Read रोमीहरू Chapter 9 Online
Read रोमीहरू Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of रोमीहरू in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of रोमीहरू and the Holy Bible online.
Choose a Chapter
रोमीहरू 9
अध्याय 9
1. म ख्रीष्टमा छु र सत्य कुरा बोलिरहेछु। म झुटो बोल्दिनँ। मेरो अन्तारात्मा पवित्र-आत्माद्वारा नियंत्रित छ। अनि यो अन्तरात्माले निश्चित गर्छ कि म झूटो होइनः
2. मलाई ठूलो अफसोस छ र मेरो हृदयमा अटुट वेदना छ यहूदी जातिको निम्ति।
3. तिनीहरू मेरा दाज्यु-भाइ दिदी-बहिनीहरू हुन्, पृथ्वीमा मेरा सन्तानहरू हुन्। यदि यसले तिनीहरूलाई सहायता गर्न सक्थे भने म ख्रीष्टबाट श्राप पाउन र उहाँसित छुट्टिनें पनि इच्छा गर्थें।
4. तिनीहरू इस्राएलका मानिसहरू हुन्। जसलाई परमेश्वरले आफ्नो सन्तान बनाउन चुन्नु भएको छ। तिनीहरूसँग परमेश्वरको महिमा र उहाँ अनि उहाँका मानिसहरू माझमा करार छ। परमेश्वरले उनीहरूलाई आराधाना र संकल्प गर्ने तरिका भएको मोशाको व्यवस्था दिनुभयो।
5. ती मानिसहरू हाम्रा पुर्खाहरूका सन्तानहरू हुन्। अनि तिनीहरू ख्रीष्टका पार्थिव परिवार हुन्। ख्रीष्ट सबै प्राणीहरू माथिका परमेश्वर हुनुहुन्छ। सदा उहाँको प्रशंसा गर! आमिन।
6. हो, म यहूदीहरूको लागि दुःख अनुभव गर्छु। म भन्दिनँ कि परमेश्वर उनीहरूको लागि आफ्नो प्रतिज्ञा राख्नमा चुक्नु भयो। तर इस्राएलका कतिपय मानिसहरू मात्र परमेश्वरका साँचो मानिस छन्।
7. अनि अब्राहामका सन्तानहरू मध्ये थोरै मात्र अब्राहामको साँचो सन्तान थिए। यही कारण परमेश्वरले अब्राहामलाई भन्नुभयोः“इसहाक मात्र खालि कानूनी छोरो हुनेछ।”
8. यसले बताउँछ अब्राहामका सबै सन्तानहरू परमेश्वरका खास छोराछोरीहरू होइनन्। परमेश्वरले अब्राहामलाई प्रतिज्ञाको आधारामा अब्राहामका खास छोराछोरीहरू ती हुन् जो परमेश्वरका छोराछोरीहरू भए।
9. परमेश्वरले अब्राहमलाई यो प्रतिज्ञा दिनुभएको थियोः “निश्चित समयमा म र्फकने छु अनि साराले एउटा छोरो पाउनेछिन्।”
10. अनि यति मात्र होइन। रिबेकाको पनि छोराहरू थिए। अनि ती छोराहरूका एउटै पिता थिए। उनी हाम्रा पिता पूर्खा इसहाक थिए।
11. तर दुईजना छोराहरू जन्मनू भन्दा अघाडी परमेश्वरले रिबेकालाई भन्नुभयो, “ठूलो छोराले सानालाई सेवा गर्नेछ।”केटाहरू जन्मनु भन्दा र तिनीहरूले राम्रो वा नराम्रो कुनै काम गर्न भन्दा अगाडी यसो भनिएको थियो। आफूले चुनेको केटो आफ्नो योजनाकै आधारमा होस् भन्नालाई परमेश्वरले यसो भन्नुभएको थियो। परमेश्वरकै चाहनाले उनी चुनिएका थिए तर ती केटाहरूले केही गरेको कारणले होइन। त्यो परमेवरको इच्छा थियो।
13. जस्तो धर्मशास्त्रमा भनिएको छ, “मैले याकूबालाई प्रेम गरें तर एसावलाई घृणा गरें।”
14. यसकारण यस विषयमा हामीले के भन्नुपर्छ? के परमेश्वरमा कुनै अन्याय छ? निश्र्चय छैन।
15. परमेश्वरले मोशालाई भन्नुभयो, “जसलाई म कृपा दर्शाउनु चाहन्छु उसैलाई कृपा दर्शाउँछ। अनि जसलाई सहानुभूति दर्शाउनु चाहन्छु उलाई सहानुभूति दर्शाउछु।”
16. यसैले हरेक कुरो परमेश्वरको कृपामा निर्भर छ, अनि मानिसको इच्छामा वा प्रयासमा निर्भर छैन।
17. धर्मासास्त्रमा परमेश्वरले फिरऊनलाई भन्नुभयो, “मैले तिमीलाई राजा बनाएँ ताकि मेरो निम्ति तिमीले केही गर्न सकौला। म मेरो शक्ति तिमी मार्फत प्रदर्शन गर्न चाहन्थें। म चाहन्थे मेरो नाउँ संसारभरि घोषित होस्।”
18. यसैले, परमेश्वरले जसलाई चाहनु हुन्छ उसैमाथि कृपा दर्शाउनु हुन्छ। अनि परमेश्वरले जसलाई हठी बनाउनु चाहनु हुन्छ उसलाई हठी बनाउनु हुन्छ।
19. यसकारण तिमीहरूमध्ये कसैले पनि प्रश्न गर्नसक्छौः “यदि परमेश्वरले हामीले गरेका सबै कुराहरूमा नियंत्रण गर्नुहुन्छ भने परमेश्वरले हाम्रो पापहरूको निम्ति हामीलाई किन दोष दिनुहुन्छ?”
20. हे मानिस, तिमी आफूलाई को हुँ भन्ने सम्झन्छौ? परमेश्वरलाई प्रश्न गर्ने तिमी को हौ? के एउटा माटाको हाँडीले कुमालेलाई “मलाई किन यस्तो बनायौ” भनेर सोध्छ?
21. कुमालेको अधिकार छ एउटै माटोबाट उसले विशेष प्रयोगमा आउने एक किसिमको भाँडो बनाउँछ भने सामान्य प्रयोगमा आउने अर्को किसिमको भाँडो पनि बनाउँछ। के यो ठीक होइन?
22. यस्तै प्रकारले परमेश्वरले पनि काम गर्नुहुन्छ। परमेश्वरले आफ्नो क्रोध मानिसहरूमा प्रकट गर्न चाहनु भयो, जसमा कि उनीहरूले उहाँको शक्ति देखुन्। तर परमेश्वरले ठूलो धैर्यसित ती मानिसहरूलाई सहनु भयो जो विनाश हुनै आँटेका थिए।
23. परमेश्वरले धैर्यतापूर्वक पर्खनु भयो जसमा कि उहाँको कृपा पाउनेहरूलाई उहाँले आफ्नो सम्पन्न महिमा देखाउन सकून्। परमेश्वरले ती मानिसहरूलाई आफ्नो महिमा प्राप्त गर्न तयार गर्नु भयो।
24. हामी तिनै मानिसहरू हौं। परमेश्वरले हामीलाई यहूदी र गैर-यहूदी दुवै सम्प्रदायबाट चुन्नु भएको छ।
25. होशेको कितावमा धर्मशास्त्रले भन्दछः“जो मानिसहरू मेरा होइनन्, म भन्नेछु ती मेरा मानिसहरू हुन्। अनि ती मानिसहरू जसलाई मैले प्रेम गरिनँ, म भन्नेछु तिनीहरूलाई प्रेम गर्छु।”
26. “अनि त्यही ठाउँमा जहाँ परमेश्वरले भन्नुभयो, ‘तिमीहरू मेरा मानिसहरू होइनौ’ त्यसै ठाउँमा तिनीहरूलाई जीउँदा परमेश्वरका पुत्रहरू भनेर भनिने छ।”
27. अनि इस्राएलको विषयमा यशैयाले भनेका छन्“इस्राएलका मानिसहरू समुद्र किनारका बालुवाका कणहरू झैं अनगन्ती छन्। तर तिनमा थोरैको मात्र उद्धार हुनेछ।
28. हो, परमेश्वरले चाँडै नै यस पृथ्वीमा मानिसहरूको जाँच गरिसक्नु हुनेछ।”
29. यस्तै कुरा यशैयाले भनेः“परमप्रभु सर्वशक्तिमान हुनुहुन्छ। प्रभुले हाम्रा निम्ति उहाँका कतिपय मानिसहरूलाई बचाउनु भयो। यदि उहाँले त्यसो नगर्नु भएको भए अहिले हामी सदोम र गमोरा जस्तै हुने थियौं।”
30. यसकारण यी सबले के बुझाउँछ? यसको तात्पर्य होः गैर-यहूदीहरूले धर्मी बन्न खोजिरहेका थिएनन्। तर तिनीहरू विश्वासमा आधारित धर्मी बनाइए।
31. अनि इस्राएलका मानिसहरूले व्यवस्थालाई पछ्याएर धर्मी बन्ने कोशिश गरे। तर तिनीहरू आफ्नो उद्देश्यमा सफल भएनन्।
32. किन असफल भए? किनभने, आफ्ना कामहरूको आधारमा तिनीहरूले आफैलाई धर्मी बनाउने कोशिश गरे, विश्वासको आधारमा होइन। तिनीहरू त्यस ढुँगामा ठेस लागेर लडे जसले मानिसलाई लडाउँछ।
33. त्यस ढुंगाको विषयमा धर्मशास्त्र भन्छः“हेर, सियोनमा म एउटा ढुंगा राख्छु, जसमा मानिसहरूलाई ठेस लाग्छ। यो एउटा चहान हो जसले मानिसलाई पाप गर्न लाउँछ। तर चट्टानमा कसैले विश्वास गर्दछ भने उसलाई लज्जित पारिने छैन।”
About रोमीहरू Chapter 9
Read रोमीहरू Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of रोमीहरू in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: रोमीहरू
Chapter: 9
Testament: New Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading रोमीहरू. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading रोमीहरू Chapter 9 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is रोमीहरू Chapter 9?
रोमीहरू Chapter 9 is part of the Book of रोमीहरू in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete रोमीहरू Chapter 9 online for free with easy chapter navigation.
More Chapters from नयाँ करार
- प्रेरितहरूको काम Chapter 1
- प्रेरितहरूको काम Chapter 14
- प्रेरितहरूको काम Chapter 13
- प्रेरितहरूको काम Chapter 15
- प्रेरितहरूको काम Chapter 12
- प्रेरितहरूको काम Chapter 8
- प्रेरितहरूको काम Chapter 5
Explore More from रोमीहरू
- रोमीहरू Chapter 2
- रोमीहरू Chapter 1
- रोमीहरू Chapter 6
- रोमीहरू Chapter 13
- रोमीहरू Chapter 4
- रोमीहरू Chapter 16
- रोमीहरू Chapter 8