विलाप Chapter 2

For English

Read विलाप Chapter 2 Online

Read विलाप Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of विलाप in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of विलाप and the Holy Bible online.

Choose a Chapter

A+ A A-

विलाप 2

अध्याय 2

1. हाय! कसरी परमप्रभुले सीयोनकी छोरीलाई बादलले ढाक्नु भएको छ, उहाँले कसरी इस्राएलको गौरवलाई, आकाशदेखि भूँईमा खसाल्नु भएकोछ! परमप्रभुले, जब आफ्नो रिस देखाउनु भयो उहाँले इस्राएलमा राखिएको पाउदानलाईपर्वाह गर्नु भएन।

2. परमप्रभुले याकूबको घर भत्काउनु भयो। उहाँले बडो निदर्यतापूर्वक यसो गर्नु भयो। रिस उठेको बेला उहाँले यहूदाकी छोरीको किल्ला पनि ध्वंश पार्नु भयो। परमप्रभुले यहूदाको राज्य र यसका शासकलाई धूलोमा मिलाउनु भयो।

3. परमप्रभु रिसाउनु भयो यसर्थ उहाँले इस्राएलको सम्पूर्ण शक्ति ध्वंश पार्नुभयो। उहाँले इस्राएलको सैनिक सामर्थलाई लानु भयो। वहाँले त्यसो गर्नु भयो। जतिबेला शत्रुहरू प्रवेश गरेका थिए। उहाँले याकूबलाई आगोको ज्वाला झैं जलाई दिनुभयो। उनी चारै तिर बल्ने आगो जस्तै भए।

4. परमप्रभुले आफ्ना शत्रुहरूले झैं आफ्नो धनुमा ताँदो चढाउनुभयो। उहाँले दाहिने हातले काँड तयार पार्नुभयो। उहाँले यहूदाका सबै राम्रा मानिसहरूलाई मार्नु भयो। परमप्रभुले उनको आफ्नो शत्रुलाई झैं हत्या गर्नुभयो। परमप्रभुले आफ्नो रिस सियोनको पालमाथि खनाउनु भयो।

5. परमप्रभु शत्रु जस्तै हुनु भएकोछ। उहाँले इस्राएलका सबै राजमहलहरू र सबै किल्लाहरू निल्नु भएकोछ। उहाँले यहूदाको छोरीलाई, यस्तो दुखी र मृत्युमा रूने बनाउनु भयो।

6. परमप्रभुले आफ्नो पाल यसरी उखाल्नु भयो, मानौ त्यो एउटा बगैंचा हो। जुन ठाँउमा मानिसहरू भेला भएर उहाँको पूजा गर्थे, उहाँले त्यस ठाउँलाई ध्वंश पार्नु भएको छ। उनीहरू कुनै विशेष पवित्र दिन सियोनमा विशेष सम्मेलन गर्थे। परमप्रभुले मानिसहरूलाई भुल्न लगाउनु भयो। परमप्रभुले राजा र पूजाहारीलाई त्याग्नु भयो। किनभने उहाँ रिसाउनु भएको थियो र त्याग्नु भएको हो।

7. परमप्रभुले आफ्नो वेदी त्याग गर्नु भयो, उहाँले आफ्नो उपासनाको पवित्र स्थान पनि त्याग्नु भयो। उहाँले शत्रुलाई यरूशलेम राजप्रसादहरूका पर्खाल पनि ढाल्न लगाउनु भयो। परमप्रभुको भवनमा शत्रुहरू आनन्दले चित्कार गर्न लागे। उनीहरूको चित्कारले छुट्टीको जस्तो परिवेश बनिएको थियो।

8. परमप्रभुले सियोनकी छोरीको पर्खाललाई ध्वंश गर्ने योजना गर्नुभयो। त्यसकारण उहाँले ती पर्खालहरू ध्वंश गर्नु पर्ने ठाउँमा चिन्ह लगाउन गजले नाप्नु भयो। त्यस पछि तिनीहरू सबै भत्के।

9. यरूशलेमका सबै फाटकहरू भूइँमा भासिए। यहाँले फाटकका सबै डण्डाहरू टुक्र्याई धुलो पार्नुभयो। उहाँका राजा र राजकुमारहरू अरू कुनै राष्ट्रमा छन्। उनीहरूलाई अब शिक्षा दिइने छैन। र यरूशलेमका अगमवक्ताहरूले पनि परमप्रभुबाट कुनै दर्शन पाएनन्।

10. सियोनका सुबै बूढा-प्रधानहरू भूइँमा बसिरहेका छन्। उनीहरू भूइँमा चुपचाप बसिरहेका छन्। उनीहरूले आफ्नो टाउकोमा धूलो हाले अनि बोराको लुगा लगाएका छन्। यरूशलेमका तरूणीहरू दुखले टाउको भूइँमा झुकाएकाछन्।

11. मेरो आँखा रोएर राता भएका छन् र फुलेका छन्। मेरो हृदय दुखीरहेकोछ। मेरो हृदय भूइँमा खनिए झैं अनुभव गर्छु। मेरा मानिसहरू नष्ट भएकाले मलाई यस्तो अनुभव भएको हो। नानीहरू र दूधे शिशुहरू मूर्छा पर्दैछन्। उनीहरू शहरका गल्लीहरूमा मूर्छा पर्दैछन्।

12. जब आफ्ना आमाहरूका काखमा नानीहरूको प्राण शिथिल हुँदै जान्छ तिनीहरू आफ्ना आमालाई सोध्छन्, “रोटी र दुध कहाँ छन्?”

13. सियोनको छोरी तिमीहरूलाई म कोसित तुलना गरूँ? हे सियोनकी कन्या-छोरी तिमीलाई म कोसित तुलना गरू? म तिमीहरूलाई कसरी सुख शान्ति दिनसक्छु। तिमीहरूको विनाश समुद्र झैं विशाल छ। तिमीहरूलाई कसले जाती पार्न सक्छ?

14. तेरा अगमवक्ताहरूले तेरोलागि केहि देखेका थिए। तर उनीहरूको दर्शनहरू झूटो थियो। सुधारका निम्ति तिनीहरूले तेरो दोष देखाएनन। तिनीहरूले तेरो विषयमा प्रचार गरे तर तिनीहरूले तँलाई शुद्ध मूर्ख बनाए।

15. त्यो बाटो हिड्ने कुनै पनि मानिसले, अचम्मले थप्पडी मार्छन्। तिनीहरूले यरूशलेमका छोरीलाई सिट्टी बजाउँछन् र टाउको हल्लाउँछन्। उनीहरूले सोध्छन, “के जुन शहरलाई मानिसहरूले ‘परम सुन्दर शहर’ र ‘सारा पृथ्वीको आनन्द भन्ने गर्थे, यही शहर हो?’”

16. तेरा सबै शत्रुहरू तँलाई खिसि गर्छन। तिनीहरू सिट्टी बजाउँछन् र दाह्रा किट्दै भन्छन्, “हामी पूर्णरूपले ध्वंश भएका छौं। साँच्चै, आज त्यही दिन हो जुन दिनको आशा हामीले गरेका थियौं। अन्तमा हामीले आज त्यही देखिरहेका छौं जो हामीले सोचेका थियौं।”

17. परमप्रभुले त्यही काम गर्नुभयो जो उहाँले परिकल्पना गर्नुभएको थियो। उहाँले त्यही काम गर्नुभयो जो उहाँले हामीहरूलाई गर्छु भन्नु भएको थियो। वहाँले त्यहि गर्नु भयो जो धैरे समय वहाँले गर्नु चाहानुहुन्थ्यो। उहाँले कुनै दया नदेखिाईकन ध्वंश गर्नु भयो। तिम्रो यो अवस्था देखेर तिम्रो शत्रुहरू अत्यन्तै खुशी भए। उहाँले तिम्रो शत्रुहरूलाई अत्यन्तै बलियो बनाउनुभयो।

18. परमप्रभुको सामुने अन्तर हृदयबाट क्रन्दन गर। हे सियोनकी छोरी तेरो पर्खालहरू आँसुको खोला जस्तै बग्न दे। रात-दिन तेरो आँसु बग्न दे। तेरो आँखालाई नरोक शान्त हुन नदे!

19. उठ! राती रोऊ! रातको प्रत्येक पहरको शुरूमा रोऊ। हृदयलाई परमप्रभुको समीप पोखाऊ। परमप्रभुसँग प्रार्थनाको लागि हात उचाल। आफ्ना नानीहरूको जीवनका निम्ति प्रार्थना गर। भोकले बेहोस भएका नानीहरूलाई जीवनदान दिने प्रार्थना गर। उनीहरू शहरका बाटो-घाटोमा खाना बिनानै बेहोस हुँदैछन्।

20. हे परमप्रभु! मलाई हेर्नु होस्, हेर्नुहोस्, म को हुँ, जसलाई तपाईंले यस्तो व्यवहार गर्नु हुँदैछ? म तपाईंलाई एउटा प्रश्न गर्न चाहन्छु, “के आफूले जन्माएको शिशुलाई नै स्त्रीले खानु? के तिनीहरूले हुर्काएको नानीहरूलाई नै खानु? के पूजाहारी र अगमवक्ताहरूलाई परमप्रभुको मन्दिरमा मार्नै पर्छ?”

21. गल्लीहरूमा जवानहरू र बूढा मानिसको लाशहरू लडिरहेकाछन्। तरूणी अनि तन्देरीहरू तरवारले बराबरी काटिए। परमप्रभु जब तपाईं रिसाउनु भयो तब तिनीहरूलाई मार्नु भयो। कुनै दया नदेखाइकन तपाईंले तिनीहरूको नष्ट गर्नु भयो।

22. तपाईंले चारैतिरबाट मकहाँ आतङकलाई निम्ताउनु भयो। तपाईंले आतंकलाई कुनै पर्वका दिन जस्तै गरेर निम्ताउनु भयो। कुनै त्यक्ति पनि परमप्रभुको क्रोधबाट बाँच्न सकेन जसलाई हुर्काइ बढाई गरेकी थिएँ मेरा शत्रुहरूले तिनीहरूलाई मारे।

About विलाप Chapter 2

Read विलाप Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of विलाप in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: विलाप
Chapter: 2
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading विलाप. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading विलाप Chapter 2 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is विलाप Chapter 2?

विलाप Chapter 2 is part of the Book of विलाप in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete विलाप Chapter 2 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 3

Explore More from विलाप

  1. विलाप Chapter 3
  2. विलाप Chapter 4
  3. विलाप Chapter 5
  4. विलाप Chapter 1

Related Chapters & Readings

  1. हितोपदेश Chapter 14
  2. हिब्रू Chapter 11
  3. भजनसंग्रह Chapter 31
  4. नहेम्याह Chapter 8
  5. 2 राजा Chapter 4
  6. 2 शमूएल Chapter 4
  7. यशैया Chapter 51
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *