दानियल Chapter 9

For English

Read दानियल Chapter 9 Online

Read दानियल Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of दानियल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of दानियल and the Holy Bible online.

Choose a Chapter

दानियल 9

अध्याय 9

1. राजा दाराको शासनकालको पहिलो वर्षको समयमा यो घटना घटेको थियो। दारा अहासुरस नाउँ भएका एकजना मानिसको पुत्र थिए। दारा मादीका मानिसहरूसँग सम्बन्धित थिए। उनी बाबेलको राजा भए।

2. दाराको राज्य कालको पहिले वर्षमा म दानियल केही पुस्तकहरू पढिरहेको थिएँ। ती पुस्तकहरूमा मैले देखें कि परमप्रभुले यर्मियाहलाई यो बताउनु भयो कि यरूशलेम पुननिर्माण कति वर्ष पछि हुन्छ? परमप्रभुले भन्नु भएको थियो यसभन्दा पहिला को यरूशलेम फेरि बनाउन, सत्तरी वर्ष लाग्नेछ।

3. तब म फेरि परमेश्वर मेरा मालिकपट्टि फर्किएँ अनि सहायताको निम्ति प्रार्थना गरें। मैले खाना खान छोडें अनि यस्तो लुगा लगाएँ जसबाट यो बुझियोस् कि म दुखी छु। मैले आफ्नो टाउकोमा धूलो हालें।

4. मैले परमप्रभु मेरो परमेश्वरलाई प्रार्थना गरें। मैले मेरा सबै पापहरूको विषयमा उहाँलाई मैले भनें, “हे परमप्रभु तपाईं महान अनि भय योग्य परमेश्वर हुनुहुन्छ। तपाईंसित प्रेम गर्ने मानिसहरूसित तपाईंले प्रेम अनि दया गर्नुहुन्छ। तपाईंले तपाईंको करार मानिसहरूसित राख्नु हुन्छ जसले तपाईंको आज्ञाहरू पालन गर्छन्।

5. “तर परमप्रभु हामी पापी हौं। हामीले नराम्रो कर्म गर्यौं, कुकर्म गर्यौं, तपाईंको विरोध गर्यौ र तपाईंको निष्पक्ष न्याय अनि आदेशबाट टाढा गयौं।

6. तपाईंका दास अगमवक्ताहरू, हाम्रा राजाहरू, शासकहरू, पिता पुर्खाहरू अनि देशका सबै मानिसहरूसँग तपाईंको नाउँमा बोलेका थिए! तर हामीले तिनीहरूको कुरा सुनेनौं।

7. “हे परमप्रभु, तपाईं असल हुनुहुन्छ अनि सदचारिता तपाईंकै हो! तर आज लाज हाम्रो हो। लाज यहूदा र यरूशलेमका मानिसहरूबाट हो। लाज इस्राएलका सबै मानिसहरूको हो। मानिसहरू जो नजिकमा छ। अनि मानिसहरू त्यसको टाडामा छन्। परमप्रभु तपाईंले ती मानिसहरूलाई धेरै जातिहरूको बीचमा छरपष्ट पार्नु भयो। अनि ती देशमा भएका इस्राएलका मानिसहरू लज्जित हुनुपर्छ। तिनीहरूले तपाईंको विरूद्धमा नराम्रो काम गरेका हुनाले तिनीहरू लज्जित हुनुपर्छ, परमप्रभु!

8. “हे परमप्रभु हामी सबै लज्जित हुनु पर्छ। हाम्रो सबै राजाहरू र अगुवाहरू लज्जित हुनु पर्छ। हाम्रो पिता-पुर्खाहरू लज्जित हुन पर्छ। किन? किनभने हामीले तपाईंको विरूद्ध पाप गरेका छौ, परमप्रभु!

9. “तर हे परमप्रभु तपाईं दयालु हुनुहुन्छ। तिनीहरूले गरेको नराम्रो कार्यहरूका निम्ति तपाईंले मानिसहरूलाई क्षमा दिनुहुन्छ। अनि हामी तपाईंको विरूद्ध बागी भएकाछौं।

10. हामीले परमप्रभु हाम्रा परमेश्वरको आज्ञा पालन गरेका छैनौं।परमप्रभुले उहाँका दासहरू, अगमवक्ताहरू प्रयोग गरेर हामीहरूलाई नियमहरू दिनुभयो तर हामीले उहाँको नियमहरू पालन गरेनौ।

11. तपाईंको वचन पालन नगरेर सारा इस्राएलीहरूले तपाईंको व्यवस्था भङ्ग गरेका छन् अनि त्यसदेखि तर्केकाछन्। परमेश्वरको दास मोशाको व्यवस्थामा देखाईएका आज्ञा र तोकिएका सराप हामीमाथि पानी झैं खनिएकाछन्, किनकि हामीले उहाँको विरूद्धमा पाप गर्यौं।

12. “हामीमाथि र यरूशलेममाथि संसारमा कहिल्यै नभएको विपत्ति ल्याएर हामी र हाम्रा शासकहरूको विषयमा भन्नु भएका सबै कुरा तपाईंले पूरा गर्नुभएको छ।

13. हामीमाथि आएका सबै विपत्तिहरू मोशाको व्यवस्थाको पुस्तकमा पहिलानै लेखिएका थिए तर पनि हामीले आफ्ना परमेश्वरको सम्मानमा केही गरेका छैनौं। आफ्नो अधर्मको कामबाट हामीले पश्चाताप गरेनौ तपाईं आफ्नो वचनमा प्रतिवद्ध हुनुहुन्छ भन्ने कुरामा हामीले ध्यानै दिएनौ।

14. यसकारण परमप्रभुले आफ्नो समयमा यो विपत्ति हामीमाथि ल्याउनु भयो। आफूले गर्नु भएका सबै कुरामा परमप्रभु हाम्रा परमेश्वर ठीक हुनुहुन्छ तर पनि हामीले उहाँको आज्ञा पालन गरेका छैनौं।

15. “अब परमप्रभु हाम्रो परमेश्वर जसले आफ्नो लोकलाई शक्तिशाली हातद्वारा मिश्र देशबाट निकालेर ल्याउनु भयो र आजको दिनसम्मै कायम रहने नाउँ राख्नु भएकोछ हामीले पाप गरेका छौं।

16. हे परमप्रभु! तपाईंको दया, उद्धारको राम्रो कामहरूद्वारा आफ्नो शहर पवित्र डाँडा यरूशलेमबाट आफ्नो क्रोध र रीस हटाउनु होस्। हाम्रा पाप र हाम्रा पिता-पुर्खाहरूको दोषले गर्दा यरूशलेम र तपाईंका मानिसहरू हाम्रा सबै छिमेकीहरूका बीचमा हामी लज्जित भएकाछौं।

17. “अब हाम्रो परमप्रभु हाम्रो प्रार्थना सुन्नुहोस्। म तपाईंको दास हुँ सहायताको निम्ति मेरो प्रार्थना तिनीहरूको पवित्र स्थानका निम्ति असल कुराहरू गर्नुहोस्। त्यो भवन नष्ट भएको थियो। तर मालिक, तपाईं आफ्नै राम्रोको निम्ति यी असल कुराहरू गर्नुहोस्।

18. मेरो परमेश्वर आफ्नो कान थापेर सुन्नुहोस्, आफ्नो आँखा खोल्नुहोस् र हाम्रो उजाड अवस्थामाथि र तपाईंको नाउँ भएको शहरमाथि निगाह राख्नहोस्। हाम्रो आफ्नै धार्मिकता द्वारा होइन, तर तपाईंको असीम दयाद्वारा तपाईंका सामुन्ने हामी आफ्नो अन्तर-बिन्ती टक्राउँदछौं।

19. हे परमप्रभु! सुन्नुहोस्, मेरा परमेश्वर हाम्रो पाप क्षमा गर्नुहोस्, मेरो परमेश्वर हाम्रो प्रार्थना सुनेर त्यस अनुसार गरिदिनु होस। किनभने यो तपाईं आफ्नो भलाईको निम्ति गर्नुहोस, ढिलो नगर्नुहोस, तपाईंको शहर र तपाईंको नानिस तपाईंकै नाउँले कहलाइएकोछन्।”

20. यसरी म बोल्दै, प्रार्थना गर्दै मेरो आफ्नो पाप र मेरा जाति इस्राएलीको पापको पश्चाताप गर्दै र उहाँको पवित्र डाँडाको पक्षमा परमप्रभु मेरो परमेश्वरको सामु मेरो अन्तर-बिन्ती टक्राइरहेको थिएँ।

21. जतिबेला म प्रार्थना गरिरहेको थिएँ तब तिनै मानिस गाब्रिएल, जसलाई मैले अघि दर्शनमा पनि देखेको थिएँ, सांझको बलिदानको समयमा चाँडो गरी उडदै मेरो छेउमा आए।

22. स्पष्टसित बोल्दै तिनले मलाई बुझाए, तिनले भने, “दानियल अहिले म तिम्रो समझ खोलिदिनलाई आएको छु।

23. जब तिमीले आफ्नो बिन्ती शुरू गरिरहेका थियौ तब एउटा वचन आयो। म तिमीलाई त्यही दिनलाई आएको छु, किनभने तिमी अति प्रिय मानिस छौ। त्यो वचन राम्ररी विचार गर, त्यस दर्शनलाई विचार गर।

24. “तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति सत्तरी हप्ता तोकिएको छ। त्यसपछि विद्रोह थामिनेछ, पापको अन्त हुनेछ, दोषको प्रयाश्चित गरिनेछ। अनन्तको पवित्रता शुरू हुनेछ, दर्शन र भविष्यवाणी अन्त हुनेछ अनि सबै भन्दा पवित्रस्थान पवित्र तुल्याइनेछ।

25. “त्यसपछि यो जान र बुझ, यरूशलेमको पुनप्राप्ति र पुननिर्माण हुनेछ भन्ने वचन निस्केको समयदेखि एक अभिषिक्त जन, एक राजकुमार देखा परेको समय सम्म सात हप्ता बित्नेछ। त्यसपछि बैसठ्ठी हप्ता सम्म गल्ली र नाला समेत पुनप्राप्ति र पुर्ननिर्माण भइसकेको अवस्थामा रहनेछ।

26. त्यस समयमा अर्थात बैसठ्ठी हप्तापछि अभिषेक गरिएको मानिस हटाइनेछ। त्यसपछि एकजना राजकुमारको सेनाले आक्रमण गर्नेछ अनि शहरका पवित्र स्थान ध्वंश गर्नेछ। तब त्यहाँ ठूलो युद्ध हुनेछ अनि सम्पूर्ण ध्वंशको योजना बनाइनेछ।

27. “तब भविष्यका शासकले धेरै मानिसहरूसित सम्झौता गर्नेछ। यो एक हप्ता सम्म चल्नेछ। आधा हप्ता सम्मको निम्ति भेटी अनि बलिदानहरू रोकाउनेछ। अनि एकजना विध्वंशक आउनेछ। उसले डरलाग्दो विनाशक कर्महरू गर्नेछ। तर परमेश्वरले त्यस विध्वंशको ध्वंशका निम्ति आदेश दिइसक्नु भएकोछ।”

About दानियल Chapter 9

Read दानियल Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of दानियल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: दानियल
Chapter: 9
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading दानियल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading दानियल Chapter 9 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is दानियल Chapter 9?

दानियल Chapter 9 is part of the Book of दानियल in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete दानियल Chapter 9 online for free with easy chapter navigation.

More Chapters from दानियल

  1. दानियल Chapter 10
  2. दानियल Chapter 6
  3. दानियल Chapter 3
  4. दानियल Chapter 8
  5. दानियल Chapter 2
  6. दानियल Chapter 12
  7. दानियल Chapter 7

Explore More from पुरानो करार

  1. भजनसंग्रह Chapter 69
  2. भजनसंग्रह Chapter 19
  3. यशैया Chapter 13
  4. उपदेशक Chapter 1
  5. प्रस्थान Chapter 8
  6. एस्तर Chapter 10
  7. इजकिएल Chapter 12

Related Chapters & Readings

  1. 2 इतिहास Chapter 15
  2. 1 कोरिन्थी Chapter 16
  3. न्यायकर्ता Chapter 9
  4. जकरिया Chapter 7
  5. 2 शमूएल Chapter 5
  6. मीका Chapter 2
  7. लूका Chapter 23
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *