Read 2 राजा Chapter 22 Online
Read 2 राजा Chapter 22 online from the Holy Bible. This chapter is part of the Book of 2 राजा in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 राजा and the Holy Bible online.
Choose a Chapter
2 राजा 22
अध्याय 22
1. योशियाह आठ वर्षका थिए जब उनले शासन शुरू गरे। उनले यरूशलेममा 31 वर्ष शासन गरे। उनको आमाको नाउँ यदीदा थियो जो बोसकतका अदायाकी छोरी थिइन।
2. योशियाहले ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो। योशियाहले आफ्ना पुर्खा दाऊद जस्तै परमेश्वरकोको अनुसरण गरे। योशियाहले परमेश्वरको वचनको पालन गरे उनले त्यही गरे जो परमेश्वरले चाहाँनु भएको थियो।
3. योशियाह राजा भएको अठारह्रौं वर्षमा, उनले मशुल्लामका छोरा जाति असल्याहको छोरा, शापानलाई सचिव बनाएर र उनलाई परमप्रभुको मन्दिरमा पठाए। योशियाहले भने,
4. “प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ। उनलाई भन, मानिसहरूले परमप्रभुको मन्दिरमा चढाएको धन उनले लिनु पर्छ। द्वारपालकहरूले मानिसहरूबाट त्यो धन सग्रह गरेका थिए।
5. पूजाहारीहरूले त्यो धन परमप्रभुको मन्दिर मर्मत गर्न मा कर्मीहरूलाई दिएर प्रयोग गर्नु पर्छ। पूजाहारीहरूले त्यो धन परमप्रभुको मन्दिरको काम हेरचाह गर्ने मानिसहरूलाई दिएर उपयोग गर्नु पर्छ।
6. त्यो धन सिकर्मी, डकर्मी र ढुंङ्गाकाट्नेहरूमा प्रयोग गर्नु पर्छ। अनि त्यो धन काठ किन्नु अनि ढुंङ्गा काट्नुमा खर्च गर्नु पर्छ जो मन्दिरमा ठोक्न चाहिन्छ।
7. रूपियाँ गन्ती नगर्नु जो तिमी कर्मीहरूलाई दिन्छौ। ती कर्मीहरूलाई विश्वास गर्न सक्नु पर्छ।”
8. प्रधान पूजाहारी हिल्कियाहले सचिव शापानलाई भने, “सुन, परमप्रभुको मन्दिरमा मैले व्यवस्थाको पुस्तक पाएँ।” हिल्कियाले पुस्तक शापानलाई दिए अनि शापानले त्यो पढे।”
9. सचिव शापान राजा योशियाहकहाँ गए अनि उनलाई के भयो भने। शापनले भने, “तपाईका सेवकहरूले सबै धन संग्रह गरेका छन् जो मन्दिरमा थियो। तिनीहरूले त्यो परमप्रभुको मन्दिरको काम हेरचाह गर्ने मानिसरूलाई दिए।”
10. तब सचिव शापानले राजालाई भने, “अनि हिल्कियाह पूजाहारीले त्यो पुस्तक मलाई पनि दिए।” तब शापानले राजाका लागि पुस्तक पढे र सुनाए।
11. जब राजाले व्यवस्थाको पुस्तक का शब्दहरू सुने, उनले आफूलाई उदास र अशान्त देखाउन आफ्ना लुगाहरू च्याते।
12. तब राजाले पूजाहारी हिल्कियाह शापानका छोरा अहीकाम, मीकायाहका छोरा अक्बोर, सेनाका सचिव शापान तथा राजाको सेवक असायाहलाई दिए।
13. राजा योशियाहले भने, “जाऊ अनि परमेश्वरलाई सोध हामीले के गर्नु पर्छ? परमप्रभुलाई मेरो निम्ति, मानिसहरूको निम्ति तथा सम्पूर्ण यहूदाको निम्ति सोध। पाइएको पुस्तकका शब्दहरूको विषयमना सोध। परमप्रभु हामीसित रिसाउनु भएको छ। किन? किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकका शब्दहरू सुनेनन्। तिनीहरूले सबै आदोशहरू पालन गरेनन् जो हाम्रोलागि लेखिएका थिए।”
14. यसकारण पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह हुल्दा आइमाई अगमवक्ता कहाँ गए। हुल्दा हर्हसको नाती, तिक्बाको छोरा शाल्लूमकी पत्नी थिइन्। उ पूजाहारीको लुगाफाटा हेरचाह गर्थ्यो। हुल्दा यरूशलेमको दोस्रो खण्डमा बस्ने र्गथिन्। तिनीहरू हुल्दासित कुरा गरे।
15. तब हुल्दाले तिनीहरूलाई भनिन, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः त्यो मानिसलाई भन जसले तिमीलाई मकहाँ पठाएका छ।
16. ‘परमप्रभु यस्तो भन्नुहुन्छ म यस ठाउँ र यहाँका मानिसहरूमाथि संकट ल्याउँदैछु। यी संकटहरू पुस्तकमा उल्लिखित छन् जसलाई यहूदाका राजाले पढे।
17. यहूदाका मानिसहरूले मलाई छोडे अनि अरू देवताहरूका लागि धूपबलि बाले। तिनीहरूले मलाई रीस उठाए। तिनीहरूले धेरै देवमूर्तिहरू बनाए। त्यसै कारणले गर्दा म यस ठाउँको विरोधमा आफ्नो रीस देखाउनेछु। मेरो रीस आगो जस्तो हुनेछ जसलाई थाम्न सकिने छैन।’
18. “यहूदाका राजा योशियाहले तिमीलाई परमप्रभुबाट सल्लाह लिन भनी पठाए। योशियाहलाई यी कुरा भनः ‘परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभएका शब्दहरू तिमीले सुन्यौ। यस ठाउँ र यहाँ बस्ने मानिसहरूको विषयमा मैले भनेको तिमीले सुन्यौ तिम्रो हृदय कमलो थियो। तिमीले दुःख मान्यौ जब ती कुरा सुन्यौ मैले भनें यस ठाउँमा डरलाग्दो घटनाहरू हुनेछ (यरूशलेम) तिमीले आफ्नो दुःख देखाउन आफ्नो लुगा च्यात्यौ अनि तिमी रून थाल्यौ। यसैकारण मैले तिम्रो कुरा सुने। परमप्रभु यस्तो भन्नुहुन्छ।
20. ‘म तिमीहरूलाई आफ्ना पुर्खाहरूकहाँ लिएर जानेछु। तिमीहरू मर्नेछौ अनि शान्तिसँग चिहानमा जाने छौ। यसकारण तिम्रा आँखाले सबै संकटहरू देख्ने छैनन् जो म यस ठाउँ यरूशलेममा ल्याउँदै छु।”‘त्यसपछि पूजाहारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान अनि असायाहले यो सन्देश राजालाई भने।
About 2 राजा Chapter 22
Read 2 राजा Chapter 22 online from the Holy Bible. This chapter is part of the Book of 2 राजा in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: 2 राजा
Chapter: 22
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading 2 राजा. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading 2 राजा Chapter 22 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is 2 राजा Chapter 22?
2 राजा Chapter 22 is part of the Book of 2 राजा in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete 2 राजा Chapter 22 online for free with easy chapter navigation.
More Chapters from 2 राजा
- 2 राजा Chapter 15
- 2 राजा Chapter 23
- 2 राजा Chapter 25
- 2 राजा Chapter 14
- 2 राजा Chapter 7
- 2 राजा Chapter 16
- 2 राजा Chapter 6
Explore More from पुरानो करार
- इजकिएल Chapter 6
- न्यायकर्ता Chapter 19
- यशैया Chapter 9
- भजनसंग्रह Chapter 150
- यशैया Chapter 62
- 2 शमूएल Chapter 7
- प्रस्थान Chapter 13