भजनसंग्रह Chapter 74

For English

Read भजनसंग्रह Chapter 74 Online

Read भजनसंग्रह Chapter 74 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of भजनसंग्रह and the Holy Bible online.

Choose a Chapter

भजनसंग्रह 74

अध्याय 74

1. हे परमेश्वर, के तपाईंले हामीलाई सधैंको निम्ति त्याग्नु हुन्छ? के तपाईं आफ्ना मानिसहरूसित अझै क्रोधित हुनुहुन्छ?

2. तपाईंले धेरै अघि किन्नु भएका ती मानिसहरूलाई सम्झनु होस्। तपाईंले हामीलाई बचाउँनु भयो। हामी तपाईं कै सम्पत्ति हौ। जहाँ तपाईं बस्नु भयो, त्यो सियोन पर्वतलाई सम्झनु होस्।

3. परमेश्वर, यी अनन्त भग्नावशेषहरूबाट हिंडेर आउनु होस्, पवित्र ठाउँमा जुन शत्रुहरूले नष्ट गरेको तर्फ फर्की आउनु होस्।

4. शत्रुहरू मन्दिरमा आफ्नो विजय नारा लगाएर चिच्याए। तिनीहरूले आफ्ना झण्डा युद्ध जित्यौं भनेर भान गर्न मन्दिरमा गाडे।

5. शत्रुका सैनिकहरू यस्ता देखिन्छन् कि घाँस कट्ने मानिसहरू घाँस काटिरहे जस्तो।

6. हे परमेश्वर, तिनीहरूले आफ्ना बन्चरो र हँसियाहरू चलाउँदै तपाईंको मन्दिरका चौकटहरू काट्दै भत्काउने छन्।

7. ती सिपाहीहरूले तपाईंको पवित्र स्थान जलाए। तिनीहरूले त्यो मन्दिर जुन तपाईंको नाउँको सम्मानमा बनिएको थियो भूँईमा लडाए।

8. शत्रुले हामीलाई पूर्ण रूपले तहस्‌नहस्‌रू पार्ने निर्णय गरे, तिनीहरूले देशमा भएको प्रत्येक चिज र परमेश्वरको पवित्र स्थान जलाए।

9. हामीले कुनै पनि हाम्रो चिन्हहरू देख्नसकेनौं। अब त्यहाँ अगमवक्ताहरू छैनन्। के गर्नु पर्ने कसैले जान्दैनन्।

10. हे परमेश्वर, कहिले सम्म शत्रुले हामीलाई खेलौना बनाउने हो? के तपाईं आफ्नो निन्दा गराउन तिनीहरूलाई सधैं दिइरहनुहुन्छ?

11. हे परमेश्वर, तपाईंले यति कठिन दण्ड हामीलाई किन दिनुहुन्छ? तपाईंले आफ्नो महान-शक्तिले हामीलाई पूर्ण रूपमा नष्ट पार्नु भयो।

12. हे परमेश्वर, तपाईं लामो समयदेखि हाम्रो राजा हुनु भएको छ, तपाईंले यस देशमा धेरै युद्धहरू जिताउनलाई सहयोग गर्नु भएकोछ।

13. हे परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति प्रयोग गर्नुभयो, समुद्रलाई दुइ भागमा विभाजन गर्नुभयो।

14. तपाईंले विशाल समुद्रको राक्षसहरूलाई जित्नु भयो, तपाईंले लिब्यातानको शिर टुक्रा-टुक्रा पार्नु भयो, अनि त्यसको शरीर जनावरहरूले खाओस् भनेर फाली दिनुभयो।

15. तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो अनि तपाईंले नदीहरू सुकाइ दिनुभयो।

16. हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ। तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो।

17. तपाईंले पृथ्वीमा सबै कुराको सीमा बनाइदिनु भयो। अनि तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु बनाउनु भयो।

18. हे परमेश्वर, यी कुराहरू सम्झनु होस् कसरी तपाईंको निन्दा भयो। ती मूर्खहरूले तपाईंको नाउँलाई हेला गर्छन्!

19. ती जङ्गली जनावरहरूलाई तपाईंको प्रिय ढुकुरलाई लैजान नदिनुहोस्! तपाईंको प्रिय दीन-दुःखी मानिसहरूलाई कहिल्यै नभुल्नुहोस्!

20. हाम्रो करार याद गर्नुहोस्! यस धर्तीको प्रत्येक अंध्यारो जग्गामा हिंसात्मक रूप छ।

21. हे परमेश्वर, तपाईंका मानिसहरूलाई र्दुव्यवहार गरियो। प्रति कष्ट दिन तिनीहरूमाथि अझ लज्जित नबनाउनु होस्। दीन-दुःखी, असहाय मानिसहरूले तपाईंको प्रशंसा गर्न सकुन्।

22. हे परमेश्वर, उठ्नुहोस् र लडाइँ गर्नुहोस्! सम्झनुहोस्, ती मूर्खहरूले तपाईंलाई दिएका चेतावनी!

23. तपाईंका शत्रुहरूको चिच्याहटलाई नभुल्नुहोस्, तिनीहरूले घरि-घरि तपाईंको अपमान गरे।

About भजनसंग्रह Chapter 74

Read भजनसंग्रह Chapter 74 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: भजनसंग्रह
Chapter: 74
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading भजनसंग्रह. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading भजनसंग्रह Chapter 74 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is भजनसंग्रह Chapter 74?

भजनसंग्रह Chapter 74 is part of the Book of भजनसंग्रह in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete भजनसंग्रह Chapter 74 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 5

Explore More from भजनसंग्रह

  1. भजनसंग्रह Chapter 12
  2. भजनसंग्रह Chapter 81
  3. भजनसंग्रह Chapter 77
  4. भजनसंग्रह Chapter 64
  5. भजनसंग्रह Chapter 125
  6. भजनसंग्रह Chapter 108
  7. भजनसंग्रह Chapter 118

Related Chapters & Readings

  1. 1 राजा Chapter 6
  2. मत्ती Chapter 21
  3. श्रेष्ठगीत Chapter 7
  4. 1 शमूएल Chapter 12
  5. मर्कूस Chapter 14
  6. 1 कोरिन्थी Chapter 10
  7. हितोपदेश Chapter 12
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *