Chapter: 14
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading जकरिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading जकरिया Chapter 14 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is जकरिया Chapter 14?

जकरिया Chapter 14 is part of the Book of जकरिया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete जकरिया Chapter 14 online for free with easy chapter navigation.

More Chapters from जकरिया

  1. जकरिया Chapter 1
  2. जकरिया Chapter 9
  3. जकरिया Chapter 5
  4. जकरिया Chapter 3
  5. जकरिया Chapter 13
  6. जकरिया Chapter 10
  7. जकरिया Chapter 8

Explore More from पुरानो करार

  1. यशैया Chapter 59
  2. भजनसंग्रह Chapter 121
  3. सपन्याह Chapter 2
  4. भजनसंग्रह Chapter 101
  5. आमोस Chapter 2
  6. 2 इतिहास Chapter 20
  7. गन्ती Chapter 11

Related Chapters & Readings

  1. योना Chapter 2
  2. उत्पत्ति Chapter 24
  3. भजनसंग्रह Chapter 42
  4. यशैया Chapter 12
  5. श्रेष्ठगीत Chapter 3
  6. उत्पत्ति Chapter 49
  7. उपदेशक Chapter 5
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *