एस्तर Chapter 9

For English

Read एस्तर Chapter 9 Online

Read एस्तर Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of एस्तर in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of एस्तर and the Holy Bible online.

Choose a Chapter

एस्तर 9

अध्याय 9

1. बाह्रौ महीना अर्थात आदरको महीनाको तेह्रौ दिनमा राजाको आदेश कार्यान्विनन् गर्ने दिन आइपुग्यो त्यसदिन तिनीहरूमाथि यहूदीका शत्रुहरूले प्रभुत्व हासिल गर्ने दिनथियो, त्यसलाई उल्टाइयो जब यहूदीहरूले आफूलाई विरोध गर्नेहरू माथि प्रभुत्व हाँसिल गरे।

2. राजा अहासूरसको सवै प्रान्तहरूलाई प्रहार गर्न आफ्ना शहरहरूमा भेला भए। अनि तिनीहरूलाई चोट पुर्याउनेहरूको विरूद्ध युद्ध गर्न भेला भए। कसैले तिनीहरूलाई बाधा दिएनन्। किनभने तिनीहरू सित भयभित थिए।

3. अनि प्रान्तहरूका समस्त अधिकारीहरू, हाकिमहरू र राज्यपालहरू अनि ती सबै जसले राजाको निम्ति काम गर्थे। यहूदीहरूलाई सहयोग गरेका थिए।

4. तिनीहरू मोर्दकैसित डराएका थिए। किनभने मोर्दकै राजा महलमा एक मुख्य व्यक्ति थिए, अनि समस्त प्रान्तमा तिनको प्रभाव अनुभव गरिएको थियो किनभने मोर्दकैका धेरै भन्दा धेरै शक्तिशाली मानिसहरू थिए।

5. तब यहूदीहरूले तिनीहरूका शत्रुलाई मारेर नष्ट गरिदिए, तिनलाई तिनीहरूको तरवारहरूले नष्ट गरे। अनि तिनीहरूको विरोध गर्नेहरूसित तिनीहरूलाई जे इच्छा लाग्छ त्यही गरे।

6. अनि शूशनको प्रासाद जिल्लामा यहूदीहरूले 500 मानिसहरूलाई मारे।

7. तिनीहरूले पर्शन्दाता, दल्पोन, अस्पाता,

8. पोराता अदल्या, अरीदाता,

9. पर्मश्ता, अरीशै, अरीदै अनि बैजाता।

10. हम्मदाताका छोरा, यहूदीहरूका शत्रु हामानका दशजना छोराहरूलाई पनि मारे। तर तिनीहरूले कुनै सर-सामान लुटेनन्।

11. त्यस समयमा शूशनको प्रसाद जिल्लामा मारीएका मानिसहरूको संख्या राजालाई बताइयो।

12. अनि राजाले रानी एस्तरलाई भने, “शूशनको प्रसाद जिल्लामा यहूदीहरूले दशजना हामानको छोराहरू लगाएत 500 जना मानिसहरूलाई मारे। राजाका अन्य प्रान्तहरूमा तिनीहरूले के गरे तिमी सुन्न चाहन्छौ? जे सुकै तिमी माग्छौ त्यो मञ्जूर गरिनेछ। अनि तिमीले अरूनै कुराहरू चाहे पनि त्यो पूरा गरिनेछ।”

13. अनि एस्तरले भनिन्, “यदि राजालाई असल लाग्छ भने शूशनमाबस्ने यहूदीहरूलाई आज तिनीहरूले जे गरे भोली फेरी त्यसै गर्ने अनुमति दिनुहोस् अनि हामानका दशजना छोराहरूलाई फाँसीमा झुण्डयाइयोस्।

14. फेरि एस्तरले भने अनुसार-राजाले त्यसै गर्ने आदेश दिनु भयो, अनि शूशनमा विधान घोषणा गरियो। तिनीहरूले हामानका दशजना छोराहरूलाई झुण्डयाइदिए।

15. अनि शूशनमा भएका यहूदीहरू फेरी भेला भए आदात महीनाको चौधौं दिनमा शूशनमा तिनीहरूले 300 जना मानिसहरूलाई मारे। तर तिनीहरूले कुनै लुट-पाट गरेनन्।

16. अनि बाँकी अन्य यहूदीहरू, जो राजाका प्रदेशहरूमा बस्थे, आफ्नो जिवनको सुरक्षा गर्न, शत्रुहरूबाट विश्राम पाउन, आफ्ना विरोधीहरू जम्मा 75,000 लाई मार्नका निम्ति एकत्रित भएका थिए। तर तिनीहरूले केही लुट-पाट गरेनन्।

17. यो घटना प्रदेशहरूमा अदार महीना को तेह्रौ दिनमा घट्यो अनि चौधौं दिनमा तिनीहरूले विश्राम लिए। अनि तिनीहरूले त्यस दिन भोज अनि समारोहको दिन तुल्याए।

18. तर यहूदीहरू जो शूशनमा थिए तिनीहरू महिनाको तेरौं अनि चौधौं दिनमा स्वयंलाई रक्षा गर्न एकत्रीत भएका थिए। त्यसपछि तिनीहरूले पन्धौं दिनमा विश्राम गरे त्यसलाई भोज अनि उत्सवको दिन तुल्याए।

19. यसले गर्दा बस्तीतिर शहरहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौं दिनलाई समारोह अनि भोजको र्हषित दिन तुल्याए अनि हरेकले उपहारहरूको आदान-प्रदान गरे।

20. अनि मोर्दकैले यी घटनाहरूको विषयमा लेखे अनि तिनले राजा अहासूरसका सबै प्रदेशहरू नजिक वा टाढा बस्ने सबै यहूदीहरूलाई पत्र पठाए।

21. तिनले तिनीहरूका निम्ति अदार महिनाको चौधौं अनि पन्ध्रौं दिनलाई वर्षै पिच्छे विदाको रूपमा पालन गर्ने प्रदर्श-रेखा स्थायी गर्नु भनी पत्रमा लेखे।

22. यी विदाहरूलाई त्यो दिन विदाको रूपमा अलग गरियो जब यहूदीहरूले आफ्ना शत्रुहरूबाट विश्रामपाए, त्यो महीना तिनीहरूको शोकबाट खुशीको समारोहमा परिवर्त्तन भयो अनि त्यो दिन तिनीहरूको रूवाई खुशीयालीको दिनमा परिर्वतनभयो। यी दिनहरूलाई भोज अनि समारोहको दिन, उपहार आदन-प्रदान गर्ने दिन, अनि गरीबहरूलाई दान गर्ने दिन तुल्यउन अलग गरियो।

23. यसर्थ तिनीहरूले भर्खरै शुरू गरेको विदाको दिनलाई मोर्दकैले जे गर्नु भनि तिनीहरूलाई लेखेर दिएका थिए, त्यही रूपले मनाउन यहूदीहरू सहमत भए।

24. अगामी हम्मादाताका छोरा, समस्त यहूदीहरूका शत्रु हामानले यहूदीहरूको अस्तित्व मेटाउने षड्‌यन्त्र गरेका थिए। अनि तिनले “पुरीम” अर्थात चिट्ठा पनि गरेका थिए, तिनीहरूलाई धम्किदिन र तिनीहरू को अस्तित्व मेटाऊन्।

25. तर जब एस्तर राजाको समक्ष गइन्। तिनले भने, “त्यो लेखिए को जस्तै तिनले यहूदीहरू प्रति योजना गरेका नराम्रो काम तिनी प्रतिनै गरियोस् अनि तिनीहरूले तिनका छोराहरूलाई फाँसीमा झुण्डयाओस्।

26. त्यसर्थ मानिसहरूले ती दिनहरूलाई “पूरीम” भने “पूरीम” नाउँको कारण किनभने मोर्दकैले पठाएको पत्रहरूमा भएका प्रदर्श-रेखा, यस घटनासंग सम्बन्धि थिए। तिनीले देखे र तिनीहरूमाथि प्रायके घटयो त्यस कारण यहूदीहरूले आफू स्वंयमका निम्ति अनि आफ्ना कुलहरूका निम्ति र तिनीहरूका समस्त सन्तानहरूका निम्ति अनि जो जति व्यक्ति तिनीहरूसित मिल्छन् विदाको प्रदर्श-रेखालाई अभि पुष्टिगरे र स्वीकार गरे। प्रत्येक वर्ष निर्धारित समयमा व्यवस्थाद्वारा तोकिएका यी दुइ दिन विदा मनाउन कोही पनि चुक्नु पाउने छैनन्।

28. यो दिन प्रत्येक प्रान्त, प्रत्येक शहरभरि प्रत्येक वंश तथा पुस्ताले सम्झना गर्छन अनि मनाउँछन्। यी दुई दिन मनाउनु कहिल्यै पनि रोकिनु हुँदैन। यी दुई विशेष दिनको महत्व यहूदीहरूले आफ्ना सन्तानहरूलाई भन्न बिराउनु हुँदैन्।

29. तब अबीहेलकी अनि यहूदी मोर्दकैकी छोरी रानी एस्तरले पूरीमको विषयमा पूर्ण अधिकार सहित देस्रो पत्र लेखिन्।

30. अब मोर्दकैले सबै यहूदीहरूलाई जो राजा अहासूरसका 127 प्रान्तहरूमा बस्थे शान्ति र सुरक्षाको बधाई पत्रहरू पठाए।

31. मोर्दकैले ती विदाको निम्ति उचित समय तय गर्नका निम्ति पत्रहरू पठाएका थिए। जसरी यहूदी मोर्दकै अनि एस्तरले तिनीहरूमाथि गुण लगाएका थिए। जसरी तिनीहरूले तिनीहरू स्वयंमाथि र तिनीहरू का सन्तानहरू माथि उपवास बस्ने अनि खुबै विलाप गर्ने निर्देशन दिएका थिए।

32. अनि एस्तरको वचनले पूरीमा उत्सवको प्रदर्श-रेखा निर्धारित गर्यो अनि ती पुस्तकमा लेखिए।

About एस्तर Chapter 9

Read एस्तर Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of एस्तर in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: एस्तर
Chapter: 9
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading एस्तर. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading एस्तर Chapter 9 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is एस्तर Chapter 9?

एस्तर Chapter 9 is part of the Book of एस्तर in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete एस्तर Chapter 9 online for free with easy chapter navigation.

More Chapters from एस्तर

  1. एस्तर Chapter 3
  2. एस्तर Chapter 8
  3. एस्तर Chapter 10
  4. एस्तर Chapter 7
  5. एस्तर Chapter 6
  6. एस्तर Chapter 2
  7. एस्तर Chapter 1

Explore More from पुरानो करार

  1. प्रस्थान Chapter 30
  2. यशैया Chapter 15
  3. यशैया Chapter 44
  4. एस्तर Chapter 8
  5. यशैया Chapter 46
  6. इजकिएल Chapter 34
  7. यहोशू Chapter 12

Related Chapters & Readings

  1. 1 शमूएल Chapter 5
  2. यर्मिया Chapter 28
  3. यूहन्ना Chapter 16
  4. मलाकी Chapter 1
  5. 1 राजा Chapter 4
  6. भजनसंग्रह Chapter 96
  7. भजनसंग्रह Chapter 5
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *