उत्पत्ति Chapter 36

For English

Read उत्पत्ति Chapter 36 Online

Read उत्पत्ति Chapter 36 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of उत्पत्ति and the Holy Bible online.

Choose a Chapter

उत्पत्ति 36

अध्याय 36

1. एसावको पारिवारिक इतिहास यही हो।

2. एसावले कनानी स्त्रीहरूसित विवाह गरे। तिनीहरू थिएः हित्ती एलोनकी छोरी आदा, अन्नाकी छोरी ओहोलीबामा अनि हिव्वी सिनीकी नातिनी अनि

3. बासमत-इश्माएलकी छोरी अनि नबायोतकी बहिनी।

4. एसाव अनि आदाले एलीपज नाउँको छोरो जन्माए। बासमतले रूएल नाउँको छोरो जन्माइन्।

5. अनि ओहोलीबामाका तीन जना छोराहरू थिएः तिनीहरूको नाउँ-यऊश, यालाम अनि कोरह। तिनीहरू एसावका छोराहरू थिए जो कनान भूमिमा जन्मे।

6. याकूब अनि एसावाका परिवारहरू अत्यन्तै विशाल भए जसले गर्दा कनान भूमिको अन्नले तिमीहरूलाई पुग्न असम्भव भयो। यसर्थ एसावले आफ्नो भाइ याकूबलाई छोडेर धेरै टाढा देशमा गए। एसावले आफ्ना सबै चीजहरू आफूसँग लिएर गए। कनानमा हुँदा उनले यी सब चीजहर प्राप्त गरेको थियो। यसर्थ एसावले आफूसंग पत्नीहरू छोराहरू, छोरीहरू, सबै नोकरहरू, पशुहरू लग्यो। एसाव र याकूबको परिवारहरू यति बढदै गए, तिनीहरूलाई एकै ठाउँमा बस्न असम्भव भयो। त्यस भूमिबाट दुइ परिवारहरूलाई जीवन निर्वाह गर्न मुश्किल थियो। तिनीहरूसित धेरै गाई-वस्तुहरू थिए। एसाव पहाडी भूमि सेइरतिर लागे (एसावको नाउँ एदोम अनि सेइर पनि हो।)

9. एसाव एदोमी मानिसहरूका पिता थिए। सेईर एदोमको पहाडी भूमिमा बस्ने एसावका परिवारहरूको नाउँ यी नै हुन्,

10. एसाव र आदाको छोरोको नाउँ एलीपज हो। एसाव र बासमतको छोरोको नाउँ रूएल हो।

11. एलीपजका पाँचजना छोराहरूको नाउँ थियोः तेमान, ओमार, सपो, गोताम अनि कनज।

12. एलीपजकी पनि एउटी दासी थिइ। उसको नाउँ तिम्ना थियो अनि तिम्ना र एलीपजको अमालेक नाउँका छोरो थियो।

13. रूएलका चारजना छोराहरू थिए। तिनीहरूः नहत, जेरह, शम्मा र मिज्जा थिए।यिनीहरू एसावकी पत्नी बासमत पट्टीका नातिहरू नै हुन्।

14. एसावकी साइँली पत्नी सेबोनकी छोरो अन्नाकी छोरी ओहोलीबामा थिइन्। एसाव र ओहोलीबामाकी छोरीहरू यऊश, यालाम र कोरह थिए।

15. यी परिवार एसावबाट आएका हुन्।एसावको जेठा छोरो एलीपज थियो। एलीपजबाट यिनीहरू आए-तेमान, गोमार, सपो, कनज,

16. कोरह, गाताम अनि अमालेक।ती सबै परिवारिक मुखियाहरू एसावकी पत्नी आदाबाट जन्मेका हुन्।

17. एसावको छोरो रूएल यी परिवारहरूको पहिलो बाबु थियो। नहत, जेरह, शम्मा अनि मिज्जा।ती सब परिवाहरू एसावकी पत्नी बासमतबाट आएका हुन्।

18. एसाव को पत्नी र अनाकी छोरी ओहोलीबामाबाट जन्मेका छोराहरू हुन्-यऊश, यालाम अनि कोरह। ती तीन जना मानिसहरू तिनीहरूको परिवारहरूका बाबु हुन्।

19. यी मानिसहरू एसाव (एदोम) बाट आएका परिवाका प्रमुखहरू थिए।

20. एसावभन्दा अघि एदोममा सेइर नाउँको एक होरी मानिस बस्थ्यो। सेइरका छोराहरू थिए लोतान, शोबाल, सिओन, अना,

21. दीशोन, एसेर, दीशान। यी छोराहरू एदोममा सेईबाट आएका छोरी पारिवार मुखियाहरू थिए।

22. लोतान होरी र हेमानको बाबु थियो। (तिम्ना लोतानकी बहिनी थिई।)

23. शोबालः अल्बान, मानहत, एबाल, सपो अनि ओनामका बाबु थियो।

24. सिबोनका अय्या र अना नाउँका दुइ छोराहरू थिए। (अना त्यही मानिस थियो जसले पहाडमा आफ्नो बाबुका गधाहरूको हेरचाह गर्दा तातो पानीको मुहान भेट्टाएको थियो।)

25. दीशोन र ओहोलीबामाका बाबु अना थिए।

26. दीशोनका चार छोराहरू हेमदान, एश्बान, यित्रान र करान थिए।

27. एसेरका तीन जना छोराहरू बिल्हान, जावान र अकान थिए।

28. दीशोनका दुइ छोराहरू ऊज र आरान थिए।

29. होरी परिवाहरूका प्रमुखहरू थिए-लोतान, शोनान, सिबोन, अना,

30. दीशान, एसेर, अनि दीशान। जो सेइर भूमिमा बसे तिनीहरूको पारिवारिक प्रमुखहरू ती मानिसहरू नै थिए।

31. त्यस समयमा एदोममा राजाहरू थिए। इस्राएल राजा हुनुभन्दा धेरै समयअघि एदोममा राजाहरू थिए।

32. बओरको छोरो बेला राजा थियो जसले एदोममा शासन गर्यो। उनले दिन्हारा शहरमाथि शासन गर्यो।

33. जब बेला मर्यो योबाब राजा भयो। योबाब बोज्रामाको जेरहको छोरो थियो।

34. जब योबाब मर्यो, हूशामले शासन गर्यो। हूशाम तेमानी मानिसहरूको देशको थियो।

35. जब हूशाम मर्यो हददले त्यस इलाकाको शासन गर्यो। हदद बेदादको छोरा थियो (हदद ऊ थियो जसले माओबको भूमिमा मिद्यानीहरूलाई जितेको थियो।) हदद अबीत शहरको थियो।

36. जब हदद मर्यो सम्लाले देशमा शासन चलायो। सम्ला मसेकामाको थियो।

37. जब सम्ला मर्यो त्यो इलाकामा शावलले शासन चलायो। शावल फरात नदीको किनारमा रहोबोतको थियो।

38. जब शावल मर्यो त्यो देशमा बाल्हनानले शासन चलायो। बाल्हनान अकबोरको छोरो थियो।

39. जब बाल्हनान मर्यो, हदरले त्यहाँ शासन गर्यो। हदर पाऊ शहरको थियो। हदरकी पत्नीको नाम महेतबेल थियो, तिनी मत्रेदकी छोरी थिइन्। (मेजाहाब मत्रेदको बाबु थियो।)

40. एसाव एदोमी परिवारहरूः तिम्ना, अल्वा, यतेत, ओहोलीबामा, एला, पीनोन, कनज, तेमान, मिब्सार, मग्दीएल अनि ईरामको बुबा थियो। यी परिवारहरू प्रत्येक नै त्यस इलाकामा बसो-बास गरे जुन इलाकाको नाउँ र पारिवारको नाउँ एकै थियो।

About उत्पत्ति Chapter 36

Read उत्पत्ति Chapter 36 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: उत्पत्ति
Chapter: 36
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading उत्पत्ति. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading उत्पत्ति Chapter 36 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is उत्पत्ति Chapter 36?

उत्पत्ति Chapter 36 is part of the Book of उत्पत्ति in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete उत्पत्ति Chapter 36 online for free with easy chapter navigation.

More Chapters from उत्पत्ति

  1. उत्पत्ति Chapter 2
  2. उत्पत्ति Chapter 26
  3. उत्पत्ति Chapter 31
  4. उत्पत्ति Chapter 40
  5. उत्पत्ति Chapter 43
  6. उत्पत्ति Chapter 40
  7. उत्पत्ति Chapter 49

Explore More from पुरानो करार

  1. न्यायकर्ता Chapter 2
  2. प्रस्थान Chapter 14
  3. दानियल Chapter 7
  4. प्रस्थान Chapter 8
  5. उत्पत्ति Chapter 37
  6. 1 इतिहास Chapter 13
  7. 1 राजा Chapter 11

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 140
  2. भजनसंग्रह Chapter 124
  3. 2 कोरिन्थी Chapter 4
  4. यूहन्ना Chapter 15
  5. भजनसंग्रह Chapter 101
  6. मत्ती Chapter 18
  7. यूहन्ना Chapter 6
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *