Read हबकूक Chapter 2 Online
Read हबकूक Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of हबकूक in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of हबकूक and the Holy Bible online.
Choose a Chapter
हबकूक 2
अध्याय 2
1. “म एउटा प्रहरी झैं उभिन्छु र हेर्छु। परमप्रभुले मलाई के भन्नु हुन्छ म पर्खेर सुन्नेछु। म प्रतिक्षा गर्नेछु अनि म जान्नेछु कि उहाँले मेरो प्रश्नको के जवाफ दिनुहुन्छ।”
2. परमप्रभुले मलाई उत्तर दिनुभयो, “तिमीलाई जुनकुरा दर्शाउँछु त्यसलाई राम्रोसित लेख। यो वचन सफा र प्रष्टसंग लेख कारण अरु मानिसहरुले पनि हेरेर पढ्न सकुन्।
3. यो समचार त्यो एउटा बिशेष भबिष्यको बिषयमा छ। यो समचार अन्तको समयको बिषयमा हो अनि यो सत्य हुन आउनेछ। यस्तो लाग्नेछ त्यस्तो समय कहिल्यै आउँनेछैन। तर धीरजसंग त्यसको समय प्रतिक्षा गर। त्यो समय आउनेछ त्यो आउन ढिलो लाग्ने छैन।
4. यो समचारले ती मानिसहरुलाई सहाएता गर्ने छैन जसले यसमाथि कान थाप्न अस्वीकार गर्नेछन्। तर धर्मी मानिसहरुले यो समचारमाथि बिश्वास गर्नेछन् अनि तिनीहरुलाई आफ्नो विश्वासको कारणले बाँच्न दिइनेछ।”
5. परमेश्वर भन्नुहुन्छ, “दाखरसले मानिसलाई धोखा दिन सक्छ त्यस्तै प्रकारले एउटा शक्तिशाली मानिसको घमण्डले उसलाई मुर्ख बनाउँछ। त्यो मानिसले शान्ति पाउनेछैन। ऊ एउटा मृत्यु जस्तै हो, उसमे सधैं धेरै-धेरै इच्छा गर्छ। मृत्यू झैं ऊ कहिल्यै पनि तृप्त हुँदैन। उसले अर्को देशलाई सधैं हराई रहनेछ। उसले अन्य सबै राष्ट्रहरुलाई कैदी जस्तै लगिरहनेछ।
6. निश्चय नै यी मानिसहरुले उसको हाँसो उडाउँनेछन् अनि भन्छन्, ‘अर्काको धन खोसेर धनी हुनेलाई धिक्कार होस्, त्यसले कहिले सम्म त्यसो गर्छ? त्यसलाई धिक्कार होस् जो अर्काको धन खोसेर धनी हुन्छ।’
7. “हे, मानिस, तिमीले मानिसहरुको धेरै धन खोसेका छौ। जे जति भइरहेछ त्यसको विरोधमा एक दिन ती मानिसहरु उठ्नेछन्। उनीहरुले चाल पाउने छन् अनि तिम्रो विरोधमा खडा हुनेछन्। त्यस समय तिनीहरुले ती सबै कुराहरु तिमीबाट लिनेछन्। अनि तिमी भयभित हुनेछौ।
8. तिमीले धेरै देशहरु लुट्यौ। तर बाँकी रहेका जातिहरुले तिमीलाई लुट्नेछन्। तिमीले धेरै मानिसहरुको हत्या गर्यौ तिमीले खेतहरु र शहरहरु नष्ट पार्यौ र बासिन्दाहरुलाई मार्यौ।
9. हो, जो मानिसले नराम्रो कर्मद्वारा धन कमाउँछ, उमाथि नराम्रो कुराहरु हुनेछ। सुरक्षासित बाँच्नको लागि उसले त्यसो गर्छ। उसले सोच्छ कि अरु मानिसले उसको धन लुट्न सक्दैन, तर नराम्रो कुरा उसमाथि घट्नेछ।
10. “तिमीले धेरै मानिसहरुको सर्वनासको योजना बनाएर राखेका छौ। तर ती योजनाहरुले तिम्रो घरमा लाज ल्याउनेछन्। तिमीले दुष्ट्याईं गर्यौ यसकारण तिमाले तिम्रो जीवन गुमाउने छौ।
11. तिम्रो घरको पर्खालहरु तिम्रो बिरुद्धमा चिच्याई-चिच्याई बोल्नेछन्। तिम्रो घरका काठका खामाहरुले पनि तिम्रो दुष्ट्याईंको गवाही गिनेछन् कि तिमीले दुष्ट कार्य गर्यौ।
12. ती गुष्ट शासकहरुलाई नराम्रो हुनेछ जसले निर्दोष मानिसहरुलाई मारेर शहरको निर्माण गर्छन अनि दुष्ट्याईंद्वारा शहरहरु स्थापित गर्छन् तिनीहरुलाई नराम्रो हुनेछ।
13. सर्वशक्तिमान परमप्रभुले निर्णय लिनुभएको छ कि ती मानिसहरुले निर्माण गरेको शहरहरु सबै आगोले जलाएर खरानीमा परिणत गर्ने। तिनीहरुको सबै मेहनत बेकामको भएर जानेछ।
14. तब सबै तिर मानिसहरुले परमप्रभुको महिमा जान्नेछन् अनि यो खबर समुद्रमा पानी जसरी फिंजिन्छ त्यसरि नै फिंजिनेछ।
15. हाय! तिमीलाई हेर! जसले आफ्ना साथीहरुलाई तिनीहरुलाई धर्खराउन्जेल र चूर भई मातेर लडे झैं नहुन्जेल सम्म कुर्छौ र जब तिनीहरु नाङ्गो लड्छन् तब हेर्छौ।
16. “तर त्यलाई परमप्रभुको क्रोधको बिषयमा ज्ञान हुन्छ। त्यो क्रोध विषको एउटा बोटुको समान हुन्छ जुन परमप्रभुले आफ्नो दाहिने हातमा लिनुभएको छ। त्यस मानिसले त्यो क्रोधको विष चाख्नु पर्छ। तब त्यो कुनै मातेको मानिस झैं मैदानमा लड्नेछ।“हे दुष्ट शासक तिमीले विषको त्यो बोटुको पिउनेछौ। तिमीले इज्जत हैन लाज पाउँनेछौ।
17. लबानोनमा तिमीले धेरै मानिसको हत्या गरेका छौ। तिमीले त्यहाँ धेरै पशुहरु लुटेका छौ। तिमीले लवानोनमा गरको हिंसाले तिमीलाई अत्याउँनेछ। तिम्रो पशुहरु अनि मानिसको वृहत हत्याले तिमी भयले आघातित हुनेछौ। ती शहरहरु अनि त्यहाँका मानिसहरुलाई नराम्रो काम गरेकोले तिमी डराउँने छौ।”
18. उसका झुटो देवताले उसलाई बचाउँन सक्दैन। किनकि त्यो त एउटा मानव निर्मित मूर्ति मात्र हो, जो धातुले मोहरेर बनाइएकोछ।यसकारण मूर्ति निर्माण-कर्ताले यसबाट सहाएता पाउने अपेक्षा गर्न सक्तैन। त्यो मूर्ति बोल्न सक्तैन।
19. जसले एउटा काठको मूर्तिलाई भन्छ, “हे देवता जाग उठ!” उसलाई अत्यन्तै नराम्रो हुनेछ। त्यो मानिसलाई धिक्कार जसले एउटा ढुङ्गाको मुर्ति जो बोल्न सक्दैन त्यसलाई भन्छ, “हे परमेशवर! उठ, जाग।” त्यो मूर्तिले सहाएता गर्न सक्दैन अथवा मार्ग दर्शन दिन सक्दैन। मूर्ति सुन अथवा चाँदीद्वारा मोहरिएको छ, तर त्यसभित्र जीवन छैन।
20. तर परमप्रभु, मूर्ति भन्दा भिन्दै हुनुहुन्छ। परमप्रभु उहाँको पवित्र मन्दिरमा बस्नु हुन्छ। यसकारण परमप्रभुको सामुन्ने सम्पुर्ण पृथ्वी चुप बसेर उहाँ प्रति सम्मान प्रकट गर्नु पर्छ।
About हबकूक Chapter 2
Read हबकूक Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of हबकूक in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: हबकूक
Chapter: 2
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading हबकूक. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading हबकूक Chapter 2 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is हबकूक Chapter 2?
हबकूक Chapter 2 is part of the Book of हबकूक in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete हबकूक Chapter 2 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- सपन्याह Chapter 2
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 1
- आमोस Chapter 5