Read अय्यूब Chapter 24 Online
Read अय्यूब Chapter 24 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of अय्यूब and the Holy Bible online.
Choose a Chapter
अय्यूब 24
अध्याय 24
1. “यो यस्तो कि सर्वशक्तिमान परमेश्वरबाट केही पनि लुकेको हुँदैन, तर को आँउदैछ भनेर उनका अनुयायीहरूलाई थाहा हुँदैन।
2. “मानिसहरूले आफ्नो जमीन बढाउन सीमाना सार्छन् अनि अर्काको बगाल चोरेर टाढा र्खकमा चराउँछन्।
3. तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन। जबसम्म उसले ऋण र्तिन सक्तिन तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ।
4. तिनीहरूले गरीब मानिसहरूलाई घरविहीन पार्छन्। तिनीहरूले गरीब मानिसहरूलाई एक ठाउँबाट अर्को ठाँउ घुमिहिडन वाध्य गराउछन्। सबै गरीब मानिसहरूलाई तिनीहरूबाट लुक्ने बनाउँछन्।
5. गरीब मानिसहरू जङ्गली गधाहरू जस्तै आहारको खोजीमा मरूभूमिमा घुमिरहेका छन। भोजनको खोजीमा तिनीहरू विहानै उठ्छन् अनि आफ्ना नानीहरूको भोजनको लागि अँध्यारो नहुञ्जेलसम्म काम गर्छन्।
6. गरीब मानिसहरू रात अबेरसम्म खेतमा पराल काटिरहन्छन् अनि खेतमा धनी मानिसहरूको लागि दाख टिपिरहन्छन्।
7. गरीब मानिसहरू ओढ्ने लुगाहरू नभएकोले जाडोको रातमा पनि नाङ्गै सुत्नु पर्छ। जाडोबाट जोगिंन तिनीहरूसित केही हुँदैन्।
8. तिनीहरू पर्वतहरूमा वर्षाले निथ्रुक्क भिज्छन्। चट्टानहरूको ओडारमा लुक्नु बाहेक तिनीहरूको जाडोदेखि जोगीन कुनै उपाए छैन।
9. खराब मानिसहरूले बाबु नभएका नानीहरूलाई आमाबाट खोसेर लान्छन। तिनीहरूले गरीबका नानीहरूलाई ऋणको बन्धक राख्न लैजान्छन्।
10. गरीब मानिसहरूसँग लगाउने पोषाकहरू छैन। यसैले तिनीहरू नाङ्गै छन्। तिनीहरूले अन्नका भारीहरू दुष्ट मानिसहरूका लागि बोक्छन् तर तिनीहरू भने सँधै भोको हुन्छन्।
11. गरीब मानिसहरूले भद्रक्षको तेल निचोरेर निकाल्छन्। मद्य बनाउनका लागि तिनीहरूले दाखहरू पेल्छन। तर तिनीहरूसँग पिउने पदार्थ केही हुँदैन
12. शहरमा तिमीहरूले मर्न लागेका मानिसहरूको कोलाहल सुन्न सक्छौ। ती पीडित मानिसहरू गुहार माँग्दै चिच्याउछन्। तर परमेश्वरले सुन्नुहुन्न।
13. कतिपय मानिसहरूले प्रकाशको विरूद्ध विद्रोह गर्छन। तिनीहरू जान्दैनन् परमेश्वर के चाहनुहुन्छ। तिनीहरू परमेश्वरले चाहेको बाटोमा जीउन चाहँदैनन्।
14. हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ। अनि रातमा त्यो चोर हुन्छ।
15. एक व्यभिचारीले रातको प्रतीक्षा गर्छ। उसले सोच्छ, ‘कसैले पनि मलाई देख्न सक्तैन।’ तरै पनि, उसले आफ्नो अनुहार छोप्छ।
16. जब अन्धकार हुन्छ, दुष्ट मानिसहरू बाहिर निस्कन्छन अनि मानिसहरूको घरहरू फोर्छन्। तर दिनको उज्यालोमा तिनीहरूले स्वयंलाई आफ्नो घरमा बन्द गरेर राख्दछ अनि प्रकाशलाई मन पराउँदैन।
17. ती दुष्ट मानिसहरूका लागि अँध्यारो बिहान जस्तै हो। हो, तिनीहरू डरलाग्दो अन्धयारो रात मन पराउँछन्।
18. तर दुष्ट मानिसहरू त्यसरी लगिन्छ जसरी बाढीले समानहरू बगाएर लान्छन्। तिनीहरूको भूमि श्रापित रहन्छन, यसकारण तिनीहरूले खेतबाट दाख थुपार्न सक्तैनन।
19. हिउँदको हिउँबाट आउनेछ तिनीहरूको पानी गरम सूखा मौसमले सुकाइदिन्छ। यसर्थ ती पापीहरू चिहानमा लागिन्छन्।
20. त्यो दुष्ट मानिस मर्छ र उसकै आमाले पनि उसलाई बिर्सिन्छे। उसको प्रियसी कीराहरू हुन्छन् जसले शरीर खान्छन् मानिसहरूले उसलाई सम्झने छैनन। त्यो दुष्ट मानिस कुँहेको लट्ठी जस्तै भाँचिएको छ।
21. दुष्ट मानिसहरूले नानी जन्माउन नसक्ने स्त्रीहरूलाई कष्ट दिन्छन। अनि लोग्ने मरेका स्त्रीहरूलाई तिनीहरूले सहयोग गर्दैनन्।
22. दुष्ट मानिसहरूले शक्तिशाली मानिसहरूलाई नाश गर्न आफ्ना शक्ति चलाउँछन्। दुष्ट मानिसहरू शक्तिशाली हुनसक्लान् तर तिनीहरू आफ्नै जीवनमा पक्का हुन सक्तैनन्।
23. दुष्ट मानिसहरूले क्षणिक समयको लागि आफूलाई सुरक्षित पार्न सक्छन्। उसले आफैमाथि विश्वासमा राख्छ अनि आफ्नो बाटो होशियारी साथ हेर्छन्।
24. नराम्रा मानिसहरू केही क्षणको लागि सफल हुन सक्लान, तर तिनीहरू पछि खतम हुनेछन। तिनीहरू बाली काटे जस्तै काटिन्छन्।
25. म कसम खान्छु कि ती कुराहरू सत्य हुन। कसले प्रमाण गर्ला मैले ढाँटे भनेर? कसले देखाउन सक्छ म गल्ती छु भनेर?”
About अय्यूब Chapter 24
Read अय्यूब Chapter 24 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: अय्यूब
Chapter: 24
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading अय्यूब. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading अय्यूब Chapter 24 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is अय्यूब Chapter 24?
अय्यूब Chapter 24 is part of the Book of अय्यूब in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete अय्यूब Chapter 24 online for free with easy chapter navigation.
More Chapters from अय्यूब
- अय्यूब Chapter 30
- अय्यूब Chapter 15
- अय्यूब Chapter 28
- अय्यूब Chapter 42
- अय्यूब Chapter 19
- अय्यूब Chapter 14
- अय्यूब Chapter 21
Explore More from पुरानो करार
- इजकिएल Chapter 18
- प्रस्थान Chapter 3
- श्रेष्ठगीत Chapter 1
- प्रस्थान Chapter 17
- 2 शमूएल Chapter 12
- उत्पत्ति Chapter 48
- इजकिएल Chapter 28