प्रेरितहरूको काम Chapter 28

For English

Read प्रेरितहरूको काम Chapter 28 Online

Read प्रेरितहरूको काम Chapter 28 online from the Holy Bible. This chapter is part of the Book of प्रेरितहरूको काम in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of प्रेरितहरूको काम and the Holy Bible online.

Choose a Chapter

प्रेरितहरूको काम 28

अध्याय 28

1. जब हामी सुरक्षितसंग जमीनमा ओर्लियौं जान्न पायौं कि यो टापूलाई माल्टा भनिदो रहेछ।

2. पानी परिरहेको थियो र जाडो थियो। तर त्यहाँका रैथाने मानिसहरू हामीरूसित साथी झैं भए। तिनीहरूले हाम्रो लागि आगो बालिदिए र हामी सबैलाई निम्तो गरे।

3. पावलले दाउराको झिंञ्जाहरू जम्मा गरे अनि आगोमा हालिदिए। तातोले गर्दा एक विषालु साँप बाहिर आयो अनि पावलको हातमा डस्यो।

4. त्यहाँ बस्नेहरूले पावलको हातमा साँप झुण्डिरहेको देखे। तिनीहरूले भने, “यो मान्छे हत्यारा हुनै पर्छ। उ पानीमा मरेन, तर न्यायले उसलाई बाँच्न दिएन।”

5. तर पावलले हात झडकाले अनि साँपलाई आगोमा हालिदिए। पावललाई अलिकति पनि केही भएन।

6. मानिसहरूले सोचे कि पावल सुनिन्छ, अथवा हटात लडेर मर्छ। तिनीहरूले निक्कै बेरसम्म पावललाई हेरे र मर्छ कि भनी र्पखिरहे तर त्यस्तो कुनै नराम्रो घटना घटेन। यसकारण पावलप्रतिको आफ्नो धारणा मानिसहरूले बद्ली गरे। तिनीहरूले भने, “उनी परमेश्वर हुन्!”

7. त्यहाँ छेउछाउमा केही जमीन थियो। त्यहाँ टापूका एक प्रमुख मानिस थिए। उनको नाउँ पब्लियस थियो। छेवैमा तिनको जग्गा-जमीनहरू थियो। उनले हामीहरूलाई आफ्नो घरमा निम्त्याए, अनि तिनले हामीसित शिष्ट व्यवाहर गरे। उनको घरमा हामी तीन दिन सम्म बस्यौं।

8. पब्लियसको बाबु बिमार थिए। उनी ज्वरो र रगत मासीले थलो परेका थिए। तर पावल उनीकहाँ गए अनि प्रार्थना गरे। प्रार्थना पछि उनले आफ्नो हातहरू उनीमाथि राखीदिए र निको पारे।

9. यस्तो घटना पछि त्यस टापूका सबै बिमारीहरू पावलकहाँ आए। पावलले तिनीहरूलाई पनि निको पारिदिए।

10. त्यस टापूका मानिसहरूले हामीलाई धेरै सम्मान गरे। हामी त्यहाँ तीन महीना सम्म बस्यौं। जब हामी हिंड्न तयार भयौं तब त्यहाँका मानिसहरूले हामीलाई चाहिने सामग्रीहरू दिए।

11. हामी अलेक्जेन्ड्रियाबाट जहाजमा चढयौं। जहाज ठण्डा महीनाको बेला माल्टामा रहेको थियो। जहाजको अगिल्तिर जमल्याहा देवताहरूको चिन्ह थियो।

12. हामी सिराक्युस शहरमा पुग्यौं। त्यहाँ हामी तीन दिनसम्म बस्यौं अनि तब गयौं।

13. हामी रेगियम शहरमा आइपुगयौं। अर्को दिन दक्षिण-पश्चिमबाट बतास बहन थाल्यो, यसकारण हामी जान सक्यौं। एक दिनपछि हामी पटिओली शहरमा आइपुग्यौं।

14. हामीले त्यहाँ केही दाज्यु-भाइहरू पायौं। तिनीहरूले हामीलाई त्यहाँ एक हप्ता बस्न अनुरोध गरे। अन्तमा रोम आईपुग्यौ।

15. त्यहाँका विश्वासीहरूले आइपुगेको थाहा पाए। तिनीहरू हामीलाई भेट्न अप्पियस बजार र तीन-धर्मशाला भन्ने ठाउँमा आए। जब पावलले तिनीहरूलाई देखे परमेश्वरलाई धन्यवाद दिए अनि उनि सहासी भए।

16. त्यसपछि हामी रोम गयौं। पावललाई रोममा एक्लै बस्न दिइयो। तर उनको सुरक्षाको निम्ति एकजना सेना बसे।

17. तीन दिन पछि पावलले त्यहाँका मुख्य-मुख्य यहूदीहरू बोलाई पठाए। जब तिनीहरू एक साथ आए, पावलले भने, “मेरा यहूदी दाज्यु-भाइहरू! मैले हाम्रो मानिसहरूको विरुद्धमा केही गरेको छैन। न त मैले मेरा पुर्खाहरूको रीति-रिवाज विरुद्ध नै केही गरेको छु। तर मलाई यरूशेलममा पक्राइयो र रोमीलाई सुम्पिइयो।

18. रोमीहरूले धेरै प्रश्नहरू गरे। तर तिनीहरूले मलाई मृत्यु दण्ड दिनलाई कारण पाएनन्। यसर्थ तिनीहरूले मलाई स्वतन्त्र दिन चाहे।

19. तर यहूदीहरूले विरोध गरे। अत सिजरको अघि मेरो जाँच गराउन मलाई रोम पठाइयोस् भनि मैले भन्नु पर्यो। तर मैले मेरा आफ्नो मानिसहरूको विरोधमा केही आपत्ति गर्नु छैन।

20. यही कारण म तिमीहरूसंग भेट्न र बोल्न चाहन्छु। म यो साङ्गालाले बाँधिएको छु किनभने इस्राएलको आशामा म विश्वास गर्छु।”

21. यहूदीहरूले पावललाई उत्तर दिए, “हामीले तिम्रो विषयमा यहूदियाबाट कुनै चिट्ठीहरू पाएका छैनौ। न त हाम्रा कुनै यहूदी दाज्यु-भाइहरू जो यहूदियाबाट आए केही खबरहरू नै ल्याए न तिम्रो विषयमा केही खराब भने।

22. हामी तिम्रो विचारहरू सुन्न चाहन्छौ। हामी जान्दछौ कि यस पन्थको विषयमा मानिसहरूले चारैतिर खराब भनिरहेकाछन्।”

23. पावल र यहूदीहरूले सभा गर्ने दिन रोजे। त्यस दिन धेरै जना यहूदीहरूले पावललाई घरमा भेटे। दिनभरि पावल तिनीहरूसंग बात गरिरहे। पावलले परमेश्वरको राज्यको विषयमा तिनीहरूलाई व्याख्या गरे। पावलले मोशाको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुराहरूको उपयोग गरेर येशूको विषयमा तिनिहरूलाई विशवास गराउन खोजे।

24. कतिपयले उनको कुरामा विश्वास गरे तर कतिपयले गरेनन्।

25. तिनीहरूमा र्तक भयो। यहूदीहरू जान लागेका थिए तर पावलले अझ तिनीहरूलाई एउटा कुरा भनेः “पवित्र आत्माले यशैया अगमवक्ताको माध्यमद्वारा तिम्रा पुर्खाहरुको विषय सत्य छ भने। उनले भने,

26. ‘यो मानिस भए तिर जाऊ र तिनीहरूलाई भनः सुन्न त सुन्छौ तिमीहरूले, तर तिमीहरू बुझ्नेछैनौ! तिमीहरू हेर्छै अनि देख्छौ तर तिमीहरू जे देख्छौ बुझ्ने छैनौ!

27. हो, यी मानिसहरूका मन बन्द छन् अहिले यी मानिसहरूका कानहरू छन् तर तिनीहरूले सुन्दैनन् अनि यी मानिसहरू सत्य हेर्न मान्दैनन्। यस्तो भएको छ, यसैले तिनीहरूले आफ्ना आँखाहरूले देख्ने छैनन, आफ्ना कानहरूले सुन्ने छैनन् आफ्ना मनले बुझ्ने छैनन्। यस्तो भएको छ यसैले तिनीहरू मपट्टि र्फकिने छैनन् ।

28. “म चाहन्छु तिमी यहूदीहरूले जान कि परमेश्वरले गैर-यहूदीहरूका निम्ति मुक्ति पठाउनु भएको छ। तिनीहरूले सुन्ने छन!

30. पावल पूरा दुइ र्वष आफ्नो भाडाको घरमा बसे। उनले सबै मानिसहरूलाई स्वागत गरे जो उकहाँ भेट्न आए।

31. पावलले परमेश्वरको राज्यको विषयमा प्रचार गरे। उनले प्रभु येशु ख्रीष्टको विषयमा भने। उनी एकदम निर्भय थिए अनि कसैले पनि उनलाई बोल्न रोक्न सकेनन्। 

About प्रेरितहरूको काम Chapter 28

Read प्रेरितहरूको काम Chapter 28 online from the Holy Bible. This chapter is part of the Book of प्रेरितहरूको काम in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: प्रेरितहरूको काम
Chapter: 28
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading प्रेरितहरूको काम. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading प्रेरितहरूको काम Chapter 28 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is प्रेरितहरूको काम Chapter 28?

प्रेरितहरूको काम Chapter 28 is part of the Book of प्रेरितहरूको काम in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete प्रेरितहरूको काम Chapter 28 online for free with easy chapter navigation.

More Chapters from नयाँ करार

  1. प्रेरितहरूको काम Chapter 1
  2. प्रेरितहरूको काम Chapter 14
  3. प्रेरितहरूको काम Chapter 13
  4. प्रेरितहरूको काम Chapter 8
  5. प्रेरितहरूको काम Chapter 15
  6. प्रेरितहरूको काम Chapter 5
  7. प्रेरितहरूको काम Chapter 22

Explore More from प्रेरितहरूको काम

  1. प्रेरितहरूको काम Chapter 6
  2. प्रेरितहरूको काम Chapter 20
  3. प्रेरितहरूको काम Chapter 16
  4. प्रेरितहरूको काम Chapter 7
  5. प्रेरितहरूको काम Chapter 5
  6. प्रेरितहरूको काम Chapter 8
  7. प्रेरितहरूको काम Chapter 14

Related Chapters & Readings

  1. यशैया Chapter 16
  2. 1 शमूएल Chapter 30
  3. 2 इतिहास Chapter 13
  4. 2 इतिहास Chapter 16
  5. यूहन्ना Chapter 6
  6. लेवी Chapter 3
  7. इजकिएल Chapter 1
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *